Tag Archives: sangrahalaya

संस्मरण : ब्रिटिश आर्मी नम्बर पाएको त्यो दिन…

~भीम राई~ तिनताका म फुसको छानो भित्र हुर्कंदै गरेको सानो बबुरो जस्तै थिएं । मलाई सुस्तरी उमेरले डोरयाएर भर्खर अठार वर्षमा टेकाएको थियो । जुङ्गाको रेखी बस्नै लागेको त्यो समय मेरो मस्तिष्कमा अझै पनि ताजै छन् । अति विपन्न परिवारमा … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : त्यो घुम्तीपछि

~मिङ लिवाङ~ बाघपुल नाघेर सेवकेश्वरी काली मन्दिरमा गाडी पुग्दा मनभित्र कतै कटक्क बिझायो। सडकमा जाम लागेर गाडीको ताँत लागेको छ। आज आइतवार……दर्शनको निम्ति सिलगडीबाट आएका श्रद्धालुहरुको गाडी र घुइँचोले सडक जाम भएकोरहेछ। “सिलगडीकाहरुले यो ठाउँ पनि बिस्तार-बिस्तार आफ्नो बनाईछाड्यो… मन्दिरको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सर्कस वर्णन

~शम्भुप्रसाद ढुङ्गेल~ देखेर सर्कस पनी बुझी इन्द्रजाल । मानीस मूर्ख हुन गै राछन् हवाल ।। बुद्धि पुर्‍याउन सकेन जसै विचारी । भन्छन् छ शक्त्ति शिवको भनि दोष टारी ।।१।। हा दैव! हामीहरूमा किन ये विचार । हे दैव!! हामीहरूलाई तिमी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा र गृहस्थी

~प्रमोद धिताल~ गृहस्थी र आमाको साइनो धेरै यूग पूरानो हो आामाले गृहस्थी चलाउनुहुन्छ या गृहस्थीले आमालाई चलाउँछ ? यसको जवाफ छैन वहाँसँग हरेक विहान पूर्वक्षितिजमा पहेलो सूर्य नउघ्रदै आमाले आगो सल्काउनुहुन्छ या आगोले आमालाई सल्काउँछ ? यसको हिसाब पनि छैन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : चाहना

~गोविन्दराज विनोदी~ स्वप्न रोजै नयाँ देख्न चाहन्छु म स्वप्नमै जिन्दगी लेख्न चाहन्छु म सत्य खोज्दा सधैँ चुक्छ यो जिन्दगी सत्यले घोचिँदा दुख्छ यो जिन्दगी सत्यका मार्गमा ठेस नै ठेस छन् सत्यभन्दा यिनै स्वप्न नै बेस छन्

Posted in कविता | Tagged | Leave a comment

कथा : अपूर्व रमाइलो एउटा तिहार

~जीवन क्षेत्री~ औंशी हिजै थियो तर अन्धकार आज पनि उत्तिकै थियो । ब्यारेकमा आज महिनौंपछि पहिलो पटक स्यालको रक्सी आइपुगेको थियो । बाहिरबाटै झिकाएको मृगको सुकुटीसित त्यो रक्सी खाएर मेजर रणसिंह शमशेर जबरा सुतेको थियो तर निद्रा आउने नामै लिइरहेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गुरुङ लोककथा : वोम्लु

~सङ्कलन : छम गुरुङ~ उहिले शिकार जुगमा, यो संसारमा मरेको र जिम्दो मान्छे सँगै एकै बाटो हिँड्थे, शिकार खेल्थे, सुत्थे पनि सँगै। को मरेको को जिम्दो फरक छुटिँदैनथे, मृत्युको खासै अर्थ थिएन। साप्ता र सिप्ताबीच ङेँनढुक (बिहेकुटुम्ब) हुन्थ्यो। साप्ता ढुङ्गाबाट … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कविता : आह्वान

~द्वारिका क्षेत्री~ असहाय छैन न त निर्धो नै छ नारी तन र मनले कोमल तर आत्मविश्वासले दह्रो छ नारी। जन्म अामाको कोखबाट लिन्छ तर जीवन जिउने र धर्यको प्रशिक्षण स्वयं प्रकृति अामाले दिन्छ ।

Posted in कविता | Tagged | Leave a comment

व्यङ्गय : छिप्पेको प्रेमकथा

~कृष्ण शर्मा सुमु~ अब हेर्नू न, प्रेम कथा त हजुरले ईतिहास देखि वा भगवानको पालामा पनि अवस्य सुनु भयो, कथामा पक्का पनि। फेरि आजकलको झरी च्याउ जस्तो प्रेम कथा पनि नाला,मैदान,खोलातिर,पुल पुलिया,गार्डन् ,आदिमा देख्नु भयो वा कुनै फिल्ममा अवस्य हेर्नू … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

पुस्तक समीक्षा : मूल परेको छोरो

~जय कार्की ~ समर्पणः आफ्नो जन्मभूमिको निम्ति शहीद बनेका गोर्खे पुुर्खाहरुप्रति श्रद्धान्जलि स्वरुप समपर्ण । १० वटा शुभकामना मन्तव्य र पुस्तकको कथाबारेमा चर्चागर्दै शुरु भएको यस पुस्तकमा जम्मा १० वटा कथाहरु संग्रहित छन । भीष्म प्रतिज्ञाबाट प्रारम्भगरी अन्तिममा साईनो कथामार्फत बिट … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : चिसो घाम बिरूद्ध !

~शरद पौडेल~ होईन नि लिखेई आमा, कोल्ले सिध्याम्नि र गरीप्मारालाई ? कोल्ले सोत्तर पार्नु र देश लुट्नेलाई ? बलत्कारी नि उसै छन् भष्टाचारी नि उसै छन् बरू ति त,

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : नाता

~मोहन अधिकारी~ “दुख दिन्न बाटुली दुख दिन्न ! मैले भनिहालें नि ! तिम्रा यी दुई छोराले मलाई कहिल्यै झडकेलो बाबु भनेर सोच्ने नै छैनन्।

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : सुन्दर पहाडको आक्रोस

~भक्ति शीला~ मेरो यो सुन्दर कोमल छात्ती भरि अनेकौ बिद्रोहको पाईतालाले कुल्चेर आज मलाई दुषित बनाएकोछ मेरो छात्तीभरि चियाको कलिला मुनाहरु,लाली गुराँस,चाँप चमेली

Posted in कविता | Tagged | Leave a comment

कविता : खबरदार

~असीम सागर~ भान्सा घरको आलमारीमा सजाई राखिएको छ धोई पखाली केही गिलास र कटोराहरू प्रत्येक गिलास र कटोराभित्र प्रतिबन्ध अँध्यारोलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटी स्वास्नीमान्छेको अन्तरवार्ता

~पारिजात~ ज्यू, काम गरेकोमात्र थाहा छ दुःख पाएको मात्र थाहा छ फाटेको चोलो र जडाउरी गुनिउँ लगाएकोमात्र थाहा छ जोबन सोध्नु भएको ? त्यो त हजुर आएको गएकै थाहा छैन । खै, जान्ने सुन्नेले भनेको मेरो जोबन त जिम्मुवालको ऊ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : गङ्गा नीलो बग्छु

~वैरागी काइँला~ यात्री – उ भि न्छु । कुदेर बुद्विसम्म भित्र-बाहिर कति पुगिनँ-छु-ले नित्य शिलाखण्ड उभिन्छ

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : आजको रात म लेख्नसक्छु

~पाब्लो नेरूदा~ अनुवाद : पर्बत लावती आजको रात म लेख्नसक्छु सबभन्दा उदास पंक्तिहरू लेख्नु, जस्तो कि, “तारै ताराले भरिएको छ रात र ताराहरू छन् नीला अनि टाढा काँपीरहेका“ रात्री हावा आकाशमा घुम्दछ र गाँउदछ । आजको रात म लेख्नसक्छु सबभन्दा … Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

समीक्षा : बैरागी काइँलाका कृतित्व, व्यक्तित्व : सामान्य परिचय

~अप्सरा लावती लिम्बू~ ब्रम्हाण्डका सृष्टीहरू नासवान छन्,जीववनस्पती सम्पुर्ण । तर मानवजीवन एक यस्तो अलौकिक बरदान हो, जो भौतीक शरीरको त्याग र बिलय पछि पनि आफ्नो काम प्रतिको साधना, तपश्याका कारण सदियौ बर्ष जीविन्त रहन सक्दछ ।तिनै निष्ठाहरूको कारणपुष्तौ पुष्तासम्म अमरत्व … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

कथा : मध्यरातको कथा

~सुरञ्जन घिमिरे~ उसको शरीरमा बेग्लै कामुकता थियो र ओठमा अर्कै मादकता । लाग्छ, ऊ कुनै अर्कै ग्रहकी युवती हो । तर उसबारे यस्तो कल्पनातीत विचार राख्नु आफैंमा मुर्खता हुन जाला । यस्तो विचारले उसको श्रृङ्गारीक प्रभावबाट म प्रभावित हुन नसकुँला … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाल कथा : निलिमाको नयाँ स्कुल

~माधव सयपत्री~ निलिमाको बाबा सहरमा जागिर खानुहुन्थ्यो । गाउँमा ६ कक्षा पास गरेपछि लिमालाई बाबाले सहर लैजानुभयो । आमा पनि सँगै जानुभयो । बाबाले सहरको सुविधासम्पन्न स्कुलमा निलिमालाई कक्षा ७ मा भर्ना गरिदिनुभयो । नयाँ स्कुलमा पिङ थियो । स्विमिङ्ग … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

किराँती दन्त्यकथा : लाप्चा पुरोहित

~सङ्कलक: इमानसिंह चेम्जोङ~ भगवानकाे काम सृष्टिमा मात्रै सीमित हुन सकेन । उनलाई सृष्टि गर्नुका साथै आफ्नो सृष्टिको सुरक्षाका लागि अरुअरु काम काम गर्ने गरुरत पनि पर्यो । यसका सम्बन्धमा रुचिकर कथा पाइन्छ । सुरुमा आकाश, पृथ्वी, समुद्र, सूर्य, चन्द्रमा, तारा, … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

किराँती दन्त्यकथा : आगो र पानी

~सङ्कलक: शिवकुमार श्रेष्ठ~ सृष्टिको प्रारम्भिक कालमा सर्वव्यापी परमात्मा तागेरा निङ्वाफुमाङले पृथ्वीका सम्पूर्ण प्राणीहरूका भलाइका लागि आगो र पानीको सृष्टि गरे । एक दिन आगो र पानीका बातचितमा तँ ठूलो कि म ठूलो भन्ने कुरामा ठूलो झगडा भयो । आगोले पानीलाई … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

किराँती दन्त्यकथा : धाननाचको उत्पत्ति

~सङ्कलक: शिवकुमार श्रेष्ठ~ प्राचीनकालमा लिम्बू किरातीहरू जङ्गलमा फलफूल तथा कन्दमूल खोजेर पशुपन्छीको सिकार गरेर आफ्नो जीविका चलाउने गर्दथे । खेतीपाती गर्न नजानेको हुनाले उनीहरूलाई अन्नका बारेमा केही पनि थाहा थिएन । सधैँ जङ्गलमा फलफूल तथा कन्दमूल खोज्न जानुपर्ने र सिकार … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

कविता : मेरो देश डिजिटल भयो अब

~बि.कुलुङ रंगबुले राई~ भ्रष्टाचारी, काला धन राख्ने व्यापारी घुसखोरी,ट्याक्स चोरी गर्नेहरूलाई बुलेटट्रेनमा खाँदेर कालापानी पठाईदैँछ त्यसैले मेरो देश डिजिटल भयो अब माग्नेको हातमा मोवाईल थाँङनेको झोलामा ट्यापलेट

Posted in कविता | Tagged | Leave a comment

केशबलोचन शर्माका पच्चिस हाइकु/सेन्र्यु

~केशबलोचन शर्मा~ ‘आमा’ १. ब्रम्हाण्ड पो हौं के भनेर पुकारौं आमा – जननी । २. दया कि खानी परिवार कि दासी मायालु आमा ।

Posted in सेन्र्यू, हाइकु | Tagged | Leave a comment

बालकथा : बिचरो कौवा

~हरिप्रसाद भण्डारी~ जङ्गलको बीचमा एउटा रूख थियो । रूखको हाँगामा कौवाको गुँड थियो । गुँडमा रहेका चल्लाहरू उड्ने तयारी गर्दै थिए । एउटा चल्लो गुँडबाट बाहिर निस्केर हाँगामा बसेको थियो । त्यस्तैमा नजिकै अर्को हाँगामा एउटी काली चरी आएर बसी … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

कथा : परदेशी वर

~धर्म सापकोटा राजु~ खासमा विनोदमा जम्माजम्मी दुईटा कुराहरू मात्र मैले खोजेजस्ता भेटाएकी थिएँ । तर यिनै दुईटा कुराहरू नै मैले उसलाई मन पराउनका लागि पर्याप्त भए । पहिलो कुरा ऊ र उसका सम्पूर्ण परिवार विदेशमा बस्थे, दोस्रो उनीहरू, हामीहरू र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

नाटक : क्षितिजपारीका कथाहरू

~ज्ञानेन्द्र रसाइली~ सुन्दर भविष्यको सपना बोकेर बुढा भएका आमाबुबाको न्यानो काख, जीवन संगिनीको मायालु साथ अनि आफ्नो मुटुभन्दा प्यारा सन्तानहरूलाई चटक्कै छोडेर रोजगारीको सिलसिलामा विदेशिने युवाहरूको भीड गतिलै छ । त्यै भीडमा परेर १ वर्ष अगाडी बिदेशिएको एउटा युवा हो … Continue reading

Posted in नाटक | Tagged , | Leave a comment

लघुकथा : पूँजी

~डा. पुष्करराज भट्ट~ ऊ कामबाट फर्केर कोठामा के फर्केको थियो, घरबाट फोन आयो, “मलाई त कोरोना लागेको छ, छिट्टै घर आउनुहोस् ।” श्रीमतीको फोन आएसँगै ऊ अत्यन्त आतियो । भोलिपल्ट बिहान काम गर्ने ठाउँको कम्पनीको मेनेजरसँग विदा माग्यो। ”अहिले विदा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

ऋषि बस्ताकोटीका दश मुक्तक

~डा. ऋषि बस्ताकोटी~ हिजो रावण थियो, राम बनायौ आज, अँध्यारो दिनेलाई घाम बनायौ आज, हनुमानजी पहाड त बोक्यौ उसैका लागि- तर आफ्नै भने बदनाम बनायौ आज । ***************************** सम्पत्तिको कुरा गर्छौ, मैले त भनिदिएँ जे जति छन्, सर्वहाराको अरु के … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

अनूदित कथा : पहिलो लाभ

~अलेक्जान्ड्रा कोलोन्ताई~ अक्टुवर १९१७ तुफानी थियो, आकाश मिरमिरे उज्यालो र सफा वादलले ढाकेको थियो । स्मोल्नीको उद्यानमा रुखहरुको टुप्पाहरु तेज हावाको झोक्काहरुमा झुमिरहेको थियो । आफ््नो अंतहीन गल्लीहरुको रमझम, निकै उज्यालो र अपर्याप्त ढंगले सज्जित हलहरुको साथ स्मोल्नीको भवनमा काम … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

Poem : Yet

~Gopal Birahi~ Turn a little back and see, my friend! That baby-hood stayed behind, And youngness is standing ahead, Those heydays of childhood are completed,

Posted in Poem | Tagged | Leave a comment