Tag Archives: sangrahalaya

तामाङ लोक कथा : बुद्व र कुखुरा

~सङ्कलन : रविन्द्र तामाङ / सोनी तामाङ~ भगवान बुद्व धर्म-ज्ञानको प्रचारमा देश-देशावर पुगेर विभिन्न उपदेश दिनुहुन्थ्यो । यसरी धेरै गाउँ-ठाउँ परिभ्रमण गर्दै दिन बिताउँदै आउनुभएको थियो । यसै क्रममा जीवनको उत्तरार्द्वतिर बुद्वका खुट्टामा कुष्ठरोगको घाउ आयो । घाउले गर्दा धर्मदेशना … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

कथा : शहरको मान्छे

~नेकी धनेन्द्र~ क्षितिज मात्र देखिने गरि वसाइ सरेपछि पहाडहरुको रमाइलो अनि मिठो स्वच्छ हावा पानीको वातावरणलाई कसरी अनुभुत गर्न सकिन्थ्यो र ? झन त शहर कस्तो पापी हुन्छ त्यसमाथि पनि खान लाउन नपाएर यहाँ पुगेका मान्छेको गति कस्तो हुदो हो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मेरो देश नेपाल

~बाबु रोकामगर~ कति लेख्ने माया प्रेम र मिलन बिछोड का कुरा मात्र अब त देशको वारेमा पनि केही लेखांै न है मित्र के–के भईरहेको छ हाम्रो देशभित्र मेरो देश नेपाल उच्च शिर सगरमाथा विर गोर्खालीहरुले गाउँने विरताको गाथा मेरो देश … Continue reading

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : खप्तड गंगा दशहरा मेला

~कमला जोशी~ जेठको १३ गते विहानको झिसमिसेसँगै पिठ्युमा झोला, झोलामा केही जोर लुगा र ड्राईफुडसँगै हात हातमा पानीका बोतल बोक्दै पिपल्ला बजार पुग्यौँ । पिपल्लामा गाडीको पर्खाईमा करीव एक घण्टा बितिसकेको थियो । सायद सबै खप्तड जानेहरु निस्किसकेका थिए कुन्नी … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

चक्रप्रसाद भट्टका दुई मुक्तकहरू

~चक्रप्रसाद भट्ट~ १ तन एउटै मन एउटै अफ्सोच जीवन भएन बाचा कसम प्रेमपनको अशल बन्धन भएन सँधै अभावै अभाव भईरहन्छ मलाई अव त

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : पर्खाईमा

~निशा कटवाल~ तिमी बिनाको जीवन कहिले पर्खाईमा बिते, कहिले आँशुमा डुबेर बिते,, एकान्तमा बसेर तिमीलाई नै सम्झेर बिते, कयौं रात कयौं दिन ओजलमै बिते कहिले कहालिँदो रातमा ब्युझेर

Posted in कविता | Tagged | Leave a comment

कविता : परदेशी पो भैसकेछु

~सागर बोहरा~ नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमा म त उजाड मरुभुमिमा हराई सकेछु नसम्झिनु है मलाई कुनै खुशियालीमा म त दुःख र आँशुको सागरमा पो डुबिसकेछु नखोज्नु है मलाई पूर्णिमाको जुनेली रातमा

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रभात

~सोमनाथ सिग्देल~ हटयो मलिन आसुरी स्थिति विभावरीको विभा, प्रभात अति शोभियो, लिइ अपूर्व दैवी प्रभा। – विवेक सब वस्तुको हुनगयो नवालोकमा, खुल्यो विमल विम्बको उदय भित्र प्राकाशमा ।।१॥ उड़े करुण-केशरी उद्य-शैलको शृङ्गमा, सदा फटफटाउंदै किरण-सङ्घको रङ्गमा ‘

Posted in कविता | Tagged | Leave a comment

कविता : मानव–अधिकार

~गोपाल विरही~ (१) मानव–अधिकार कागतिजस्तो– जति टुक्रा हुञ्जेल काटे पनि हुने जसरी निचोरे पनि हुने जसरी चुसे पनि हुने पानीमा हालेर सर्बत बनाउन सकिने चियामा हालेर ‘लेमन टी’ पनि बन्ने भातमा मुछेर पनि खान सकिने

Posted in कविता | Tagged | Leave a comment

थारू भाषी कविता : भसा

~अज्ञात~ भसावसन्तके फुलवारीमे, फुलेवलाफुल नै छेकी । नय त हाट बजारमे बेचेवलान सप्तरंगीके कुनु रंग छेकी । बरु यिटा त स्वस्थ्यमनके स्वच्छआत्माके तरंग छेकी ।

Posted in थारू कविता | Tagged | Leave a comment

मैथिली कथा : अनमोल दहेज

~अंजू झा~ कमलकांत बाबू विनम्र स्वभाव के अपन माटि-पानि सं जुड़ल उच्च सरकारी अधिकारी छैथ। परिवार में पत्नी शोभा आ एकमात्र संतान किसलय छथिन। किसलय एखन अविवाहित छथिन। चार्टर्ड अकाउंटेंट किसलय लेल दिन-राति विवाहक लेल अनेकों प्रस्ताव अबैत छैन। लेकिन … Continue reading

Posted in मैथिली कथा | Tagged | Leave a comment

संस्मरण : तर, यसपालि धोका भयो घनश्याम सर !

~कृष्ण कुसुम~ २०६५ भदौको मध्यतिर यौटा निम्ता पाइयो साहित्यिक कार्यक्रमको । नागार्जुन साहित्यिक प्रतिष्ठानको आयोजनामा यौटा कथासंग्रहको विमोचन हुने कार्यक्रम थियो त्यो । नेपाल प्रज्ञाप्रतिष्ठानको वाचनालय पुग्दा थाहा पाइयो– साझा प्रकाशनबाट प्रकाशित कथासंग्रह ‘अभिशप्त समय’का लेखक  घनश्याम शर्मा सिभिल इन्जिनियर … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : यहाँका यथार्थहरु

~बि. कुलुङ्ग राई रंगबुले~ एकदिन यथार्थले भावनाको खाँबो अडाएर उत्तोलक भइदिने निधो गरे किनकि छुनु थियो उसलाई सान्त्वनाको आकाश । सान्त्वनामै भए पनि स्वतन्त्रतासित

Posted in कविता | Tagged , | Leave a comment

कविता : उपदेश-शतकबाट

~सोमनाथ सिग्देल~ लक्ष्मणखातिर बूटी खोज्नाको रामले दिदा काम । हनुमान् गएर ल्याए, ‘सक्नेलाई दिनू काम’ ॥ (१) जाली दानव वृकले शिवको सेवा गरी लिएर वर । गौरी नै लिन खोज्यो, ‘नगरे ठगमा पत्यार भर’ ॥

Posted in कविता | Tagged | Leave a comment

किराँती दन्त्यकथा : फूलको उत्पत्ति

~सङ्कलक: इमानसिंह चेम्जोङ~ अघि संसारको सृष्टि भइसकेपछि क्रमश : भीर, पहरा, डाँडाकाँडा, पहाडपर्वत तथा नदीखोलाहरू पनि बग्दै गए । पोरोमियोम्फनी महादेवलाई त्यत्तिले पनि साह्रै सुनसान लाग्यो । तिनले पृथ्वीलाई गुञ्जायमान बनाउने इच्छाले समुद्रको खस्रो बालुवा जम्मा गरेर आफ्नो महाशक्तिद्वारा सानो, … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

गजल : निरन्तर खोसिएको छ

~सुजन बुढाथोकी ‘कान्छा’~ मात्र एकपटक खोसिएको छैन निरन्तर खोसिएको छ सन्सार खोसिएको उस्को बाच्ने अबसर खोसिएको छ उत्ता अदालतले निबेदन दिन पनि दस्तुर माग्यो श्रीमान म मज्दुर हु र मेरो ज्यालादर खोसिएको छ

Posted in गजल | Tagged | Leave a comment

कथा : टुकीफूल

~अन्वेश राई थुलुङ्ग~ छुट्टिदै गर्दा हल्लिरहेको हात । माथिसम्म उठेर उमंगपूर्वक । अनि ती हल्लिरहेका आत्मिय हात मेरो मनको बगरसम्म पानीका शीतल छालजसरी भिजाइरहेका थिए । अनि त्यहि हातको सीधा मुनि थियो गुराँस फुलेजस्तो मुस्कान बोकेका ओठहरू । यदि जिन्दगी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : समय र सम्बन्ध

~मनाेज ज्ञवाली~ सम्बन्ध र साथ एकनास रहदैन नि, के हुन्छ के, खै एक रङ्गमञ्च जस्तै। मुस्कुराहट सबै न फुल जस्तो हुन्छ, न त व्यवहार पारदर्शी पानी जस्तो । भनिन्छ सम्बन्ध निःस्वार्थ नि हुन्छन्,

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो मर्मको रक्षार्थ

~सत्य पहाडी~ तिम्रो सम्झनालाई शक्ति बनाएर विरताको ईतिहास रक्षार्थ दृढ़ताका मुठि उचालेर न्याय र समानताको लागि लडिरहेकै छौं अहोरात्र तिम्रो प्रेरणाको पटुकि कसेर निरंकुशताको बिरुद्ध बन्दुक बोकेर तानाशाहलाई घोडाबाट खसालेकै हो

Posted in कविता | Tagged | Leave a comment

कविता : न्याय स्तम्भ

~अनुपम थामी ‘अनुपम’~ छातिको अनन्त गहिराईमा आमाको माया डुबाएर यात्रामा हिंड्दै गरेकी एक अथक छोरीलाई केही नरपशुहरूले जिउँदै चिथोरेर कोपरेर

Posted in कविता | Tagged | Leave a comment

कथा : सिट्ठी

~दुर्गा कार्की~ झम्के साँझमा सीमा डेरामा आइपुग्दा घरबेटीले भित्रबाट गेटमा साँचो झुुन्ड्याइसकेका थिए । वरपर केही झ्यालबाट आएको प्रेसरकुकरको तिखो सिट्ठीले परिवेशको चकमन्नता आभास गराउँथ्यो । पर कतै घ्यारर्र सटर तानेको आवाज पनि सुनिँदै थियो । सधैँको भीडग्रस्त र अस्तव्यस्त काठमाडौं त्रस्त र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित कविता : उँचाइ

~अटल बिहारी वाजपेयी~ अनुवाद : टंक कार्की अग्ला हिमचोटीमा रुखहरू हुँदैनन्, बिरुवा उम्रिदैनन्, न हुन्छ घाँसकै खैरियत हुन्छ त खैरियत फगत बरफको जो हुन्छ कफन जस्तै सफेद औ, मृत्यु जस्तै ठण्डा, खेल्ने, हस्सि मजाक गर्ने नदी

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कथा : रारा र चन्दन

~बखतबहादुर थापा~ २०४६ सालको बहुदल घोषणापछि राजनीतिक पार्टीहरूको राजकाज सुरु भयो । प्रायः राजनीतिज्ञहरू आफ्नो सङ्घर्षको बदलामा राजसी सुखभोगमा लिप्त भए । सायद भागबन्डा नमिलेको हुनसक्छ, तर केही राजनीतिज्ञहरूले आफ्नो लक्ष्य देश बनाउनु र जनताको जीवन स्तर उकास्नु हो भनेर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : तिजको घोडा

~खेमराज पोखरेल~ तिजको दर खाने दिन थियो । नित्यानन्द कलेजको पिउन गिरी सकेर ६ बजे बेलुका घरमा टुप्लुक्क आइपुगे । उनकी श्रीमती दिलमाया अस्पतालबाट स्विपरको काम सकेर केही क्षण पहिले आएकी थिइन् । हुन त तीज एक महिना पहिलेदेखि टोल, … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : तिमी नारी आधुनिक यूगको

~स्वर्निम गुरुङ~ उठ जाग ! हे नारी सबै त्यो भीषण अन्ध्यारो यूग बिति सक्यो। छोरीको जन्म हारेको कर्म उक्ति यो पुरानो भईसक्यो। सबल छौ, सक्षम छौ शिक्षाको ज्योति देखेकी छौ। पिल्सिएर ,गुम्सिएर अब बस्न होइन निडर बन् ,स्वनिर्भर बन्

Posted in कविता | Tagged | Leave a comment

कविता : बेड नं. ३०४ बाट

~डा. जीवेन्द्रदेव गिरी~ छु म अहिले कोबिड वार्डमा बेड नं. ३०४ मा गङ्गालाल हृदय केन्द्रमा बिहानै आउँछिन् सफाइ गर्न प्रिय बहिनी आधुनिक कूचो बोकेर जिउ छोपेको पोसाकमा अनुहार चिन्दिन म

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : स्वतन्त्रता

~धर्म सापकोटा राजु~ राती १० बजेसम्म पनि छोरा घर नफर्केपछि कमलालाई मनमा भित्र डर लाग्न थाल्यो । डराउदै लोग्नेलाई भनि -“हेर्नुस न दश बजिसक्यो छोरा अझै आएन । कहॉं गएहोला आज यतिबेलासम्म ?” “ह्या तिमी पनि के नचाहिने कुरा गर्या … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : यो मात कस्तो

~इन्द्रकुमार ‘विकल्प’~ नप्यूँदैमा लागेको यो मात कस्तो तिमी बिना चाहेको यो रात कस्तो टाढा—टाढा धेरै टाढा गयौ टाढा टाढैबाट पसारेको हात कस्तो

Posted in गजल | Tagged | Leave a comment

पुष्कर लोहनीका चौध हाइकु

~पुष्कर लोहनी~ टुक्रुक्क बस्छ समय खेलाएर फोहरि हात ! **************** खुला रहेछ हावाले पल्टाउँदा जमेको पानी ! **************** जाडो भागेछ दाउरा सल्केपछि तातो मकल । **************** धुवाँको मुस्लो घुसारेँ काठै पनि बल्न सकेन ।

Posted in हाइकु | Tagged | Leave a comment

Translated Story : My mother Bhagirathaa

~Khagendra Sangraula~ Translation : Manjushree Thapa A person’s name is very much a private medium through which to contact the world, a medium through which to interact with the world. Each person is a distinct singularity of the social whole, … Continue reading

Posted in Translated Story | Tagged , | Leave a comment

व्यङ्ग्य : चिप्ले

~कृष्ण शर्मा सुमु~ हुन त चिप्लो भन्ने बितिकै हजुरलाई खोलामा लेउ लागेको वा लडेको याद आयो होला। नभा बेसरी सब्जीमा तेल हालेर सब्जी नि बिग्रेको चिप्लो तेलको खाना आहा ..sss आजकल कुरा नगर्नु सब्सिडी नपसे पनि घर घरमा ग्यास नभएको … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : निष्ठुरी किन बानि सिकाएनौ

~ममता मृगतृष्णा~ आफ्नो जस्तै निष्ठुरी किन बानि सिकाएनौ ।। किन तिम्ले गरेजस्तै मलाई हानी सिकाएनौ ।। तिम्रो याद दिन रात आइरहन्छ, किन यहाँ लाग्छ यिनलाई तिमिले बैमानी सिकाएनौ ।।

Posted in गजल | Tagged | Leave a comment