~दुर्गा खनाल~
हाम्रो शहर कति मैलो छ
सबै मिली यसलाई सफा गर्नु पर्छ
शहर मैलो भएर समस्या भयो
यहा धेरै बिरामी छन ।
बिरामी हरुलाई अस्पताल लैजानु छ
हैन ! आस्पताल किन लाने ?
औषधीका प्रतेक शिशीहरुमा
रोगका किटाणुहरु जिवितै छन Continue reading
~दुर्गा खनाल~
हाम्रो शहर कति मैलो छ
सबै मिली यसलाई सफा गर्नु पर्छ
शहर मैलो भएर समस्या भयो
यहा धेरै बिरामी छन ।
बिरामी हरुलाई अस्पताल लैजानु छ
हैन ! आस्पताल किन लाने ?
औषधीका प्रतेक शिशीहरुमा
रोगका किटाणुहरु जिवितै छन Continue reading
~बिमल गौतम~
मलाई आज म आफै दुखें, मेरो पार्टी दुख्यो
पार्टिहरु पनि अरु सबै दुखे, किन कर्तब्य लुक्यो
इतिहास लुक्यो वीर गोर्खा संगै, इमान झुक्यो Continue reading
~दुर्गा खनाल~
म बिहान उठेर हात मुख धोएर निस्किए काममा, काम ड्राइवर त हो नि । बिहान घाम लागि सकेको थियो म कोठाबाट निस्कदा, गाडिको सबै टायर हेरे अनि मोबिल र तेल हेरे, टायरमा हावा कम्ती रहेछ । ढोका खोले र रुमाल निकालेर ऐना र सिसा पुछ्पाछ पछी अगरबत्ती बालेर आरती गरे । स्टार्ट गरेर लागे वर्कसप तिर हावा भर्न टायरमा । वर्कशपमा हावा भरे र गाडिको कन्डिसन चेक गराए । त्यसपछी कन्टेनर लगेर लोडगर्ने ठाउँमा राखिदिए र म लागे नास्ता गर्न । Continue reading
~नारद दमाई~
हरेक खुशी र दु:खमा तिम्रो याँद आउंछ ।
नुनको आँखा पोलाईमा तिम्रो याँद आउंछ ।
तिम्रो अमृतले भरिपुर्ण छाललाई के थाँहा गंगा माँ,
समुन्द्र पारी बिरानोमा तिम्रो याँद आउंछ ।
हरेक खाली आँगन देख्दा तिम्रो याँद आउंछ । Continue reading
~मन थापा~
तिम्रो घरको खर्को छानो चुहिएर आहाल भा छ
घर गाउँ देश सबै लथालिंग बेहाल भा छ
बुढा बाबा असी पुगे आमालाई दमले गाल्यो
तिमीलाई सम्झि रुन्छन् आँसुको नै ताल भा छ Continue reading
~बिमल गौतम~
जति दियौ यो देशलाई दसौं गुना लियौ
पानी भन्दा जनताको आशु बढी पियौ
कयौ हजार सपुत को बलि किन दियौ Continue reading
~रुपक भट्टराई~
अरब आउने मेरी आमा मन मेरो थिएन
गाउ मा बस्न मेरी आमा करमैले दिएन !!!
चर्को घाम मेरी आमा उम्ले झँइ पानी !
तिम्रो दु:ख मेरी आमा सम्झन्दै मन खानि !!! Continue reading
~माया शर्मा~
गह्रौं मन र क्षतविक्षत मुटु लिएर चौरमा बसिरहेको थिएँ । एउटा फुच्चे पत्रिका हातमा लिएर कराउँदै आइपुग्छ “लौ आयो ताजा खबर लिउँ हजूर लिउँ । आफ्नै लोग्नेद्वारा स्वास्नीको हत्या, महिलाहरु नारा लगाउँदै अब सडकमा” । यस्तै के-के ! मेरा हातहरु अगाडि बढ्छन् । नभन्दै आफ्नै लोग्नेद्वारा स्वास्नीको हत्या भएको रहेछ यथेष्ट दाइजो ल्याउन नसक्नाले । यस्तै अर्को खबर थियो बिलासिताका सामान र प्रशस्त सम्पत्ति माइतीले बाँकी पढ्नुहोस्
सरोज र प्रकाश डाइनिङ्ग टेबुलमा राखिएका परिकारहरु बडो स्वादले भोजन गरिरहेका हुन्छन् । प्रकाशले एकथरिको मासुको परिकार सरोजको अगाडि सार्दै भन्छन् “यो परेवाको मासु चाख त मेरी श्रीमतिले बडो मी� ो गरि पकाएकि छिन् । ”
सरोज अनायास झस्किन्छ । अनि प्रश्न गर्छ “पकाश, कहाँबाट ल्यायौ त परेवा?” बाँकी पढ्नुहोस्
~सुन्दर जोशी~
व्यस्त जिन्दगी अर्थात भनौ नियममा बाँधिएको जिन्दगीबाट भाग्ने अवसरको प्रतिक्षामा थियो बसन्त। सप्ताहान्तको दुई दिन प्राःय हरेक शनिवार एका विहानै सागरको किनार सँगसँगै भागेको ओसन ड्राईभमा पुग्नु अनि सुर्यका किरणका पाईलासँगै सागरमा हाम्फाल्न आतुर बोटहरुको कर्कश आवाज सुन्नुको विकल्प खोजिरहेको थियो उ । कामबाट दुईचार दिन फुर्सद निकालेर कम से कम ब्लु रिज माउण्टेनको धापहरुमा पुग्न बाँकी पढ्नुहोस्
~सुन्दर जोशी~
आज भ्यालेण्टाईन डे । फिल्म ईन्ष्टिच्यूटमा ल्कास लिन जानु पर्दैन । मेलिना डोर्मको वरण्डामा बसेर वाँफको सेरोफेरोको अलौकिक सुन्दरता नियाली रहेकी छे । बजारभन्दा पूर्वतिरको पाखामा अवस्थित डोर्मको वरण्डाबाट सिङ्गै वाँफको सेरोफेरो नियाल्न सकिन्छ । म शब्दमा शायद वाँफको सुन्दरता वर्णन गर्नै सक्दिन । वाँफको प्राकृतिक रुप र रङ्गहरुको चित्रण गर्नै मेरो ध्येय पनि होईन । तर आज भ्यालेण्टाईन डेको बाँकी पढ्नुहोस्
~भारती गौतम~
“कबिता, ए कविता, खै आज उठ्नु पर्दैन कि क्या हो”?
