Tag Archives: sangrahalaya

गजल : मस्केर गई

~जीर्ण भागेदार~ मलाई हेरेर मस्केर गई क्या मीठो माया पस्केर गई सपना हो कि विपना हो

Posted in गजल | Tagged | Leave a comment

गीत : जति माया दियो

~जीर्ण भागेदार~ जति माया दियो उति टाढा हुँँदो रै छ छुटेपछि पिरती झन् गाढा हुँँदो रै छ देउरालीमा उसैगरि नपर्खे भयो अब धाँजा–धाँजा मुटु लिई नफर्के भयो अब

Posted in नेपाली गीत | Tagged | Leave a comment

व्यङ्ग्य कविता : नाठी स्वास्नी

~जीर्ण भागेदार~ लाज, घिन, इज्जत फाली अरुतिरै सल्केकी छे हुँदोखाँदो लोग्ने छाडी अरुतिरै पल्केकी छे लिपिस्टिक, क्रिम, पाउडर लगाई–लगाई ढल्केकी छे नाठो पोईका अगाडि टिलिक्कै टल्केकी छे । एकमिटरको कपडाले शरीर बेर्न पुगेकै छ

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : मैले पाएको छैन

~जीर्ण भागेदार~ चिठी पठाएँ भन्छ्यौ मैले पाएको छैन तिमीबाहेक अन्त माया लाएको छैन तिम्रै मुटुमा बस्छु, तिम्रै सपनी देख्छु तिमी छाडेर अरु मैले चाहेको छैन

Posted in गजल | Tagged | Leave a comment

कविता : वनवास जान्छु

~जीर्ण भागेदार~ हेप्ने र धुत्ने सब काम देख्छु अश्लील बोल्ने सब राम देख्छु अर्ती नदेऊ, किन आज मान्छु कौडा पछारी वनवास जान्छु । प्रगत्ति देखी थुक झार्नु झारे घाऊ बनाई चुक हाल्नु हाले

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : कल्पनाकी परी

~जीर्ण भागेदार~ छन्द : चौबोला चिठ्ठी मात्रै लेखेको छु भेटघाटै भा’को छैन । कस्ती होली थाहा छैन फोटो पनि पा’को छैन ॥ देखेजस्तै लाग्दो रै’छ नदेखे नि उसलाई त ।

Posted in छन्द कविता | Tagged | Leave a comment

जीर्ण भागेदारका तीन रुबाईहरू

~जीर्ण भागेदार~ पहिले पहिले ढल्केर हेरियो नहेर्नु हेरेपछि सल्केर हेरियो हेराइको मज्जा तब पो आयो जबदेखि झन् पल्केर हेरियो तिम्रो वैँशले ढल्नेहरुले, तिमीलाई मजाकै लागि छोलान्;

Posted in रुबाई | Tagged | Leave a comment

जीर्ण भागेदारका पाँच रुबाईहरू

~जीर्ण भागेदार~ प्रेमपत्र त कत्ति लेखियो–लेखियो तर लेखाइको कुनै लेखाजोखा छैन, रुपैका राम्रा कत्ति भेटियो–भेटियो तर भेटाइको कुनै लेखाजोखा छैन, वैँशमै दुनियाँ रङ्गीन लाग्छ, वैँश नै जीवनको रङ्गीन हुन्छ, यौवनको प्यास कत्ति मेटियो–मेटियो तर मेटाइको कुनै लेखाजोखा छैन । घर … Continue reading

Posted in रुबाई | Tagged | Leave a comment

कविता : भए हुने थियो

~नयराज पन्त~ सानो क्षुद्र लिएर भित्र मुटुमा उद्देश्यको नीचता, नाच्ने दुच्छर यो स्वभाव मनको हट्तै गए दूरता । हामी सत्ययुगी प्रपञ्चतिरको सारा कुरा बुझ्दथ्यौं, सच्चा त्यो इतिहासको पनि सबै पत्ता त्यसै लाउँथ्यौं ॥ (१)

Posted in कविता | Tagged | Leave a comment

बाल कविता : किताब

~कृष्ण बाउसे~ ज्ञानी भई पढ्नेको झोलाभित्र पस्दछु अनपढलाई चिन्दिन बरु निदाई बस्दछु। थरीथरी अक्षर पानाभरि कुँद्दछु धेरै पाना मिलेर चाङ भई सुत्दछु। हिउँ धेरै थुप्रेर बन्छ हिम–आलय मेरा आफ्नै घर हुन् सबै पुस्तकालय। हाम्रा भेट्ने चौतरी किताबका पसल तिमीलाई भेटेर … Continue reading

Posted in बाल कविता | Tagged | 1 Comment

बाल कविता : पानी

~कृष्ण बाउसे~ मूल भै फुट्छु तलतिर कुद्छु सिमसारमाथि उँघीउँघी सुत्छु। दहमा बस्छु नदी भै बग्छु

Posted in बाल कविता | Tagged | Leave a comment

समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य

~कृष्ण प्रधान~ महाकाव्य : परिचयाङ्कन  संस्कृतको ‘महाकाव्यम’ बाट नेपाली भाषामा आएको ‘महाकाव्य’ शब्द ‘महा’ र ‘काव्य’ (महा+काव्य = महाकाव्य) बीच समास भएर बनेको हाे । ‘महाकाव्य’ शब्दको लक्षणअनुसार कथानकयुक्त  चरित्रलाई सर्गबन्ध रूपले कवितामा रचिएको ठूलो काव्य भन्ने बुझिन्छ । याे … Continue reading

Posted in समालोचना | Tagged | Leave a comment

कृष्ण बाउसेका चार मुक्तकहरू

~कृष्ण बाउसे~ १. न त विदूषक भएर आपसमै लडिरहेको डफ्फालाई न त पुरातन वा हिंस्रक अथवा पराईपोषक जत्थालाई मेरो चाह हो मेची-महाकालीका सबैको साझा बनाउने बाँदरको हातपरेको मेरो देशको सार्वभौमसत्तालाई । २. दुईखुट्टेहरू तँछाड-मछाड गर्दै मार्न गइरहेछन्

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : विग्रिएको कारण देखाउँछ

~नेकी धनेन्द्र~ यो देश विग्रिएको कारण देखाउँछ । उ नेताहरुको उदारण देखाउँछ । सत्ता, शक्ति र सम्मान खोज्नेहरुलाई फोटोले पनि आफ्नो न्वारण देखाउँछ

Posted in गजल | Tagged | Leave a comment

कविता : नबिर्सनू एउटा कुरा !

~कृष्ण बाउसे~ बाटोमा काँडा नलगाउनू मूल ढोकामा आग्लो नकस्नू पर्खाललाई नअग्ल्याउनू बरू खाँवाहरू भत्काएर दलिनहरू निकाल्नू काँटीहरू उखेलेर छानो फुकाल्नू ईटा– ईटा निकाल्नू । त्यसपछि

Posted in कविता | Tagged | Leave a comment

कथा : लमहि र दमाई चरो

~टंक वनेम~ दमाई चरो,भरियाका लस्कर,सुरिलो सिमलको रुख अनि तल…तल …मैवाखोला सुसाइ रहेको अव्यक्त वेदना …… जब कञ्चनजङ्घा हिमालको काखमा रातो सूर्य तिरमिराउन थाले पछि लाली पोखिएको बिहानीसँग दमाई चरोले एक प्रकारको वैराङ्ग लाग्दो स्वरमा चिरबिराउन थाल्थ्यो । भरियाका लस्करहरु पञ्चमी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : वासना छर्नु पो जिन्दगी

~रवि प्राञ्जल~ फूलझैं वासना छर्नु पो जिन्दगी । गर्वले वन्दना गर्नु पो जिन्दगी । भोकमा, शोकमा, पर्छ जो कष्टमा स्नेहले कष्ट त्यो हर्नु पो जिन्दगी ।

Posted in गजल | Tagged | Leave a comment

लेख : कविता के हो ?

~कृष्ण प्रधान~ १ ➽ कविता भनेको सुत्रमै लेखिन्छ । यो कथा,कुथुंग्रीजस्तो गल्प होइन न निबन्धजस्तो छड.्छड.् छहरा बगेको नदी । कतिपय बिम्बले कतिपय प्रतीकले र कतिपय अन्दाजले पनि बुझ्न सकिन्छ कवितालाई । संक्षिप्तता, सुत्रवद्धता कविताका अनिवार्य आचार हुन् । रह्यो … Continue reading

Posted in लेख, समीक्षा | Tagged | Leave a comment

कविता : बुझ र फर्क

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ उजाड बनेको छ पृथ्वी नीरस र फूङ्ग नेपाल – कतै नदीमा बगरै-बगर टल्कने त होइन, मानिसहरुको जीजीविषा धप्धप् बलेर खरानी त हुन्न हाम्रो संसार !

Posted in कविता | Tagged | Leave a comment

धिमाल भाषी कविता : आजुआजाइको काथा

~डम्बर धिमाल ‘प्रकृति’~ आदिम युगको सताब्दिको पुराना काथा भूमि दोसाङ सिर्जा जेङ्का मानव सभ्यता उन्ठुँइ युगको पुर्खाको पुराना काथा सिकार घाका, हाँया माङ्का जिवन चक्र परिराउ नाङ्घाङ जिन्दगि बिति पाका

Posted in धिमाल कविता | Tagged , , | Leave a comment

कविता : जनता

~राजव~ यी जनता हुन् यी जनता हुन् यी जनता हुन् जनता हुन् यीसँग पर्याप्त दुःख छ यी जनता हुन् यी जनता हुन् यिनको घरभित्र छिर्नुस्

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : थारु साहित्यको गोरेटो

~कृष्णराज सर्वहारी~ थारुभाषा नेपालको चौथो ठूलो भाषा हो। २०२८ सालमा आधुनिक कविता, गीत, कथा, लेख समेटिएको ‘गोचाली’ पत्रिकाको उदय भयो। यसले साहित्यमार्फत् पञ्चायत व्यवस्थाविरुद्ध आन्दोलनको हुँकार गर्‍यो। यो नै थारुभाषाको पहिलो पत्रिका थियो। यद्यपि, गोचाली प्रकाशन हुनुअघि नै २००७ सालमा … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

पुष्कर लोहनीका नौ हाइकु

~पुष्कर लोहनी~ १ सिउने बानी मुजा पार्दै सपना मुठी बटार्दा । २ धुजा नपार्दै च्यात्तिएको सपना आँखामा फुलो । ३ टुक्रुक्क बस्छ सपना खेलाएर फोहोरी हात ।

Posted in हाइकु | Tagged | Leave a comment

गजल : चामल छ न दाल छ

~सुजन बुढाथोकी ‘कान्छा’~ खानका लागि एक गेडो चामल छ न दाल छ उ गरिब हो जस्को घरमा केवल अनिकाल छ, बाटोमा रोएको देखेर पनि हेर्दै नहेरी गयो होला सायद छिमेकी जो

Posted in गजल | Tagged | Leave a comment

अनूदित कथा : व्यस्त ब्रोकरको रोमान्स

~ओ. हेन्री~ अनुवाद : सरिता तामाङ ओ हेनरी पिचर, जो हार्भी म्याक्सवेलको अफिसमा काम गर्दथ्यो, धेरैजसो आफ्नो अनुहारमा कुनै भाव देखाउँदैनथ्यो। सधैँ भावहिन उसको अनुहारमा रुचि र आश्चर्यको भाव देखियो जब म्याक्सवेल आफ्नी जवान महिला सचिवसँग आइपुग्यो। त्यतिबेला साढे नौ … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कविता : वरवधू-सम्बोधन

~चक्रपाणि चालिसे~ काली नागिनिले समान कवरी मालाहरुले भरी चम्पा बेलि चमेलि जेलि शिरको शोभा बहूतै गरी । लाई गाजल लोल लोचनविषे, टीका डटी मालमा शम्पा र्झै अति चम्किलो बदन ली बस्छयौ खुला झ्यालमा ।।१।।

Posted in कविता | Tagged | Leave a comment

Translated Song : Things like this seem to happen

~Yadav Kharel~ Translation : Manjushree Thapa From time to time in life things like this seem to happen I made a mistake in loving someone. Things like this seem to happen There must be thousands who would give you love … Continue reading

Posted in Translated Song | Tagged , , | Leave a comment

मैथिली कविता : मोन मोर हरियाल अछि

~सुधा मिश्र~ बागबोन हरियर गाछ वृक्ष हरियर माटिक हरियरी सँ नभ भेल हरियर हरियर नुवामे मोन मोर हरियाल अछि हरियर पियर चुरीक खनक कमाल अछि पियाके रानी बनलौ नैहरक दुलारी लएला बेसाहिक पाजेब बड भारी

Posted in मैथिली कविता | Tagged | Leave a comment

यौनकथा : घोर्ले

~पोषण पाण्डे~ रजस्वलाबाट चोखिने चौथो दिन । रजस्वालावतीको फुकुवा दिन । नुहाइवरी सकेपछि शरीरका अङ्ग अङ्ग स्निग्धि, मुलायम र कामवासनाको चहचह चापल्य । तल, बारीको पर्खालमा चारदिनसम्म लगाइएका लुगाहरू धोईवरी सुकाएका हुन्छन् । चोलो, फरिया, पेटिकोट । साधनाको चिल्लो चम्किलो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

नियात्रा : गुण्टा गुडाउँदै जुरिकतिर

~डा. रामदयाल राकेश~ हामी २२ अक्टूबरको नाइट बसबाट जुरिक पुग्दा विहानी उज्यालोको संकेत पाइसकेका थियौं। एकजना भारतीय सहयात्री बसबाट ओर्लेर चुरोटको चुस्की लिइराखेको थियो तर त्यसले जाडोलाई के चुनौती दिन सक्थ्यो ! तैपनी आत्मसन्तुष्टि लिँदै थियो। ऊ मुम्बई निवासी थियो। … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

भलाकुसारी : वास्तविकताहरुको सहज र यथार्थ चित्रण गर्न डराउनु हुन्न

~प्रस्तुती : शरद प्रधान सुश्री पारिजात नेपाली साहित्यिक वाङ्मयको निम्ति कुनै नौलो व्यक्तित्व होइन । विगत तीन दशकदेखि अनवरत साहित्य सेवा गर्दै आउने सृजनशील जिजीविषाको नाम हो, पारिजात । जीवन र मृत्युको दोसाँधमा उभिएर संघर्षरत भई जीवनका विभिन्न पक्षलाई अवलोकन … Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , , | Leave a comment

कविता : हामी साहित्यकार हौं

~हरि कंडेल~ हामी अपराधको विरुद्ध बोल्छौं, अन्याय विरुद्ध बोल्छौं, देशको राजनीति खिचातानी विरुद्ध बोल्छौं, किनकि हामी साहित्यकार हौं ।

Posted in कविता | Tagged | Leave a comment