Tag Archives: sangrahalaya

कविता : कलिजुग लागेको सवाई

~वसन्त शर्मा लुइटेल~ सुन सुन पाच सुन सत्यजुग गयो कलिजुग लागेको सवाई कहन्छु बुझिनसक्नु कलिको रङ्ग चौथो प्रहरमा पार्‍यो भताभुङ्ग डगमग पृथिवी भयो कम्पमान भतगाउन लाग्यो देउताको थान भदगाउ तलेज्यु सतिकि माई भैचालो आयो भदगाउ जाई झिङटिको छाना भताभुंग पार्‍यो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : दबाव

~लक्ष्मी गाइजू~ २०७७ सालको एसइईको नतिजा प्रकाशन हुनेबित्तिकै दिपेशलाई बधाई र शुभकामना दिने जमातको ओइरो लाग्यो । दिपेश पनि निकै खुसी भयो, किनभने जिन्दगीमा कहिले नपाएको नतिजा उसले एसइईमा पाएको थियो । ‘ए’ आएको खुसीयालीमा ऊ छरछिमेक, इष्टमित्र, आफन्त सबैलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

समीक्षा : नेपाली लोकछन्द : विगत र वर्तमान

~गोविन्द अर्याल~ विषय प्रवेश शास्त्रीय छन्दका कुनै पनि नियम–अनुशासनहरुमा नबाँधीकन आप्mनै नेपाली लोकसंस्कृति, प्रकृति, जातीय परम्परा र स्थानीयताका आधारमा स्वस्फूर्तरुपमा पैदा भएका मौलिक छन्द नै लोक वा जातीय छन्द हुन् । यसमा नेपाली ग्रामीण जनजीवनका मेला, चाडपर्व, मिलन–बिछोड, आँसु–हाँसो, भाव–अभाव … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : वर्तमान भारतीय नेपाली कविताका स्वरहरू

~डा. राजेन्द्र भण्डारी~ 1.लोकलयास्रितता भारतीय नेपाली कविताको इतिहास डेढ सय वर्ष पुरानो मात्र हो। भारतको सतलजदेछेउको कलहूर भन्ने ठाउँका बासिन्दा रघुनाथ भाटले सन् 1844 तिरै लेखेको एउटा कविता प्राप्त छ। यिनले आफ्ना कवितामा पृथ्वीनारायण शाहको गुणगान गरेका छन्। योगी नरहरिनाथले … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

जीवनी : सन्तकवि ज्ञानदिलदास

– प्रस्तुती : विनोद दाहाल पूर्वी नेपालको ओखलढुंगास्थित रुम्जाटार गाउँलाई आफ्नो कर्मथलो बनाउने एक प्रसिद्ध कवि हुन् ज्ञानदिलदास । उनी प्राथमिककालीन कवि हुन् । यो गाउँलाई कर्मथलो बनाए तापनि उनको जन्मथलो भने यहाँ होइन । उनी नेपालको सुदूरपूर्वी जिल्ला इलामको … Continue reading

Posted in स्रष्टा जीवनी | Tagged , | Leave a comment

समीक्षा : सन्तकवि ज्ञानदिल दास र उनको अध्यात्मचेतनामूलक काव्यात्मकताः परिचयात्मक निरूपण

~डा. राजकुमार छेत्री~ नेपाली काव्यलेखनमा निर्गुण भक्तिधाराका केन्द्रबिन्दु मानिने जोसमनी सन्तकविहरूमा धिर्जेलदिलदास र शशिधरपछि अगमदिल दास, अखड्दिल दास तथा ज्ञानदिल दास आदि प्रमुख मानिन्छन् । यसका अतिरिक्त यस सम्प्रदायमा आजसम्म परम्परागत रुपले उल्लेख भएका सन्त कविहरूमा श्यामदिलदास, अचलदिल दास, धर्मदिल … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

लेख : साहित्यकार स्वर्गीय श्रीमती कमला आँशुका कृतिहरू

~अज्ञात~ सेतो गुलाफ-कथासंग्रह सन् 1995-मा प्रकाशित सन् 1970 कै दशकमा विभिन्न पत्र-पत्रिकामा उनका विभिन्न लेख, लघु कथा आदि प्रकाशित हुँदै आएको भए पनि पुस्तकाकारमा हिमगिरि प्रकाशन, गान्तोकबाट सन् 1995-मा उनको पहिलो कृति कथा संग्रह सेतो गुलाफ प्रकाशित भएको थियो। यो … Continue reading

Posted in नेपाली कथा, लेख | Tagged , | Leave a comment

कविता : हुने बिरूवाको चिल्लो पात डा. महेन्द्र पी लामा

~स्नेहलता राई~ हुने बिरूवाको चिल्लो पात भारतीय गोर्खाहरूका श्रीपेच डा. महेन्द्र पी लामा. म यस्तै सम्झन्छु जब सिंहमारी तेस्रोमा भानुग्रामको त्यो प्राथमिक पाठशालालाई देख्छु उऩको विद्याको प्रथम घडेरी म जस्तै शिक्षक-शिक्षिकाको काखमा

Posted in कविता | Tagged | Leave a comment

कविता : यौटा कविताहीन कविता

~मनप्रसाद सुब्बा~ अखबारको पृष्टमा ऐना हेरेर शुरू हुन्छ उसको दिन… आधुनिक दन्त्यकथाको एक देवता ऊ रिमोट-कन्ट्रोल हातमा लिएर टी.भी. स्क्रीनको अँध्यारो शून्यमा संसार बनाउँछ बद्लाउँछ, अल्पाउँछ साबुन-पानीका फोकाहरू सानो पाइपबाट उडाउऩे खेले झैं

Posted in कविता | Tagged | Leave a comment

नाटक : काला सेता रङ्गहरू

~राजु प्रधान “हिमांशु”~ प्रारम्भ पृष्ठभूमिबाट उदघोषण हुन्छ यसरी – एक दिन कालो र सेतो रङ माझ झगडा  र मतभेद भएको खबर फैलियो । सेतो थियो चुपचाप । हल्ला र स्वर भने कालोकै व्याप्त थियो चारैतिर । सेतो मिल्न चाहन्थ्यो । कालोकै भूल … Continue reading

Posted in नाटक | Tagged , | Leave a comment

भीष्म जोशीका पाँच मुक्तकहरू

~भीष्म जोशी~ १. यै बेला पैसाको अभाव आयो, बाइक किन्नै पर्ने दबाब आयो । नाइँ ,त्यो फिल्म म हेर्दै हेर्दिन, ट्रेलर हेरेरै तनाव आयो ।। २. कहिलेकाहीँ केटीको टेन्सन ,

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : पर्खाल ढाल्न आउँछौ की ?

~इन्द्रकुमार ‘विकल्प’~ तिम्रो मेरो बीचको पर्खाल ढाल्न आउँछौ की ? छियाछिया मुटु मेरो टाल्न आउँछौ की ? अँधेरीमा जूनकीरी गिज्याउन थाले धिपधिप बत्ती तिमी बाल्न आउँछौ की ?

Posted in गजल | Tagged | Leave a comment

कविता : धेरै दिनपछि आँखा उघारेर हेर्दा !

~सुजन बुढाथोकी ‘कान्छा’~ उज्यालो प्रकृति आफै कालो भयो जब एक अलौकिक ईतिहास बोकेर यो सृस्टिमा सबैभन्दा ठूलो दृष्टि बिनासक ग्रह खस्यो,र बस्यो आकासको सट्टामा जिवनभर त्यही डेरा जमाएर । बिकिरणबाला रे

Posted in कविता | Tagged | Leave a comment

किराँती लोककथा : वालिङहाङ

~सङ्कलक: शिवकुमार श्रेष्ठ~ अहिले माझकिरात हतुवा गढीमा बसेर एक प्रतापी किराती राजा शासन गर्दथे । उनको नाम वालिङहाङ थियो । उनले रैतीको मदतबाट हतुवामा ठूलो बनाएका थिए । उनले अरूण, दूधकोशी र हिमाल साँध कायम गरी शान्तिपूर्वक रैतिलाई सुखभोग गराएका … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कविता : वियोगिनी सन्ताप

~पुण्यनाथ लोहनी~ सासू देखिसहन्न नन्द बजिनी आँखा तरी मर्दछे जेठानी मुसुमुन्द्रि क्यै चुक भये लाई खुशी पार्दछे । चाकरहेरु नटेरने पति भने पर्देशमा राज् हुने चिर्छन छाति चरक्क कामशरले कुन् युक्तिले बाँचने ।।१।। देख्दा हाय ! वसन्तको समय यो छाती … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : मान्छे हराएको सूचना

~खेम बतास~ ताराले खलो झाडिरहेकी धौलीलाई भनेकी थिइ, ‘धौली अब त ठुली भैगै, आफ्ना हड्म्मो कहिल्यै हेरेको छई ।’ एकान्तमा उसले पुरै शरिर हेरेकी थिइ । तर इजाले भनेको चाहि के हो बुझेकी भने थिइन । अर्कोदिन, ताराले फेरि भनेकी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : एउटा प्रश्न ?

~द्वारिका छेत्री~ यदि नहुदो हो संसारमा हवशको पुजारी वेश्या कदाचित हुने थिएन नारी जन्मैले कोही वेश्या हुदैन वेश्या हो अवसरवादी समसमाजको मानसिक विकृतिको चिन्हारी। सम्भव थिएन देहको व्यापार यदि नहुँदो हो शहरमा खरिदार

Posted in कविता | Tagged | Leave a comment

कविता : समस्यापूर्ति

~शम्भुप्रसाद ढुङ्गेल~ वचनका रचन्मा फसेको छु आज तिमीदेखि क्यै छैन मेरो इलाज । कडा इश्कका आँचले चित्त भूटयो तिमी तीमि भन्दा घरैबार छूटयो ।।१।। मुहार्को जुहार् चम्किलो देखि आयें

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : At the loss of rhododendron

~Momila~ Translation: Manjushree Thapa (To Pasang Lhamu Sherpa) At the loss of a rhododendron I thought of- an evening of cherry blossoms in flower a night of the redolent parijat flower the pain of purple jacarandas on the stree

Posted in Translated Poem | Tagged , | Leave a comment

समीक्षा : कर्णाली प्रदेशका न्याउल्या गीतमा इतिहास र आञ्चलिकता

~डा. मधुसूदन गिरी~ समयको दीर्घतम् महानदीमा भूगोलका रेखाहरू कोरिँदै र मेटिँदै जाँदा रहेछन् । प्राचीन वा पूर्व मध्यकालीन कर्णाली प्रदेश आज छैन । आज यो अलि सानो भूगोलमा साँघुरिएको छ । राजनीतिक प्रशासनिक सीमारेखाहरू साँघुरिएर पनि त्यसको आत्मा भाषा, संस्कृति, … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

खण्ड-काव्य : युद्ध र योद्धा

~अगमसिँह गिरी~ युद्व र योद्वा [खण्ड काव्य] युद्ध, र स्वत्व अभिव्यक्ति   एघाह्न वर्ष आफूसँग राखेर मात्र ‘आँशु’ प्रकाशित गर्ने गिरीले थालेको एघाह्र दिनभित्र आएर भन्छन्‌, ‘युद्ध र योद्धा’ प्रकाशित गर्छु ।गमसिंह गिरी ‘याद‘ (सन्‌ १९५५) र ‘आँशु’ (सन्‌ १९६८)-पछि … Continue reading

Posted in खण्ड-काव्य | Tagged | Leave a comment

अनूदित कविता : उनी यतै कतै छन

~उदय प्रकाश~ अनुवाद : जय कार्की उनी यतै कतै छन उनी कतै गएका छैनन् उनी यतै कतै छन् उनको लागि नरुनु । उनी वालकहरुको टोलीमा रंगीन बुश्शर्ट लगाएका वच्चाहरुको वीचमा हराएका छन् उनी मैलो कट्टु लगाएर फोहोरको थुप्रोबाट

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कथा : रमा

~भवानी भिक्षु~ कुनै नराम्रो काम भएको थिएन । मस्तिष्कविज्ञान र शरीरविज्ञानले त भन्छन् ‘बिलकुल स्वभाविक’ अगाडिको कुरा म जान्दिनँ । ‘रमा’ सम्मानित बाबुकी, सम्पन्न र मर्यादाशील कुल– परिवारकी छोरी । पढेकी, लेखेकी, गृहकार्यमा निपुण । उमेर बीस, बिहा भएको थिएन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

नाटक : नि:शब्द

~ज्ञानेन्द्र रसाइली~ भाग-१ बिहानको झुल्के घामसँगै घरमा सबैजना आ-आफ्नै काममा ब्यस्त छन् । आमा भर्खर उठेर हातमुख धुँदै हुनुहुन्छ । बुबा बाहिर पिँढीमा बसेर दाम्लो बाट्ने काममा हुनुहुन्छ । रमिता बि.क. भित्र भान्सामा चिया तयार गर्दैछिन भने उनका श्रीमान रमेश … Continue reading

Posted in नाटक | Tagged , | Leave a comment

लघुकथा : नक्कली नक्कलपुर

~कृष्ण बजगाईं~ राज्यको यात्रा होला भनेर उसले सोचेकै थिएन । हिँड्दै जाँदा कहिले नसुनेको नक्कलपुर पुगेको थियो । नक्कलपुरको नक्कली रूप देखेर क्षणभरमै मोहित भयो । उसका चंचल आँखा र उत्सुक गोडाले संयक्त रूपमा नक्कलपुर चहारे ।

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : बर्थडे

~सुरेन उप्रेती~ नभेम्वर महिना लाग्न नपाउँदै जाडो बढेर रुखका पातहरू सबै झर्छन् । सबै पातहरू झर्ने भएकाले नै यो सिजनलाई फल भनेको होला । शान्ति मन मनै गुनगुनाउँछे । क्यानडाको राजधानी भएर पनि यो अटोवामा एउटा पनि मेट्रो छैन । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मेरो विन्ति छ कान्छा, दसैंमा चाँडै घर फिरी आउ

~स्वर्णिम गुरुङ~ पोहोर सालै किरिया हालेथ्यौ कान्छा, दसैंमा घर फिरि आउने चौबन्दी,चुरा र फुलबुट्टे फरिया, दसैंको कोशेली बोकी ल्याउने । डाँडा घरे जेठा तामाङ घर फिरि आका , गोडा दशेक दिन भई सक्यो क्यारे।

Posted in कविता | Tagged | Leave a comment

ऋषि बस्ताकोटीका बाह्र मुक्तक

~डा. ऋषि बस्ताकोटी~ गाउँ बग्दा बाढीले सबै लालाबाला लग्यो भन्छन, खेतभरि असिनाले धानको बाला लग्यो भन्छन, आउन त आउँदै थिए उनीहरू हाम्रै उद्धार गर्न- विचरा, मालाले तिनको गलाको छाला लग्यो भन्छन् । ***************************** अलोकतान्त्रिक निर्णयको राजधानी जस्तो, सीमा नदीबाट बेचिएको … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : एउटा अकविता

~घनश्याम शर्मा पौड्याल~ आँखा रसाउँदैन उसको कसैको दुःखमा अब अहँ, चस्किएन मुटु र झरेन आँसुको थोपा उखुबारीमा रक्ताम्य लाश देख्दा नि आफ्नै छोरीको । ऊ त उफ्रयो झन् उन्मत्त खुसीले घिसारेको देख्खा एउटा सहयोद्धालाई काँडाघारीमा पुलिसले ।

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : जन्मदिवसमा तागामत चिन्तन

~मिङ लिवाङ~ आफ्नो सयौं जन्मदिन मनाएको केही दिनपछिको घटना हो यो । त्रासदी के भयो भने मैले राजनीतिक दाउपेच र नर्क साहित्य अकादमीमा आफ्नो लबी चलाएर अनि रुवाबासी गरेर जान-पहिचानको फाइदा उठाएर बलजफ्ती साहित्यमा किरातेश्वर पुरस्कार हत्याएपछि नर्कमा निकै खैला-बैला … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

अनूदित कविता : समुन्द्र व्यापारीकी स्वास्नी: एक चिट्ठी

~लि बाई~ अनुवाद : पर्बत लावती जतिबेला मेरो कपाल निधारको सिधा पारेर काटिन्थ्यो म फूल चुँड्दै गेटको वरपर खेल्थेँ, तब तिमी बाँसको खुट्टे लाठीमाथि घोडा खेल्दै आयौ आरुबखडासँग खेल्दै तिमी म बसेको ठाउँ वरपर हिँड्यौ नमानी शंका वा घृणा, कलिला … Continue reading

Posted in अनूदित कविता | Tagged , , | Leave a comment

कथा : अनुसूया

~माधव सयपत्री~ म होटेलभित्र छिर्दा त्यसले आफ्नो अनुहारको आँखामुनिको भाग निलो सलले छोपेकी थिई । आँखैले त्यो युवती ग्राहकसित कुरा गर्थी । आवाज निकाल्दिनथी । सोचेँ ‘अचम्मकी यो युवती साहुनी होली कि कामदार ?’ होटेलवाल्नी ऊ नै रहिछे । ऊ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment