Author Archives: Editor

कथा : नलेखिएको कथा

~मालिकराम राई ‘वियोगी’~ माधवको प्रथम लेख एउटा पत्रिकामा प्रकाशित भएँपछि उसका आफन्तहरूले उसलाई एउटा लेखक- उनीहरूको सोचाइमा त ऊ कथाकार) नै ठान्न थाले । एउटा कथा संग्रह निक्लेपछि त झन् ऊ ठूलै लेखक भयो, उनीहरूको नजरमा । अनि साथीहरूले, कसैले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : बास गरि बस्दो रैछ

~राजेश नेपाली~ जो सजिलै मनजितेर बास गरि बस्दो रैछ त्यही आखिर घात गरि उसैलाई डस्दो रैछ झुटो सपना देखाएर तारा झार्छु भन्ने हरू नत सक्े टिप्न न नै तारा खस्दो रैछ इमानको यहाँ मोल छैन बैमानको चर्चा बढी

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य छोक : ब्रह्माजी ख्वै ?

~चट्याङमास्टर~ सृष्टिका मुख्य तीन शक्ति; ब्रह्मा, विष्णु, महेश्वर, महेश्वर, विष्णु र ब्रह्मा, उल्टो क्रम यो चल्यो अब । महेश्वर प्रकट भए पहिले, गर्दै संहार खुब् क्षति, विष्णु चाहिँ भए दोस्रै, धान्दै बाँकी बचेजति ।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : अब त सुघ्र

~समर परियार~ अस्ताउँछन् घामहरू फेरि झुल्की नै रहन्छन् बग्छन् पानी निरन्तर मुहानबाट फेरि निस्कि नै रहन्छन् मर्छन हरेक मानवहरू तर मर्दैनन् उसका विचारहरू लड्दैछन् वीर अझै पनि न्यायको निम्ति पार्नलाई निमिट्यान्न अत्याचारहरू ए पाखन्डी हो छोड अब देश चिथोर्न

Posted in कविता | Tagged | Leave a comment

गजल : प्यारो हुँदो रै’छ

~प्रकाश आस्था~ आमा र जन्मभूमि प्यारो हुँदो रै’छ बाबुरामको ’नि मनलाई मातृप्रेमले छुँदो रै’छ बाबुआमा लिई तिमी तीर्थ हिँडेछौ बाबु हाम्रा त छोरा मारिए त्यसै, आँसु चुहुँदो रै’छ

Posted in गजल | Tagged | Leave a comment

बाल कथा : आमाको जवाफ

~बिन्दु अधिकारी~ रञ्जनाको घर हिमाली जिल्लाको सानो बजारमा थियो। आमाको दूध खान पाइन। काखमा लुटुपुटु गर्न पाइन। ऊ ख्याउटे थिई। ऊ बिरामी परिरहन्थी। कठै १ लेकको चिसो ठाउँका धेरै रात रोएरै बिताउँथी ऊ। दुइ छोरा हुर्कन लागेपछि छोरीको रहर जागेछ … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

समालोचना : भारतमा लेखिएका नेपाली कथामा लोक-सांस्क़ृतिक सन्दर्भ

~डा.राजकुमार छेत्री~ १.परिचय- मानिस सामाजिक प्राणी हो। समाजमा उसको आफ्नै किसिमको जातीय संस्कृति, सभ्यता र परम्परा रहेको हुन्छ। मानिस सांस्कृतिक परिवेशमा बाँधिएको हुनाले  त्यसभन्दा पृथक भएर बस्न सक्तैन। मानिस सांस्कृतिक परिवेश बोकेको समाजमा जन्मन्छ, हुर्कन्छ, र त्यही परिवेशमा उसले जीवन … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

कविता : सहीदगेट

~पवन भण्डारी “किरण”~ केही पाइला पर बडेमानको घोडामा तरबारी भाषामा खबरदारी गर्ने राणादूत, छेवैमा भाग्लान् भनेर खटाइएको सिंगो टुकडी फौज, केही पर चौबीसै घण्टा जाग्राम बस्ने