प्रमोदले बिहान पांचबजे उठेर रामदेवको कपाल भांती स्वास प्रश्वास सकेर प्राणायाम सकेपछिको “ओम’’, “ओम,” को झन्कार बाट ब्युँझिने कबिता आज त भुसुक्कै निदाईछन्।
प्रमोदको आबाजले झस्किएर ब्युँझिएकि कवितालाई बिहान हो वा बेलुका हो मात्र हैन कि आफु कुन ठाँउमा छु भन्ने समेत थाहा भएन। ब्युँझिँदा कवितालाई बर्षौ देखि हराएको र भर्खरै भेट्टीएको हजुर आमाले दिएको औंठी बाँकी पढ्नुहोस्
~डा. कविताराम श्रेष्ठ~
बुईङ्गलमा पसेको चोरलाई मैले हाँक दिएँ – ‘झरिहाल तेरो खैरियत छैन ।”
त्यसले अनुहार देखायो । निडर अनाक्रमक र दृढ । एउटा हातमा भएको प्लाष्टिकको जर्किन झड्कादैैै्र त्यसले आवाज निकाल्यो – छत्ल्याङ्गु…।छत्ल्याङ्ग…॥छत्ल्याङ्ग…॥ अर्काे हातले लाईटर बाल्यो- चर्याक्क । जर्किनमा माना भरको पेट्र्ोल हुनुपथ्र्याे । हर तरहबाट एउटा चेतावनी – खबरदार ! घरमा आगो लाग्नेछ । बाँकी पढ्नुहोस्
चुनिखेलबाट हिंडेरै सिंहदरबार आइपुग्दा ठ्याक्कै दुई घण्टा लागेछ । उफ ! निधारबाट बगेको पसिनालाई रुमालले पुछेपछि उसले बाटोतिर एकजोडी आँखा दौडायो । अधिकांश जागीरेहरु कि त हाजिरी गर्न कार्यालयतिर दगुरिरहेका देखिन्थे कि त हाजिर गरेर घरतिर फर्किरहेका देखिन्थे । चोकचोक र गल्लीगल्लीमा बसेका सुरक्षाकर्मीहरुको समूहलाई नदेखेजस्तो नहेरेजस्तो गर्दै गल्लीगल्लीहुँदै ऊ पनि डिल्लीबजारलाई छाडेर ज्ञानेश्वरतिर लम्कियो ।
एउटै पसल खुलेका छैनन् , एउटै सवारी साधन गुडेका छैनन् । दश बजेदेखि कर्फ्यु नै लाग्ने हल्ला चलेपछि त्रसित अनुहार लिएर सर्वसाधारण आप्नो गन्तव्यतिर लम्किएका होइनन् बरु दौडिरहेका देखिन्थे । त्रास र आतङ्कको कालो बादलले मानिसको शान्ति खोसेको कुरा भनिरहनुपर्ने विषय नै होइन । बाँकी पढ्नुहोस्
युगोस्लाभियाबाट अलग हुनकोलागि क्रोएसियनहरुको युद्ध चलिरहेको थियो । युगोस्लाभियासँग साँध जोडिएको क्रोएसियनहरुको बाहुल्य भएको एक बस्तीका बासिन्दा मार्कोभिच मध्य डिसेम्बर महिनाको एक साँझ बिना खबर हराएका थिए । त्यसैले उसको घरका परिवारका सदस्यहरु चिन्तित थिए ।
“प्रहरीहरू कुनैपनि बेला यहाँ आइपुग्छन्,” टेलिफोनको रिसिवर राख्दै मार्कोभिचको छोरा मिहानोभिचले भन्यो, “अब यस कठिन परिस्थितिमा उनीहरूले नै केही मद्दत गर्न सक्छन् ।”
“तिमीले उहाँका साथीहरूलाई पनि एकपटक सोधेको भए हुन्थ्यो नि, बाँकी पढ्नुहोस्
आत्म घटन/आत्म विघटनको कुरुक्षेत्रबाट
सौन्दर्यबोधसम्मको एक वृहद नियात्रा ,
रकेट विमानहरुमा
श्वासाल्पता र ‘एनहाइड्रस’ अधमरो जिन्दगी !
नहुनु बराबरको ऐन्द्रियता
नहुनु बराबरको मानवीयता
रक्त भण्डारले कुबेर हुँदा-हुँदै पनि
एक फाल्सो जीवनदानको कन्जुस्याँईमा गुम्सिरहँदा
प्रगल्भ एक ऋतु ,
हामफालेँ हरीयो मनोसागर ‘पृथ्वी’
कि डुबुल्की मारेँ आत्मोतरसहअस्तित्ववाद । Continue reading
~चेवन श्री~
अस्ताइ जाने जीवनमा आशक्ति किन ?
आमरण कुर्सीमै निर्लिप्त किन ?
माथिका हरफहरू स्व.गिरिजाप्रसाद कोइरालालाई लक्षीत गरी मैले लेखेको थिए । मेरो ठहर थियो वहाँको सत्ता लिप्सा, हठी स्वभाव र रुखो व्यवहार नै राजनीतिक अस्थिरता र हिंशामा उत्प्रेरक थियो । तर म अ-राजनीतिक मान्छे, राजनीतिक चेत नभएको मान्छे अथवा भनौ स्व.भिमनिधि तिवारीको मान्यतामा राजनीतिक हिलोबाट दुर बस्न रूचाउने मान्छे, साहित्य फूलबारीमा डुल्न रूचाउने मान्छे । Continue reading
If you reach too low or too high
you needn’t feel frightened
For you’ll get elevators to help you ascend or descend
If you’re out in the dark night
you needn’t feel frightened
For you’ll see the moon , stars and fireflies
Twinkling to smash the inevitable darkness Continue reading
निन्द्रा नलागेपछि
मैले खाटबाटै सिरक कसेर
माथिको सिलिङलाई हेरेँ
र अचानक त्यो माथि गर्जिरहँदो घरभेटीलाई सम्झिएँ
सम्झिएँ , छ महिनादेखि भाँडा तिर्न नसकेको व्यहोरा ,
तुरुन्तै कोठा छोड् भन्ने घरभेटिको पछिल्लो आदेश । Continue reading
कार्यालय जान सुरु गरेको केही दिन पछि नै हाकिम साहेबलाई भर्याङ चढ्न गाह्रो लाग्न थाल्यो । माथिल्लो तलामा रहेको आफ्नो कोठामा पुग्न साँघुरो त्यो पनि घुमाउरो भर्याङ फन्फनी घुम्दै चढ्नु पर्दथ्यो । कोठामा पुगे पछि भेट्न आउने हरेकलाई आफ्नो साहसिक भर्याङ यात्राको बर्णन सुनाउने गर्नु हुन्थ्यो । नसुनाउनु पनि किन उहाँ आफै पनि सफलताको खुड्किलो चढ्दै Continue reading
उनको आवाज सुन्न चाह्यो उसले । “गोपी कृष्ण कहो” जसरी नै उनी फरर… बोल्न थालिन ।
शरिरको नाप नक्सा हेर्न चाह्यो उसले । उनी लजाउँदै सामुन्ने आईन । उसले आधा छोपिएको घुम्टो उघार्यो आँखैले र अधरको मुस्कान खोज्यो । Continue reading
आङा रातो ही
मिनाचिमो खइन्योको रातो ही
निलो पसिनामो थोपा तिरेनो धाएपा
खैनीवा खैमो छुमो आलिवोसो अन्जुलिवा तातैदिए ।
काँ आङा द्युखामो बासुना नाम्मा लाम्इपा Continue reading
होताकोदा
ला खेसेङासे
रिलुङहसुङ
मुग्लान मिवाङा बो
सेलामामो लावेवादा
वारी पोमा
तामुदिइदिकासिमे है !
आङा माझकिरात ।
उम्वामो वैनी उम्सो Continue reading
आफ्नो पुस्तैनी पेशा संकटमा पर्न लागेकोले मन्दिरका पुजारीहरु चिन्तित बने । सामूहिक समस्याको रुपमा देखिएको त्यो संकट निवारणका लागि ठूलो भेलाको आयोजना गरियो । धर्मप्रति मानिसहरुको घट्दो आस्था बढ्दो महंगीमा उही बर्षौदेखिको यथावत दान-दक्षिणा र भेटी मठ-मन्दिरको जीर्ण अवस्था प्राचीन बहुमुल्य मूर्ति आदिको चोरी-चकारी चोरी गर्ने पापीहरुले सजाय नपाउनु शान्ति-सुरक्षाको अभाव जस्ता विषयमा गम्भिर छलफल गरी केही निर्णय गरे । Continue reading
~नरेन्द्र चेम्जोङ~
तछाड मछाडमा लम्किएका ती भावना र कलमहरु,
भण्डारमा सँचिएका शब्दहरु,
नलागेका अर्थहरु
सुनकोशीको किनारमा
छानिएका वालुवाका कण कण झै,
खोज्दै छान्दै र मिलाउदै –
फाटेका आवाजहरु,
अर्थहिन बन्ने डरले
भण्डारबाट छरपस्टिएका शब्दहरुले
ह्स्व र दीर्घको धागोले सिलाउदै,
चारैकोणबाट गहिरिएर नियाल्छु .
सुकेका पातहरु,
मरेका हाँगाहरु,
कलमी छाँटे झै कलमले छाट्छु र
नियालेर हेर्छु, तर निराकार देख्छु
अनि खित्का छाडेर हास्छु र भन्छु
हैन ! लेखेको त कवितै हो ।
कम्प्युटरका पर्दाहरुमा,
इन्टरनेटका पत्र-पत्र,
केलाएर हेर्छु र गहिरि दिन्छु
शब्द र भावनाको सतह मै तैरिन्दै
कुहिरोको काग झै हराइ दिन्छु,
निस्सासियर चित्कार्छु
यो के सगरमाथा चड्न हो ?
कि मृत सागर झर्न हो ?
किन त ?
कहिले सिकर्मीको हतौडा खिया परेझै,
कहिले डकर्मीको सुती छिया परे झै
कतै औजारहरु नै अपुग भए जस्तो
कम्प्युरका पर्दामा बेढँगले सिँगारिएका शब्दहरुले
किवोर्डमा हातका औलाहरु सलवलाउदा सलवलाउदै,
कता कता कविताको प्रतिविम्व जस्तो
आकृति देख्छु र प्रश्न गर्छु हलो !
तिमी कविता हो ?
अश्वभाविक मेरा प्रश्नहरु संगै
अनुत्तरित ति निराकार आकृति
सान्नटामा चुपचाप छन्
किन ?
उ अझै पनि
कता कता आकार नमिलेको
आलु भित्रको सिंगडा झै
सिमाना नमिलेको टिस्टा र काँगडा झै,
कुरुप आकृति जन्म लिन पुग्दा
जन्म दिने मातालाई धिक्कार्दै,
हिनताबोध लिदै आफै लाई धिक्कार्छ
र आफनो कुरुपतालाई घुम्टोले छोप्दै
नेपथ्यमा साउती गरेको आभास दिन्छ,
तोते लवज कानमा गुन्जिन्छ,
हजुर ! म कविताको भ्रुण अकविता हुँ!!
अकविता!!
तछाड मछाडमा लम्किएका ती भावना र कलमहरु,
भण्डारमा सँचिएका शब्दहरु,
नलागेका अर्थहरु
सुनकोशीको किनारमा
छानिएका वालुवाका कण कण झै,
खोज्दै छान्दै र मिलाउदै,
फाटेका आवाजहरु,
अर्थहिन बन्ने डरले
भण्डारबाट छरपस्टिएका शब्दहरुले
ह्स्व र दीर्घको धागोले सिलाउदै,
चारैकोणबाट गहिरिएर नियाल्छु .
सुकेका पातहरु,
मरेका हाँगाहरु,
कलमी छाँटे झै कलमले छाट्छु र
नियालेर हेर्छु, तर निराकार देख्छु
अनि खित्का छाडेर हास्छु र भन्छु
हैन ! लेखेको त कवितै हो ।
कम्प्युटरका पर्दाहरुमा,
इन्टरनेटका पत्र-पत्र,
केलाएर हेर्छु र गहिरि दिन्छु
शब्द र भावनाको सतह मै तैरिन्दै
कुहिरोको काग झै हराइ दिन्छु,
निस्सासियर चित्कार्छु
यो के सगरमाथा चड्न हो ?
कि मृत सागर झर्न हो ?
किन त ?
कहिले सिकर्मीको हतौडा खिया परेझै,
कहिले डकर्मीको सुती छिया परे झै
कतै औजारहरु नै अपुग भए जस्तो
कम्प्युरका पर्दामा बेढँगले सिँगारिएका शब्दहरुले
किवोर्डमा हातका औलाहरु सलवलाउदा सलवलाउदै,
कता कता कविताको प्रतिविम्व जस्तो
आकृति देख्छु र प्रश्न गर्छु हलो !
तिमी कविता हो ?
अश्वभाविक मेरा प्रश्नहरु संगै
अनुत्तरित ति निराकार आकृति
सान्नटामा चुपचाप छन्
किन ?
उ अझै पनि
कता कता आकार नमिलेको
आलु भित्रको सिंगडा झै
सिमाना नमिलेको टिस्टा र काँगडा झै,
कुरुप आकृति जन्म लिन पुग्दा
जन्म दिने मातालाई धिक्कार्दै,
हिनताबोध लिदै आफै लाई धिक्कार्छ
र आफनो कुरुपतालाई घुम्टोले छोप्दै
नेपथ्यमा साउती गरेको आभास दिन्छ,
तोते लवज कानमा गुन्जिन्छ,
हजुर ! म कविताको भ्रुण अकविता हुँ!!
~बासु श्रेष्ठ~
जैसन नुनीको टेबलमा गएर जिस्किरहेको म अक्सर देख्ने गर्थेँ । नुनीको भर्खर ब्रेकअप भएको थियो । जैसनकोपनि गर्लफ्रेण्ड थिएन ।
नुनीसँग मैले उसको ब्रेकअपको बारेमा सोध्दा भनेकी थिई । ‘उ मलाई कतै जान दिन चाहँदैन 70-480 exam 070-411 exam । म उसकै वरपरमात्र घुमीरहोस् भन्ने चाहन्छ । जुनकुरा सम्भव छैन । म काम गर्छु, स्कूल जान्छु, मेरा साथी सँगाती छन् । उसले चाहेको कसरी पुरा हुनसक्छ र? बाँकी पढ्नुहोस्
मान्छेलाई थाहा छ–
आकाशको रङ
थाहा छ– सगरमाथाको उचाई
झरनाको शिर
मौसमको जादुले रुखमै पाकेको फल
उसलाई सबै थाहा छ–
बादलले कस्तो गीत गाउँदा वर्षात हुन्छ,
चट्याङ् पर्छ
थाहा छ–
हाँगा छाडेर भुर्र उँडेको चरा
बादलभित्र गायब भएको जहाज
जूनको आकार
ताराको धिपधिप ।
टाउको उठाएर
मान्छेले सबै–सबै देख्न सक्छ । Continue reading
म सानै हुँदा
आमाले दुइटा ढुङ्गा हो कि फलाम जस्ता
पर्यायवाची वस्तुहरु उपहार दिनुभयो
जब ती दुईलाई हत्केलामा अड्याउन खोजेँ
एउटा फुत्त भाग्यो र अर्कोसँग चिप्किन पुग्यो
म हठात् आत्तिएँ
मलाई आश्चर्य चकीत देखेर आमाले भन्नुभयो- Continue reading
‘बा ? पाठशाला जान्न म
इतिहास पढाइन्छ त्यहाँ, मरेका दिनहरूको ।’
हरिभक्त कटुवालको यो लघुकविता । लघुकविताको गर्भमा जोगिएको बृहत् काव्य । मैले बुझेको थिइन पहिले, अचेल धेरैतिर मानवबस्तीका कथा सुन्न मोहनी लाएको छ, यो लघुकाव्यले ।
म इतिहासको विद्यार्थी भएर एक कविताको जाँच लेख्छु । आज लेखिने कविताको उत्तरले इतिहासको सत्यसाक्ष्यमा बकपत्र गर्नेछ । बकपत्र गर्न सपथ खाइन्छ । सपथ खानेले झुठो बोले कसुरदारले पाउने सजाय पाउँछ । देखे, जाने र सुनेसम्मको बकपत्रमा बोल्न पाइन्छ । सजायको भागीदार म हुन्न भन्नेमा निर्धक्क छु । त्यसैले बकपत्र बोल्दैछु । श्रेस्तेदारले लेखे हुन्छ । यो इतिहास नाम चलेका नामुद राष्ट्रको होइन, न त पुरापुर मारिसकेर अस्तित्व नै अर्को राष्ट्रको विलयमा पुर्याइएको ‘तिब्बत सिक्किम’ जस्ताको कथा हो । हो भने मेरो, तपाईंको र हामी सबैको बस्तीविकासको कथा बोकेको नेपाल अधिराज्यको सत्य विवरण हो । मानवबस्तीमा मानव भएर चलखेल गर्न नपाएको यथार्थ छ । एक कविताको विवेचनाको निम्ति यति भूमिका बाँधेको छु । विवेचनालाई छानिएको कविताको शीर्षक हो- ‘राजकुमारी नदी’ । कविको नाम हो, सन्मान चेम्जोङ । यो कविता ‘रङ्गैरङ्गको भीर’ कविता सङ्ग्रहमा छ । ‘रङ्गैरङ्गको भीर’ कवितासङ्ग्रह नागार्जुन रचना पुरस्कार २०६० बाट पुरस्कृत स्व. स्वप्नील स्मृति-सन्मान चेम्जोङ)को कविताको सँगालोको नाम हो । वाक्यले भ्रम नपारोस्, सन्मान चेम्जोङले नै आफूलाई स्व. स्वप्नील स्मृतिमा परिणत गरी प्रयोगधर्मिता र यथार्थवादिता दुवैको आँVmलो एकै आँकुरोबाट बनाएका छन् । भीरम्ाा एक रङ्ग छरेर कुनै रूख बाँचेको देख्नुभा’छ भने त्यसमा तपाईंको चेत पुग्नु आवश्यक छ । भीरमा कठिनले जरा हालेर, क्षमताभरिको आयतन हालेर बाँचेका रूख हुन्छन् । आँकुरा दर्रिएर आँख्ला बन्छन् । कुनै आँख्लामा आधा भाग एक कलाको र आधा भाग अर्को कलाको देखिने हुन्छ । प्रयोगवादको आधारमा इतिहासको यथार्थ भन्न कविले यो शैली समातेका छन् । शैली विज्ञानको समालोचना गर्नेले रङ्गैरङ्गको भीर कविता सँगालोमा किराँतकुलको ‘यूमा’ शाखामा संस्करण भएका एक-एक शब्दको निर्वचन दिएर गरेछन् भने त्यो बेग्लै खलो छ । खलाभरि अन्नको दाँइ गर्ने किसानले जोहो गरेको सहसरहको सांस्कृतिक सह यहाँ पनि छ । एक मानवीय वाक्य छ- ‘तिमी संस्कृतिबिनाको भाषा बोल्न सक्तछौ, जो चराहरू बोल्छन् तर भाषाबिनाको संस्कृति बोल्न सक्तैनौ, जो मानवहरू बोल्छन्’ । एउटा ‘हङसिङ’ च्याबु्रङ भएर बज्दैछ ।
यो समीक्षा जो पढ्दै हुनुहुन्छ, तपाइर्ंलाई थाहा हुनुपर्यो । काठमाडौं अधिराज्य लिम्बूको राजधानी हो । यसमा मनोहर उपत्यका छ । आनुवंशीय भाषा ‘फाकसेरा’ छ । यो उपत्यका आवादीका बारेमा सबै जातले सकेसम्म आफ्नो जातको पुर्खाको आवादी हो भन्ने ठाउँ खोजेका छन् । गोपालवंशी शब्द कतै लेखिएको छ । गोपालवंशीका कारणले यादवहरूले आवाद गरेकोमा दुईमत हुनुहुँदैन भन्दछन् हाम्रो देशका यदुवंशी/कृष्णवंशीहरू । महीषपालशब्द कृष्णवंशीको पर्याय हो । नेवारी समूहमा धौभडेल थर यहीँबाट पसेको हो । कृष्णवंशीले गाईपालनको अंश नपुगेकालाई भैँसी पालकको भागमा राखेका छन् । आभीर, अहिरहरूको प्राचीनताबाट हेर्दा र पशुपतिको उत्पत्त्ािको कथासमेत गाँस्दा गोपालवंशी नै नेपाल आवादकर्ता हुन् । आजको युगमा ती विदेहगण राज्यमा अधिक छन् । वैदिकहरूसँग गाँसिएको जातिले पजनी गरेको भनेर बौद्ध धर्मले इतिहासमा ठाउँ दिएन । बौद्धधर्म ग्रहण गरेका मध्ये तौलिहवातर्फका शाक्यगण राज्यबाट आएकाले आवाद गरेका भनेमा बल नपुग्ने ठानेर तिब्ब्ाततर्फबाट आएको जातिले पजनी गरेको भन्यो भने भरपर्दो हुने अनुमानमा ‘मञ्जुश्री’ ले पानी हत्याको पजनी गरे भन्ने लेखे । यसरी नै शंकराचायको दिग्विजयको कथा थप्न मन लाग्यो । एकतिर वैदिकलाई भने अर्कोतिर लामावादी । बौद्धधर्मबाहेकका भिक्षुवादी वबौद्धधर्मको विजयका कथा बनाएर थप्न मन लाग्यो । बौद्धिस्ट इतिहासकारलाई कुरो जताबाट घुमाए पनि विदेहगण राज्यमा स्थापित ‘जनक सभ्यता’ ले एकतर्फ घचेट्यो भने अर्कोतर्फ शाक्यगण राज्यबाट उत्प्रेरित बौद्ध सभ्यताले ठेल्यो । बीचैमा थिए, किराँतहरू । यिनीहरू पूर्वोत्तर प्रदेशबाट नै नेपाल पसेका थिए, तापनि कोसी सभ्यता कायम गरिसकेका थिए । सप्तकोसी किनाराको औत -किराँत) जातिको बेग्लो वैभवशाली बस्ती पूर्वी नेपालमा अकण्टक थियो । उपत्यकामा चौँरीगाई पाल्ने जाति पसेर सानो पुच्छर भएको गाई पाल्ने र भैंसी पाल्ने समेतलाई बाहिर्याएको थाहा पाए, किराँतले । उत्तरबाट पस्नेेले दक्षिणबाट पस्नेलाई दक्षिणतिर धपाउनै लाग्दा पूर्वबाट पसे ‘तागेरा निङ्वा फूमाङ्’ का सन्ततिहरू । ‘तागेरा निङ्वा फुमाङ्’ आम किराँत जातिका कुलपुर्खा हुन् । यिनी आज भारततर्फ ‘ब्रह्मसूत्र’ लाउनेले व्याख्या गरेका ‘निलग्रीव’ भन्दा फरक छन् । तर धनुविद्याको कौशल दुवैतर्फ छ । धनुविद्याको परम्परा लडाइँका लागि पुरानो हो । आयुधप्रक्षेपणमार्फत् उत्तरलाई उत्तरैतिर र दक्षिणलाई दक्षिणैतिर खेद्न सफल भए किराँतहरू । राज्य बसाले वाग्मतीको किनार उपत्यका काठमाडौंमा पनि । यस उपत्यकाभित्र किराँतका निसा, दशीमा शिवपुरी, बूढानीलकण्ठ र किराँतेश्वर -मृगस्थली अझै पनि छँदैछन् । पछि, वैष्णवमध्येका वैष्णवहरूले यिनलाई फेरि धपाए उपत्यकाबाट । लिच्छवि भनेका समुद्री देवता विष्णुलाई इष्ट मान्नेहरू हुन्, जसका अवशेषहरू चार नारायणमा छँदैछन् । फेरि, कोसी किनारामै मात्र वल्लो किराँत, माझ किराँत र पल्लो किराँत गरी तीन कित्तामा मूलतः तीन शैलीबाटै इष्ट देव-देवी थान थपना राखी यिनीहरूले वंश विस्तार गरिरहे । समयको चत्रवात चलिरहयो । सिकार खेलेर बँदेल खाने किराँतहरूका पुर्खा वैदिक कालमै अलिखव छन् । ‘विज्यञ्धनु कपर्दिनो’ ऋचांश वेदमा छ । चिम्रा आँखा हुनु र दाह्रीजुँगा नपलाउनुको आधारमा मङ्गोलमुनी भनेर आजसम्म भने पनि र भए पनि दक्षिणात्य आगमनका जातिले ल्याएको आर्य चिन्तनमा पनि गाँसिदै- मिसिँदै पुख्यौली प्राकततासमेत नछाड्दै गरेको राज्य विस्तार फेरि खुम्चियो । यता, जनक सभ्यतामा ‘रामपन्थी’ वैदिक बनिसकेका थिए । रामपन्थी वैदिकसमेतको सहारा लिएर ग्वाला वैदिकहरू वैष्णव बनेका थिए । ग्वाला वैदिकमध्येबाट राजकीय ओहदा कायम गर्नेहरू लिच्छवि हुन् । लिच्छवि र किराँतका मुडभेड हुँदा किराँतले फेरि कोसी प्रदेशतर्फ नै फर्किनुपर्यो । लडाका-लडाका, शूर-वीरहरूको जत्था मात्र उपत्यकाबाट बाहिरियो । केही जोर आत्मसमर्पणवादी, अवसरवादी किराँतहरू उपत्यकामा नै रहिरहे । जसलाई लिच्छविले भुईं जोताइरहे । तिनै किसानहरू नेवार सभ्यतामा पछि ‘ज्यापु’ भनिए । यसरी फाकसेरामा उपत्यका काठमाडौं यस पूर्वको आजको ऐतिहासिकता हिँडेको छ । यक्षमल्लको एकीकरण अभियानसम्म्ा आइपुग्दा करिब पच्चीस सय वर्षको विगत उस्तो छ । एकीकरणको झस्का मल्लकालमा यक्षमल्लले दिएका थिए । यो थाहा पाएका पृथ्वीनारायणले ससुरालमा सेन जेठानले अपमान गराएपछि तरबार साँद लगाए । त्यो साँदले वैदिककै वणर्ाश्रम व्यवस्थालाई आधार बनाएर राज्य चलायो । त्यसो त नेवार राजाले पनि रक्सी र राँगा खाने वैदिक नै तयार गरेर वणर्ाश्रम व्यवस्थाकै राज्य चालु राखिरहेथे । नेपाल अधिराज्यको भूगोल एकीकरणपछि एघारपुस्ते शाहवंशको जप-पाठ-बुर्की-बलिमै नेपालको ब्रह्मस्व खर्चिएको खर्चिएै, दिन ढलेको ढल्यै छन् । उसमाथि नरभूपाल शाहभन्दा अघिका गोर्खा-लमजुङका शाहहरू जन्माउने पाठेघरका उपाख्यानमा मात्र आमनेपालीको बुद्धि खनियो र त्यति मात्रै तुरियो । यावत् नेपालका आवादका नाली दिन कोहीकतैबाट लागिहाल्यो भने शाहीगणको गोर्खेलौरीका मारमा परिहाल्छ । यो दुर्दशाको समूह मनोज्ञानमा २००७ सालले अलिकति उघारेको फब्ल्याँटोलाई २०४७ सालले अलि घक्र्याएको छ । र, बहुदलवादी चेतनाको आधारमा आफ्नो नेतृत्वको भेट्नू समाउन जम्जमाएको छ, समकालीन चेतना । हो, यस नरनाताको पुर्खावादमा जन्मिएकोे छ ‘राजकुमारी नदी’ ।
किराँत पुर्खाको आदिम माता ‘मुजिङ्ना खेयोङ्ना’ को उदयदेखि सन्मान चेम्जोङको पुस्तासम्म्ा अनन्तकालदेखिको ‘किरुवा घराना’ को आर्तनाद, अस्मिता कैरन्, स्वत्व पहिचानमा समकालीन जातीय कविहरू बगुन्द्र लागेका छन् । यिनीहरूले कतै आफूलाई आदिवासी भनेका छन्, कतै जनजाति भनेका छन् र कतैभने अल्पसङ्ख्यक, अनि कतै त खसेतर जाति पनि भनेका छन् । यहाँनेर ‘नीलो मह’ का कवि आदरणीय वैरागी काइँलाको वैचारिक काव्यधार ‘मातेको मान्छेको भाषण मध्यरातको सडकमा’ समेतलाई साक्षी राख्न किमार्थ भुल्नुहँुदैन । विचारप्रधान काव्यका स्रष्टा र लोकतन्त्रवादी ‘काँल्दाइ’ बुढेसकालमा पुर्खावादको आवादीमा पसे । उहाँलेे पुर्खावादको जिप्टी समाउन थाल्दा शासक जातमा शाह राजा र शासित जातमा अन्य जातका खैलाबैलाले समय खाइसकेको छ । यो गरिब अधिराज्यको सत्ताभोगमा कथित् मूलधार रक्षित छ । यो कथित् मूलधारले तयार पारेका किराँत पुर्खाहरूबाट कसैलाई लिइएको छैन । अरू लाभहानिका कथा लेखी साध्य छैन । हो, यहाँनेर विचारणीय छन्, हाम्रा देशका तमाम जात-उपजात । अल्पसङ्ख्यक राजा शाहहरूले ‘होमेडोमे’ संस्कृतिलाई समातेर राज्य गरेकाले भाषाको भुमरीमा पनि यदाकदा आक्रोश गाँसिँदैछन् । एकतिर, होमेडोमेको संस्कृतिको भाषाले मात्र ठाउँ लिएको अवस्था छ र अर्कोतर्फ निजत्वको जगेर्नामा नै रोक लगाउने निरंकुश बर्बर राज्य परिपाटी छ । बहुस बेगरको सत्तापरक त्रासदीले ज्यादै नै कुण्ठित बनायो, नेपाली जातिलाई । विश्वको मानचित्र पढेर परीक्षा लेखेपछि आजको सदीमा निजत्वको खोजी गर्नुलाई उदेक मान्नुपर्दैन । त्यसो त ‘मतवाली कवि’ लाई मात्र कुण्ठित बनाएको होइन शाहसत्ताले । ‘तागाधारी’ मिथिला सभ्यता सिङ्गैलाई उत्तिकै कुण्ठित बनाएको उदाहरण यहीँ छ । शाहसत्ताको गाउँमा कुण्ठित नभएको नेवार मात्र हो । शाहसत्ता नेवार सभ्यतासँग खड्ग साट्छ र कुमारीका हातको टीका थाप्छ । यद्यपि, बौद्ध नेवार सभ्यतालाई गोडाको पानी पियाउँछ । त्यसो त, खस बाहुनलाई कात्तो खुवाएर जातच्युत गरी आफूलाई विजेता बनाउँछ । ‘माथ्लो’ घोषित गर्छ । यतिविघ्न विनासकारी राज्यसत्ता छ । यसले समुच्चा मानव बस्तीमा विघ्नैविघ्न र विनासै विनास मात्र गर्यो । त्यसैले हाम्रो सर्वनास भयो । हेर्दैजाँदा र गन्दैल्याउँदा खाली वैदिक जातिको अर्को नमुना हाम्रो देशमा छ, त्यो हो रजवंशी जाति र कोचिला थारूहरूको ‘ठाकुर’ सभ्यता । शाह राजाको राजसत्ताले ठाकुर ठाकुरायन सभ्यतालाई पनि सांस्कृतिक पात्रत्व प्रदान गरेको छैन । सरदर नमुना उदाहरण मात्र यी हुन् । मधेशका तागाधारी गलाएर सतार मुसहर बनाइएका र पहाडका मतवाली गलाएर कुलुङ, खालिङ, नाक्छिरिङ बनाइएका अछूतका विभेदसम्मका अमानवीय र असभ्यता । यो भूप्रदेशका प्राप्ति छँदैथिए । गलित खस तागाधारीका कामी, दमाइर्ं, सार्की, चमार, डोम, कपाली, नकर्मी, कुसुलेजस्ता दर्दनाक पीडा बोकेका तमाम जाति हाम्रै बीचमा छन् नै । शक्तिको उन्मादका पछि लागेका वाक्य वा हरफ या भजन भाटगान कविता होइन । त्यही भनिरहेछ, आजको समकालीन कवित्व ।
चेत नै हराएर विचेत बसेको एक स्थापित सभ्यताको किराँत जाति कहाँनेर छ भन्न्ोमा लागेको एक हुल कविता जमात । जसराज किराँती र विष्णु राईजस्तो, इन्द्रबहादुर-शिव राईजस्तो सार्वभौम भाषा प्रयोगकर्ताभन्दा फरक भएर आयो, आजको किराँत जमात । काव्यधारबाट आएको यस जमातमा श्रवण मुकारुङ, भूपाल राई र राजन मुकारुङले बढी सचेतता थपेको आजको अवस्था छ । स्वत्व विनिर्माणको घेरा बन्दै थियो । धर्मेन्द्रविक्रम नेम्वाङले नेतृत्व नै गर्ने तर्क राखेर घोषणा गरे, रङ्गवादको । यतिञ्जेल विद्रोहको आवाज मात्र भन्न मिल्ने स्थिति थियो । उता, विज्ञानसम्म्ात समाजको खोज गर्ने विश्वव्यापी वामपन्थ चेतले घचेटेथ्यो र समताको सूत्रसुक्तिको खोज थियो । यसअघि भूपाल राईसम्मको कविताको अविर्भावसम्ममा भने ‘सृजनशील अराजकता’ को घोषणापछि बढी सतर्कतासाथ सन्तुलनको र समकक्षी मर्यादाको हाउभाउ राख्ने होसियारी बोकेर आएको छ, रङ्गवाद । हो, यसै परिवेशको पहिलो उद्घाटन हो- ‘रङ्गैरङ्गको भीर’ । डा. गोविन्दराज भट्टराईले लेख्नुभएको हृदयदेखिको भुल्भुलाहटको भूमिकाले बताएको छ, सुँगुर निद्राबाट ब्युँझियो अब किराँत कवि ।
पहिला जागा थियो, बीचमा निदायो र अब फेरि जाग्यो, नेपालको किराँत बच्चो । यसैगरी नेपालको एकएक बच्चो उन्नत चेतचिमर लिएर जागेछ भने बज्रहतियारले हिर्काउनेछ ‘सुँुगुर सभ्यतालाई’ । सुँगुर सभ्यता हिर्काएर मारेपछि मानवसभ्यता हल्किनेछ । मारिएको सुँगुर सभ्यता मल हाल्नका लागि काम लाग्नेछ । त्यसो त यो -अन्य समेत) किराँत बच्चोले भाषाको ‘खेक्चुरी’ पनि लोभैले लिम्बू मुखको नै प्रयोग गरी लेख्न सक्थ्यो । उसले साहित्यिक मातृभाषाचाहिँ खस नेपाली नै बनाइदियो । म आफू खस मातृभाषीको सन्तान भएकाले उपद्रो गुन मानेर आरती उचालेको छु । पछिपछि गएर राष्ट्रभाषा भनिएको सम्पर्क भाषा खस नेपाली छाडेर राष्ट्रिय भाषा भनिएको लिम्बू भाषामा नै ‘पक्कन्दी’ गाउन थालेछ भने पनि मैले चित्त दुखाउने छुइन र होइन पनि । आजका दिनमा मैले पढ्न नपाएका मेरो देश बन्धुका अनेकन् गाथा पढ्न मलाई मेरै मातृभाषामा दिइयो । यसलाई दिलोज्यानले माया गर्नु र जतनले फूलपाती लाइदिएर स्वागत गर्नु नितान्त मेरो कुलीन कर्तव्य हो । यस देशमा रङ्गहरू बग्दैछन् । भाषाका रङ्ग, धर्मका रङ्ग, छालाका रङ्ग, सोचका रङ्ग, घातका रङ्ग, विचारका रङ्ग र हुँदाहुँदा ममताका रङ्गहरू छन् । तर सम्म मैदानमा परिणत हुनुपर्ने रङ्गहरू भीरै भीर बने । यी भीर फुटाएर, कपेर, भत्काएर बिगार्दिनुपर्यो । नयाँ बिरौटा, गरा, टारमा सुविधाको बस्ती बन्नुपर्छ । आत्मीय छिमेकीको बस्तीमा एकएक मितेरी साइनो लाग्नेछ । हरेक मितेरी साइनोको आप्रभाउ राख्ने ‘सेवारो’ को सम्बोधनले उन्नत मानव सभ्यताको चुमलुङ बस्नेछ । यसो भनीकन स्वप्नील स्मृतिलाई स्वर्गीय सोचको जदौ गर्दैछु, तपाईंको ।
‘डँढेल्नो भाँच्चिने भारी शताब्दीहरू किनारै किनार हिँडिरहेछु’ को बर्ताउ भाषाको सम्बोधन सुनुवाइ भन गणतन्त्रात्मक राज्य विधानको जनअदालतमा मात्र हुन्छ है, भाइ सन्मान ?
हाम्रा कविताका गाउँहरू धेरै खाले छन् । ती सबै गाउँहरूलाई एकएक पँधेरोको आवश्यकता छ । सबै पँधेरोमा तिर्खा मेट्न जाँदा असीम आनन्द हुन्छ र नुहाउँदा पनि झनै हलुङ्गो आङले काम गर्न सकिन्छ । हाम्रा कविताको गाउँमा ल्याइदिनुभएको यो नयाँ पँधेरोमा म जीवनभरि नुहाउनेछु । पानी अचाउनेछु । तिर्खा मेटाउनेछु । जप गर्नेछु । सञ्जय जगाउनेछु । कति त कट्कटिएको मयल पनि पँधेरोकै ढुङ्गामा पछार्नेछु पनि । बगिरहने पँधेराको पानी धमिलिन नदिन र फोहोर गर्न नदिन एउटा नाग नै थापेर पूजा चलाउनेछु । बिगार गर्नेलाई त्यही नागले डस्ने सूचना आजै टाँसेको छु ।
‘उहिलेउहिले गायिका नदीहरू, नाच्थ्यौँसँगै हामी, चरा, पुतली र फूलहरू’।
07/26/2008
(स्रोत : Majheri.com )
(तीजको कविता)
छातीभित्रको असैह्य पीडालाई
हाँसो र खुशीमा बदल्दै
बितेका बर्षहरू झै
बैंसालु मनहरूमा
सुमधुर मुस्कान छर्दै
के तराई के पहाड
के स्वदेश के बिदेश
रातो साडी र हरियो पोतेमा
उल्लास, आनन्द र रोमान्चक
अनुभुती साट्न
भावयुक्त सुन्दर र गहन
गीतहरू सङ्गै
आएकाछौ तीज
तिमीलाई स्वागतछ
झुप्रा र महलहरूमा। Continue reading
पश्च्यतापमा डुबी जीबन जीर्ण न बनाउ
जीबन एक इस्वर को उपहार हो,
चट्यानमा फुल्ने सुनखरी त बाचिरहेछ
न जल न मल
यो पनि त भगवान को बरदान हो,
मानब जीबनमा कहिले काही Continue reading