Author Archives: Editor

गीत : बल गरेर

~बिपिन किरण~ बल गरेर त्यो मन यता मोड भन्दिन म माया गर्छेउ थाहा छ मलाई छोड भन्दिन म तर खुशी अन्तै मिल्छ भने तिमीलाई धेरै मैसँग नाता जोड भन्दिन म म त माया गर्छु तिमीलाई म मात्रै कहाँ हो र … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

व्यङ्ग्य कविता : काठमाडौंलाई घेर

~विमल निभा~ पूर्वबाट घेर पश्चिमबाट घेर उत्तरबाट घेर दक्षिणबाट घेर काठमाडौंलाई घेर प्रेमले घेर साहसले घेर उमेरले घेर शान्तिले घेर काठमाडौंलाई घेर यताबाट घेर त्यताबाट घेर उताबाट घेर जताबाट घेर

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : तिमी मेरो बनिदेउ न !

~आशा गुरुङ~ म पर्खिबसेकी छु ती घुम्टोहरुलाई तिमी बादल बनि आइदेउन म रमाउन सक्छु तिम्रो बिशाल छातीमा तिमी आकाश बनि आइदेउन तिमीभित्र कतै म हराउन चाहन्छु तिमी मेरो आँखीझ्याल भएर हेरिदेउन म रुझिदिउला बरु तिमीसङै सधैं साउनको झरी बनि तिमी … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : मेरा आशक्तिका

~ उन्नती बोहरा ‘शीला’~ मेरा आशक्तिका भावना तिमीले बुझ्न सकेको भए मेरा मायाका जाहेरी तिमीले सुन्न सकेको भए म टुक्रा टुक्रा भई किन झरिन्थेँ होला आत्मा साक्षी लाएको यो पिरती मनै पोल्ने भएछ भत्भती फूल सम्झी सजाएँ मुटुमा बिझ्यो किन … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : बिकृत बाटो

~टेकब कोइराला~ बिमला ! के तिमी पनि यही बाटो जान्छौ र यो त मैले हिँडिसकेको बाटो अनुभूत गरिसकेको बाटो अभ्यास गरिसकेको बाटो यो बाटोमा कुनै चौतारी छैन कुनै देउराली छैन । यो त मैले भोगिसकेको बाटो यो बाटोमा कुनै मिठास … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : एउटा परदेशी आई

~ललिजन रावल~ एउटा परदेशी आई सोध्यो मेरो नाउँ तर चाँडै छोडी गयो यो रमाइलो गाउँ एउटा चिठी उसैलाई पठाउनु थियो भनिदेऊ जूनतारा कुन हो उसको गाउँ ?

Posted in गजल | Tagged | Leave a comment

कविता : फर्किहाल्छु देश

~गोविन्द गिरी प्रेरणा~ कहाँ वस्छु र म यो परदेशमा फर्किहाल्छु देश । देशको राजनीति अलिकति राम्रो होस् लोड सेडिंग घटोस् धारामा पानी झरोस् फर्किहाल्छु देश । सम्विधान वनोस् दोहोरो नागरिकता पाइयोस् शान्ति सुरक्षा सुध्रियोस् वाटो चिल्लो वनोस् धूलो मैलो नहोस् … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : घामका पाइलाहरूले कुल्चेपछि

~सरण राई~ अश्रुपुरित नजरले म पछाडि हेर्दिनँ युगल हातहरू तिमी बिदामा नहल्लाउनु अदृश्य सुइरो मनभित्र रोपिदै गैरहेपनि बिरामी कुरुवा जस्तै तिमी भैरहेपनि झझल्काहरू गुथ्थ परिरहेपनि घामका पाइलाहरूलेआँसुको आलो डोब नौनीजस्तो नरम मनमा नपार्नू युगल हातहरू तिमी बिदामा नहल्लाउनु भौतिक रूपको … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Poem : ……metamorphosis……

~Radha Malla~ The period was so difficult When I underwent, Continuous metamorphosis…… Pupa turned into Butterfly, And, Flew as like its species… An embryo turned into an infant, And, Started living like a human being…

Posted in Poem | Tagged | Leave a comment

नेपाली उपन्यास : थुम्काबाट चियाउँदा

~गणेश शर्मा~ समर्पण : साहित्य प्रेमीहरुमा  थुम्काबाट चियाउँदा | नेपाली उपन्यास | गणेश शर्मा भाग-१ काभ्रेको खोरियालाई हुस्सेले ढाकेको थियो । त्यसकारण विजयछापका झुप्राहरु बादलभित्र हराएका थिए । थुम्काहरुले कालो बादलको टोपी लाएकाले वरिपरिका रुखहरु प्रष्ट देखिदैन थिए । भष्मे … Continue reading →

Posted in नेपाली उपन्यास | Tagged | Leave a comment

आधुनिक गीत : प्रतीक्षा गर मेरी मायालु

~राजेन्द्र रिजाल~ प्रतीक्षा गर मेरी मायालु समयले मानिसलाई कहाँ कहाँ पुराउँछ कहिले हसाँउछ कहिले रुवाउँछ आँसु र हाँसोको संगम पनि गराउँछ पर्खन्छन् कति आत्माहरु मायाको धुनी बालेर

Posted in नेपाली गीत | Tagged | Leave a comment

स्वदेश गान : गाउँ–गाउँबाट उठ

~श्याम तमोट~ गाउँ–गाउँबाट उठ, बस्ती–बस्तीबाट उठ यो देशको मुहार फेर्नलाई उठ। हातमा कलम हुनेहरू, कलम लिएर उठ बाजा बजाउन जान्नेहरू, बाजा लिएर उठ।

Posted in स्वदेश गान | Tagged , | Leave a comment

कविता : किन होला?

~विजय महर्जन ‘श्रीजय’~ समय सधैं एउटै हुन्न रे कहिले घाम त कहिले छाया हुन्छ रे कहिले रित्तो त कहिले भरीभराउ हुन्छ रे तर साथी मेरो समय सधैं रित्तो र छाया मात्र किन? समय भाग्यको खेल हो रे कहिले पापी त … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : एक दिन एकचोटि आउँछ

~गोपालप्रसाद रिमाल~ एक जुगमा एक दिन एकचोटि आउँछ उलट-पुलट, उथल-पुथल, हेरफेर ल्याउँछ लाटा-सुधा बोल्न थाल्छन्, चल्न ओठ दु:खको सहे भनी सम्झिएका ईख फेर्न उठ्तछन् गए भनी नदेखिएका फर्की-फर्की आउँछन्

Posted in कविता | Tagged | Leave a comment

कविता : यहाँ नेपाल छ !!

~स्वरूप पाल्पाली~ हिमाल, पहाड़ ,तराई छैनन यहाँ डाँफे र मयूर नाच्दैन यहाँ लालीगुरांस फुल्दैन यहाँ तर पनी, हामी नेपाली छौ यहाँ नेपाली भाषा र नेपालीपन छन यहाँ रातो टिका र जमराले दशैं मनाउछौँ यहाँ फर्फराउँदै नेपाली झंडा गौरव मानी नेपाली … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : अमृत

~आकाश दवाडी~ आज म यहाँ आइपुगे। हिजोसम्म त उमङ्ग थियो, जोश थियो। आज याताउता हेर्छु, अनी थाहा पाउछु कि यहाँ त केही रहेनछ। लौन यो त मरभुमी पो रहेछ। म छाँगबाट खसे जस्तो भएँ। ला म त फसेछु नि। आँङ … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : पचास वर्ष पछिको दन्त्यकथा

~सन्जोग नेपाली~ “उहिले नै नेपाल भन्ने देशमा जनताले १९ दिन आन्दोलन गरेर राजा हटाए | राजालाई हटाएपछि संबिधानसभा बनाए | एक अर्कालाई दोष दिदै दलहरुले संबिधान बनाएनन् | संबिधान नबने पछी मन परि भयो | सत्ता र सरकारको लागि हानाथाप … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

स्वदेश गान : मेरो टोपी

~गोपाल योन्जन~ मेरो टोपी कैलासको शिर जस्तो, हिमाली भीर जस्तो कहिले पनि झुक्न नजान्ने, कहिले पनि लुक्न नमान्ने नेपाली वीर जस्तो नेपाली धीर जस्तो मेरो टोपीभित्र मेरो बहिनीको मायाको बास छ अहिलेसम्म भोगेको मैले मेरै घाम-छाँयाको बास छ मेरो टोपी … Continue reading →

Posted in स्वदेश गान | Tagged , | Leave a comment

कविता : जय ध्वनि

~युद्धप्रसाद मिश्र~ गुज्रिंदै चारै तरफ छन् देशका जय जय ध्वनि खोल्दैछन् नेत्र केही धर्म-अन्धाले पनि क्रान्तिकी रण – चण्डिका छन् खूनकी प्यासी बनी झल्कने बेला छ ऐले शान्तिको नव रोसनी

Posted in कविता | Tagged | Leave a comment

Poem : No place like home……

~Rajan Poudel~ Struggling to make my living back home I came to this country of unknown Carrying hopes and dreams of my own I thought life would be better here but I was wrong! Now I have realized, this place … Continue reading →

Posted in Poem | Tagged | Leave a comment

गीत : तिमीले जति नै

~चाँदनी शाह~ तिमीले जति नै माया दिए पनि मेरो माया मुटुको तिर्खा मेटिने छैन यो जुनी भरिमा तिमीलाई जति दिउँ यो मुटुबाट झिकेर माया यो मेरो सिद्धिने छैन सयौँ सय जुनीमा आँसुका झरीले ब्यथाका बादलले आएर कहिले सक्नेछैनन् पखाल्न धमिल्याउन

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : आँखामा फुलेको जीवन

~साबित्रा काफ्ले~ धानखेतमा शिला खोज्दै, उकालो लागेका, झुमा र मारुनीहरु सुनकोशीमा रोप्छन बैशका रङहरु। फुङ्ग उडेको, कुपोषीत अनुहार पारिजात जस्तै, हतासमा झरेका उत्कण्ठा, सम्हाल्न खोजेर बिहानमा, छरपष्ट छन् सुकोमल मनहरु।

Posted in कविता | Tagged | Leave a comment

कथा : उज्यालोको प्रतीक्षा

~मातृका पोखरेल~ “म त राजनीति गरेकी मान्छे । के मेरो स्वतन्त्रतालाई उसले सम्मान गर्न सक्छ ?” आफ्नो बाबु लेखराजले राखेको प्रस्ताब भुइँमा झर्नै नपाई रम्भाले सोधेकी थिई । “ऊ पनि प्रजातन्त्रवादी मान्छे हो, राजनीतिक परिवारमै हुर्किएको हो”, लेखराजले पनि त्यो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : के यो कुरुक्षेत्र हो ?

~नवराज सुब्बा~ जताततै मुकुन्डामा छेलिएर मान्छे मान्छेलाई नै तर्साइरहेछन् आपसमा तीर, पीर सबै बर्साइरहेछ अनगिन्ती निसानाबाट जोगिँदै कताकता भागौँ म ? डसिँदै कहाँकहाँ लखेटिऔँ म ? चिन्दिनँ खै ! को मान्छे ? को हो ! केवल मुकुन्डै–मुकुन्डा मात्र छन् ! … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : देश बहादुर भरिया

~श्रीशीशा राई~ अढाई सय वर्ष पुरानो ढुंगाको भारी बोकेर उभिईरह्यो ठिँगै विसौनीमा आईपुगेपछि भारीको संस्करण फेरिएको छ यो अब संघियताको भारी हो छदैँछ पिठ्युँमा गह्रौँ भारी ईतिहास–फलामको समयसँगै पिठ्युँमा घोप्टिने भारीहरु सवै बोक्नुपरेको छ देशबहादुरले छोटा र खुकुला पाखुरी र … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी त उही चन्द्रमा रहिछौ

~नवराज दाहाल~ तिमी त उही चन्द्रमा रहिछौ मैले कहिल्यै जानिन। नजर उठाइ एक फेर हेर्न जरुरी कहिल्यै ठानिन। सात समुद्र पारि तिमीलाई छाडेर आएथे। मिलन अब नहुने हो कि अनुमान यस्तै लाएथे। तिमी त मेरै चन्द्रमा रहिछौ

Posted in कविता | Tagged | Leave a comment

Poem : Got to drink today

~Sanat Acharya~ Today I worked a lot I saw the sun at both ends of horizon Sore are joints, brains cannot plot My feet feel like carrying a ton There is a bottle shop on my way To erase this … Continue reading →

Posted in Poem | Tagged | Leave a comment

कविता : म तिम्रो बन्न चाहन्छु

~राधा मल्ल~ निलो आकाशको त्यो गहिराइमा, निस्कपट तिम्रो नयनको सागरमा, म डुबुल्की मार्न मार्न चाहन्छु। एक पटक अनुमति दीइ हेर तिमी, म अझ पवित्र बन्न चाहन्छु। बिहानिको त्यो चिसो बतासलाई सोध, साँझको यो मिठो गोधुलीलाई सोध, म सधैं सधैं तिम्रो … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बाल कविता : म सानी नानी

~शिक्षा भण्डारी~ म सानी नानी राम्रो मेरो बानी। किताब कापी हाली पढ्छु मिली जुली। आज्ञाकारी म छोरी

Posted in बाल कविता | Tagged | Leave a comment

कविता : संक्रमित बुद्ध

~सन्देश राई~ असम्भव यहाँ केही रहेन पिपलको फेदमा बस्ने बुद्धलाई एच.आई.भी. भएको छ परिवर्तित छन् सोँचाईहरु हराएको छ आफ्नोपन मौलाएको छ गलत मानसिक्ता बुद्ध संक्रमित छ सम्झी सम्झी विर्सँदैछौँ आफैलाई मष्तिष्कमा भर्दैछौँ हिंसाका कुहिराहरु बाध्य पार्दैछौँ पुछिनलाई सिउँदोहरु टुहुराको सम्मान … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पूर्व छापामार

~स्वप्निल स्मृति~ १६ वर्षको हुँदा पहिलो पल्ट पुग्यो ऊ सदरमुकाम र थर्थरी काँप्दै लियो नागरिकता २० वर्षको उमेरमा आफूलाई अनागरिक घोषणा गर्‍यो र युद्धमा आफूलाई होमिदियो युद्धमा कब्जा हुँदा सदरमुकाम उसले फस्ट एसल्टको जिम्मेवारी निभाएको थियो सिडिओ कार्यालयको प्रवेशद्वार छिचोल्ने … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अर्को हिटलरको जन्म

~मनु लोहोरुङ्~ भोक र शोकको सन्तापमा कहिले सम्म उभ्याउछौ ? उभ्याउ मलाई आकाश खस्दा सम्म उभ्याउ मलाई धर्ति फाट्दा सम्म किन कि, मेरा पुर्खाले हिम्मत हार्न जानेन, हरेसका धर्सा गनेन निधारमा नारीवादको नाराले ढाँट,,सारीवादको पाराले थिच म बेत्ताल भएर यो … Continue reading →

Posted in कविता | Tagged | Leave a comment