~बिमल गौतम~ 
जति दियौ यो देशलाई दसौं गुना लियौ
पानी भन्दा जनताको आशु बढी पियौ
कयौ हजार सपुत को बलि किन दियौ
फूल माला उसलाई दिई सत्ता तिम्ले लियौ
फाटेको मन जनताको कहिले तिम्ले सियौ
आलो घाउमा अझ उल्टै नुनचुक दली दियौ
भूल गर्यौ जनता भनि तिम्ले माफी माग
राष्ट्र हित लाई अघि लगाई आफु पछी लाग
साउदी अरब
३० अप्रिल 2010
(स्रोत : NRNaksa)
