Author Archives: Editor

कविता : शान्ति तिमी छिट्टै आऊ

~मीनराज ज्ञवाली~ शान्ति! तिमी कहाँ छ्यौ? कुन रूपमा छ्यौ? तिम्रो अनुपस्थितिमा यहाँ अशान्ति बढेको छ इज्जत जोगाउनै गाह्रो परेको छ म एक्लिएको छु निसासिएको छु त्यसैले शान्ति तिमी छिट्टै आऊ । हुन त मलाई थाहा छैन तिमीसँग मेरो के साइनु … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : नभनिएका कथा

~निशा केसी~ अंकल भरे आउँदा मलाई हिजोजस्तै चकलेट अनि चुइगम ल्याइदिनु है!’ सानीले फुलबुटे फ्रक हल्लाउँदै बालसुलभ भावमा भनी। ढोकामा तार्चा मारिसकेपछि मोहन अंकल सानीको छेउमा पुगे। सानीको कपाल स्नेहले सुमसुम्याउँदै भने, ‘ल! ल! हुन्छ! खोइ त अंकललाई पप्पी?’ दुबै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : बिहानीका घामसँगै

~ललिजन रावल~ शीतको थोपा उडिगयो, बिहानीका घामसँगै मेरो नाउँ जोडिएला, फेरि तिम्रो नामसँगै । बोटहरु नाङ्गा भए, बाग फेरी उजाड भयो फुलेका ती फूलहरु, झरिगए यामसँगै ।

Posted in गजल | Tagged | Leave a comment

संस्मरण : अनि म भएँ गोठाले

~गोविन्द बहादुर मल्ल ‘गोठाले’~ ‘त्यसको भाले’ कथाबाट मेरो साहित्यारम्भ भएको हो । त्यही कथाले नै मलाई आजको यो ‘गोठाले’ बनायो । त्यो शारदा मासिकमा छापिने सुरसारमा थियो । प्रेसमा त्यसको ‘कम्पोज’ पनि भइसकेको थियो । यो प्रसङ्ग विसं १९९७ को … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : मेरो दृष्ट्रिकोणमा तिम्रो बहु अस्तीत्वहरु

~तीर्थ संगम राई~ बिहानीको पारीलो घामसँगै तिमी के उदायौ एक हुल ब्वाँसोहरु तितिर बितर भएको देखें तिमीले ती ब्वाँसोहरुलाई खेदि-खेदि धपायौ तर मैले त तिमीमा नै ब्वाँसोको आकृती देखें तिमी ूतिमीू नै हौ परीचय दिईहरनु पर्दैन तिमी सायद योद्धा हौला … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : आज मायालुको

~विश्व बल्लभ~ आज मायालुको हो दर्शन पाएर मेरो आशा लौ पलायो हराभरा भएर जीवन उदायो यो साँझ झुम्दैछ यो रात रमाउँदैछ यो मधुमासमा यो दिल आत्तिंदैछ नसोच केही म छु तिमी छौ यो साँझ छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

व्यङ्ग्य कथा : टुप्पीबाजे

~होम सुवेदी~ टाउका भरिका कपालमध्ये पाँचभागको एक भाग बराबरको टुपी थियो मेरो । कालो र बाक्लो कपाल थियो । कपालका अरु विशेषता के थिए खुइलिएको तालु पढेकाले थाहा पाइहाल्छन् । टुपी थियो मात्र । यसलाई धार्मिक विधिले शिखा पार्ने काम … Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged | Leave a comment

कविता : भञ्ज्याङलाई चिठी

~ध्रुवसत्य परियार~ मेरो प्यारो भञ्ज्याङ मायामय भावमा र, भावमय मायामा असीमको तर्कमा माया नै माया र माया नै माया सम्झना त छँदै छ यो मान्छेको जीवन र जगत सम्झनाबाहेक के बाँकी रहन्छ र ? जुन हाम्रो भावनात्मक सम्बन्ध

Posted in कविता | Tagged | Leave a comment

गजल : हराए कोही

~राकेश कार्की~ आफ्नै देशभित्र हराए कोही बचाउ भन्दै रोए कराए कोही औँला ठड्याउने बङ्गारा भाच्नेसंग लग लग काम्दै डराए कोही

Posted in गजल | Tagged | Leave a comment

गजल : भेट्न छिट्टै आउनु

~पदम भण्डारी~ पश्चातापले जलिरा’छु, भेट्न छिट्टै आउनु मैले ठूलो भुल गरेछु, मेट्न छिट्टै आउनु अप्ठेरोमा सहयोग गर्नु, लाई स्वार्थ ठान्यौ यहि हो मौका सोझोपन ल-पेट्न छिट्टै आउनु

Posted in गजल | Tagged | Leave a comment

कविता : अछुत मान्छे

~अनिल बराइली~ विभेद विरुद्ध अभियान । खोइ कहाँ लेखेको छ अछुत भनेर ? मैले त कतै भेटिन सानो ठुलो जात हुन्छ भनेर नसा नसामा रातो रगत बगेको छ यो कस्ले बनायो जात ? ए, खोलि हेर आखाको पट्टि नियाली सबैलाई … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

गीत : पाइला

~प्रवेश लामिछाने~ ती साना पाइला अनि हजारौं सपनाहरू सपना बुन्दै हिँड्ने चञ्चल कल्पनाहरू सुन्दर ती कल्पना अनि अनेकन मालीहरू ती साना पाइला अनि हजारौं सपनाहरू आफ्नो अस्तित्व खोज्दै हिँड्ने निश्चल आँखाहरू निश्चल ती आँखा अनि स्वाभीमानी भाकाहरू

Posted in नेपाली गीत | Tagged | Leave a comment

नियात्रा : कोशी तर्दै कन्चनपुर

~कुमार खड्का~ यतिखेर म बौलाएको सप्तकोशी तर्दै कन्चनपुर पुगेको सम्झिदै आङ् जिरिङ्ग हुने यात्राको कुरा गरिरहेछु । लोकसेवा आयोगको परीक्षा दिन म दमकबाट बागलुङ्तिर हानिएको थिएँ । यो यात्राक्रममा कोशी तरेर सप्तरीको कन्चनपुर पुगेको सम्झना विचित्रको छ । मानिस आफ्नो … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

गीत : आमा भएर

~चाँदनी शाह~ आमा भएर बोकिहेर सन्तानका पीरहरू आमा भएर बाँढिहेर सन्तानका खुसीहरू आफ्नो लागि त सबै बाँच्दछन् यस लोकमा अरूको लागि बाँचिहेर सन्ताप अनि दुःखमा एकपल्ट नियाली हेर आमाका दुवै आँखामा

Posted in नेपाली गीत | Tagged | Leave a comment

Essay : Untrodden Path

~Khagendra Bhattarai~ Two roads diverged in a wood, and I I took the one less travelled by, And that has made all the difference Unlike Robert Frost in his poem ‘The Road Not Taken’, it must, however, be difficult for many to make … Continue reading →

Posted in Essay | Tagged | Leave a comment

मुक्तक : देशभक्त

~ध्रुव पन्थी~ देशभित्र बसेकै भरमा देशभक्त भैटोपल्नेहरु धेरै छन् देशबाहिर बसेर देशप्रेमका असारे गीत गाउनेहरु धेरै छन् आफ्ना ठाउँमा सबै इमानदार भैदिएको भए किन यस्तो हुन्थ्यो र?

Posted in मुक्तक | Tagged | Leave a comment

कथा : पतिव्रता

~रवि रोषी~ घरको आर्थिक अवस्था त्यति मजबुत नभएको कारणबाट उसले कतार जाने निर्णय ग¥यो । फलस्वरुप, उसको कतार जाने भिसा पनि लाग्यो । आफूलाई माया दिने साथमा रहेको खसम कतार गएपछि नितान्त एकांकी जीवन बिताउनु पर्ने सन्तापमा हरेक रात श्रीमान्को … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विकल्पहीन

~पारिजात~ यहीं कतै शहरकै छेउछाउमा भए पनि यस यात्रालाइ कठिनतम यात्रा मान्नुपर्छ। यस यात्राको यात्री हो लक्ष्मीपरे डल्ली, जात भैगो जात नभनौं जातले उसलाई केही दिएन। यस विकराल यात्रामा ऊ एक्ली छैन, उसँग एउटी टुकुटुकु हिंड्ने र एउटी काखे छोरी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

तामाङ गजल : मइला राँगु बङ हबा !

~खोजराज गोले तामाङ~ छिपिङपिङला ह्वाई थे˜सी मइला राँगु बङ हबा ! बोम्बो म्हेमेला सेरबरी अखे म्हेमेला दङ हबा !! छर ज्योहो खेप्पा स्हुङ बुझूला थुम्बु नगाला स्या ! म्हेनिङ तिहार हमामी ताफोले म्हेन्दोला लङ हबा !!

Posted in तामाङ गजल | Tagged | Leave a comment

कविता : आमाको देह लुछ्नेहरु

~रेशम बि.सी.~ ए आमाको देह लुछनेहरु उनैको रगतमा हुल्लि खेल्ने ब्वासाहरु लुछ शरिरका अंग प्रत्येड्ड लुछ प्रत्येक रेशा लुछ आमालाई थिलो थिलो पार संघीयताको नसामा चुर्लुम्म डुबेर ती राता,सेता अनि काला बुटहरुले छातीमाथि परेड खेल आमाको चित्कारमा

Posted in कविता | Tagged | Leave a comment

कविता : म पापी पुजारी

~मेघ बस्नेत~ म उनको पुजा गर्छु उनकै सन्तानको बलि चढाउँछु। ससाना फुलका कोपिला चुड्दा भन, साच्चै के मैले भगवान् पाउँछु।। म उनकै पुजा गर्छु बिचरा कलिलो बाच्छोको भोक मेटाउँछु। शिवलिङ्गमा पाथी दूध चढाउँदा भन, साच्चै के मेलै भगवान् पाउँछु।।

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : सीमा छिचोलेको आलिंगन

~सरला गौतम~ शारदीय साँझको रमाइलो थियो । हावाको खुस्बु अलग थियो । मेरा दुई खुट्टाको आडमा दुई केटी सुस्ताइरहे । एकतिर नेपालको हिन्दु परिवारकी केटी । अर्कोतिर श्रीलंकाकी केटी जो बौद्ध धर्ममा आस्था राख्छे । म पाकिस्तानकी मुस्लिम केटी । … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : एउटा हटियाको सम्झना

~जयराज भट्टराई~ मेरो गाउँ दमक, भाङ्बारीबाट बुधबारे हाट भर्न गाउँलेको लस्कर लाग्छ बिहानैदेखि। दैनिक उपभोगका सामान खरिदने, हाट-रमिता हेर्ने, रमझम गर्ने, जेरी र भुजा खाने ध्याउन्न हरेकका आ-आफ्नै हुन्छन्। यो बजारको रौनकलाग्दो पक्ष भनेको तल पुछारमा लाग्ने पशु बजार पनि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : उदास मेरो जीवन कथा

~भैरबनाथ रिमाल “कदम”~ उदास मेरो जीवन कथा कसैलाई भनिन यो जन्म भरी सहेको ब्यथा त्यो पनि भनिन बेदना मेरो झन सुन्य केबल पहरा सुसाई साहरा दिन जिन्दगी देख्ने छन जुन बिजयी जीवन यो सम्झी गयो परन्तु को देख्छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : मधुरात

~इन्दिरा प्रसाई~ “अब तिमी यसरी नहिँड । निर ! तिमी नहुँदा मलाई निराश लाग्छ । अब उनीहरूलाई डुलिहिँड्ने काम गर्न सक्तिनँ भनिदेऊ न ।” आकृतिले आज पनि निराकारका छातीको रौँ उखाल्न खोज्दै भनेकी थिई । निराकारलाई आकृतिले उसका छातीको रौँ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विर्यदान

~जय बहादुर घिमिरे~ अनिल र म कुटुम्बेरी मिल्ने साथी भाइ थियौँ । एस.एल.सी. पश्चात राजधानीमा पढ्न जाने सन्दर्भमा हाम्रो चिनजान भयो । गहिरो मित्रताको लागी उमेर, रुची, आर्थिक हैसियत, शैक्षिक स्तर आदि सवै कुरा मिल्नु पर्छ की कसो हो ? … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : विवश

~दीपक कुमार ज्ञवाली~ श्रद्धा र आस्था रह्यो प्रवल । ठानेकै थिएँ आस्थाको धरोहर । फोहर र कसिंङ्गर नमानी घृणा । आत्मसात गरीरहें समीपमा रहेर । भावना कुल्चिन, आस्था डग्मगाएन । अटल बिश्वास सधै मनमा राखेर । गुलाबको फूल ठानेको थिएँ … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बिवसता…..

~ज्ञानेन्द्र स्थापित~ म एक अपुरो कथा आफ्नो अन्त्यको खोज मा तर के हुन्छ चाहँदै मा यहाँ जब कि कलम नै रुकी सकेको छ. म एक लक्ष्य बिहिन यात्री आफ्नो अन्त्य को खोज मा

Posted in कविता | Tagged | Leave a comment

छोक : वैश

~आभास~ घोप्टे काँडाबीच फुलेको एउटा नाजुक फुल जसको मनमोहक सुगन्धले हरेक बैँसालु मन पग्लन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : बोझिलो रात

~विश्व राज भेटुवाल~ बोझिलो रात चाँदनिको भट्टिबाट लर्खराउदै निस्कन्छ सडक किनारामा उन्मुक्त भएर र फाटक खोल्छ गलाको उन्मादी स्वरहरुमा कासन ठोक्न । एइ सुतेका मान्छेहरु सुत ! सुत ! चिर निद्रामा सुत !

Posted in कविता | Tagged | Leave a comment

कविता : दुख्वा ‘तोर नाउँ कथि हलही ?’

~सरिता तिवारी~ चुरमुनिया मोहना शोभना कलधरा या अरु केही जे पनि हुन सक्थ्यो तर लेखिएको छ नागरिकतामा मेरो नाम– दुखा महतो म जन्मिएपछि लगत्तै माइले खाएको हो मेरी आमालाई र छोडेको हो मेरा गालामा अवशेष

Posted in कविता | Tagged | Leave a comment

कविता : ठुल्दाईको सम्बिधान

~दिपा एवाई राई~ हउ ! ठुल्ल दाई तिम्ले तरेको रतुवा खोला यस पाली त खडेरी परेर सप्पै सुके छ भन्छन् गाम घरमा काका-कुल परेछ रे हिजै मात्र झुमाकी चिठ्ठी पाए हैन हउ ! गाम जाने कुरै छैन ठुल्दाईको सम्बिधान कहिले … Continue reading →

Posted in कविता | Tagged | Leave a comment