Author Archives: Editor

अनूदित निबन्ध : निबन्धहरु : तेस्रो काँटाका विषयमा

~लु सुन~ यता तीन वर्षमा कला र साहित्यबारे निक्कै नै थोरै छलफलहरू भएका छन् । वामपन्थी मुखुन्डो लाएर माक्र्सवादमा कलाको स्वतन्त्रताका लागि र लेनिनवादमा कम्युनिस्ट डाँकाहरूलाई मार्नका लागि तर्कहरू खोज्ने खुकुरीबाट जोगाइएका केही व्यक्तिहरूले बाहेक व्यावहारिक रूपमा अरू कसैले पनि … Continue reading →

Posted in अनूदित निबन्ध | Tagged | Leave a comment

बाल कथा : फुच्चे रोबोट

~नारायण तिवारी~ जाडोको महिना । सात बजेको छ । गर्मीको महिना हुँदो हो त सात बज्दा उज्यालै हुन्थ्यो । अहिले त सात बज्दा मध्यराति जस्तो । त्यसमाथि सुमन घरमा एक्लै छ । आमा मामा घर जानुभएको छ । बाबा अफिस … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : यक्ष प्रश्न

~भरत बागलुङे~ हाम्रो घरमा रोग छ भोक र शोक छ तिम्रो घरमा पनि यस्तै भए तिमी के गथ्र्यौ ? हाम्री आमाको बुढो धोती फाटेर लाज असरल्ल पोखिएको छ बा को इज्जत लगौंटीले रोक्न सक्दैन हाम्रो कुरै नगर

Posted in कविता | Tagged | Leave a comment

कविता : साहित्यको फुटबल

~कवी शिरोमणी लेखनाथ पौड्याल~ भाषा छ विशाल चौर समा गर्दै ठुलो तर्खर भै केही फरवार्ड, रेफरि कुनै ब्याकिङ् र गोल्कीपर । खेल्दै छौं फुटबल बालक सबै साहित्यको बेसरी हावा छैन परन्तु भित्र उसमा गुड्दैन केही गरी ।। खेल्नै हो अब … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अदृश्य बगिरहनुको अभिलाषामा

~गीता त्रिपाठी~ ओइलिँदै झरिरहेछ घाम ओसिँदै बहकिरहेछ बतास ओर्लिँदै खसिरहेछ दिन र खसिरहेछ यहीँ कतै मैबाट मेरो जिन्दगी तिमी पलाउँदैछौ थपिँदो छ जीवन तिमीमा उठाएर मेरा हरक्षणहरु मागिरहेछौ मसँग मेरो अस्तित्वको अन्तिम अर्थ

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : त्यो पुरानो स्टोभ

~अनमोल मणि~ मकोठामा छिर्दा शेरबहादुर विश्वकर्मा खिया लागेको पुरानो स्टोभमा घोप्टो परेर दम दिँदै थियो । दमको बेगले स्टोभले बर्नेटबाट मट्टितेलको सिर्का माथि फ्याँक्यो । त्यसपछि ढिलो नगरी उसले पेच खोलेर हावा खुस्कायो, सलाई कोर्यो र स्टोभमा झोस्यो । अघि … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

व्यङ्ग्य कथा : पिकदानी

~रत्न प्रजापति~ हीराकाजी महर्जनको घरसँगै शिवप्रसाद शर्माले साढे चार तलाको घर ठड्यायो । घर बनाउँदा उसले नगरपालिकाले तोकेअनुसार चारै सिमानामा पाँच–पाँच फिट जग्गा खाली छोड्यो । अनि दायाँ, बायाँ र पछाडिपट्टि तीनतिर पाँच फिटको पर्खाल लगायो । पर्खालमाथि थप दुई … Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गीत : भो भो नसोध

~रत्न शमशेर थापा~ भो भो नसोध अब केहि मलाई रुकेमा छ बुझ तिम्रै भलाई, लौ है चाँदनी रात निलो आकाश छर्छन् जहीं यहीं सुबास जानु नजानु यो दिल दुखाई

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : क्रान्तिकारी बाहुनहरु

~राजव~ ऊ एक्लै पहाडी बाटो हिंडिरहेको थियो। एक्कासि ऊसँग उग्र क्रान्तिकारीहरुको भेट भयो। तिनले उसलाई हल्ट गरे। र, बन्दुक तेर्स्याउँदै घेरे। उसको कट्टु भिज्न थाल्यो। उसको मुखको पानी हरायो। एउटा क्रान्तिकारी कमान्डरले ऊसँग सोध्यो, “किन डराएको ?” ऊ झन् डरायो। … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : डाइनोसोर

~सुधीर ख्वबि~ आजभोली शिर ठड्याउँदै मस्तिष्कभित्र सल्बलाउँदैछ डाइनोसोरको वंशाणु मानिस भित्रभित्रै । बिस्तारै बिस्तारै मानिस दिनहुँ आफ्नो रंग बदल्दै छेपारो बन्दै , छेपारोबाट क्रमश: डाइनोसोरमा प्रतिविम्बित हुँदैछ ।

Posted in कविता | Tagged | Leave a comment

गीत : मलाई जिन्दगि यो

~ईश्वर बल्लभ~ मलाई जिन्दगि यो लाग्दछ, तिमि भन्दछौ यो पीर हो जे छन् सबै ती व्यर्थ छन्, तिमि भन्दछौ यो प्यार हो मलाई जिन्दगि यो…. बहकिन्छु म सन्तापले, सल्केर आगो जल्दछु खाली भएर शुन्य झैँ, यहाँ खण्डहर झैँ जिउंदछु

Posted in नेपाली गीत | Tagged | Leave a comment

स्रष्टा परिचय : नेपाली संगीतका एक कालजयी गायक -पन्नाकाजी

~टीका भण्डारी~ तिरिरी मुरली बज्यो बनैमा ,बनैमा लौ माया नमारे कस्को यो सम्झना मेरो मनैमा ,मनैमा लौ माया नमारे #. किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ (पुरानो मेलोडी ) # लोलाएका ती तिम्रा (पुरानो मेलोडी ) ‪# ‎हामीलाई‬ छाडी … Continue reading →

Posted in स्रष्टा परिचय | Tagged | Leave a comment

कविता : आयो !!

~श्रीबाबु कार्की ‘उदास’~ उद्ग्घाटन भन्दा पनि भ्रस्टचारमा नाम आयो त्येसैले त अख्तियार को बडालामो खाम आयो !! सबै कुरा ठिकै थियो केबल भुँडी बढेको हो सुत्केरिको भत्ता खादा अती धेरै दाम आयो !!

Posted in कविता | Tagged | Leave a comment

युगल गीत : मान्छेको माया यहाँ

~राम मान “तृषित”~ केटा: मान्छेको माया यहाँ, खोलाको पनि जस्तो किनारलाई छोई भाग्ने, लहरको बानि जस्तो केटि: मान्छेको माया यहाँ, आँखाको नानि जस्तो यो रात भगाई आउने, सुन्दर बिहानी जस्तो

Posted in नेपाली गीत | Tagged | Leave a comment

छोक : उल्झन

~मुक्ता सापकोटा~ दोभान भनी सोचेको थिए दोधार पो रहेछ एउटा बाटो हिड्छु भन्दा अन्तै कतै पुगिएछ एउटै लक्ष रोज्छु सोच्दा लक्ष बिहिन भैएछ

Posted in कविता | Tagged | Leave a comment

कविता : सबै नेपाली जनको जय जय होस्

~लोकराज अधिकारी~ विगतका तीतापीरा कुरा बिर्सिएर द्धन्दका घाउहरु पुरा बिर्सिएर हिमाल,पहाड,मधेस,तराई मिलेको बिशाल बन्छ पक्कै हामी मिले समृद्ध नेपाल सबै नेपाली जनको जय जय होस् सबै नेपाली मनको जय जय होस् | नेपाल हाम्री आमा हुन रुन दिनु हुन्न भाई … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे मरुभूमि होइन

~पारिजात~ सास छउञ्जेल आश हुन्छ भन्छ खुकुरीले बिर्सन्छ अचानुले बिर्सदैन भन्छ जतिसुकै डढेलो लगाउन् अँगार भएर भित्र कता कता रन्किरहन्छ भन्छ। छोप्छन् आलो चिहानलाई आलो सम्झनालाई विस्मृतिका झारपातहरुले भन्छ त्यही विस्मृतिका हाँगा–हाँगामा फुल्छन् सक्रियताका फूलहरुे मान्छे मरुभूमि होइन ए 164 … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : के सबै भात्किएकै हो त ?

~डा तारानाथ शर्मा~ के लेख्नु? मनको घाउ कोट्ट्याऊँ अति दुख्तछ नलेखूँ? मनको घाउ भित्रैदेखि चिलाउँछ समस्या भित्र मनमा गाँठा पर्दै उदाउँछन् समाधान कहाँ खोज्नु? रिँगटा नै छुटाउँछन् (१) नेपाली भई जन्मेँ म ठूलो गौरव मान्दछु इतिहास उज्यालो छ वीरताको म … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : सामन्तीले खान्छ किन

~कमला क्षत्री~ गरिबको श्रम, सीप सामन्तीले खान्छ किन श्रम गर्ने श्रमिकको पसिना खेर जान्छ किन वर्षभरी दुःखगरी उब्जाएको अन्नबाली हरेक वर्ष साहुलेनै भरीभरी लान्छ किन

Posted in गजल | Tagged | Leave a comment

कविता : लेखक

~गोविन्दप्रसाद आचार्य~ फ्याँकिएका रचना पढिरहेछु रछानबाट वटुली रहेछु मेरो भन्दै माया गरिरहेछु रछानमा रोइरहेको रचना मैले पालिरहेछु म त्यो रचनाको वावु खोजिरहेछु म त्यो वावु आमाको रचना होइन् त्यसको वीना नाम नजुराएको होइन त्यसले आमाको दुध नखाएको होइन त्यसले वावुको … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : नानाभाँती हुँदै गयो

~सुशिल एकीकृत~ आज देश दुनियाँमा नानाभाँती हुँदै गयो मान्छेबाट मानवता कुन्निकता रुँदै गयो मान्छे मान्छे बीच देख्यौं कस्तो कस्तो लिला भयो मानवीय अनुशासन पूरै हराउँदै गयो हामी देख्यौं अपराधी ठूला पार्टी खोज्दै जान्छ

Posted in गजल | Tagged | Leave a comment

कविता : म मेरो बाँसुरी फुकेर

~आभास~ म मेरो बाँसुरी फुकेर देह शान्त पारिरहिछु मेरो बाँसुरीको स्वरसँगै सुरेली खेलेर मलाई मन पर्ने मेरो गीत मेरो ओठसम्म चुम्न आइरहेछ म मेरो बाँसुरी फुकेर दुःख र पीर पोखिरहिछु मेरो बाँसुरीको गुञ्जनसँगै चिप्लेटी खेलेर मेरो खुसी मेरो ओठसम्म चुम्न … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : चौघेरा

~विश्व राज भेटुवाल~ चारैतिर हुस्सुले ढाकेर क्षितिज ओर सरेको बेला बाक्लो हुस्सु बिचमा आफ्नो चौघेरा भित्र पस्ने बाँदर कुर्न कुनै उज्यालो प्रकाशको सहयोग लीई हुस्सु सँग घोलियको म । बाँदर बाँदर नै हो सारा बिगरे पनि यस्लाई चेत आउँदैन कमजोर … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सत्ता

~शकुन्तला जोशी~ तिनीहरूले भनेपछि ‘गीतावचन’ ठानेर हामी लुरुलुरु पछि लाग्यौँ दायाँ घुम भने- घुम्यौँ बायाँ फर्की भने- फर्क्यौँ अघि बढ् भने- बढ्यौँ पछि हट् भने- हट्यौँ घोप्टो पर् भने- घुँडा टेक्यौँ टाउको थाप् भने- निहुरिदियौँ

Posted in कविता | Tagged | Leave a comment

बाल कथा : नाकाबन्दी

~यमुना पराजुली अधिकारी~ राकेश मण्डल र श्याम भट्टराई साथी हुन् । उनीहरू दुवै ५ कक्षामा पढ्छन् । श्यामको घर रामेछाप हो । उनका बुबा नेपाल प्रहरीमा जागिर खान्छन् । त्यही भएर श्याम पनि बुबासँगै सर्लाहीमा बसेका छन् । डेढ वर्ष … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

मगर भाषी कविता : मगराँट लाके ङाराहाङ

~रुद्र बहादुर श्रीस मगर~ मगराँट लाके ङाराहाङ ठूप्रई डूख पाहाम वार्च जडीक रीक्म मगरकॊके काट ठोवाआङ झोरोक्म परीस्ठाङ बन्नूक ढरी फोडोक्म ङा मगराँट लाके ङाराहाङ ईमाङ लेच लाम ओल्च ज्याट ज्याम माओल्ढीङ ड डी गाम

Posted in मगर कविता | Tagged | Leave a comment

छोक : आडम्बर

~ज्ञानेन्द्र स्थापित~ मसानको विभत्स र ब्यंगपूर्ण हाँसो छरीन्छ एक लाश माथि, एक अभागी माथि, किन कि मसानले देखि रहेकै हुन्छ

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : तिमीले भनेका सारा देव छोएर

~डा. विश्वम्भर प्याकुरेल~ कोठामा छिरेर घुप्लुक्क पल्टेको मात्र थिएँ, कसैले ढोका ढक्ढकायो । उघारेर हेर्छु त अगाडि उही छ, नारायण गोपाल । ‘ए बाजे, वर्ल्डकपको दिन मलाई अस्पताल छोडेर आउने ?’ ऊ मलाई ‘बाजे’ भनेर जिस्क्याउँथ्यो। म ‘नागो’ भनेर चिढ्याउँथेँ … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

गजल : जमघट हुन्छ

~दिनेश ज्ञवाली~ तपाईँले त पाइला मात्रै टेके पनि जमघट हुन्छ हामीले बोले पो जथाभावी, तपाईँले बोले उपदेश हुन्छ । हजार तपाईँका अनुहारहरु हजारौँ विचारहरु हामीले चाहिँ जुगां मात्रै पाले पनि छद्मभेष हुन्छ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : यो भूगोल मिल्दैन, यो इतिहास मिल्दैन

~केशव भट्टराई~ अचेल छोरा मसँग झर्किएर भन्छ :- “ड्याडी ! यो भूगोल त मिल्दै मिल्दैन । ड्याडी ! यो इतिहास त मिल्दै मिल्दैन । यो भूगोल मिलाउनु पर्‍यो । यो इतिहास सच्याउनु पर्‍यो ।” उसलाई लागेको छ, भूगोलले हामीलाई धोका … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : शान्ति र आनन्दको आयु

~अमर नेम्बाङ लिम्बू~ एउटा कञ्चन पहाडको शिरदेखि उब्जेको त्यो सानो खोलोसँग सँगै मनमा आएका पीर वेदनाहरूलाई पोख्दै घन्टौँसम्म हिँडिरहेँ म । हिँड्दाहिँदै टाढा कतैतिरबाट कसैले मलाई बोलाईरहेको जस्तो लाग्यो, केही कुराले मेरो दाउराको फेरमा

Posted in कविता | Tagged | Leave a comment

गीत : तिमीलाई भुल्दा

~कञ्चन पुडासैनी~ तिमीलाई भुल्दा म एक्लो परेछु तिमीलाई सम्झें, तिमी साथ आयौ कुनै चिज मिठो म खोजिरहेथें म सोचीरहेथें, तिमी याद आयौ २ उज्यालो बढे झैँ भयो आज झन् झन् २ उज्यालो त मुस्कानले बढ्छ भन्छन की मैलाई सम्झी तिमी … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment