Tag Archives: sangrahalaya

कविता : हिनताबोध

~इन्द्रकुमार ‘विकल्प’~ कुनै अप्रत्यासित/अप्राकृतिक आफूलाई सम्हाल्न नपाउँदै कता कताबाट । कसरी कसरी थिचिदैछ भारी पहाडले “टाउको” उठाउन नसक्ने गरी । टक्क रोकिन खोज्दैछ

Posted in कविता | Tagged | Leave a comment

कविता : गन्थन सुभाज्यू संग

~मिजास तेम्बे~ सुभा ज्यू ! यसरी आफ्नो परबेटी कुरा गरेर हजूरलाई बस्नु न उठ्नुको, असमञ्जसमा पार्नु नहुने थियो । यी सन्तानहरु कहिल्यै मिलेर बस्न सकेनन् कहिले रोटीमा झगडा गर्छन् । कहिले भेटिमा लुछाचुडी गर्छन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रस्थानको तरखर

~इश्वरवल्लभ~ केही असल मानिसहरूजस्तै पन्छीहरू हाँगाहाँगा जम्मा हुँदै थिए आज, अझै त्यो पुर्बेली हावा चलेन सुकेको एउटा पात पनि झरेन हुन त मनको पीर आँधीजस्तै दुख्छ, त्यसैले बिर्सिदिए हुन्छ, यस्ता कुराहरू

Posted in कविता | Tagged | Leave a comment

गजल : तिम्रो सामु बस्दा

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ उर्वशी के राम्री होलिन् तिम्रो सामु बस्दा चन्द्रिकालाई डाढो लाग्छ तिम्रो सामु बस्दा फूलहरु खिल्खिलाऊन् तिम्रै हाँसो राम्रो ताजमहल फिक्का हुन्छ तिमी त्यहाँ पस्दा

Posted in गजल | Tagged | Leave a comment

कविता : पहाड र म

~पल हिरा~ पहाड र म अनी अन्तर दन्द्द तीनका चर्केका दरार हरु मेरा भाग्यका हस्तरेखाहरु कतै समानताले खोर्सेका छन कतै अहमता ले अग्लेका छन च्यातिएका टोपी उप्केका भिताहरु देखाएर

Posted in कविता | Tagged | Leave a comment

किराँती दन्त्यकथा : किराती भाषाको गडबडी

~सङ्कलक: इमानसिंह चेम्जोङ~ सुरुमा किरातीहरू देव–वंशी भनिन्थे । उनीहरूको एक भाषा थियो । किराती भाषालाई देव भाषा भनिन्थ्यो । बस्तारहँदा किरात वंश निकै फैलियो । उनीहरूका नेताले जनगणना गर्नुपर्दछ भनेर सबैलाई प्रत्येकले एकएकवटा ढुङ्गा ल्याउनू भन्ने आदेश दिए । प्रत्येक … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

गजल : खबर चाहिदैन

~सुजन बुढाथोकी ‘कान्छा’~ के छ कसो छ कुनै हाल खबर चाहिदैन त्यो कुन मान्छे हो जस्लाइ घर चाहिदैन बस ! यत्ती एउटा चोट नै काफी छ जिन्दगी के हो जान्नलाइ टिचर चाहिदैन

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : कसको दोष ?

~खेमराज पोखरेल~ ग्रेटर अस्टिन सोसाइटीले गरेको कार्यक्रममा राधासँग चिनाजानी भयो । विदेशको ठाउँमा साँच्चि हामी दाजुबहिनीको साइनोले सम्बोधित भयौँ । नेपाली समाज कन्डापछाडि उनलाई वाइफाले भन्ने गर्थे । मैले एकदिन राधालाई उनका बारेमा सोधेँ ।

Posted in लघुकथा | Tagged | Leave a comment

समीक्षा : दौलत विक्रम विष्ट र उनको साहित्यकारिताको आकलन

~डा. विष्णुप्रसाद पौडेल~ सार– यस लेखमा दौलत विक्रम विष्टको सङ्क्षिप्त परिचय प्रस्तुत गर्दै उनको साहित्यिक लेखनको थालनी र विकास कुन कुन विधामा के कस्तो रहेको छ भन्ने कुरा सघन सर्वेक्षणात्मक र अनुशीलनद्वारा देखाइएको छ । यस अनुसार विष्ट बहुमुखी साहित्यकार … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

सुधा मिश्रक दस मैथिली हाइकु

~सुधा मिश्र~ 1 प्रेम दिवस विवाहक प्रस्ताव लाल गुलाब 2 शीतलहर सिरकँक अभाव वृद्ध बेहाल 3 अनुशासन गेल अछि हेराय दंगा मचल

Posted in मैथिली हाइकु | Tagged , | Leave a comment

कथा : मुर्दाहरू जागौं

~राजव~ ह्वाइट हाउसको मध्यरात्रीको जुलुसमा आजबाट म पनि भाग लिँदै छु । मेरो खुसी बतासमा छचल्किँदै छ  । एक महिनासम्म म अस्पतालमा थुनिएको थिएँ । आजबाट मुक्त भएँ । मेरो अपराध थियो बारमा पस्नु ।बारमा म पेस्तोल लिएर पसेको थिइन । न त्यहाँ कसैलाई  मुक्का नै मारेको थिएँ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

समीक्षा : साहित्यमा ज्ञानदिलदासको देन

~विमल लामिछाने~ परिचयः नेपाली कविताको प्राथमिक कालको उत्तराद्र्ध वा दोस्रो चरणतिर देखापरेका जोसमनी सम्प्रदायका सन्त कवि ज्ञानदीलदास हुन् । ज्ञानदिल दास जोसमनी धार्मिक–आध्यात्मिक जागरण र अभियानका एक सशक्त सन्तकवि हुन् । उनको जन्म सन् १८२१ मा नेपालको इलाम जिल्लाको आमचोक … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

लघुकथा : साउँकोभन्दा ब्याजको माया

~चोपनारायण बन्जाडे~ मनीरामले चित्त नबुझेको कुरामा झट्टै कुरा उठाई हाल्थे  । अझ कहिलेकाहीँ त अप्रासंगिक कुरा उठाएर हाँस्यपात्र पनि बन्थे । तर पनि कुनै प्रवाह गर्दैनथे । यस्तै हठी र हक्की स्वभावले उनलाई क्रान्तिकारी भनिने पार्टीको नजीक पुर्यायो । क्रान्तिकारी … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : कट्टु हराएको देशमा

~डा. मधुसूदन गिरी~ ‘चपला अबलाहरू एक सुरमा/गुनकेशरीको फूल ली शिरमा ।’ उहिले भानुभक्त बाजेले मुक्त कण्ठले आरती उतारेकी आराध्या अलकापुरी, आज आएर या मानको विशेषण महा लगाएकी महानगरी, मेरी प्यारी सपनाकी रानी अमरावतीको रूप र लावण्यको बयान सुनेका दिनदेखि यस … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

नाटक : कुच्चिएको गाग्रो

~दिवाकर भट्टराई~ पात्रहरू। १) धुर्बे ( एक युवा)। २) मङ्गली।(धुर्बेको आमा) ३) साने।(धुर्बेको साथी) ४) सान्नानी।(गाउँकी चेली, ) ५) धतुरे।(जँड्याहा , गजेडी) ६) वीरबहादुर।(भु पु सिपाही) ७) बूढी बज्यै।(गाउँले मुखिनी) दृश्य – १  बूढी बज्यै : धुर्बे..!! धुर्बे..!!! धुर्बे आऊ नानी, मिस्री राखिदिएको … Continue reading

Posted in नाटक | Tagged , | Leave a comment

कविता : मनोद्वेगप्रवाह

~मोतिराम भट्ट~ यसरि मकन तिम्ले बिर्सनू धन्य छाती । अझ कति घोचूँ विघ्न निष्ठूर जाति ।। कउन अकल गर्नू लाग्छ हज्जार ठक्कर । न त रहनु नजानू क्या पर्योर आज अक्कर ।। जति जति तिमि मेरो चित्त चोरेर लिन्छयौ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : खण्डिताको गुलाबी छेड

~चक्रपाणि चालिसे~ नाथ ! नाथ ! भनि विसमयसाथ, कष्टले वितिसक्यो सब रात । बल्ल दर्शन मिल्यो कुनचार्ही, काममा भुलनुभो र-त-पाई ।।१।। रातमा घुमि घुमीकन अन्न हन्त !! भो-कि-तब(ब) भारि लडन्त । छैन तेज मुखमा, अति खिन्न चेहरा पनि छ आज … Continue reading

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : Perhaps!

~Momila~ Translation: Manjushree Thapa Perhaps! The young girl draws a border by the pond beside the house This is my home, Father! The young girl draws a border in the translated distance of passion

Posted in Translated Poem | Tagged , | Leave a comment

नियात्रा : आबुधावीमा आनन्द

~डा. रामदयाल राकेश~ संयुक्त अरब इमिरेट्स (युएई)को राजधानी रहेछ आबुधावी। यो रमाइलो देश रहेछ। एकातिर बालुवा नै बालुवाको मरुस्थल र अर्कातिर समुद्र। अरब सागरको सौन्दर्य विस्तार हेरेपछि म आश्चर्यचकित भएँ। मेरो भौगोलिक ज्ञानको क्षितिज त्यति विस्तृत रहेनछ। यो त भरुमूमि … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

पुस्तक समीक्षा : दुलारी उपन्यासको संक्षिप्त चिनारी

~डा. रामदयाल राकेश~ मिथिलाञ्चलका महिला लेखिकामा मुना चौधरी एउटा मुर्धन्य उपन्यासकार हुन्। उनको यो दोस्रो उपन्यास हो। उनको प्रथम उपन्यास ‘जयवर्द्धन सलेहस’ले सफल र चर्चित उपन्यासका रूपमा आफ्नो औपन्यासिक स्थान सुरक्षित गरिसकेको छ। जय सलहेसको औपन्यासिक चर्चा परिचर्चा नेपाली साहित्यमा … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कथा : एन्टी-एजीङ् क्रीम

~चोपनारायण बन्जाडे~ अम्बिकाको सौर्न्दर्यमा कोही पनि तटस्थ बस्न सक्दैनन् – धेरैले ईर्ष्या गर्छन् त केहीले प्रशंसा । सौर्न्दर्यताकै दवावले हो उनले १५ बर्षमा नै बिहे गर्नु परेको । उनलाई थाहा थियो, मेकअप बिनानै उनको सौर्न्दर्य खुल्छ । त्यसैले त उनी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

याैनकथा : ज्वरो

~सीता पाण्डे~ ‘मम्मी, आज जाने भन्या होइन ?’ऊ दौडिँदै छेउमा आउँछे र पढ्दै गरेको मेरो हातको पत्रिका थुत्छे । अनि मेरा औँलाहरु समाउँदै तान्न थाल्छे । उसको भर्खर आज जाँच सकिएको छ । ऊ खुसी र चञ्चल देखिन्छे । धेरै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : अन्तिम भोजमा चपाइएका अनुहार !

~गोविन्द गिरी प्रेरणा~ दौलतविक्रम विष्ट नेपाली आख्यानका धरोहर हुन्, ध्रुवचन्द्र गौतमअघिको पुस्ताका। उनी आख्यानकै लागि जन्मेका थिए र जीवनभर आख्यानमै आफूलाई समर्पित गरे। उनको पहिलो उपन्यास ‘मञ्जरी’ प्रतियोगिताका लागि लेखिएको थियो र पुरस्कृत पनि भयो। त्यही उपन्यासले उनलाई उपन्यासकारको परिचय … Continue reading

Posted in संस्मरण | Tagged , | Leave a comment

पुस्तक अंश : त्यो स्वास्नी मान्छे हाँसिदिन्छे

~दौलतविक्रम विष्ट~ हिलो माटोको लेपले माछालाई भुंग्रोभित्र घुसार्दै जान्छु म । त्यो माछा बाफिन धेरैबेर लाग्दैन । केहीछिनपछि भान्सा तयार भइहाल्छ । अनि, म त्यो स्वास्नीमान्छे र किमरिखलाई खुवाउन त्यसैगरी तम्सेको छु, जसरी केटाकेटी छँदा आफ्ना साथीहरुलाई पोल्टाको मकै-भटमास खुवाउन … Continue reading

Posted in पुस्तक अंश | Tagged | Leave a comment

कथा : डमी

~कृष्ण ढुङ्गेल~ जागिरमा मनोजको पहिलो दिन । काम हार्डवेयर पसलमा पाएको छ, तीनकुनेमा । त्यही पनि टाढाका नाता पर्ने एकजना दाइले खोज्देको । ती दूरका दाइले चाहेका भए मनोजलाई आफ्नै अफिसमा काम दिन सक्थे । वा, राम्रै ठाउँमा काम लगाइदिन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : उस्तै नियत, उस्तै नियती

~रामकुमार एलन~ थाहै छ सानू, क्षमतावानहरु पछि पारिन्छन् । लखेटिन्छन्, खेदाइन्छन्, उस्तै परे मारिन्छन् । यी सबै सहेर, नदीजस्तै बगेर पुग्यौँ भने गन्तव्य, दिउँला मन्तव्य यसपालि भो हामी मौन बसौँ हो यसपालि भो हामी यहाँ नबसौँ हो ।

Posted in कविता | Tagged | Leave a comment

रुबाई : छरेर आत्मका कुरा

~लकाश पौडेल~ हजज/पंचचामर ) छरेर आत्मका कुरा नपार बिस्कुनै सरी सुनेर सम्झने कहाँ उडाउँने थरी-थरी

Posted in रुबाई | Tagged | Leave a comment

कविता : ग्राउन्डेड जहाज मर्मत भएको छ

~डा. जीवेन्द्रदेव गिरी~ बर्सौं मर्मत नपाएको मेरा फोक्साले छेलोखेलो अक्सिजन पायो नाकभित्र पाइप घुसारेर पठाइयो मनग्गे प्राणवायु फोक्सोको रौनक बढेको छ मसिनमा औँला घुसारेर हेरिरहन्छु म हान्दिन्छ ९४- ९५ – ९६ र अझ बढी पनि बालकको खेल झैँ घरि घरि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्तिम कविता

~विमला तुम्खेवा~ यो हावाको तेज गति भन्दा निष्ठुर मरुभूमिमा एक्लै उभिरहेँ… मसँग न तिम्रो माया छ न कुनै गुनासो। जीवन भन्नु मृत्यु रहेछ

Posted in कविता | Tagged | Leave a comment

गजल : हजुर गजबसँग घुर्नुहुन्छ

~धीरेन्द्र प्रेमर्षि~ जागी–जागी हाम्रा हजुर गजबसँग घुर्नुहुन्छ जहाजको जमानामा साइकिलमै दगुर्नुहुन्छ मुटु कति साँगुरो छ त्यसको कुरा नगरौँ भो जय–जयकार सुन्यो कि त फुरन्दाना फुर्नुहुन्छ

Posted in गजल, हास्य - व्यङ्ग्य | Tagged | Leave a comment

धिमाल भाषी कविता : मादोघा ते बिघा जातिरि लोलि

~डा.सोमबहादुर चातेला~ कामहोइ फुर्सद माजेङहि जातिरि लोलि मन ते उताङ हिघाखे नि जातिरि खाङलि हाइपालि परिबेस बेला लाम्फाको मान्थु ला जिसो कोसोङ भ्याइलि गोइका चारपाहाङ माभ्याइखे ला । सानाइतिगेलाइ फोन पाखे लोलि दोअ्तेङ

Posted in धिमाल कविता | Tagged , , | Leave a comment

पुष्कर लोहनीका सोह्र हाइकु

~पुष्कर लोहनी~ डढेँलो लाग्दा पोतेको कालो ढुङ्गा आफै तर्सिने । **************** जुधेको हावा फूल ओइलाएछ पानी खोजेको । **************** घोडा सम्झिँदा कुकुरले सुँघेछ

Posted in हाइकु | Tagged | Leave a comment