Author Archives: Editor

गीत : नबिर्सेँ तिमीलाई

~बिपिन किरण~ नबिर्सेँ तिमीलाई न पाएँ तिमीलाई बिना अर्थ दिलमा सजाएँ तिमीलाई त्यो यात्रा सुनौलो अनि साथ तिम्रो सम्झेर भेट्न बोलाएँ तिमीलाई आयौ समिपै जब तिमी निदरीमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : प्रेम

~बादल सुरेश~ गर्नेहरूले त प्रेम त्यो मधुर रोशनी देखेर जूनको पनि गर्लान् त्यो मनमोहक सुवास देखेर फुलको पनि गर्लान् तर जसरी मेरी आमाले जन्मिँदै नजन्मेको मलाई देख्नुअगाडि नै प्रेम गर्नथाल्नुभयो जसरी मेरा बा’ले मेरा रहर र चाहनाहरूलाई चिन्नुअगाडि नै प्रेम … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : मेरी सुवासिनी

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~ लेक-बेसी गर्दै होली, मेरी सुवासिनी लडिन्छ कि डर्दै होली, मेरी सुवासिनी म एक्लै परदेशमा, उ देशमा एक्लै एक्लै जंघार तर्दै होली, मेरी सुवासिनी

Posted in गजल | Tagged | Leave a comment

गजल : बिर्सें मैले

~तारा ज्ञवाली~ तिम्लाई देखें ह्रदयको भाव बिर्सें मैले जीवनका अनगिन्ती तनाव बिर्सें मैले एकै निमेष दर्शन ले फूल फुल्यो मनमा पाइला-पाइला झेल्नुपर्ने दबाव बिर्सें मैले

Posted in गजल | Tagged | Leave a comment

कथा : म पनि त तिमीलाई प्रेम गर्छु

~सुन्दर खड्का~ एकदिन कलेजको क्यान्टीनमा खाजा खाने क्रममा उसँग भेट भयो । सबैजना खाजा लिदै थिए । भिडमा म पनि कुपन लिएर छिरेँ । तरकारीको प्लेट तान्दै थिएँ, कसैले त्यही प्लेट समातेको थाहा पाएँ । पुलुक्क हेरेँ, उसैको हात । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : एटलान्टिक प्रेम

~राजव~ सायद तिम्रो पिँडुला देखेर अथवा तिम्रो खुट्टाका सङ्गला औंला देखेर अथवा भुइँमा तिनको नाङ्गो स्पर्श देखेर केले हो मैले तिमीलाई प्रेम गर्न थालेको एटलान्टिक सागरको यो एकान्तको बालुवाको न्यानो स्पर्श गर्दै सोच्दै छु म त्यस्ता के कुरा हुन् जसले … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

युगल गीत : सिरिमा सिरी नी कान्छा

~धर्म राज थापा~ केटि – सिरिमा सिरी नी कान्छा बताश चल्यो बावरी फूलको बासना सुन मेरो निरमाया मायालु आयो नी कान्छा फालेर हान्दै नबोले पनि हाँसन सुन मेरो निरमाया केटा – ढुंगाको छानो नी कान्छी टिनको छानो नौतल्ले घरको वहाँ … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : प्रियसीका यादहरु

~दिव्य खालिङ~ प्रियसीका यादहरु, कोरिएको मुटु एकान्तमा आज यहाँ, फुकाएर हेरें पिरतीका घातहरु, भरिएको मुटु रसिएका दुई आँखालाई, सुकाएर हेरें प्रियसीका यादहरु….. जीवन यहाँ जताततै, संगालेको कथा जस्तै यहाँ मुटु चारैतिर, भंगालेको व्यथा जस्तै

Posted in नेपाली गीत | Tagged | Leave a comment

छोक : प्रयास

~ज्ञानेन्द्र स्थापित~ संध्या को सुन्दर दृष्याबली मा मुग्ध हुँदै कल्पना को मिठो अनुभूति मा चुर्लुमिन्न खोज्छु

Posted in कविता | Tagged | Leave a comment

स्रष्टा परिचय : उकाली ओरालीहरूमा तारादेवी

~टीका भण्डारी~ उकाली ओरालीहरूमा भन्ज्याङ् अनि चौतारीहरूमा जहाँ जहाँ जान्छौ तिमी म पाइला गनी पछ्याइरहन्छु गायिका तारादेवीको सर्वाधिक लोकप्रिय गीत हो, यो । यस्ता सयौं गीत गाएकी छन् तारादेवीले, रेडियो नेपालमा । उनले गाएका बहुचर्चित गीतहरू नारायणगोपालसँग युगल ‘ए कान्छा ठट्टैमा यो … Continue reading →

Posted in स्रष्टा परिचय | Tagged | Leave a comment

गीत : ए मलाई माया गर्छु भन्ने हजुर

~गोपाल योञ्जन~ ए मलाई माया गर्छु भन्ने हजुर कहिले माया पनि देखाउने गर तिम्रो टाढाको माया आइपुगेन मलाई बरू आई मलाई सताउने गर भावनामा नआऊ तिमी यादमा नआऊ तन्नेरीको सपनामा जस्तै स्वादमा नआऊ प्रीतिको फूल टिप्न पर्छ भने काँडादेखि डराई … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : बेड नम्बर मेटिएका बेडहरू

~विप्लव ढकाल~ मध्ययुगीन अन्धकारको एउटा विराट शून्यतालाई चिरेर यति अमूर्त लयमा— को रुादै छ बाहिर ? ‘हुँ हुँ हाँ ! … हुँ हुँ हाँ !!’ ‘हुँ … हुँ … हाँ ! … हुँ … हुँ … हाँ !!’ कि कुनै … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : झरेको पात झैँ

~हरिभक्त कटुवाल~ झरेको पात झैँ भयो, उजाड मेरो जिन्दगि निभेको दीप झैँ भयो, उदास मेरो जिन्दगि चुरा फुटे सरी भयो, चराहरु उडी गए २ हजार कोपिलाहरू नमुस्कुराउंदै झरे उठेको बस्ति झैँ भयो, प्रबास मेरो जिन्दगि

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : नारी घोषणा

~युद्धप्रसाद मिश्र~ चुराका हत्कडी पोते मिसाएको छ गलफन्दी गरेको धरपकड देखी रहेका छौं भई बन्दी हजारौं नारीका बन्छौ तिमी चाहिँ भने स्वामी मरेको च्यानलाई के कुरी राखौं सधैं हामी

Posted in कविता | Tagged | Leave a comment

कविता : यस्तै छ यहाँ

~“जीवन्त” रुकु~ विश्वाश भित्र धोका दिनेहरु भेटिन्छन् , आफ्नहरु नै पाराया भईदिन्छन् । जब दु:ख पर्छ आफुलाई , दुनियाँ सारा बिराना भईदिन्छन् ।। हिजोको दिन भुल्छन यहाँ , आज मात्र देख्ने भेटिन्छन् ।

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : ‘दले’को जालो

~चर्चित ढुंगेल~ ‘दले’ भनेको दलालको छोटकरी रुप हो। ‘दलाल’ भनेको चाहीँ मोलमोलाइ गर्ने, दलाली गर्ने मान्छे हो। सुन्दा मध्यमार्गी जस्तै लागे पनि दले देखिन चाहीँ मध्यस्थकर्ता जस्तै देखिने तर ‘जता मल्खु उतै ढल्कु’ भन्ने उखानलाई सही प्रयोग गर्ने कार्यकर्ता हो। … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : पालमा प्रेम

~श्यामल~ तिमीलाई मैले देखेको उहिल्यै हो तर हामी बस्थ्यौं हामीले नै बनाएका पर्खालै पर्खालका घरमा सिमेन्ट र छडहरुले बनाएका अति गहँगा मनजस्ता चिसा चिसा घरमा । भुर्इंचालोले हामीलाई देखाइदियो वास्तविक घर प्रेमले ढलान गरिएका न्यानो सासले स्पर्श गरिएका आफ्नै करङहरुको … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अछुतको प्रेमगीत

~अभय श्रेष्ठ~ सहृदय वेश्याको प्रेममा मैले उसलाई गरेको प्रेम श्री ३ ले नानीहरूलाई जताएजस्तो अनुराग होइन । जस्तो कि तपाईंलाई थाहा छ-

Posted in कविता | Tagged | Leave a comment

कविता : मन

~अमर नेम्बाङ लिम्बू~ आज म मात्र कोठामा सुतिरहेँ, केवल मेरो मनमात्र घुम्नगयो बाहिर । कुनै वेला मेरो मनले बाहिर एउटा अग्लो रुखमा बसेर चियाइरहेको हुन्छ संसार। कुनै वेला मेरो मनले बुर्कुसी मार्दै चुम्नपुग्छ टाढा एकार्कामा अडेस लागेर उभिएका म्लान पहाडहरूलाई … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : हारवर्ड, हटडग र एक्लो नेपाली

~बिपुल सिजापति~ म अहिले समरभिलको एक अपार्टमेन्टमा छु । यताको सेप्टेम्बर महिना, उताको असोज, बाहिर शरदको चिसोचिसो सिर्सिरे हावा त्यता जस्तै यता पनि बहिरहेको छ । यो हावामा एउटा खास मीठास छ, खास आकर्षण छ, खास मोहनी छ, विशेष शक्ति … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : राजमार्ग

~विश्व राज भेटुवाल~ लमतन्न परेर सुतेको हिउुद बर्खा र झरी ओस र घाम खायको यक निरिह आफ्नो शरीर भरी खाल्टै खल्टा लियर खन्डहर हुन लाग्दा पनि अरुको बोझ बोक्न तल्लिन राजमार्ग ।

Posted in कविता | Tagged | Leave a comment

गीत : यसै गरि बिताई दिन्छु

~कालीप्रसाद रिजाल~ यसै गरि बिताई दिन्छु, दुई दिनको जिन्दगि हाँसोमा लुटाई दिन्छु, आफु आँसुमा डुबी भिड छ भिडमा, आफुलाई बिलाईदिन्छु बिर्सीदिन्छु आफुलाई, होस म हराईदिन्छु कि त लुकी यतै कतै, रोई दिन्छु सुस्तरी, हाँसोमा लुटाई दिन्छु, आफु आँसुमा डुबी

Posted in नेपाली गीत | Tagged | Leave a comment

छन्द कविता : म त फूल थिए

~ईलामेली टीकाराम दुलाल~ तोटक छन्द जुन ठाँउ थिएँ फुलदै म थिएँ रसरङ्ग सुवाश दिदै म थिएँ म फुलेँ भनि है कुन स्वार्थ लिएँ तर एक यहाँ म त फूल थिएँ ।।१।। कति मन्दिरको म प्रसाद भएँ भमरा कतिको म त … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

बाल कथा : तिमी बन तिमीजस्तै

~हरि खनाल~ साँझ परिसकेको थियो । बाबा कार्यालयबाट नआउनुभएकोले सुमन गेटमै बसेर हेरिरहेको थियो । हुन त ऊ सधैँ बाबा आउने बाटो हेरेर बस्ने मानिस होइन तर त्यस दिन भने उसलाई बाबा चाहिएको थियो । ऊ बाबासँग केही महत्त्वपूर्ण कुरा … Continue reading →

Posted in बाल कथा | Tagged | 1 Comment

कविता : परिवर्तन

~मुक्ता सापकोटा~ देशले परिवर्तन चाहेको थियो हेर, अयोनित, ठूलै आयो धेरै ठूलो, चाँहेको भन्दा थाम्नै गार्हो, मानौ फन्दा थामोस् नि कसरी, बिचरो बारम्बार एक पछि अर्को आशा ठूलै फट्को मार्ने फट्को त मारेकै हो ने फगत परेछ उल्टो दिशा जातियताको … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : मन

~प्रा. डा. सूर्यमणि अधिकारी~ शैक्षिक सत्रको मध्यतिर कलेजमा विद्यार्थी युनियनको चुनाव हुने भयो। बिद्यार्थीहरु प्रमुख रुपले दुई समुहमा विभक्त भएकाले प्रतिस्पर्धा कडा थियो। दुवै पछय भोट माग्ने दौडधुपमा व्यस्त थिए! कलेजमा पढाइ हुन छाडेकाले म आफ्नै डेरामा थिएँ। मध्याह्नमा एकजना … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

संस्मरण : एउटा सपनाको अन्त्य

~सुरेन्द्र सिंह~ बारेकोटको घाटबजारबाट पाँच मिनेटको नाक जोगाएर हिड्नुपर्ने उकालो र दश मिनेटको गहुँ बारीका कान्लैकान्ला नाघेर उक्लेपछि बतास सँग जिस्किदै गरेका केराका पातहरु देखिन्छन् । तिनै केराका पातहरुलाई पछ्याएर कान्लै कान्ला माथिको साँघुरोबाटो हिडेर गयो भने आरु र नास्पतीका … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : बाबु तँलाई धिक्कार छ

~रेशम बोहोरा ‘भाबुक’~ परिवर्तनका कुरा गर्र्थिस् मुक्तिका कुरा गर्र्थिस् यो देशमा, हाम्रा दिन आउँछन् पनि भन्थिस् हजारले मुक्ति पाउँदा एकाध मर्नु गौरव हो पनि भन्थिस् । त्यसैले, तँ सहिद बनेको खबर सुन्दा मेरो छाति गौरवले चुलिएथ्यो तेरो मृत शरिरमाथि हर्षले … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : गुलाबविरुद्ध

~देवकी अभिलाषी~ फेरि अब फुल्नेछैन गुलाब बोटमा निर्दोष हरिया हाँगाहरूले गर्नुपर्ने छैन मृत्युवरण तिमीले कलमी गरेर जबर्जस्ती सारेका बेमौसमी बोटमा यसपालि गुलाब फुलेन ठीकै भो

Posted in कविता | Tagged | Leave a comment

युगल गीत : ए कान्छा ठट्टैमा

~रत्न शमशेर थापा~ केटि – ए कान्छा, ठट्टैमा यो बैंश जान लाग्यो केटा – जाँदैन बाचा खेर पर्ख लिन आउँला केटि – मिर्मिरे उषामा औंठी साट्न आउनु शिरमा रेशमी फित्ता बाँधी आउनु २

Posted in नेपाली गीत | Tagged | Leave a comment

नेवारी मुक्तक : पीर ब्यथा

~सौरभ शाक्य~ मिखां क्वब्वाःलःथेँ हाइच्वन ख्वबि न्यंक कुलामय् गनं मखनाच्वन रबि मनय् पीर, ब्यथा गुलि लिकुंका तयेफइ !

Posted in नेवारी मुक्तक | Tagged | Leave a comment

कविता : प्रेमकम्पन

~तारा ज्ञवाली~ त्रिशुली तटमा……….. भूकम्पले पनि हल्लाउन नसकेको हृदय हल्लाईरहेछ – तिम्रो यादले प्रकम्पनको पीडाले पनि नगरेको लगातारको प्रहार

Posted in कविता | Tagged | Leave a comment