Author Archives: Editor

कविता : क्रान्तिकारी को नाउँ मा एउटा तार

~युद्धप्रसाद मिश्र~ सक्ने भै तिमी रक्तक्रान्ति गरने नीति छ नेता उठ साँच्चै शोषणमुक्त बन्नु छ भने यौटै मियोमा जुट पोल्ने छाति कुरा घटेका ननिका गाउँ लथालिंग छ च्यापेको अभिभारका हृदयको क्रान्ति त्यसै ठिंग छ

Posted in कविता | Tagged | Leave a comment

समालोचना : मिथकीय बिम्व, विनिर्माणवादी चिन्तन र नारीवादी चेतनामा: मेरो जोकाष्टा आमाको समर्थनमा

~पूर्ण इन्फादा~ आमुखः समकालीन नेपाली कविता साहित्यलेखनमा चर्चाको शिखरमा रहेका कवि हाङयुग अज्ञात (वि.सं. २०३३) विशेषतः कवितालेखन र भूमिकालेखनमा अभ्यस्त देखिन्छन् । सिर्जनशील अराजकतालाई रूचाउने हाङयुग अज्ञात सिर्जनशील साहित्य समाज हङकङका संस्थापक पनि हुन् । उनले आजको युवा पुस्ताको आवाजको … Continue reading

Posted in समालोचना | Tagged | Leave a comment

गजल : सबको दु:ख हरौं अब

~निर्मला अवस्थी~ काट मार छोडी बरु सबको दु:ख हरौं अब ह्रदयको कुना कुना मायै माया भरौं अब।। तेरो मेरो गर्दा गर्दै आफन्त नि टाढा भए फेरि नाता जोड्नलाई आफै अघि सरौं अब।।

Posted in गजल | Tagged | Leave a comment

कविता : सुरेन बाबु

~आभास~ सुरेन बाबु यो सामान्य कुरो हो रगत रातो हुन्छ सुरेन बाबु तिमीले आनन्द लिन रइफल बोक्ने गरेका छौ साँझको गोधूलिमा तिमीले निरीह ढुकुर मार्ने अभ्यास गरेका छौ तिमीलाई थाहै छ ढुकुरको रगत रातो हुन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : धने : एउटा कविता

~आभास~ धने बञ्जर भूमी खन्छ जोत्छ र उमार्छ बीउहरु बीउसँगै उम्रन्छ धने फक्रन नपाउँदै उसको खेतमा उसको जिन्दगी उम्रने खेतमा साँढे पस्छ र चपाउँछ उसको पूरा जिन्दगी फेरि बेला नहुँदै ओइलाउँछ

Posted in कविता | Tagged | Leave a comment

कविता : भेन्टिलेटरमा देश !

~अनुज श्रेष्ठ ‘प्रवास’~ भोलि अर्थात जेठ १४ गते यो देशको अप्रिल फुल आफ्नो आँगनमा फलेको हलुवावेद झैं संविधानका सपनाहरु बाँडेर हामीलाई कमरेडहरु निदाइरहे महङ्गा पलङ्हरुमा र भरिरहे अन्तराष्ट्रिय उडानहरु । राष्ट्रिय उडानको महँगीमा छट्पटाइरहयो कर्णाली ब्लुज…. ६२/६३को आन्दोलन,सहिदका सपनाहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : उखाडिंदैछ

~युद्धप्रसाद मिश्र~ प्रचण्ड निम्न वर्गमा उठी उठी बहादुरी विपन्न पूँजीवादीता छ भत्कँदै गयो धुरी बुझिसक्यो मनुष्यका दिमागले सही कुरा अकाट्य देश मुक्तिको खुलिसक्यो दिशा पूरा

Posted in कविता | Tagged | Leave a comment

राष्ट्रिय गान : सयौं थुँगा फूलका हामी

~व्याकुल माइला~ सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली सार्वभौम भई फैलिएका, मेची-महाकाली। प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल वीरहरूका रगतले, स्वतन्त्र र अटल।

Posted in नेपाली गीत | Tagged , | Leave a comment

गजल : मैले पिएँ आज

~आशांक उपाध्याय~ नप्यूने बाचा खाएर पनी किन मैले पिएँ आज ! हाँसी खुसी बाच्ने कसम तोडी किन रोएँ आज !! सधैं हिड्ने गल्ली पनी उराठ उराठ लाग्न लाग्यो, किन अनी कसको नामले यस्तो उदास भएँ आज !!

Posted in गजल | Tagged | Leave a comment