Tag Archives: kabita

छोक : रगतको महत्व

~बिमल गुरुङ~ दिएका बलिदानहरु इतिहासमा अमर रहन्छन् बगाएका रगतका फाल्सा फाल्साहरु दानवहरुले पिएर पिउन सक्दौनन् किनकि

Posted in कविता | Tagged | Leave a comment

कविता : मृतशय्याको राष्ट्रियता

~भीमप्रसाद काफ्ले ‘शान्तिप्रेमी’~ म शिथिल भएको छु लामो समयदेखि, केवल सासमात्र बाँकी छ उपचार त अब आशमात्र । हे मेरा प्राणपुत्रहरू, सुसारेहरू ! तिमीलाई भय छैन मातृत्वको – जुन समाप्त हुने खतरामा छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : नजिकको प्रश्न

~मनोज बोगटी~ एउटा दह्रो रेखा छ त्यसलाई टेकेर निस्किएको छ उ रावनबाट ज्ञान थाप्नु शरीरमोह च्वाट्ट चुट्टिएको छ उसको जीवनको गुड्डीबाट। खेल्नु त हो जीवन खेलौं।

Posted in कविता | Tagged | Leave a comment

कविता : मोफसल र काठमाण्डौ

~प्रकाश सुनुवार ‘निराकार’~ काठमाण्डौं र मोफसलहरु आपसमा टेलफोनले जोडिए हवाइमार्गले जोडिए इन्टरनेटले र इमेलले जोडिए नजिक अनि झनझन नजिक भए । लाग्छ सवै एकै ठाउँमा गुजुल्टो परेको छ

Posted in कविता | Tagged | Leave a comment

कविता : जाजरकोट

~सुवास खनाल~ तस्वीर खिच पत्रकार हाम्रा आँखाहरुबाट पत्थरका ढिक्काहरु खस्लान् तिम्रा बिकाउका सामान बन्नेछन् सिंहदरबार मौन सङ्गीत सुसेलिरहेछ – ……तिम्रा आदिम सपनाहरुमा डढेलो लगाऊ ….. रेडियो नेपाल तिमी केही हिन्दी गीत सङ्गीत र पार्टी प्रवक्ताको भद्दा अन्तर्वार्ता बजाऊ

Posted in कविता | Tagged | Leave a comment

छोक : हुकुम

~बिक्रम सुब्बा~ उहिले, मेरा बा कमाउँनु हुन्थ्यो घरमा उहाँकै हुकुम चल्थ्यो पछि म कमाउँन थालेँ मेरो हुकुम चल्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : बर्चहिलको बाटो- एक सम्झना

~लेखनाथ छेत्री~ बितेको बर्ष स्नातक-पत्र थापेर आफुलाई अब्बल बेकारी प्रमाण गरेको त्यो एतिहासिक दिन छोडिराखेको हुनुपर्छ हामीले बर्चहिलको बाटो । बर्चहिलको खस्रो माटोमा खिइएर गएको दर्जन जोडी फ्यान्सी जुत्ता टेकेर हिँडथ्यो

Posted in कविता | Tagged | Leave a comment

छोक : याे बिहान

~अकेला यात्री~ एउटा बिहान ल्याएर दिएकाे थिएँ तिमीले कुल्चिएर फालिदियाै । अर्काे बिहान ल्याएर दिएँ मनाेमानी गरेर छाडिदियाै ।

Posted in कविता | Tagged | Leave a comment

कविता : बुख्याचाहरुको कन्सर्ट

~सुरज राना~ मेरो देश एउटा स्टुडियम बनेकोछ जहाँ बुख्याचाहरुले कन्सर्ट गरिरहन्छन केही बुख्याचाहरु गरिबिको तार निर्ममता पुर्बक झट्काएर बजाइ रहेछन गितार केही बुख्याचाहरु भोको देशको खोक्रो भुँडीमा रेटि रहेछन भ्वाइलिन

Posted in कविता | Tagged | Leave a comment

कविता : सपनाका रंगहरु

~निश्चल काउचा~ चपस्टिकले दुई गास भात निल्दै एक मुठी सास झुण्डयाउदै सुनौलो भविष्यको सपना खिपिरहेको हुन्छु म यतै -कतै गाई गोठहरुमा बंगुर खोरहरुमा टनेल हाउसहरुमा मन्द बिष युक्त कारखानाहरुमा घाम निदाए पछि संबेदनाहिन निष्पट अँध्यारो रातमा

Posted in कविता | Tagged | Leave a comment

कविता : नातिको एउटा विन्ती: भानु बाजेलाई

~छोगेल मोक्तान~ हे बाजे….! आऊ तिमी पूर्वमा रक्तिम लालिमा फैलाउँदै सुसुप्त तिम्रा सन्तानलाई चेतनाको नयाँ सन्देश सुनाउँदै निशि अन्धकारको पर्दा हटाउँदै दिव्य शिक्षाको प्रकाश छर्दै आऊ । हे बाजे….! च्यातिसके रामायणका बहुमूल्य पानाहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रलापहरू

~प्रविण अर्याल~ एकोहोरो फलाकीएका प्रलापहरू । दोब्य्राई दोब्य्राई पटाईएका पत्रहरू ।। खल्ला खल्ला तीता र टर्रा छन् । खस्रा खस्रा र रूखा रूखा छन् ।। मेसो नपाएर भौतारिएका भ्रमणहरू जस्तै । बाट्न नजानेर बटारिएका पोयाहरू जस्तै ।। निरर्थक निस्सार र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : संध्या

~लक्ष्मी प्रसाद देवकोटा~ ललितपुरको हाइ–कलाको शिल्प–कोविदले छिनो मन्त्रियो कस्तो कमाल ! सन्तुलित कोमल चिनाले, बुट्टा कस्ता बान्कियो लौ ! वाष्प–मरमर माथि लाल ! वसन्त–महलमा आदिकालीन पश्चिमा भो आँखीझ्याल ! चन्द्रागिरि माथि विशाल ! जलपियो क्या ! सुनले त्यल्ले झल्ल पारी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बुद्ध बोल्दैछ

~दीपक जडित~ सुन् ए , ईश्वर ! कस्तो भ्रम फैलाईछस् तैंले आजपनि मान्छेहरु नाघेर मान्छेहरुलाई दौडिरहेछन् तँलाई भेट्न म सम्झन्छु त्यो दिन अझै भनेको थिएँ मैले ‘प्राणीहरु माझ रहने प्रेम नै एक मात्र धर्म हो । ‘ चाहन्थेँ म

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : आदर्शको ढाल हो

~वामदेव पण्डित~ सत्सठ्ठी अब छैन त्यो विगत भो ख्वाएर तीता कुरा । अठ्सठ्ठी अब आउँदै छ बलियो देखाउँदै पाखुरा ।। पक्कै आउँछ संविधान रसिलो मिल्ने छ मीठो रस । सारा वर्ग खुसी हुने छ सबको प्यारो मणि पारस ।।१।। हाम्रो … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : एक सपना देख्याँ

~रामेश्वर राउत ‘मातृदास’~ बीस वर्षका उमेरमा गोरखा राज्यका अभिभारा काँधमा बोक्याँ जता हेर्योँ उतै लड्याका, भत्क्याका दारुण अवस्था देख्याँ टुक्राटाक्री सबैलाई जोडजाम गर्न्या र सुन्दर शान्त विशाल देश बनाउन्याँ एक सपना देख्याँ ।।१।। गोरखनाथ बाबाको आशीर्वाद औ गजवीर–भाइभारदार र दुनियाँदारको

Posted in कविता | Tagged | Leave a comment

छोक : अनुभूति

~महेश रेग्मी~ प्रकृति यात्रामा मौन पहाडलाई सुम्सुम्याएर हिडेँ अनुभूतिको आकाशलाई टोलाएर/बोलाएर हिडेँ साम्राज्यको सूर्यलाई हेरेँ पहाडहरूको प्रतिक्रिया खलबलिरहेछ हेर्दै-हिँड्दै जाँदा

Posted in कविता | Tagged | Leave a comment

कविता : आत्महत्या

~अरुणबहादुर खत्री “नदी”~ लक्ष्य पूरा हुन नसक्दा मैले आत्महत्या गरेको भए म कसैको पति बन्ने थिइन मेरो बिहे हुनुप¥यो भन्दै भतेर खोज्नेहरुको इच्छा नै भताभुंग हुने थियो उनीहरुको बधाई मैले थाप्न पाउने थिइनँ

Posted in कविता | Tagged | Leave a comment

राजेन्द्र थापाका चार छोटा कविताहरु

~राजेन्द्र थापा~ बाघ राजनीति यौटा बाघ मर्छ – खबर बन्छ त्यै बाघले दिनहुँ मृग मार्छ – खबर बन्दैन थुक्क राजनीति ! सडक बन्द सडक बन्द भन्छ मान्छे, तर सडक बन्द हुँंदैन, मान्छे मात्र बन्द हुन्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : लाग्छ मलाई मीठो मधुपर्क

~कृष्णप्रसाद पराजुली~ किन-किन लाग्छ मलाई मीठो मधुपर्क फर्किएर जति हेरुँ मनमा हुन्छ हर्क ! जीवनमा रस घोल्दा मान्छे बाँच्न सक्छ नीरस जीवन राम्रो होइन अन्त्य हुन पुग्छ……….

Posted in कविता | Tagged | Leave a comment

कविता : बहुसत्य असत्यहरू

~उज्ज्वल जी.सी.~ औँसी पोतिएको छातीका कुना कन्दराहरूमा स्निग्ध मित्रता खोज्न मैले हार्दिकताको अनमोल समय खर्चिएँ तर देखिन विश्वासका पीपलहरू आत्मीयताका दुबोहरू ऊ भित्र मेरो यात्रा

Posted in कविता | Tagged | Leave a comment

कविता : बाटो उस्तै अनि गाउहरु

~नाइलु क्याबचा~ बाटो उस्तै अनी गल्लीहरु दाँया बाँया लद्बदिदै हिनेको म यात्रा अबिरल अनी अनिस्चित हुँदा हुँदै पनि चाल्न खोजी रहेथे पाउहरु, आकाश उस्तै अनी धर्तीहरु थकाईको पिडा वस्ता नगरि त्यो धर्ती माको माया बोक्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : जन्म दिन- एक अनुभूती

~सोम खनाल~ शुभेछ्याका सगुन-अम्रीतहरू पियेको छु हरेक बर्ष हार्दै जाने छ समयले, म झन जवान हुदै जाने छु । बर्षहरु त खुट्किला पो हुन् मेरो जीवन सींढीका, म ओर्लने छैन शीखरहरू छुदै जाने छु । यी हत्केलाका बक्र रेखाहरूले छेकिन्न, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ सडकमा एकाएक भुइचालो गएको दिन

~डा. दुबसु क्षेत्री~ अबिरल बग्दै गरेको इन्द्राबती टक्क अडिएको दिन सातै सूर्यको एकैचोटि ज्योति गुमेको दिन लाहुरे भैंसी तुहेत्रो गएको दिन नयाँ सडकमा एकाएक भुइचालो गएको दिन बुद्धका अर्ध मुद्रित आँखाहरू अचानक बन्द भएको दिन अर्थात रामेश्वर शर्मा चालिसेको चोला … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : देहात टाइम्स १

~चन्द्र घिमिरे~ मान्छेले कुल्चेरै औलो भगाएको देहाततिर मीनपचासमा पुग्दा कालाज्वरले जामुन झैं नीला–काला र पाटाखाडीमा पटुवा झैं गनाएका मामाहरू घमौराले चिलेको म भान्जाबाबुलाई सियाल ओताउँदै देहात चिनाउँथे । कट्टु नअडिने छोटुसँग माछालाई बल्छी थाप्थ्यौं अनुहार न दनुहारको भ्यागुतो पथ्र्यो हिलोबाट … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : यो शहरमा विरामी फूल !

~दीपेन्द्र के.सी.~ शंका छैन यो शहरमा सँधै हतारमा कुदाउने हुलका हुल स्कूटरहरुका चालकहरु नेपाली नै हुन् नभए बँगाली, पाकिस्तानी वा भारतीय हुन् वा पक्कै अरवीहरु हुन् । यो माइनस डिग्रीको चिसो हुस्सुमा फैलिएको आहट ! प्रर्याप्त छ परिचयलाई ।

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ वर्षका मतहरू

~राम बिनय~ खोज्दै गन्तव्य शिखर बाढी मानिसको उर्लियो पहाड मैदानको सङ्गममा लागेको दाग मेटाउन निर्णायक आवाज बज्रियो । शान्त नदी विश्वासको प्रवाहमा ।

Posted in कविता | Tagged | Leave a comment

कविता : रातो गुलाब

~छविलाल कोपिला~ यतिबेला, ग्रहण लागेको सूर्यको घाम ताप्न धोद्रो सिमलको रुखमुनि बसेर गिलास सोमरस पिइरहेछ । यता, मंसिर भित्र्याएर हँसिया र हटौडा चीर निन्द्रमा सुतिरहेछ भने, तिमी कालरात्रिको भजन गाइरहेछौ । ठीक यसैबेला,

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : मेरो बास कहाँ थियो र पहिले

~प्रविण अर्याल~ छन्द : शार्दूलविक्रीडित ऽ ऽ ऽ । । ऽ । ऽ । । । ऽ ऽ ऽ । ऽ ऽ । ऽ मेरो वास कहाँ थियो र पहिले ऐले यहाँको भएँ । जाँला लौ कुन लोकमा र पछि … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : पाकेको फर्सी

~एकु घिमिरे~ भुइँमा राख्दा बिगि्रन्छ भनेर दलिनमा राखिन्छ पाकेको फर्सी हेर्दा राम्रो-चाम्रो हुन्छ, छाम्दा गिलित्तै राखेको फर्सी । कुहेछ, रछ्यानमा फ्याँकियो सहस्र उम्रन्छ, बढ्छ र फल्छ,

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : यो भुँडी

~नर बहादुर खत्री क्षेत्रि ~ एक पाईलो नहिँडी बाईक चढ्यो। तेसैको कृपाले आज भुँडी बढ्यो।। मन छनी घटाउन अछ्न्दिलो भुँडी। तरनहुने रहेछ सधैं बाइकमा गुडी।। सत्य जागिर नहुँदा सानैथियो भुँडी। जब खाइयो जागिरअनील्याइयो बुढी।। अनी तेस्काबाजे आफ्नै बढ्यो भुँडी।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : मेरो घमण्ड

~अभिसेक ढुङ्गाना~ मैले सब्दलाई शास्त्र बनाए, कलमलाई आस्त्र बनाए, आफ्नै कृति लेख्न पुगी, झुटलाई आफ्नो बस्त्र बनाए | आफ्नै गुडगान गइ थकिना, अरुको खोइरो खनाए, एउटा एक्लो दरबार आफै राजा भै आफैलाई प्रजा बनाए |

Posted in कविता | