Author Archives: Editor

गजल : हुँ म यौटा र्सवहारा

~युद्धप्रसाद मिश्र~ क्रुर यी अस्तिकहरूले रक्त चुसिएको छु सारा पेट भोको पीठ नाङ्गो हूँ म यौटा सर्वहारा झोपडीतक छनै पथको ज्यूँदोछु पक्रि किनार रातभर चम्किरहन्छन् नेत्रमा नौ लाख तारा

Posted in गजल | Tagged | Leave a comment

संस्मरण : सिन्जाको माटो शिरैमा !

~युवराज नयाँघरे~ जानैपर्छ र ?’ गोठिजिउला पुगेपछि साथीहरूले बोली फेरुँलाझैं गर्न थाले । एक रात, एक बिहानको बाटो लगाएर पुगेका थियौं गोठिजिउला । त्यहाँ पुगेपछि थाहा भयो– सुर्खेत जाने गाडी एउटा मात्र रहेछ । त्यै पनि अबको एक घन्टामा हुँइकिइहाल्ने … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

Poem : You are incomparable……

~Rajan Poudel~ You are incomparable; you are one of a kind You are sweeter than the sweetest wind Time passes by but your beauty shall not fade No matter what, you will always precede the rest Your beauty goes beyond … Continue reading

Posted in Poem | Tagged | Leave a comment

निवन्ध : सङ्गीतमा सुन्दरता र नेपाली गायन

~बुलु मुकारूङ~ विश्वभरि सङ्गीतको माहौल र चर्चा आफ्नै ठाउँमा रहेको देखिन्छ। आरम्भकालीन दुन्दुभीहरू नै सङ्गीतका साज मानिन्थे। पुङ, के वा केन् आदि नै यथेस्ट साङ्गीतिक सामग्री हुन् भन्ने मानिन्थ्यो। मानव विकासले पुङ-सिंग अर्थात विषाण वाद्ययन्त्रलाई युद्धका लागि उद्योषक बाजाका रूपमा … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : पद र प्रतिष्ठाको मोह

~अजय पाण्डे~ पद र प्रतिष्ठाको लोभले मान्छेलाई कपटी बनाइरहेछ एउटाले अर्कोलाई गिराउने अनेक जुक्ति सिकाइरहेछ । सिद्धान्त त यस्ताको गुमिसक्यो केवल छ बहानामा मात्र आफू असल भनाउने

Posted in कविता | Tagged | Leave a comment

गीत : आगोको झल्को

~दानबहादुर थापा~ आगोको झल्को हो युद्धको निशानी त्यही आगो सल्केर ए दुष्ट तिमीलाई पार्ने छ खरानी सत्यको मार्ग देखाई हिंड्ने ज्वारभाटासँग लडाई खेल्ने बिउझाउँदै गाउँ बस्ती विद्रोहको छाल

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : घुर्की

~उत्तम कृष्ण मज्गैंया~ झगडा पनि त्यै गर्छ द्वन्द्व वा युद्ध नै पनि संझौता पनि त्यैबाट घुर्की तानाहरू पनि आफैँ धामी र बोक्सीको भूमिका उ निभाउँछ ढाँटेरै जनतालाई गुमराह बनाउँछ ! स्वप्न छर्दछ आस्थाको आफैँ खस्दछ खालमा उन्मुक्तिका कुरा गर्छ आफैँ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : के सक्छु गर्न

~शान्ति अधिकारी~ गरीबको जीवन त्यही माथि छोरी नदेउ न भगवान । अस्तित्व छैन मान्छेको यहा हेर्छन नि पापि धन ।। भनेर साध्य भएन ब्यथा आशु त पानि भो । सहन पनि नसक्ने भए यो ज्यानै जाने भो ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : श्रीमतीको अवस्थामा

~किशोर पहाडी~ बट्टाबाट चियाको चिया झिकेर हालेछु तरकारीमा मसला पो भनी ठानेछु । समात्दा समात्दै चिप्लेर कचौरा टाङ्ग्राङ्ग खसेछ भुईँमा पोखियो चारै तिर चरारर…. ।

