Tag Archives: sangrahalaya

कविता सङ्ग्रह : च्याउको जंगल

~विप्लव ढकाल~ त्यो आइमाई

Posted in कविता सङ्ग्रह | Tagged , | Leave a comment

गजल : सिङ्गै एउटा रात थियो

~ममता मृगतृष्णा~ तिमी थियौ म थिंए, सिङ्गै एउटा रात थियो नशा होइन तर पनि कुन्नि के को मात थियो| त्यो अनौठो काउकुति त्यो झश्काइ छुवाईमा मेरो अंग अंग छुने केवल तिम्रो हात थियो |

Posted in गजल | Tagged | Leave a comment

कथा : कब्रस्तान

~गोपाल विरही~ आज खैरे पनि अचानक विरामी प¥यो । बिहानदेखि अहिले भर्खरसम्म त ऊ राम्रै वा स्वस्थजस्तो नै देखिएको थियो । तर, यताबाट उता र उताबाट यता उठबस गरिरहेको छ अहिले ऊ । उसले आफू पनि सेतेजस्तै रोगबाट ग्रस्त रहेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुश्मा

~महेश पौड्याल~ सहरको स्कुल गाउँको जस्तो हुँदो रहेनछ । गाउँमा शिक्षकमाथि खासै औँला उठ्दैनन् । सहरमा त सबै अभिभावकहरू पनि पढालिखा र सचेत हुँदा रहेछन् । मात्रा रड्कियो कि आइपुगिहाल्छन् गुनासो गर्न । आफू त गाउँले मान्छे, सहरका यति धेरै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : जाँडको झोक

~विमला तुम्खेवा~ सबै सम्झिँदा झोक मात्र चलेर आउँछ र, मैले खाएँ आज रक्सी। घर मैले सम्हाल्नुपर्ने यो घुमाउरो डाडाँभन्दा ठूलो पिर बोकेर रातदिन मै जोतिनुपर्ने मै दबिनुपर्ने तिम्रो स्वर चाहिँ सधैं चर्को हुने।

Posted in कविता | Tagged | Leave a comment

कविता : किनाराहरूमा

~रवि प्राञ्जल~ वारि एउटा किनारा छ पारि एउटा किनारा छ म वीचमा छु किनाराहरुको एउटा किनारामा घाम छ एउटा किनारामा जून छ दुवै किनाराहरू स्थिर छन् म बीचमा छु र अस्थिर छु

Posted in कविता | Tagged | Leave a comment

कविता : काल-दृश्य

~डा.मधु माधुर्य~ …. कसले गर्छ आज-भोली परायाको हित ? भित्र-भित्रै लाए सबले स्वार्थसंग मित ! जता जाऊ, त्यता हेर पैसा कै छ जीत स्वर्ग, मर्त्य, पाताल गाउँछन् यमराज कै गीत चिप्लो बोली मानिसको सस्तो भाउ छ हाटमा

Posted in कविता | Tagged | Leave a comment

कविता : संसद आक्रमण

~उज्ज्वल बमजन~ संविधानको सिरेटोले बेस्सरी हानेको छ उसको विपन्न नाङ्गो आङमाथि। सयदिने रोजगारले उड़ाएको गाउँले धूलोको तुवॉंलोभित्र रूमल्लिएर स्वजलधारा परियोजनाको गङ्गोत्री मरूभूमिमा बलबहादुर अनि बुधवाहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : तिनलाई मेरो स्वागत

~इश्वरवल्लभ~ त्यसदिन अलिकति गीत गाइरहन मन लागेको थियो वरिपरि सबै उल्लसित र हरियो भइरहेको थियो, मैले एउटा कलिलो हाँगा समाएर हावामा हल्लाएको पनि हुँ – कसैलाई स्वागत गरेझैं गरेर म क्षितिजबाट आउनेहरुलाई

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : यौद्धा

~मधुश्री~ बढ्दैछ चाप यौद्धाको मन ईस्पात बन्दैछ फुट्दैछ बाँध धैर्यको यहाँ मसाल बल्दैछ धोकाले मिच्या सिमाना खोज्दै उठ्दैछ बीर त्यो पसिना सँगै रगत छर्दै उठ्दैछ शीर त्यो

Posted in गीति कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : नरभूपाल जन्माउने कसरत

~धीरेन्द्र प्रेमर्षि~ संसारमा धेरैथरीका प्रतियोगिताहरू हुन्छन् । संसारको के कुरा, संसारभरकिा अधोगामी प्रतियोगिताहरू त अचेल हाम्रै देशमा पनि छ्यालब्याल हुन थालेका छन् । सुन्दरी प्रतियोगिता भनेर शिशु सुन्दरीदेखि सासू सुन्दरीसम्मका प्रतियोगिता गराउन हामी खप्पिस भइसकेकै छौँ । यी प्रतियोगिताहरूको बजारभाउ … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : सुकुलगुण्डाकाे कहानी

~अज्ञात~ माधव बहादुर एक ठूला खानदानी अफिसरका छोरा हुन् तर बाबु परलोक हुँदा केवल ११ वर्षका थिय । आमाको एउटा छोरा हुँदा र ४०/५० हजार सम्पत्ती हुँदा उस्तो पढनलाई जरुरत पनि आमाले संझिनन् तर देखादेखि वि–ए–बे, वि–आइ–वाइ भनी यक माष्टर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

स्रष्टा जीवनी : स्व. इमानसिंह चेम्जोङ

~इमानसिंह चेम्जोङ~ लिम्बू समुदायमा लेखनको महत्व बुझ्ने यस्तै थोरै व्यक्तिहरुमध्ये एक प्रमुख व्यक्ति हुन्– किरातोलोजिस्ट स्व. इमानसिंह चेम्जोङ । यिनै किरातोलोजिस्ट इमानसिंह चेम्जोङको गुरु मन्त्र थियोः भाषा संस्कृति जातिको पहिचान हो भने इतिहास मुहान हो । हुन पनि उनले आफ्नो … Continue reading

Posted in स्रष्टा जीवनी | Tagged | 1 Comment

कथा : न्यायको खोजीमा

~सिमा भुजेल~ चरक्क चर्केको भदौरे घाम, त्यो पनि तराइको, पुरै सहर गर्मीले बाफिएको थियो। उभिएको ठाँउमा हेरेँ- आफुभन्दा धेरै लघु आकारको आफ्नै श्यामश्वेत प्रतिलिपी लम्बिन खोजिरहेको। भित्री लुगाहरू भिजेर बाहिरी लुगासमेत भिज्दै थियो पसिनाले। गोजिबाट रुमाल निकालेर अनुहार पुछेँ। नाडिको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित कविता : नशामा लट्ठ होऊ

~चर्लस बाउडेलैर~ अनुवाद : गणेश राई सधैँ नशामा लट्ठ होऊ। यही हो र यो आवश्यक पनि छ। समयको भयावह चक्रले तिम्रो देहलाई धुजाधुजा पारि धर्तिको कुनै निष्पट्ट कालो ओडारमा कोचिदिँदाको पिडा अनुभव नगर्न भएपनि तिमी उन्मक्त रह । के मा … Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : विनयपत्र

~जोगवीरसिंह उदास~ हामी परेर अलपत्र यहाँ रहेका । केही नजानिकन मूढ अती भएका ।। उद्धार हामीहरुको गरी को छ लीने ? यै ठाउँमा असल स्वर्ग बनाई दिने ।।१।। केही छ भाग्य कि त छैन त यो नजानी । मानी नमानिकन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्यौलताभित्रको कविता

~स्वर्णिम गुरुङ~ कविता त लेखु भन्छु तर खै ! अन्यौलमा छु, कविता पो के बारे लेखुँ ! हर दिन महँगा रेस्तराँहरूमा विभिन्न परिकारहरू, जिब्रो पडकाउँदै खाएर अघाएका ,

Posted in कविता | Tagged | Leave a comment

कविता : भोटु माझीको भाषण !

~बलराम तिमल्सिना~ सरकार ! मैले के त्यत्रो कुरा मागेको थिएँ र ? मैले दुवाली थुन्ने खोलामा मेरा बराजुदेखिको हक छ त्यो खोलामा दुवाली थुन्न गणतन्त्रमा पनि पाऊँ भनेको त हो त्यो खोलै थुनेर सरकारको गाममा लगेपछि

Posted in कविता | Tagged | Leave a comment

कविता : परिवर्तन

~साँज घले~ ममताकी खानी, त्याग-समर्पणकी देवी यी सबै उपाधिले सुशोभित नारी बन्द ओठ, आँसुले लेख्दै कयौं अप्रकाशित पुस्तक झैं आफ्नो कहानी जोगाएर पुरुष वीर्य आफ्नो गर्भमा एउटा नवजीवलाई आकार प्रफान गर्ने क्षमतावान नारी

Posted in कविता | Tagged | Leave a comment

कविता : दम्पतिको प्रेमटक्कर

~सोमनाथ सिग्देल~ पति प्रेम गराई खुद्रा किन लिन्छयौ मानको मुद्रा ? देऊ दाग दवाई प्यारी १ मुखचन्द्र चाँदनी छाई ।।१।। दम् विधुविंव दिशाविदिशा उदाउँदा ! दिनसमान हुन्छ निशा । क्या हो सफाइ आज ! प्राप्त भयो तव त मानको ताज … Continue reading

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : Deranged

~Laxmi Prasad Devkota~ Translation : Manjushree Thapa Certainly, friend! I’m deranged! Such is my state! I see words, hear images, taste smells, touch things that are slighter than the sky. things whose existence no one admits to, whose shape the … Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

Translated Song : I haven’t known how to bloom

~Amber Gurung~ Translation : Manjushree Thapa I haven’t known how to bloom, I haven’t known how to sway Laughter came but somehow I haven’t been able to laugh Tears came always but I haven’t learned to cry I have one … Continue reading

Posted in Translated Song | Tagged , , | Leave a comment

निबन्ध : आफ्नै मानसिक भुमरीहरूको इतिहास

~राजव~ आख्यानको समानान्तर, नाटकको समानान्तर, निबन्धको समानान्तर, संस्मृतिको समानान्तर म कविता पनि लेखिरहन्छु । कविता मेरो सर्जनमनको उग्र बाध्यता हो । बाध्यताको यो लतबाट छुटाउने अहिलेसम्म मेरा लागि कुनै रिह्याव अर्थात् उपचार केन्द्र बनेको छैन । कविताको यो लतले मलाई कथा, उपन्यास, … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : गहना

~श्यामल~ तिम्रा कानहरूले रुचिपूर्वक सुन्दछन् मैले फुस्फुसाएको बडो तीब्र वेगमा मैले विस्तारै बोलेका प्रेमपूर्ण शब्दहरू प्रचण्ड गर्मीमा पनि शीतल महसुस हुने गरी पस्तछन् तिम्रो श्रवणयन्त्रमा तिनका लोतीमा झुण्डिने इयररिङभन्दा बढी टल्किने

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : कथाकार पूर्ण ओलीको कथासङ्ग्रह “जितौरी”को अध्ययन

~कमलमणि देवकोटा~ कथाकार पूर्ण ओलीद्वारा रचित कथाहरूको सन्दर्भमा समीक्षात्मक चर्चा गर्नुपूर्व उनको वारेमा थोरै केही कुरा पस्किन सान्दर्भिक लाग्यो । सुरुमा इष्टमित्रको नाताले तथा एक राष्ट्रसेवकको हैसियतले मात्रै उनलाई मैले अलि अलि चिन्ने मौका पाएको थिएँ । जब म सरुवा … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : ………शिरमा राखौं

~दीपक कुमार ज्ञवाली~ हासोसँग रोदनसँगै जीवनको नियम हो । हुन्न खण्डित कहिलै बुझ्नुपर्ने मानवले हो । किन किन आज मलाई नरमाईलो लागेको छ । संगीसाथी अलगहुँदा मन मेरो रोएको छ । १ सँगैखायौं सँगैबस्यौ हाम्रो शिरानी एउटै थियो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : परेँ म त दङ्ग

~डम्बर बिकेल~ घाम लागेकाे बेला पानी परेको बेला अाकाशैमा देखिन्छ रङ्गीचङ्गी मेला तीन रङ चार रङ जम्मा सात रङ इन्द्रेनीलाई देखेर परेँ म त दङ्ग हिउँ पग्लिन्छ जब पानी बन्दछ तब

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : बिसौनी वल्तिर भेटिँदा

~कृष्णादेवी शर्मा श्रेष्ठ~ बिसौनी वल्तिरैबाट भेटेँ भेष रिजाल यी उम्दा साहित्यका स्रष्टा देखेँ भेष रिजाल यी पूर्व पश्चिमको यात्रा, यात्रा दक्षिणको पनि नेपाली वाङ्‌मयी उर्जा लेखेँ भेष रिजाल यी। अनुष्टुप, मुक्तक राधा र कृष्णको जस्तै जोडी एकदिन टुप्लुक्क मेरो आश्रमको … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

लघुकथा : चिसो चिता

~नविन ध्यार~ भिरालो जमिन , भिरमै अडिएको छाप्रो घर र घर भित्र एक जीवन । रगत चुसिएको, पसिना बेचिएको, हासो खोसिएको एक निर्य जीवन । यहि जीवनको पर्तिमुर्ती थियो; श्रीराम बहादुर । गाउलेहरुले उसलाइ श्रीरामे भन्ने गर्थे । गाउमा कसैको … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : बरु जिन्दगीमा

~पिएस्पी चाम्लिङ राई~ एउटा सानो घर हुनु, रातो माटोले पोतेको, गोबरले लिपेको । घरमुन्तिर थोरै बारी हुनु, मकै छरेको, कोदो रोपेको । हरेक दिन जब म पसिनाले भिजाउदै

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : बलेको आगो

~सन्तोष जंग थापा~ बलेको आगो ताप्छन सबैले सम्बन्ध स्वार्थी गास्छन सबैले पद ,धन ,पैसा सबै

Posted in मुक्तक | Tagged | Leave a comment

Translated Poem : DIsplacement

~Govinda Bartaman~ Translation : Manjushree Thapa Melancholy marches like policemen Peals of silence resonate in the obscene remoteness Words take ill Letters nod off on sheets of paper The snow-peaks, mountains and valleys mind over the harvests of the dead

Posted in Translated Poem | Tagged , | Leave a comment