Posted in कविता | Tagged | Leave a comment

कथा : चोट

 ~आलोक~ ‘म हजुरको कथाकी पात्र ।’ भर्खर साहित्यमा स्नातकोत्तर उपाधि लिएकी जुहीको कथाको शीर्षक पढेपछि विनय शर्मा अलि भावुक भए । कथा आद्योपान्त पढेपछि उनलाई खलखल पसिना आयो । ‘यसरी सबै कुरा नखोलेको भए हुन्थ्यो जुहीले ।’ विनयले मनमनै सोचे … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : हिजो र आज

~गोविन्दप्रसाद आचार्य ~ लडाइँमा लाग्थ्यो मलाई न्याय निम्ति बढे जस्तो अन्यायको छातीमाथ मजासँग चढे जस्तो डाँफे जस्तै हिमालयमा नयाँ चरा नाँचे जस्तो संसारमा न्यानो सूर्य कहिल्यै अस्त हुन्न जस्तो मलाई लाग्थ्यो, संसार जिते बाघले अब खान्न जस्तो लडाईको मैदानमा रात … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : उनको मिसकल आयो

~महेश बराल~ आज, अचानक उनको याद आयो । एक्कासी आयो, प्यास आयो, सम्झना आयो, अनी, एक झोँका उन्माद आयो । किनकी आज उनको मिसकल आयो । मिसकलमा एक झंकार आयो,

Posted in कविता | Tagged | Leave a comment

गजल : हाम्रो नेपालमा

~मान बहादुर के.शी. ‘देउडाप्रेमी’~ दिन दहाडै ईज्जत लुट्छन् हाम्रो नेपालमा बिहान थुन्छन् साँझ छुट्छन् हाम्रो नेपालमा भ्रष्टाचार को बिरोधमा छुस्स बोल्यो भने गोरु झै मरुन्जेल कुट्छन् हाम्रो नेपालमा

Posted in गजल | Tagged | Leave a comment

संस्मरण : सदर काठमाडौँ, मोफसल काठमाडौँ

~श्यामल~ काठमाडौँलाई कविता र कथामा गाली गर्नेहरूको संख्या कम छैन । तर पनि, काठमाडौँ आउने र तीन–चार आनादेखि रोपनीका रोपनी जग्गा खरिद गर्दै अन्यत्रबाट यहाँ सर्नेहरूको संख्या बढिरहेकै छ । काठमाडौँलाई सतहमा मात्र चिनेर भद्दा गाली गर्नेहरूलाई हाम्रो समयका कुशल … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : आमा, माटो र धर्ती

~बासु ढकाल~ आमा! मलाई एक मुट्ठी माटो देऊ कतै जीवन दर्शनको उकालोमा थकाई मार्नु पर्ला म,चौतारी रोपी दिन्छु अथवा मलाई एक मुठी ऑटो देऊ कतै देश निर्माणको बाटोमा भोक मेटनु पर्दा म दुईचार टुक्रा रोटी बेली दिन्छु या

Posted in कविता | Tagged | Leave a comment

कथा : अनुराधा

~भरत बागलुङे~ २०६५ सालको मध्ये हिउँदको चिसोलाई थप्पड हान्ने गरी मेरो सेलफोनमा इन्दिरा चिच्याई अजय एउटा दुर्घटनाको खबर छ । आफुलाई सम्हाल है । इन्दिराको अमुत भाषाले मेरो ओंठबाट निस्कन आँटेको आवाज मुखभित्रै अड्किन्छ । इन्दिरा धरमराएको आवाजमा बोलिरहेकी थिई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

स्वदेश गान : यो हाम्रो देश

~दानबहादुर थापा~ बाँचिरहोस् यो हाम्रो देश अखण्ड भएर समृद्ध शालिन स्वतन्त्र नेपाल अटल रहेर विरको रगत पोखेर यहाँ बनकेो नेपाल प्रकृति भित्र सुन्दरता बोकी उठेको हिमाल मेचीकाली तराई पहाड हिमालको काखमा डाँफे र मुनाल बाँची नै रहुन नेपाली भाकामा बाँचिरहोस् … Continue reading →

Posted in स्वदेश गान | Tagged , | Leave a comment

कविता : कसरी तिमीलाई स्वागत गरौं?

~यतिराज अजनबी~ हे नव वर्ष! तिम्री दीदीले मेरो प्यारो दाईको प्यारो फक्रदै गरेको जीवन यही आगनमा चुढेकी थि र मैले एउटा कलमले श्रद्धाञ्जली लेखेको थिए उसलाई आज पनि म त्यही आगनमा छु अर्को कलम पनि किन्न सकेको छैन त्यही आगनम … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छोक : जात-जात भन्नेलाई

~यज्ञेश~ जात-जात भन्नेलाई झूटो धर्मको मात लागेको छ, जात-जात भन्नेलाई अन्धविश्वासको बात लागेको छ,

Posted in कविता | Leave a comment

गजल : डेरा अन्तै सार्यौ

~शान्ति शर्मा~ रित्याएर मेरो मुटु तिमीले डेरा अन्तै सार्यौ आफू बाँच्यौ मोजमस्तीमा रुने चैँ मलाई पार्यौ । आदर्शका कुरा गर्थ्यौ कहिलेकाहीँ भेट हुँदा आजभोली भन्दा भन्दै आधा जीवन त्यसै टार्यौ ।

Posted in गजल | Tagged | Leave a comment

कथा : अभियान

~दिपा एवाई राई~ उसको रुप देखेर मलाई अलिक नरमाईलो महसुस भई रहेको थियो । उसको झ्यप्लक्क परेको कपालले नास्पती आकार परेको मोहोडालाई पर्दा हाली दिएको थियो ।न्याउरी झै चलाख उसको आखाँ घरी घरी देखिन्थ्यो ।मानौं त्यो अन्धकार रातको जुनकीरी हो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य : भोलानाथ या झेलनाथ?

~प्रकाश आस्था~ ‘निश्चितै रुपमा अर्को धक्का दिनु पर्ने भयो। नत्र भने त सधैँ तपाई उता पेलिने, म यता ठेलिने।’ आफ्नो परम्परागत मुस्कान सहित कसिलो हात मिलाएर प्रचण्डले झलजीलाई सोफामा बसाउँदै बोले। सहमती ब्रान्डको बाँसुरी कोटको खल्तिमै थियो झलनाथको। बाँसुरी कटबाँसको … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : अभियुक्त हेल्थपोष्ट

~श्रवण मुकारुङ~ द्वन्द्वकालमा- शहर पसेका जमिनदार फर्किए गाउँ र गरे- जग्गादान अरब गएका युवाले खोले संस्था र पठाए- आर्थिक सहयोग ढुङ्गा, माटो, काठ, पानी जुटायो गाउँले गाउँलेले गरे- श्रमदान एनजीले हालिदियो- टिनको चम्किलो छाना

Posted in कविता | Tagged | Leave a comment

कविता : कारागारभित्रको जून

~बिष्णु राई~ जून आयो भनेर पर्खेको अझ टह टह आएको छैन ल्याम्पोष्टको भरै छैन कसको रगतले रात सहिछाप लगाउँछ स्वास्नीको छातीमा सुन्को जन्तर झुन्ड्याउँछ जता ततै त्रास छ । जूनको आगमनमा फूलहरु गीत गाउन तयार छन्

Posted in कविता | Tagged | Leave a comment

गजल : बदनाम चरित्र हुन्छ

~श्याम राज रानाभाट~ बदनाम पिरती होइन ,बदनाम चरित्र हुन्छ जाँच हजार चोटी ,माया पबित्र हुन्छ रुपैले जोडेको माया ,देखिन्छ बजार भरि मन ले जोडेको माया ,सधै मन भित्र हुन्छ

Posted in गजल | Tagged | Leave a comment

गीत : तिमीलाई भनी रोपेको

~राज थापा~ तिमीलाई भनी रोपेको यो गुलाबको फूल फुल्न त फुल्यो बोटमै सुक्यो तिमी नभएर ! यो वर्ष प्रणय दिवस् गयो हाम्रो भेटै नभएर भेट त हुनथ्यो कुनी के भयो मनै नभएर !

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : किवदन्ती

~निलम कार्की निहारिका~ मेरी सानी नातिनी निन्द्रासँग लडिबुडी गर्नु अगाडि कथा सुनाउन ढिपी गर्छे सधै मलाई मैले उसलाई एकादेशबाट थालनी गरेर बूढो बाघको कथा सुनाएछु एकादेशको जङ्गलमा एउटा बूढो बाघ थियो ऊ निक्कै बलियो थियो आफ्नो बलमा घमन्ड गथ्र्यो ऊ

Posted in कविता | Tagged | Leave a comment

पत्र साहित्य : सुखमय जीवनको शुभ-कामना

~तीर्थ संगम राई~ दिनाङ्क- २०५३।११।१२ मोरङ्ग-७ लेटाङ्ग श्वेता, कहाँबाट लेखनको सुरुवाद गरुँ बिषय वस्तुलाई जताबाट घुमाउन चाहे पनि वृत बनेर ह्दय भित्र अल्झिरहने हुँदा पुनः मन भरीका विभत्स अनि कुण्ठित् भावनाहरुलाई नलेखि रहन सकिन । क्षमा चाहान्छु फेरी नदोहोर् यााउने गरी … Continue reading →

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

कथा : पर्दाभित्र बाहिरका पात्रहरु

~भोगेन एक्ले~ गोमाकी आमा छोरीको लक्षण निको नदेखेर सशंकित थिई । नभन्दै छोरीको महिनावारी रोकियो । ठूलो पीरमा परे बूढाबूढी । कसको हो, को हो, राम्ररी फकाएर सोध्नु लगायो बाउ चाहिंले । आमाले फकाउनै परेन । फलाफल धामीलेजस्तै बकी गोमाले, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रताडना

~घनश्याम ओली~ त्यतिबेला सरिता बीएमा अध्ययन गर्दै थिइन् । ‘बढेकी छोरीलाई अब घरमा राख्नु हुन्न, यसको पनि बिहे गरिदिनुपर्छ’ उनका बुबाआमाले गाइँगुइँ कुरा गरेको उनको कानमा प¥यो । उनलाई मनमा चिसो पस्यो । त्यसको हप्ता दिनपछि उनकी माइजूले एउटा केटा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : पोथी बास्न जरुरी छ

~पदम भण्डारी~ कोर्कोराउनु मात्र हुन्न, पोथी बास्न जरुरी छ घरमुलीको नाममा उनको, फोटो टाँस्न जररी छ महिला पुरुष एउटै रथका, दुईटा पाड्ग्रा भनेपछि सभ्य समाज निर्माण गर्न, रुढी मास्न जरुरी छ

Posted in गजल | Tagged | Leave a comment

गीत : परिक्रमा

~भिम बिराग~ पूर्व उदाउँछ पश्चिम अस्ताउँछ झोक्रेको साँझपछि रात निदाउँछ । अनि ताक परी बसेका सम्झनाहरू

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : बाटो जस्ता हुँदैनन मान्छेहरु

~मुकेश राई~ एउटा सीमाहिन आकाश शायद शून्य सिवाय केही छैन, यही सीमाहिन शून्यतामा नै आ-आफ्नै शक्तिशाली अस्तिव बोकेर तैरिरहेछन घाम, जुन, ताराहरु अनि पृथ्वी झैं अनगिन्ती ग्रहहरु ! यहिँ शून्यमा तैरिरहने भूगोलमा आ-आफ्नै स-सानो अस्तित्व बोकेर कोलाहलमय महासागरमा सल्बलाउँदै

Posted in कविता | Tagged | Leave a comment