Tag Archives: sangrahalaya

थामी भाषी कविता : आथाङ उछीकाई श्रद्धाञ्जली !

~डम्बर थामी ‘अनुपम’~ (उज्ज्वल तारालाई श्रद्धाञ्जली !) दार्जिलिङ त्याङ कागझोडाको उखिङ-उखिङ देशेङा आहे-आहे अभाव थाले होइ जंगवीर थामी ङा माईली थामीको कोखङिनी निक्लेहोथ्यो कर्ण थामी उच्याचा थादु बेरेङ नै चाला वानी तोसा राथ्यो उनी वानी तोसा राथ्यो

Posted in थामी कविता | Tagged | Leave a comment

कविता : प्रपञ्च

~विज्ञान राज~ जसले अन्न उब्जाउँछ उसले नै भोको रहनु पर्ने जसले मजदुरी गर्छ उसले नै मर्न मजबुर हुनु पर्ने जो इमान्दार र सोझो छ ऊ नै शोषित हुनु पर्ने जोसँग शिप र कला छ

Posted in कविता | Tagged | Leave a comment

कविता : दृष्टिकोण र सत्याभास

~अमर न्यौपाने~ तिम्रो मेरो सिरानी एउटै भए पनि हामी अलग अलग सपना देख्छौँ सँगसँगै बाँचे पनि हामी आआफ्नै जीवन बाँच्छौँ सँगसँगै मरे पनि हामी आआफ्नै मृत्यु मर्छौं

Posted in कविता | Tagged | Leave a comment

कथा : रिभल्भर

~पुरूषोत्तम ढुङ्गेल~ म एउटा गीतकार प्लस कवि हुँ । हैन यसो भनूँ साथीहरूले कभि कभि कवि कवि पुकार्दा पुकार्दा गरेर साँच्चिकै कवि भएँ कि भन्ने भ्रमात्मक अनुभूतिको अनुभवी हुँ । जे होस् सामाजिक् संजालमा म यहि कारण यस्सो कविताजस्तै केहि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : उही तिम्रो साथी

~प्रा डा नन्द बहादुर सिंह~ अघि बढौं आउ साथी नमानेर हार कर्णालीको पानी जस्तै बनौ सदाबहार । किन हामी सधै भरी मागी मागी हिँड्ने कर्णालीमै सुन फल्छ संसारले किन्ने ।

Posted in कविता | Tagged | Leave a comment

थामी भाषी संस्मरण : बलिदानते हाबी थादु पिस्करङा यालेत्ङादु बेरेङ

~डम्बर थामी ‘रोईमीडाती’~ गाइ मिर्‍याङ्को दिनपालिङा राज्य व्यवस्थानामा लाक्पा नाम्पाङादु दिका योद्धा थाङाथ्यो । त्यै थाताले नाले तो बेरेङको लाक्पा नाम्पाइदु । जेखामिपालीको अत्याचारनामा किडिईदु । इतिहासको डिङ्डिङ-डिङ्डिङ पानापाली पल्टईसा राहुन्दुईछ । वर्गसंघर्षको का भट्टी उनी सफरपालीको खाम चिसेरेक्सा दाङुन्दुईछ … Continue reading

Posted in थामी संस्मरण, संस्मरण | Tagged , | Leave a comment

कविता : मूला

~नेकी धनेन्द्र~ जनताको हितमा बोल्ने जनताको हितमा काम गर्ने देशको कुना कुना सम्म सुन जस्तै गरि टल्काउने संसारले मान्ने छवि बनाएका हाम्रा नेताहरु के सानु भन्ने सेवाग्राही नपुग्दै सेवा दिने

Posted in कविता | Tagged | Leave a comment

कविता : राम विनय दाइ

~डा. जीवेन्द्रदेव गिरी~ जन सांस्कृतिक महासङ्घमा प्रगतिशील लेखक सङ्घमा अनि साहित्य सन्ध्यामा काने बाहुली हालेर हिँडेको कोरोना विरुद्ध जेहाद छेडेको

Posted in कविता | Tagged | Leave a comment

कविता : अनुभूति

~ईन्द्र प्रकाश शाह~ निशब्दताको उत्कर्षमा हरेक पल नियालीरहे जिन्दगीका पाटाहरू पाए त केवल मौनताका स्वप्निल आयामहरू खुसीका मन्द परिदृश्यहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : म सडक !

~अर्जुन ढकाल~ म सडक ! हिजो भरिलो अनि आज खाली छु म जागिरको खोजीमा भौतारिएका हुन् या विद्रोहका कालोपट्टी बाँधेर लतारिएका हुन् कहिले देश भोग्नेहरूले त कहिले देश सोच्नेहरूले बजारेका बुट-बाजाहरूको मैले साँचेको छु लामो अनुभव ।

Posted in कविता | Tagged | Leave a comment

कविता : बिहानी माहात्म्य

~नव बिहानी~ समयका पल्लव बिहानहरू सधैँ नयाँ हुन सक्छन् तर हुन सक्दैनन् – सुहागरातले रंगाएकाेे प्रेमिल बिहानजस्तो ! बरू हुन सक्लान्

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : आस्था

~राजेन्द्र सङ्ग्रौला~ विर्तामोडको मुख्य चोक अग्ला र चिल्ला घरहरूले घेरिएको थियो । तर अलिपर खोलाका छेउतिर भने अत्याधिक फोहोर थियो । त्यो फोहोर बाटोमा मान्छे ओहोर–दोहोर गर्न निकै गाह्रो मान्थे । त्यही बाटो पर खोलाका डिलमा एउटा अस्थायी घर थियो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

संस्मरण : साइको

~भीष्म जोशी~ शिशिरको सिरेटोले बाहिरी काठमाडौंलाई चिस्याइरहेको थियो । तर, रंगमञ्चभित्रको बन्द प्रेक्ष्यालयमा निरन्तर ‘वार्म-अप’ र स्टेजको लाइटले ज्यान बाफिलो थियो । नाटकको रिहर्सल सकाएर सरासर रुम फर्किएँ । दिनभरिको अभ्यास, को-आर्टिस्टको ढिपी र निर्देशकको अनेक निर्देशनले मन त्यसै भारी … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : क्षितिजको बार्दलीबाट चिह्याउने म ‘लाप्चा’

~समर हुम्ली~ क्षितिजको बार्दलीबाट तप्प तप्प शितका थोपाहरू स्पर्श गर्दाको क्षण क्याङ्हरूको बगाल खाङहरूको अस्तित्व प्याङ३हरूको खोजी गर्दै ‘लाप्चा’को काखबाट

Posted in कविता | Tagged | Leave a comment

कविता : जुकाको बकपत्र

~डा. मधुसूदन गिरी~ हजुर जुका हो म जुका हुँ हजुर यो प्रकृतिका सर्वश्रेष्ठ जुका – ठुलो घरमा बस्नु हुन्छ, सानो दरबारमा बस्नु हुन्छ म यो प्रकृतिको बदनाम जुका पातपतिंगरमुनि बस्छु ढुङ्गा,माटो….

Posted in कविता | Tagged | Leave a comment

गजल : हार्ने कसरी हो ?

~नरेश अल्पबिराम~ जडता र भ्रमले हार्ने कसरी हो ? दिवसले फरक पार्ने कसरी हो ? बहिनीलाई अझै जाँतो छोड्दैन भाइहरुमा त्यो सार्ने कसरी हो ?

Posted in गजल | Tagged | Leave a comment

कविता : चिडियाघरमा कोलाहल

~श्यामल~ एक हुल मानिसहरू साङ्ग्ला र बन्दुकसहित तिनको घरमा पसे तिनलाई खोसेर लगे तिनको अभयारण्यबाट र मानिसहरूको ठाउँमा

Posted in कविता | Tagged | Leave a comment

कविता : सुरलोकवासी जननी

!सुरेन्द्र चौहान~ कलम लिइकन हातमा, के लेख्न म सक्थेँ र! सम्झना सुरलोकवासी जननीको, के छेक्न म सक्थेँ र!! समाई पाउ मुसार्दा यसै, पोस मलाई मिल्दथ्यो कि! पिठ्युँमै हुर्काइन उनले, थलमा कीटले पो चिल्द्थ्यो कि!!

Posted in कविता | Tagged | Leave a comment

गजल : केही फरक गर्नु नि

~खगेन्द्र गिरी ‘कोपिला’~ मसँग व्यवहार त केही फरक गर्नु नि मलाई गर्ने प्यार त केही फरक गर्नु नि उनै घुर्की नखरा, उनै कटाक्ष मात्रै छन् ममाथी अत्याचार त केही फरक गर्नु नि

Posted in गजल | Tagged | Leave a comment

कविता : डाक्साव् मलाई मर्न दिनुस् !

~मनोज शाही~ डाक्साव् मलाई मर्न दिनुस् ३ वटा अस्पताल रेफर भएर आज यहाँ आई पुगें मलाई जसरी नी बचाउँछु भन्नु भो होइन ! डाक्साव् मलाई मर्न दिनुस् म त अहिले बचे पनि पछि परिवारसँग मर्न पर्ला भैगो, डाक्साव् मलाई मर्न … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : खोल

~खेमराज पोखरेल~ म सम्झिरहेको छु, उनी मेरी गर्ल फ्रेण्ड थिइन् त्यो ताका । त्यो दिनको सम्झना आइरहेछ । हामी दुवै यस्तै गधा पच्चीसे हुँदा हौं । हामी दुवै नगरकोटको  होटल सनराइजमा थियौं । त्यो दिन म उनीसँग बेस्सरी पग्लेको थिएँ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मासग्रेभ

~राजव~ हामी एकसाथ सत्र जना मरेका थियौं । सत्रै जना आइसियुमा थियौं । सबैको नाक, मुख, घाँटीमा भेन्टिलेटरबाट निस्किएको स्वास नली र पाइपहरू जोडिएको थियो । दस दिन हामी आइसियुमा संघर्षरत रहृयौं । र, हिजो एघारौं दिनमा हाम्रो संघर्ष सफल … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

Story : The marriage of Ram Kumar’s son

~Unknown~ Ram Kumar was a second-class officer in The National Bank of Nepal. Married for thirty-five years to the same devoted woman and working year after year amidst the same stack of ledger files, he could be best described as … Continue reading

Posted in Story | Tagged | Leave a comment

Story : Life Left Lifeless

~Sneh Rajbhandari~ I wake up to a cold and harsh morning. A dull gray light sweeps over the room giving it a surreal look. As more light trickles in, I raise my throbbing head slightly and try to moisten my … Continue reading

Posted in Story | Tagged | Leave a comment

Translated Poem : A Life Threatening Cold

~Rajab~ Translation : Manjushree Thapa Important persons in the office have come down with colds. This is why these important persons are not performing any work now. The important persons

Posted in Translated Poem | Tagged , | Leave a comment

मैथिली कविता : जँ फगुवामे एथिन परदेशिया ?

~सुधा मिश्र~ वसन्त लय अँगना सजेबै मीठ -मीठ पुआ हम पकेबै लाल -हरियर रंग घोरिलेबै सब रंगक अबीर उडेबै

Posted in मैथिली कविता | Tagged | Leave a comment

गजल : हत्केला नै खोस्नेहरु छन्

~नविन ध्यार~ औंला दिदा हत्केला नै खोस्नेहरु छन् फूलै दिए पनि काँडा रोज्नेहरु छन् दयै गरी आफैले सवैथोक सुम्पिदा पनि भिखारी नै भयो भनि सोंच्नेहरु छन्

Posted in गजल | Tagged | Leave a comment

बहरबद्ध गजल : जता हेर्छु मैले बबन्डर

~रिजाल किरण~ बहर : मुतकारिब मुसम्मन सालिम जता हेर्छु मैले बबन्डर बबन्डर कतै शान्ति छैन पिएकोछु हन्डर । बनेको छ प्यासा यहाँ आफ्नो आफै खोजी दाउ हान्ने लुकेकोछ खन्जर ।

Posted in गजल | Tagged | Leave a comment

कविता : बिस्मात

~दीपक कुमार ज्ञवाली~ समयको माग भन्दै मौन बसे । के देख्नुपर्‍यो जीवन बिछोडको । उठ समाऊ लहरा जीवन डोर्‍याउन । उगाऊ पानी आफ्नै जीवन बचाऊन । शेचनगर अःन्तकरण जाग्नेछ स्मृतिहरु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : समस्यापूर्ति

~गोपीनाथ लोहनी~ मुहार् कमलको झलक पलकमा मलाई दियौ अपूर्व रसदानले मन हरेर मेरो लियौ । तसर्थ अब प्रेमले यति सकार बिन्ती पनी नवीन घरको बहार् गर तिमी नवीना बनी ।।१।। वसन्त ऋतुको छटा रमणिलाइ दिल्दार् हुने

Posted in कविता | Tagged | Leave a comment

कविता : मनोव्यथाको उत्तर

~चक्रपाणि चालिसे~ सारा मनोरथ कथा हुन गै बिचारा दारासुतादिहरूले गर्ने पुकारा ।। आराम शून्य मनले त्यजी अस्रुधारा हाये राम! रुन्छु कसरी म छुटाउँ भारा।।१।। विद्वच्छिरोमणि रसिला प्रिय मित्रसाथ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवनसार

~बाबुराम आचार्य~ हुक्का चिलमको शरणै लिनाले। अल्छी गरी हर्दम सूतनाले।। भन्दैन कोही उसलाइ मानिस। गर्नू पर्छ इलम भनेर जानेस्।।१।। चेत्याँ बल्ल भुल्याँ र धन्जनमहाँ सारा उमेर् नाश् भयो।

Posted in कविता | Tagged | Leave a comment