Author Archives: Editor

कविता : झट्ट आँखा उघार !

~शान्ता पन्त~ पूर्खाको त्यो अथक सपना आत्मले सम्भि्कराख, पाला पुस्ता तरुणवयको जिन्दगी होस् राख। नेपालीको अवनति भयो छैन राम्रो मुहार, ए ! नेपाली युवक सब हो, झट्ट आँखा उघार।। १।। सोचौं हामी सकल मनले देशमा फैलिएको , बाधा कस्तो भुवनभरीनै … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : कति भरौं पाना

~ललिजन रावल~ पीडाहरू पोखी सधैं कति भरौं पाना आँखाबाट बगाउँदै मोतीका यी दाना बर्षा याममा फेरि पनि पानी चुहिरह्यो कैले टालिएलान् कठै चुहिएका छाना

Posted in गजल | Tagged | Leave a comment

समीक्षा : लक्ष्मीप्रसाद देवकोटा : वैचारिक पक्षको अध्ययन

~मोहनविक्रम सिंह~ प्राक्कथन : लक्ष्मीप्रसाद देवकोटा, गोपालप्रसाद रिमाल र हृदयचन्द्रसिंह प्रधान तीनजना नेपालका मेरा सबैभन्दा सम्मानित र प्रिय साहित्यकारहरू हुन्। देवकोटा मेरा गुरू पनि हुनुहुन्थ्यो। (हाईस्कूलमा उहाँले मलाई ट्युशन पढाउनु हुन्थ्यौं) जुद्धोदय पब्लिक हाईस्कूलमा प्रथमपल्ट छात्रसङ्घको गठन गर्दा म त्यसको … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

गजल : सुन्यतामा हराउदैछौ किन

~बिपिन किरण~ आज फेरी सुन्यतामा हराउदैछौ किन नजिक आइ बोल्नलाई डराउदैछौ किन मनका कुरा खोल्न यती डर लाग्छ भने भित्र भित्र मलाई मन पराउदैछौ किन

Posted in गजल | Tagged | Leave a comment

गीत : क्या दामी भो

~राजेन्द्र थापा~ बेहोशी पछि त होशमा आउँदा क्या दामी भो यहाँ पिउने म, पिलाउनेको पो क्या बदनामी भो बाहिर अमृत लेखे पनि भित्र भने बिषादी रैछ माया अमृत पिएदेखि जिन्दगी क्या बिरामी भो

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : विषमता

~मित्रमणि आचार्य~ एक्लै सोच्दैछु/योजना कोर्दैछु कसरी बाँच्ने, कसरी रहने? हिजो मात्र/रमेश पक्डियो रे…। रोएको अपराधमा/आफ्नो छोरो मरेको शोकमा आफ्नो परिवारलाई साथ दिएकोमा। हिजो ऊ हाँस्नुपर्थ्यो रे ! किन भने, त्यस देशको शासकको छोरो जन्मिएको रे !

Posted in कविता | Tagged | Leave a comment

कविता : युग हाँक्ने लाल योद्धाहरू हो

~सागर कुँवर~ युग हाँक्ने लाल योद्धाहरु हो समयको मागलाई बुझ इतिहासको स्वर्णिम घडीमा विश्वको कालो इतिहासलाई ध्वंस गरी, नयाँ इतिहास लेख्न, रगतको मसी कलममा भर ! नयाँ युगको आमा बन तिमीलाई नयाँ युगले स्वागत गरिरहेछ

Posted in कविता | Tagged | Leave a comment

गजल : सधैँ आफ्नै ठानी

~ललिजन रावल~ शत्रुलाई सिरा बोक्यौँ सधैँ आफ्नै ठानी र त युगौँदेखि झेल्यौँ कैयौँ घामपानी । पूराना ती रातहरू जति ढले पनि उदाएको छैन अझै नौलो त्यो बिहानी ।

Posted in गजल | Tagged | Leave a comment

कविता : छिट्टै यी प्रतिक्रियावादीहरु ढले…

~गिरीप्रसाद बुढा~ अत्याचारको डरलाग्दो खुकुरी उठाएर हामी जनतालाई अचानो पार्नेहरू फगत आफ्नो स्वार्थको खातिर दुःखी र गरिब मान्छेलाई मार्नेहरू तिनीहरूको सत्यनाश भए हुन्थ्यो तिनीहरू किरा परी मरे हुन्थ्यो कम्तिमा पनि हिटलरको मृत्यु सँगै उसको तानाशाह पनि गए जस्तो तिनीहरूको सत्यनाश … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : स्वर्ग र नरक

~रामशेखर नकर्मी~ यमराजको अड्डा, राजा महाराजाहरूको खोपी जस्तै हेर्दैमा रहर लाग्दो एक ठूलो कोठा। यो कोठासँगै दायाँतिर स्वर्ग, बायाँतिर नरक। स्वर्ग ठूलो, फराकिलो, त्यत्तिकै राम्रो, चारैतिर झलिमिली, उल्लाए र उमंगले भरिपूर्ण छ। त्यहाँ सुगन्धित हावा हररर आइरहेको छ। निर्मल पानी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : निर्दयी हातहरु

~मानबहादुर भण्डारी~ कोपिलामै झर्दछन् कैयौं फूलहरू फूल्न नपाई किन निमोठिन्छन् ती निर्दयीका हातहरूले लाग्छ मलाई यहाँ ठूलो षडयन्त्र छ तड्पाउनु उसको नीति हो–त्यसैले ऊ निर्दयी छ राम्रो बस्तु देख्यो कि उसलाई बिगार्ने वानी छ मुस्कुराउँदो नव लालीदेखि उसलाई डाहा लाग्छ।

Posted in कविता | Tagged | Leave a comment

गीत : कहाँ थियौ

~शितल कादम्विनी गुरुङ~ कहाँ थियौ तिमी रंगमञ्च उठेपछि आयौ समयले यो जवानी लुटेपछि आयौ तिमी म सँग सँगै गर्नुहुन्थ्यो यात्रा जिन्दगीलाई बोक्ने गाडी छुटेपछि आयौ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : हुन्छ हुन्न !

~अधिकारी राजुश्री~ एउटा कुरा सोध्दा हजुर रिसाउनु हुन्छ हुन्न ! जनताको छाला काढी ताज लाउनु हुन्छ हुन्न ! पराग भए माहुरीले चुम्छ, चुम्छ फूललाई प्रयोगशालातिर कदम बढाउनु हुन्छ हुन्न

Posted in गजल | Tagged | Leave a comment

गीत : युवा आवाज

~विष्णुप्रसाद खनाल~ रक्षा गरौं सबै हामी राष्ट्रियता गणतन्त्र संघीयता विरूद्धमा अभियान मूलमन्त्र परिवर्तन स्वतन्त्रता माग गर्दै युगबोल्छ संघीयता अशान्तिको विरूद्धमा युवाबोल्छ–२ मातृभूमि चिन्तित छ अशान्तिको खेलदेखि संविधान अन्योलमा छ जिम्मेवार दलदेखि सयौंथुँगा फूलहामी एउटै माला नेपाली हौं संघीयता विरूद्धमा सारा … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : सपना

~सुशीला देउजा~ झसङ्ग भई निद्राबाट बिउँंझिएका मन्त्री महोदयले सिरानमुनि राखेका फाइल र कलम फुत्त फ्याले । मानौं उनले भयानक सपना देखे । अनि संगै निदाइरहेकी श्रीमतीलाई घचघचाउँंदै बिउंँझाएर भने ‘ए बाबुकी आमा लौन मलाई गालामा ठयाम् ठयाम् हान त’ । … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

संस्मरण : अन्तर्मनमा सगरमाथाको यात्रा

~जुनिता सुब्बा~ कुरो २००८/०९ सालको हो। एकदिन अचानक इमेल खोल्ने क्रममा एउटा इमेल पाँए ।सगरमाथा आरोहण सम्बन्धि थियो ।बास्तबमा त्यो इमेल पठाउने मान्छे को हो? कहाँ हुनु हुन्छ ? आज पनि मलाई थाहा छैन । S .w .नामले चिनिनु हुने … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

छोक : दृष्टि भ्रम

~तीर्थराज अधिकारी~ आफ्नै शिर चक्कराएको भेउ नपाउनेले कुनै पहाडलाई हे–यो भने पहाड नै घुमेको भन्न सक्छ ।

Posted in कविता | Tagged | Leave a comment

गजल : जस्तै छ साथी

~मधु रिजाल~ देशको हाल के सोध्छौ, तिमीले छोड्दा जस्तै छ साथी रोल्पा, रूकुम, कर्णाली, हुम्लाको दशा उस्तै छ साथी जोती खाने हली दाईको सुखको दिन आ”को छैन जोताईखाने मुखीयाको दमन त्यस्तै छ साथी घैंटा फोड्दै हिंड्नेले नै आज धेरै पिउँदै … Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : मलाई तिम्रो दरबार चाहिँदैन

~शिव प्रकाश~ दरबार बाँड्दै हुनुहुन्छ नयाँ मालिकहरू म राजा होइन किन चाहियो मलाई दरबार राजा हुन, रण गर्नुपर्छ गणको स्वामी हुनुपर्छ, बध गर्नुपर्छ मैले त्यो गर्न सकिनँ दरबारको आश छैन म घरबारविहीन नागरिक सिहदको रगतले स्वाधीनता पोतिएको एउटा स्वतन्त्र देशको … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : यहाँ पस्न थाले हजुर

~हीरारत्न श्रीशा~ विस्तारवादी सेना यहाँ पस्न थाले हजुर हाम्रो भूमि लुट्दै यही बस्न थाले हजुर संघीयतामा देश लगि टुक्रा पारी खान विस्तारवादी गोला बारुद्ध खस्न थाले हजुर

Posted in गजल | Tagged | Leave a comment

गजल : यस्तै भो मायामा फँसेपछि

~राकेश कार्की~ बिदेशीसँग माया बसेपछि यस्तै भो मायामा फँसेपछि । नजिक गई ‘व्युटिफुल’ भन्छु दशथरी मेकअप घसेपछि । ‘No’ लाई पनि ‘Yes’ भन्ने भएँ

Posted in गजल | Tagged | Leave a comment

कविता : लूसी र सपना

~प्रतीक चाम्लिङ्ग~ पहिलो भेट मुस्कानहरुले सजिएको तिमी वर्डस्वर्थको लूसी झै कुरुप ढुङ्गाको चेपमा फुलेको शुन्दर फुल प्रकृतिले दिएको बरदान कति प्राकृतिक दुःख खेपेर आस्थाको थुँगा लरक्क लर्काएर तिमी फुलेकी । म सायद तिम्रो सुगन्धित थुँगाहरु संग तिमी संगै फुले क्यारे … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लेख : धर्म र दर्शनको विश्लेषणमूलक अध्ययनको आवश्यकता

~मोदनाथ प्रश्रित~ गौतमबुद्धलाई अहिले विश्वका अधिकांश मानिसहरू महाज्ञानी, तार्किक, मानवतावादी, सत्यका अन्वेशक, शान्तिका मार्गदर्शक, सुधारवादी दार्शनिकका रूपमा चिन्दछन् र ठूलो सम्मान व्यक्त गर्दछन्। तर एक समय यस्ता थियो विभिन्न धर्म र दर्शनका अनुयायीहरूले उनलाई “वेदविरोधी, नास्तिक, पाखन्डी, भँडुवा” आदि भनेर … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

गीत : नौ सय खोला

~यादव खरेल~ नौसय खोला तरेर जाने बिर्सने पो हौ कि मलाई बिर्सने पो हौ कि २ नफर्केसम्म पर्खेर बस्छु सम्झनाको दीयो जलाई बिर्सने पो हौ कि नौ सय खोला बादलले ढाके म रोइरहेछु भनि ठाने है २ बाडुल्की लागे म … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : समय

~टंक सम्वाहाम्फे~ समय अविरल आइरहन्छ विना मुहानको पानी जस्तो पर्खदैन डुवी जाने घाम जस्तो प्रक्रितिले प्रदान गरेको निशु:ल्क उपहार प्राप्त भैरहन्छ बाँच्नको लागि प्राण जस्तो तर थाहा हुँदैन हामीलाई सहज-असहज बनेर पाइलामा गतिशील भएर उर्लिदिँदा बनिदिन्छ सृस्टिको नियम जस्तो विद्यमान … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छोक : निचोरेर सुकाएको आकास

~अभि सुबेदी~ आकासबाट धर्धरी भक्कानो फोरेर रोएको कानमा खसेपछि वेगले भेट्न दौडेँ पृथ्वी मेरो मोटरसाइकलको चक्कामा पहिरन अल्झाएर

Posted in कविता | Tagged | Leave a comment

गीत : तिम्रै निम्ति

~रञ्जित ज्ञवाली~ तिम्रै निम्ति मखमली चोली लिई आउँला केही बर्ष पर्ख अझै डोली लिई आउँला हिरा मोती जुहारत सक्दिन म ल्याउन सिंदुरले रंगाउन होली लिई आउँला

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : मुसाहरुको कथा

~हीरारत्न श्रीशा~ जाडोभरि गुजुल्टिएर बसेका सर्पहरु जमिन भित्रबाट मुख ठूलो बनाएर समतल, मधेश, भिरपाखा अनि कुना कन्दराबाट जमिन नै थर्कने गरी मुसाहरुको जमान तै तर्सने गरी निस्किरहेका छन अघाएका सर्पहरु ५ वर्ष खाएर ५ वर्षसम्म नखाई बाँच्न सक्ने

Posted in कविता | Tagged | Leave a comment

गजल : आफू पग्ली

~रश्मिला कवाङ~ आफू पग्ली अरुलाई दीप छर्छे यी नर्स सेवा गर्न सच्चा भावले सर्छे यी नर्स दह्रिलो मन, आँटिलो पाइला चालेर सदा घामपानी नभनी निश्वार्थ सेवा गर्छे यी नर्स

Posted in गजल | Tagged | Leave a comment

कविता : शव-आसन

~डा. मधु माधुर्य~ कतै दशगजा हरायो र कालापानी मिचियो : विरोधमा आक्रोशको समाचार छापियो ; कविले तातो “क्रान्तिकारी” कविता दन्कायो ; कलाकारले व्यंग्यमा र संगीतकारले गीतमा क्रन्दन ओकल्यो; समाचार र कविताको रापले ‘म’ आगो भैसकेको थिएँ ! दशगजा र कालापानी … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सत्यको कुनै छायाँ हुँदैन

~मोमिला~ बाबा भन्नुहुन्थ्यो सत्यको कुनै छायाँ हुँदैन ……………. र म हरपल छायाँमुक्त सपना सोचिरहेँ कैयन् ऋतुहरू हाँगाबाट झर्दै रहे सिसिफस श्रापबाट मुक्त भएको सपना पनि देखेँ ब्युँझँदा श्रापको ठूलो ढुङ्गाले आफै किचिएको रहेछु …………….. र विमूढ सामुन्नेमा छायाँका अनन्त अर्थहरू … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेम

~किशोर पहाडी~ जब जब पानी पर्छ म तिमीलाई सम्झन्छु तिम्रो सुन्दर केश राशीबाट झर्दै गरेका थोपाहरू मोतीका र बग्दै गरेको नदी झैँ । जब जब रात पर्छ म तिमीलाई देख्दछु आउँदै विस्तारै अँधेरोबाट छाया विनाका तिम्रा ओठहरू केस्रा केस्रा फूलका … Continue reading →

Posted in कविता | Tagged | Leave a comment