Author Archives: Editor

कथा : न्याहूलको विरह र हुचीलको अकर्मण्यता

~प्रकाश के.सी.~ एकादेशको घना र अदाप्य जंगलभित्र एउटा हुचीलको परिवार थियो । त्यस परिवारका मूली हुचीलले आफ्नो महाकम्प आवाजको हुँकार र कडक उर्दीले जंगलै थर्कमान पारेर राखेको थियो । पहिले पहिले त आवाजको अदपपन र हुँकार नै उसको परिचय थियो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मोनालिसा र मार्च ८

~उमेश राई ‘अकिञ्चन’~ ओ ! इन्द्रेणी नायिका सदियौ कुजिएर एउटा फोटो फ्रेममा कति कुरीरहन्छौ घाम र पानीको आगमन म दिन चाहान्छु तिमीलाई नीलो आकाशमा उडदै गरेको चरा तिमीले पोत्नुपर्छ मुस्कान समयको तिमीले फर्नुपर्छ परिभाषा सौन्दर्यको

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रस्तावना

~आयाम फुयाल~ म एउटा खोक्रो पाना ममा छन् अनगिन्ती सपना मसँग छन् अपार शब्द तर, म आफैँ कोरिन सक्दिनँ म आफै केही बोल्न सक्दिनँ किनकि म देख्दछु- ‘बुद्धम सरणम गच्छामि’ जप्ने दुर्बुद्ध सगरमाथाको उचाइ साक्षी राखी देशद्रोहीका अघि लत्राइएका नतमस्तक … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

समालोचना : नेपाली भाषा विकास र विस्तारको इतिहास

~यादव देवकोटा~ हामीले नेपाली भाषाको रुपमा चिनेको भाषाले निकै लामो यात्रा पार गरेर आजको स्वरुपमा हामी सामु उपस्थित छ । नेपाली भाषाको विकास र निर्माण–विर्निमाणबारे पछिल्लो समय केही बौद्धिक बिर्मशहरु चलेका छन् । भूपाल दामुपालको दुल्लु शिलालेख आजसम्म प्राप्त नेपाली … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

अनूदित कथा : पपेट

~अज्ञात~ अनु : सञ्जु बजगाईं मिस्टर टि.आर.ले आफ्नो मोटरसाइकलको पछाडि पाँच फुट बराबरको ‘पपेट’ हालेर ल्याए। “मिस्टर टि.आर.ले पपेट…!” छिमेकी नन्दिताले देख्नासाथ जिब्रो टोकिन्। साँझतिर आफ्नो अर्पाटमेन्ट फर्किएका टि.आर.लाई खेल्दै गरेका केटाकेटीले पनि नजर लाउन भ्याए। एक झलक लगाउन नभ्याएका … Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

संस्मरण : भूतसँग जम्काभेटका सम्झना

~सुविन श्रेष्ठ~ दरबार स्कुलमा हराएको बल, मसंगै टांसिएको र भर्‍याङमा उभिएको एउटा शरीर अनि राजमार्गमा मेरो अघिल्तिर द्रुत गतिमा पाइला चाल्ने आईमाईनै मेरो सम्झनामा छन्। भूत हुन्छ भनेर विश्वास नगर्ने यो मनले प्रत्यक्ष भोगेका अद्‌भूत परिस्थितिको कुनै जवाफ पाउन सकेको … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

पुस्तक समीक्षा : बुद्दिसागरको ‘फिरफिरे’ उडान

~जनकराज भट्ट~ बुद्दिसागरका पुस्तकहरु भन्दा बढी कथावाचनको र मान्छेको फ्यान हुँ म । उनले फिल्म हेर्दा र डेटिङ जाँदाका सुनाउने किस्सा अहिले पनि ग्याङमा हिट छन् । अति साधारण लाग्ने घटना पनि साह्रै स्वाद लाग्नेगरी पस्किनसक्नु उनको खुबी हो । … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक अंश : सहरको कथा

~किशोर नेपाल~ कामको मामिलामा केटीहरूमा उत्तरदायित्वको भावना बढी पाइने हुनाले म केटीहरूसँग बढी हिमचिम बढाउन चाहन्थेँ। तैपनि, परिस्थिति सधैं एकनासको रहँदैन। मैले काम गर्न चाहने केटीहरूको एउटा नेटवर्क नै बनाएको थिएँ। त्यसैलाई ‘इस्यु’ बनाएर मेरा विरोधीहरूले मलाई ‘वुमनाइजर र प्लेब्वाइ’ … Continue reading →

Posted in पुस्तक अंश | Tagged | Leave a comment

मुक्तक : भावना

~रजित ओझा~ फेरि आज भावना लहर बनी ठोकिएछ फेरि आज चौतारिमा मन बिसाउन रोकिएछ। देखाउन मन लाग्दैनन् भावना कसैलाइ

Posted in मुक्तक | Tagged | Leave a comment

समीक्षा : राष्ट्रियताप्रति सचेतना प्रगाढ बनाउने पुस्तक

~नारायण शर्मा~ आफ्नो मातृभूमि गुमाउँदाको पीडा कति गहिरो हुन्छ? यसलाई अहिले सिक्किमेली जनताले अनूभूति गरिरहेका छन्। सिक्किम कुनै बेला एक स्वतन्त्र राष्ट्र थियो। त्यहाँका जनता सार्वभौम थिए। तर अहिले उक्त स्वतन्त्र राष्ट्रलाई भारतीय विस्तारवादले निलिसकेको छ। जनमत संग्रह र संविधानसभाको … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

कथा : गुडबाई ! ईशारा

~जगत नवोदित~ त्यसदिन म अफ मूडमा थिएँ। नेपाल जानु पर्ने नियमित उडान रद्द भएको थियो र म कतारको दोहा एयरपोर्टमा यसै अल्मलिदैँ बसेको थिएँ। नेपालमा पुगिसक्नुपर्ने बेला म डिउटी फ्रीभित्र रुमल्लिरहेको थिएँ। घरी सुनका महङ्गा गहनाहरु, घरी अत्तरको सुगन्धित बास्नाहरु, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

छोक : शब्दको किनारैकिनार

~अभि सुबेदी~ राती कति आँशु बगे थाहा पाइनँ बिहानको खोलाको स्वाँ ! सुनेपछि वगेको मन झिक्न

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्बन्धको घेरा

~विमल पोखरेल~ मलाई बाँच्नु नपर्ने भए खाना र भोको पेटको नाता तोडिदिने थिएँ मैले मेरो यति धेरै श्रम एकमाना चामलका लागि त्यो चामल काँचै चपाउने कि पकाएर भात बनाउने? एक माना चामलको परिपरि करिब आधा दर्जन पेट कराइरहेका छन् !

Posted in कविता | Tagged | Leave a comment

गजल : सारा जनता उठ्नुपर्छ

~पुष्पा गैरे ‘संघर्ष’~ देशको मुहार फेर्नलाई, सारा जनता उठ्नुपर्छ दुश्मनको जरो काट्न, सबै मिली जुट्नुपर्छ जन्मभूमि नेपाललाई, टुक्राटुक्रा पार्न थाले देश टुक्राउने दलालीलाई, हाँडीभित्र भुट्नुपर्छ देशको मुहार…… दश वर्षमा स्वीजरल्यान्ड बनाउने गफ गर्थे

Posted in गजल | Tagged | Leave a comment

कविता : वैचारिक शुन्यतामा हराउँदा

~शिवराज पन्थी~ म वैचारिक द्वन्द्वसँग धेरै लडें झोलै बोकेर समर्पित पनि भएँ न त सोचेको मुक्ति प्राप्त गरें न बोकेको लक्ष्य नै ! म त कथित पो भएँछु कता?! दीर्घकालिन लक्ष्यका लागि लडेंथें नैसर्गिक अधिकारका लागि लडेंथे लडिरहनुसँग यत्ति लिन … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लेख : ‘नेपालीपन’ Vs ‘नेपाली पारा’

~मनोज गजुरेल~ केही वर्षअघिको कुरा हो, सिक्किममा पवन चाम्लिङ्को पार्टीले नेपाल/भारतका कलाकारको ‘जम्बो’ टोली लगेर एउटा कार्यक्रम गर्‍यो। कार्यक्रममा ‘कलिउड कलाकार’ जितु नेपाल ‘मुन्द्रे’ देखि ‘बलिउड कमेडियन’ राजु श्रीवास्तवसम्मलाई बोलाइएको थियो । रमाइलो कुरा त, राजु श्रीवास्तव हेलिकप्टरमा पुगे भने … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

अनूदित निबन्ध : केही समयका लागि “असल व्यवहार”लाई पन्छाउनु पर्छ

~लु सुन~ १) विषयको थालनी तात्लल (पत्रिका) को ५७ औं अंकमा लिन यु–ताङले असल व्यवहारबारे उल्लेख गरेको छ। उसले चीनमा यस्तो भावनाको निक्कै कमी भएकोले हामीहरूले यसलाई सकेसम्म हौसल्याउने प्रयत्न गर्नुपर्छ भनी टिप्पणी गरेको छ। यसले के कुरा पनि थपेको … Continue reading →

Posted in अनूदित निबन्ध | Tagged | Leave a comment

छोक : रोटी

~आभास~ यो कुनै प्रतिष्ठित बिम्व होइन जसलाई न घाम झैँ कवितामा सजाउँन पाउँ न जून झैँ गीतमा गाउँन पाउँ यो कुनै गुराँस होइन

Posted in कविता | Tagged | Leave a comment

गीत : जाली रुमाल छोडी जाने

~डा.भोला रिजाल~ जाली रुमाल छोडी जाने माया कहाँ छौ मनको ढोका फोडी जाने माया कहाँ छौ सिमल पनि ढुंगा जस्तै किन यति सारो शीतले पनि पोल्दो रैछ पत्याउन गहारो निर्मोहीको सम्झना झन आफैभन्दा प्यारो

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : मृत्युको आह्वान

~सुमन लम्साल~ प्रिय शासक ! म असरफ फयाद तिम्रो हारेको युगमा जितेको सिपाही जो तिम्रो हातबाट मृत्यु चाहन्छ । तिमी र मबीच अलिकति फरक छ । मैले खुदाको मुहार पसिनाको रंगजस्तै देख्छु तिमीले रगतको रंगजस्तै देख्छौ म आफ्नाको जीवनलाई धर्म … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : हाम्रो देश

~अमर नेम्बाङ लिम्बू~ मेची र महाकाली हिमाल र तराइभित्रको यो देश यो देश हाम्रो देश हो, सधैँ जय होस् हाम्रो देशको। युगौँदेखि अंगालो मारेर उभिएका शानदार हिमालहरू, समीरको स्पर्शले गुञ्जिरहने सदाबहार जंगलहरू, मनोहर द्द्रिश्यले झकिझकाउ भएका पाखापखेराहरू, तराईभरि मनैभरि झुलिरहने … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : वसन्त कोकिल

~कवी शिरोमणी लेखनाथ पौड्याल~ भरी लता वृक्ष विषे टनाटन नवीन लाखौं फूल पालुवाकन । वसन्त आयो कलकण्ठको अब सुनिन्छ साह्रै कल कण्ठ-गौरव ।। अगाडि जो दीन बनी लुकीकन बिताउँथ्यो केवल दु:खमा दिन । अहो !! उही कोकिल हेर आज यो … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अपराधी

~सरस्वती प्रतीक्षा~ निरपराधी हुन केही गर्नै पर्दैन यहाा बााच्नुको नाममा केवल सास मात्रै फेरिदिए पुग्छ ! हावा उल्टो बगोस् वा सुल्टो बस् हावाको दिशासागै बगिदिए भइन्छ निरपराधी ख्वामित् ख्वामित् भन्दै मुर्कट्टाहरूलाई आफ्नो मस्तिष्क बुझाएमा भइन्छ निरपराधी

Posted in कविता | Tagged | Leave a comment

कविता : हाट जाने अघिल्लो रात

~राजन मुकारुङ~ भोलि त हाटा जानु छ बेच्नु छ एक पेरुङ्गो बैँस । सुँगुरको पाठोमा पनि छ सपना कहिल्यै बदल्न नसकेको जिन्दगी छ एक सिल माछामा पनि साट्नु छ यो मनलाई । क्याम्पस रोडदेखि भाउ सुरू हुनेछ मेरो सपनाको जिरो … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : फेसबुक ग्रुपको फन्दामा

~शैलेश अधिकारी~ “याहू ! हे हे” असिमको खुशीको सीमा नै रहेन जब उसले त्यो चिठ्ठी पढ्यो। एकछिन टक्क रोकियो। यताउता पल्याक्पुलुक हेर्‍यो। अनि घरको मूलढोकातिर दगुर्‍यो। “शीला !! शीला !!! ” भित्रबाट शीला ढोकाको सँघारमै आइपुगी। ” ओ …. धत्तेरिका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : ग्वाम्ल्याङ्ग अङ्गालो हाल्न मन लाग्छ हाम्रा नेतालाई

~बिन्दू प्याकुरेल ‘लुना’~ हिजोको कथा अनी व्यथामा फेरी आज खाडीका कथा अनी व्यथाहरु थपिएका छन् मन ह्वार्र ह्वार्र बल्छ मुटु जल्छ । जे सोचे मैले – हाम्ले  त्यो भएन अहिले यतिखेर मुलुकमा लोकतान्त्रिक कोपिला फूल्नू पर्ने हो जनताहरु माली बनेर गोड्न … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : धर्मका रङ्गहरु

~डा. रविन्द्र समीर~ एक हुल गोरा तथा गहुँगोरा, टाइसुट लगाएका एवं खाइलाग्दा मान्छे अन्तरेको झुपडीमा आए । झोलाबाट नबुझिने भाषामा लेखेका पुस्तिका र लकेट दिँदै अन्तरेलाई भने— ‘हाम्रो धर्ममा लागेपछि तपाईंहरुलाई दुःखबाट मुक्ति मिल्नेछ, प्रभुले तपाईंलाई धन, सुख र शान्ति … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : आउदैन पानी!!

~जगन्नाथ दाहाल~ घरमा छ धारा हजुर ! आउदैन पानी घन्टौसम्म कुर्नुपर्छ आँखा तानी-तानी !! सगरमाथा शिर हाम्रो हिमचुली टोपी पानी छैन भन्नुपर्छ त्यही मुख छोपी ओठ-मुख सुकेको छ नपाएर पानी घरमा छ धारा हजुर ! आउदैन पानी!! शहरमा बिक्छ यहाँ … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : पुरानो सन्दुक

~सरिता तिवारी~ अचानक एक दिन जुर्‍यो संजोग, पुरानो सन्दुक छोई हेर्ने । निकैबेर त्यसलाई हेरेँ, सुम्सुम्याएँ । एकैछिनमा खै कसरी दुवै आँखाबाट नुनिला नदी बगिरहेका रहेछन् । मन अलि दह्रो बनाएपछि नदी आफैं बाँधियो बाँधले । यो सन्दुक मेरो स्मृतिको … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

पुस्तक अंश : यसरी जन्मे राजकुमारहरु

~किशोर नेपाल~ राजाहरू थुप्रै स्वास्नीमानिसका मालिक हुन्थे। रानी र पटरानीका रूपमा विभाजित ती स्वास्नीमानिसका बीच राजाको प्रियपात्र बन्ने होड चल्थ्यो। अविरल महत्वाकांक्षा राख्ने स्वास्नीमानिसमा राजालाई रिझाउने होड चल्थ्यो। आफ्नो सौन्दर्य र रतिरागको प्रभावमा जसले राजालाई रत्याउन सक्थी उही बन्थी पटरानी। … Continue reading →

Posted in पुस्तक अंश | Tagged | Leave a comment

युगल गीत : तिमी देउ या नदेउ

~गोपाल योन्जन~ केटि – तिमी देउ या नदेउ तिम्रो माया, मैले मन तिमीलाई बांडी सकें केटा – मलाई देउ या नदेउ तिमी स्वीकृति, मैले मनमा तिमीलाई राखी सकें केटा – हुन त यो नौलो चिनाजानी, संकोच लाज बिचको कुराकानी

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : छाएछ वसन्त

~बसन्त चौधरी~ छाएछ वसन्त मेरो तन मन भरी त्यसै त्यसै भुमरी झैँ बेर्छ मलाई तिम्रो प्रेमले सुस्तरी सुस्तरी आज फेरी महकिन थालेछु म गाउँदा गाउँदै नाची फेरी बहकिन थालेछु म

Posted in नेपाली गीत | Tagged | Leave a comment