Posted in कविता | Tagged | Leave a comment

कथा : सुन्तलाबारीदेखि मजरासम्मको श्रमयात्रा

~वीरेन्द्र कटुवाल~ आजभोलि उनी अथवा ‘जनक’ उदास देखिन्छन् । सधैँभरि हाँसो–ठट्टा, खुसी र उमङ्गले चम्किरहने उनको अनुहार, सीमसार जस्तै भएको छ । आँखा सधैँ रसाइरहेका देखिन्छन् । अनुहारबाट कान्ति फुङ्ग उडेको छ । नत्र भने २४ घन्टामा १६ घन्टा काम … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : गुँड सारेको चरी

~मेघ बस्नेत~ प्रकोपले उदासिन उसको मन सायद गुँड पनि भत्कियो होला अनि पोलेको होला मुटु धिक्कार्दै त्यो जीवन। गुँड सार्ने तयारीमा जुटेकी छे चरी जति उजाड उसको वन देख्छे उति रून थाल्छे बेसरी। बिचरा चरो छोड्न मान्दैन घर

Posted in कविता | Tagged | Leave a comment

कविता : के आशा गर्ने ?

~नुरा इस्लामी~ जसले हितचिन्तक सज्जनहरुको पर्वाह नगरी दुष्ट र भुच्चुकहरुलाई उकास्यो तोडफोड र उपद्र गराई बने बनाएको सबै बिनास्यो त्यस्ताबाट स्वदेशको हित होला भनी के आशा गर्ने ? कसरी यिनको भर पर्ने ? स्वाधीन बनेर उन्नतितिर लम्कन चाहनेहरुलाई

Posted in कविता | Tagged | Leave a comment

कथा : अप्रत्यासित

~गौतम उदय~ भदौको अन्तिम हप्ता कर्णाली प्रदेशका गाउँहरुको दृश्य साह्रै मनमोहक हुन्छ । जाडो सुरु भइसकेको हुँदैन र सर्वत्र हरियालीको साम्राज्य हुन्छ । स्याउका दानाहरुमा बैंस चढ्न थाल्छ । भर्खर नुहाएर घाममा बसेकी षोडसीझैँ स्निग्ध र मनोहारी देखिन्छ प्रकृति । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : उनी त राति पो भइछन्

~झंकबहादुर बलामी~ सायद रति रहिछन् क्यारे उनी रातो रंग प्यारो मानी रात मन पराउन पुगिछन् समष्टि कि होलिन् भन्ठानेको त दलीय घेरामा बेरिन गइछन् उनी त राति पो भइछन् नारी अधिकारको उदाहरणमा अद्र्धनग्न बनाउने प्रचलनबीच

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : औपन्यासिक पात्र – जीवनको पृष्‍ठभूमिमा

~शंकर लामिछाने~ भन्छन् दान गर्नु बिर्सिदिनु, अनि मात्र पुण्य मिल्छ । कुरा कहाँबाट उठ्छ भने, भर्खर एउटी अन्धी आइमाई केटोलाई डोर्‍याउँदै आइरहेकी थिई । उसलाई मैले एक ढ्याक दिएँ । बच्चोले पैसा हत्केलामा राखेर हेर्‍यो र बिस्तारै भन्यो ‘पाँच पैसा’ … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : रातो रगत

~देवी उपरकोटी~ मान्छेको जात मान्छे नै हो, अरू केही पनि होइन स्वास्नी मान्छे लोग्ने मान्छे वाहेक अर्को जात छैन उसको पनि रातो रगत मेरो जस्तै हेर कसरी ऊ अछुत ! भयो भ्रम भयो यहाँनेर

Posted in कविता | Tagged | Leave a comment

कविता : समय-असमय

~कुमार सिंखडा~ समयलाई थाम्न सकिएन; अतः समयलाई लगाम लगाउन सक्ने सारथीहरूको खोजी भइरहेछ । एउटा समय थियो जहाँ समय नै थिएन, अर्थात् असमय थियो, समयका पारखीहरूले रगत-पसिनासँग खेलेर समय आयात गरे – आज तिनै पारखीहरूमाथि पोखिएर पशुत्व र पापको दहमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे र उसको स्थिति

~कुसुम खवास~ दुःख आइपर्दा सुख सम्झी दिन कटाउँदो रहेछ मान्छेले सुख आइपर्दा दुःख बिर्सी प्छिको ख्याल गर्दो रहेनछ मान्छेले । यसै कारण नै दिन पछि रात आउने गरेको हो, भन्छन् यहाँ ।

Posted in कविता | Tagged | Leave a comment

गजल : घर ले’र आईजा

~पदम भण्डारी~ बा ले भन्थे कमिनीलाई, घर ले’र आईजा बुहारी हो भन्छु तर, रक्सी खा’र नआ घर छोडे पनि घरलाई, चट्टै नबिर्सिनु घरमा आउने नाममा काम, छोडि धा’र नआ

Posted in गजल | Tagged | Leave a comment

कविता : अलमस्ती भई बस्नु भएन

~सिम्रिका घले~ नेपाली हुँ भन्ने जतिले अलमस्ती भई बस्नु भएन हिम्मत हारी कहिले पनि लाचारीमा फस्नु भएन । हुर्दुंगेहरुको क्रियाकलापले पराश्रयी बनाउँदैछ हामीलाई असन्तोषको पेसाले पनि हैरान गराउँदैछ हामीलाई ।

Posted in कविता | Tagged | Leave a comment

गीत : जीबन देखि धेरै धेरै नै थाकेर

~गोपाल योञ्जन~ जीबन देखि धेरै धेरै नै थाकेर म मुर्दा भएको तिमी आज हेर यहाँ ढुंगाहरु गर्छ इश्वरको अभिनय कुकुर पनि गर्छ, मान्छेको अभिनय कल्लाई मान्छे भन्ने, कल्लाई देब भन्ने यो परिभाषा आज च्यात्तिएको हेर

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : नेपाल हुनु त यस्तो पो हुनु

~श्रुणुति सिंह~ आज वर्षौपछि म नेपाल फर्कँदैछु। म अति खुसी छु। खै, म कसरी बताऊँ। यसलाई अभिव्यक्त गर्ने मसँग कुनै शब्द नै छैन। जे होस् म अकल्पनीय खुसीले मात्तिएकी छु। मलाई कता-कता लागिरहेको छ- मेरो जन्मभूमिमा धेरै परिवर्तन आएको हुनुपर्दछ। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : उद्घोष

~श्यामदास वैष्णव~ साहस छ भने आफूमा हरमान्छे सगरमाथाको प्रतीक बन्न सक्छ निष्ठा छ भने धरतीमाथि हर प्राणी गाथा बन्न सक्छ । आवश्यकता छ केवल सचेतनताको यहाँ होश छ भने हर व्यक्तित्व बुद्ध यहाँ बन्न सक्छ । विवेकशील छ भने हर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : बेदना झल्काउने गाउँघरको तीज

~यमुना अर्याल~ मेरो गाऊँमा तीज आउनु भन्दा एक महिना अघिदेखी एक दिन बिराएर गाउलेलाई पाएक पर्ने घर वा स्कुलमा तीजका गीत गाउने र रमाइलो गर्ने परम्परा छ। पश्चिम पहाडको अर्जै पोखरावारीका डाँडापाखा छहरा यतिबेला तीजमय बनिरहेका छन्। महिलाको मात्रै पर्व … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : तपाईँले किताव निकालेको छ?

~चर्चित ढुंगेल~ केही महिनाअघि प्रज्ञा भवन कमलादीमा ‘एनसेल नेपाली लिटरेचर फेस्टिवल–२०१२’ मा जाने मौका मिल्यो। फेसबुकबाट घनिष्ट भएका मित्र रमेश कँडेलसँग प्रज्ञाको गेटैमा भेट भयो। मैले उनलाई चिनिहालेँ। उनले मलाई चिनेनन्। मैले अनुमान लगाउन भनेँ। केही बेर उनी चिनेजस्तो, सम्झेजस्तो … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : जहाँ समय रोकिन्छ !

~जे.बी. शेर्पा ~ सुन प्रिये , आउ ! सब्बै छोड़ी दिउँ , जहाँको त्यहीँ , जस्ताको त्यस्तै , भूली दिउँ , त्यागी दिउँ सब , चुँडाली दिउँ सब बंधन हरु !!! जसले तिम्रो र मेरो अनमोल पल हरु , हाक्का … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : अलमल, ढलपल नीति

~लहडकान्त सिलवाल~ अलमल, छलफल, ढलपल नीति आपसमा उत्पन्न गराउँछ भीति जसले तोड्यो सास्वत स्थिति दर्शाउने कसले उसप्रति प्रीति ? अदक्ष र अज्ञहरुको जोश उम्लेको देखिन्छ गुमाई होश यस्ताको भर पत्यारमा कसरी रहने हो मन जिती ? अलमल…

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : हाम्रो उज्यालो गाउँ

~राजेन्द्र प्रसाद लामिछाने~ आफ्नो अस्तित्वलाई पैतलामुनी दबाएर बराजुहरूको निमेकमा ढुनमुनिँदै परान फेरिरहेको हाम्रो उज्यालो गाउँ। ‘तिमीले केही गर्न सक्छौ’ भनेर न कसैले भने ‘हामीले केही गर्न सक्छौं’ भनेर न हामीहरूले नै सोच्यौं

Posted in कविता | Tagged | Leave a comment

गजल : साथमा तिमी पनि आयौ

~उमा गौतम~ ओठभरि मुस्कान ल्यायौ साथमा तिमी पनि आयौ धेरै आए जिन्दगीमा तिमी मनको धनी आयौ सपनीमा बिपनीमा संगै रोयौं सगैं हासौं जनमजनम तिमीलाई नै साथ दिन्छु भनी आयौ

Posted in गजल | Tagged | Leave a comment

कविता : देशभक्ति

~दिवाकर रिमाल~ ज्वालमूखी विस्फोट हुन्छ, जनसागर जुटेपछि असम्भव नि सम्भव हुन्छ, एक भएर उठेपछि हराभरा हुनुपर्ने उजाडिँदै गयो किन ? प्रकृतिको धनी पनि बेसहरा भयो किन ? नभएको जुटाउनेले भाको पनि लुटेपछि ज्वालमूखी विस्फोट हुन्छ, जनसागर जुटेपछि असम्भव नि सम्भव … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा फरक यात्रा

~मुक्तान थेबा~ लु हो……..च्याङ्बा ! यो त हुँदै भएन……….. किन बोकिरहन्छौ च्याङ्बा तिम्रै आयु मागिरहेको पुरातन झोला र, बनिरहेछौ झोले ? त्यही झोलाले किच्चिँदा तिम्रो कति म्हेमेहरुले आधाबाटोमा आफ्नै सपनाहरुको मलामी बन्नुपर्‍यो हिसाब छ च्याङ्ब तिमीसित? त्यही हत्यारा झोलाको सामु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : बदलिएको आकृति

~निश्चल काउचा~ मलाई चुरोटको धूँवा भनेपछि पटक्कै मन नपर्ने । सूर्य चुरोटको धूँवा उडाउँदै मेरो कुईनामा आफ्नो छाती ठोस्दै सिक्नेचरले भरिएको गिलास उचाल्दै आकृतिले भनिन् । ‘चियर्स’ मैले मन नलागी नलागी भरि गिलास उठाए र ‘चियर्स’ भनेँ । उतापट्टि जगल्टेले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment