Category Archives: नेपाली कथा

नेपाली कथा / Nepali Story

कथा : हिस्सा

~रत्न प्रजापति~ आन्दोलनको क्रममा जिल्ला बन्दको घोषणा गरिएको थियो। बन्द सफल पार्न पार्टीका युवा कार्यकर्ताहरू बजार बन्द गराउँदै हिँडेका थिए। ठाउँठाउँमा जुलुस पनि निकालिएका थिए। ऊ पनि त्यस्तै एउटा जुलुसमा मिसिएको थियो। बजारको मुख्य चोकमा पुगेपछि जुलुसमा मिसिनेहरूको संख्या अझै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ऐंठनले थिचेको घाँटी

~दीपक शर्मा ‘समीर’~ हिजो बिर्खे र सदिश हुर्केको पुरानो झुपडी । आँगनमै रहेको नास्पतिको बुढो जवानी छिचोलिरहेको चौतारो । त्यही चौतारो, नजिकैबाट कुदिएको गोरेटो । दुबैतिर रहेका स–साना खरले ओतेका झुपडीहरुकै आँगन चुम्दै लम्पसार सुतिरहेको चौबाटोमा लम्किरहेको हुन्छ । त्यही … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हरायो !

~मोहन चापागार्इं~ चारपासे मेरा चर्चरे काका सधैं चर्चर गरिरहन्छन् । चिया पसलमा उनको चुरीफुरी देख्दा लाग्दछ– उनी नै यस संसारका सर्वज्ञाता हुन् । उनीभन्दा जान्ने–सुन्ने यस संसारमा अरू कोही छैन ।’ शनिबारको एक बिहान चर्चरे काका र मेरो जम्काभेट भयो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ससुराली

~उपेन्द्र सुब्बा~ क्याप्टेन हर्कजङले अठ्ठाइस सालमा यो घर बनाएपछि क्याप्टेनको नामै फेरियो ‘ठूलाघरे क्याप्टेन’। गाउँमा इन्डिया, मलाया, हङकङका अरू पनि क्याप्टेन–ल्याप्टेनहरू थिए, तर सबभन्दा ठूलो घर यही भयो। खोक्सुङले झ्ोलाबाट कठुवा निकाल्यो। छेउकै भोकटेको पात टिपेर दुना जस्तो बनायो अनि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ऊ, प्रेमिका अनि संविधान

~रोशन थापा ‘नीरव’~ उनीहरू यति बेला प्रेम गरिरहेका छन्। प्रेमको अर्थ यहाँ शारीरिक भनेर नलगाइयोस्। सामान्य रूपमा म्वाइँ खानुबाहेक उनीहरू अन्य क्रियातिर उत्तेजित भएका छैनन्। यो उनीहरूको पवित्र प्रेम भनेर मान्न सकिने स्थिति छ। यति बेला दिनको वा साँझहुँदो चार … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सहर कोलाज

~अशोक सिलवाल~ रातको ११ बजे। अघि भात खाँदै गर्दा एउटा हातमा सल्किरहेको चुरोट थियो, अर्को हातमा भात। छ्या! तत्काल निर्णय गरेँ– अब चुरोट छोड्छु। बेडरुममा सुतिरहेकी छोरीलाई सम्भि्कएँ। उसको पढाइ र भविष्यलाई पनि। तर, यो निर्णय लागु हुन्छ भन्नेमा विश्वस्त … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : घर

~स्वेच्छा राउत~ सबैले फतौरी आमा भनेर चिन्ने सुशीला आमा फेरि आइन् फोटोसपले टिलिक्क पारेको अर्को एउटा फोटो बोकेर। मैले अनुहार खुम्चाएको देख्नासाथ मुस्कुराउँदै आएकी फतौरी आमा एक्कासी रुपको रङ फेर्दै कराइन्, “यो पटक त तँ हेरेको हेरै हुन्छेस्।” म ओठ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरो त्यो रङ्गीन पल

~सुमन पछाई~ ऊसँग कुरा गरिरहँदा मलाई कस्तो अर्कै महसुस हुन्थ्यो, काउकुती लागेको जस्तो लाग्थ्यो । ऊसको बोल्ने शैली कस्तो मीठो थियो । कुरालाई कताकता मोडेर कस्तो कस्तो रुप दिन्थ्यो । पहिले पहिले ऊ एकदम छिटो बोलेको जस्तो लाग्थ्यो, उसले के … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : खर्दारबाजे !

~विजय चालिसे~ “सर नमस्कार ! म शिशिर….।” मेरो अगाडि उभिएको आकर्षक युवकले अगाडिदेखि नै चिनेजानेको मानिसले जस्तै आप्mनो् परिचय दियो । मेरो अगाडिको त्यो युवक खाइहाल्दो देखिन्थ्यो । गलामा सुनको सिक्री, हातमा घुमाइरहेको गाडीको साँचो, मुखमा सन्तुष्टिको चमक ! देख्दा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अफेयरगन्ज

~लेनिन बञ्जाडे ~ बिहान नउठ्दै प्रमिलाले फोन गरी । भनेको थिएँ– घरमा हुँदा कहिल्यै मोबाइलमा घण्टी नबजाउनू । मोबाइल मेरै सिरानीमुनि थियो, भाइब्रेसनमा । घण्टी बजेको सुनेर बूढीले उठाएको भए सिधै उचालेर पछार्थी । मोबाइलमा भाइब्रेसन र साइलेन्ट मोड यस्तै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साउनको व्रत

~उषा शेरचन~ कस्तो हुस्सु म ? कार्यक्रम पर्सी रहेछ आजै सम्झेर आइपुगेछु। यसो वरिपरि आँखा डुलाएँ। म जुन कार्यक्रमको लागि भनेर आएको थिएँ त्यस किसिमको दृश्य नभएर बेग्लै दृश्य र पाहुनाहरुको रङ्गरुप पनि नितान्त बेग्लै देखेँ। शंका लागेर त्यहाँको स्टाफलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ​अम्रिकामा आमा

~यम घिमिरे~ हुने खानेलाई बोकेर टाउकामाथिबाट उडान खेपेको खेपेई गर्ने जहाजलाई मनमाया मात्रै के भन्नु तल भूतलबाट कुखुराले पानी खाँदा आकास हेरे झैं हेर्थे सबै मानिस कोदो मकैको मेलो रोकेर। उनका साथीसँगी के पुरुष, के महिला सबैका चल्दै गरेका कोदाला … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फ्युजनको सुन्दरता

~गोकर्ण भट्ट~ बिहान घरबाट निस्किंदा हरियो सारी, सारीसँगै मिल्ने हरियो रङ्गको ब्लाउज र खैरो रङ्गको चप्पल भिरेर ऊ अफिस हिँडेकी थिई । नयाँ जागिर, त्यसमा बल्लतल्ल काठमाडौं आउन पाएकी ऊ, अझै साहस थिएन सबैका अगाडि निर्धक्कसँग बोल्न सक्ने । त्यसैले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जुनेलीलाइ डी. भी. बिर्षेलाइ पी डी

~शेखर ढुङेल~ आज फेरी बिर्खे हत्तास बिचलित थकित शरीर अनि मन मस्तिष्क बोकेर कोठा भित्र पस्यो बत्ति बाल्यो र ओछ्यानमा डरलङ्ग पल्टियो एक छिन घोप्टो परेर कुक्क कुक्क गरेर रुन् थाल्यो ..बलिन्द्र अंशु झर्न थाले बलेसीमा पालिको पानि झरे झैँ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य कथा : कमरेट काठमान्डुमा

~प्रकाश आस्था~ पहिलो रात ‘अल्लि उत्ता सर न’ बेन्चीको ओछ्यानमा लहरै लडेका कमरेटहरुमध्ये सहकर्मी कमरेटलाई धकेल्दै कमरेट पात्ले तन्द्रामै बोल्यो, ‘आथ्थाथा’ । लामखुट्टेको आक्रमण थियो । आन्दोलनका लागि नेपाल खाल्डो ओइरिएका कमरेटहरुको रात्रि निद्रा बिथोल्न लामखुट्टेहरूको प्रतिक्रियावादी बगाल अर्को ‘टिँईँ … Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : फिल

~राजव~ ऊबारे मेरो अनुभव पनि यै हो। उसले नबोलेको विषय केही थिएन। मैले थुप्रै पुस्तक र त्यसका लेखकबारे उसले बोलेको सुनेको छु। हार्वर्ड स्क्वाएरको ठीक मध्यमै छ न्यासनल बुक सेन्टर। यो लगभग डेढ सय वर्ष पुरानो चारतले भवनमा बसेको छ। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ​त्यो पुरुष

~भुपेन~ धेरै समयपछि मुटुले पग्लिने आँट गर्‍यो। समुन्द्रमा छालले सीमारेखा नाघेजस्तै। शान्त नदीमा ढुङ्गा हान्दा निस्किने तरङ्गजस्तै। म आज किन अशान्त भइरहेकी छु? एउटा सामान्य भेटले पुनः मनमा किन अशान्ति मच्चाइरहेको छ? रातको १० बजेको यो सिरसिरे हावा कुनैबेला निकै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मर्डर स्टोरी

~लिलाराज खतिवडा~ उहिले एउटा डाँकु – रत्नाकर, कारणवश कवि हुनपुग्यो – वाल्मिकी। यहाँ एउटा कवि कारणवस डाँकु हुनपुगेको छ – सूर्या। कविता लेख्न पोख्त पनि भएँ। तर मान्छेहरुले पागल भन्न थाले। कविताको गहिराइमा पुग्न अन्तर्मुखी भएँ वा विपश्यना ध्यान सिक्न … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सानु

~मित्र सङ्ग्रौला~ सानु ! म तिमीलाई सुुस्तरी वोलाउथेँ । किन सर ? दुुई स्वप्नील आँखा उठाएर तिमी मलाई हेर्दथ्यौ । रेखा चित्र बनायौ ? बनाएँ सर । खै हेरौँ त । नाई राम्रो छैन ! तिमी लजाउथ्यौ ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : यस्तो एउटा कात्रो

~विमल भौकाजी~ एउटा पात्र! अर्थात्, एक सम्पन्न मान्छे। समाजका अरू व्यक्तिभन्दा आफूलाई ऊ अलिक भिन्नै सोच्थ्यो। अर्थात् अरूको भन्दा आफ्नो ‘स्टाटस’ अलिक माथि रहेको मान्थ्यो त्यो पात्र। तथापि, समाजको सामु यो तथ्य राम्रोसँग पुष्टि भइसकेको भन्नेमा भने ऊ सन्तुष्ट हुन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दाग

~शुषमा मानन्धर~ धमिलो आकाशबाट सांमु विस्तारै ओर्लंदै थियो । दिउंसो देखि परेको पानी केही वेर अघि मात्रै थामिएको हो । काला बादल सवै फाटिसकेका नभए पनि कतै कतै निलो आकाश र सेता बादल भने देखिन थालेको थियो । सडकका खाल्डा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पैसा उठाइदिन हिँड्दा

~अनमोलमणि~ ‘ठोक् केटा हो,’ गुरुले भन्यो । त्यसपछि हामीले आफ्नो पोजिसन लियौँ । मुन्टो दायाँ बायाँ मर्कायौँ । एकसाथ मुन्टो पड्केको कट्याक कुटुक आवाज आयो । हात झट्कार्‍यौँ । पञ्जा खोल्ने र मुट्ठी पार्ने गर्‍यौं । कुम हल्लाएजस्तो गर्‍यौँ । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेवाडकी रानी

~गणेश ओली~ मेवाडकी रानी ! म उनको राजा बन्छु कि बन्दिनँ मलाई नै थाहा छैन तर उनी मेरी मनकी रानी बनिसकिन् । पाठक मित्र, तपाइँलाई लाग्ला उसो भए किन रानी ? यसमा मेरो तर्क के छ भने, बिबाह र प्रेम … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मधेसी

~सन्तोष पौड्याल~ गोङगबु चोकबाट एक किलोमिटर उत्तर हिंडेपछी गणेशस्थान । चोकबाट २ मिनेटको दुरिमा एन. बि सप्लायर्स चामल पसल । “पच्चिस, छब्बिस, सत्ताइस, अब ३ वटा” लक्षुमन करायो । मुरलीले आँखाले साउती गर्‍यो । असिनपसिन हुँदै थप ३ बोरा चामल … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भौजी आमा

~कृष्णराज सर्वहारी~ “दुलाहाको उमेर पुगेकै छ, सैभल्वासँग के मतलब?” छेवैकी अर्की बोलिन्। “किन मतलब छैन? दुलाहालाई केही भइहाल्यो भने सैभल्वाले दुलही लिनुपर्दैन?” पहिलीले जोड दिएर भनिन्। दाजु भुख्लाको बिहेमा सैभल्वा बनेको सुख्ला साँच्चै सानो थियो। घरमा भाउजू भित्रिएपछि उसलाई आमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बाई अर्पणा

~महेश्वर चापागाईं~ ‘सर, भोलिबाट म अफिस आउँदिन।’ धेरै दिनदेखि देखिरहेको थियो- काममा उसको ध्यान गएकै छैन। अफिसमा एक किसिमको छटपटी व्याप्त थियो। घरि ठूलो आवाजमा धारो खोल्थी ऊ र जगभरि पानी भरेर एक घुट्कोमा सिध्याउँथी, घरि मेचबाट उठेर उसको टेबुलतिर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : घर,डेरा र छोरो

~श्रीधर पौडेल~ ‘बाबा, नाई ! हाम्मै घल दाउँ !’ छारोको ढिपी बढ्दो छ । के के गरेर फकायो ! पाँच सात मिनेट पछि फेरी कोकोहोलो मच्चाउँछ, ‘नाई ! यो घल हाम्मो हैन, हामी हाम्मै घल दाउँ ।’ म कसरी सम्झाउँ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म आज निस्किदै छु, बन्धन चुडाल्नका लागि

~प्रकाश भण्डारी~ जीवनलार्इ कसरी मान्छेहरू व्याख्या गर्छन् रु मानिसहरू शब्दहरूमा जिन्दगीलार्इ कसरी अर्थ्थाउने प्रयास गर्छन् त्यो त मलार्इ थाहा छैन । तर पनि जति जीवन मैले विताए, जति दुख: सुख मैले भोगेँ र बिभिन्न उतारचढाव सहदै यहाँसम्म मलार्इ ल्याइपुर्यााएँ, यसले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : खल्लो दशैं

~विद्या सापकोटा~ खेतभरी लहलह धान झुलीरहेको थियो । पहेला फाँटहरु, सुगन्धि मौसम मन त्यसै रमाऊँथ्यो । वगिरहेको सामरी खोलो, पानि सङलिसकेको थियो । बर्खे भेलले बगाएका बलौटे फाँटहरु एक तमासको सान्नटा बोकेर फैलिएको थियो । एउटा ठूलो ढुङ्गामा अडिएर घोरिइरहन्थ्यो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लास नम्बर ४६

~नवराज राउत~ ‘हजुरबुवा बिरामी भएर सि.सि.युमा कुर्न बसेको आज ४४ दिन भयो दाइ। अस्ति भिनाजु आउनु भएको थियो, एक दिन बसेर जानुभयो। भाइलाई के भन्नु, सानै छ। बुबाआमा त्यसै त दिर्घ  रोगी। के गर्ने एक्लै छु, हस्पिटलमा।’ हल्का जुँघा आएको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शोकेस

~अभिमन्यु निरवी~ फोन राखेपछि घुँगुरिएको मसिनो कपाल सुम्सुम्याउँदै उसले भन्यो, “मेरी साथी लुबी यही आम्स्टर्डममा काम गर्छे, आएको मौकामा भेट्न फोन गरेको …।” “कैले भेट्छौ त ?” “नट फिक्स्ड”, काला ढ्याब्रे ओंठभरि मुस्कान छर्दै उसले फेरि थप्यो, “लुबीको नम्बर उसैको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सोनेलालको सैलुन

~श्याम साह~ तपाईंले कुनै सैलुनमा दाह्री कटाउनुअघि कहिल्यै हजामको अनुहारको भाव पढ्ने गर्नुभएको छ ? ख्याल गर्नुभएको छ त्यसबेला उसको मनस्थिति कस्तो छ जतिबेला उसको एउटा हातमा छुरा र अर्को हात तपाईंको घाँटीमा हुन्छ ? जतिबेला उसले तपाईंको दाह्री भिजाउने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment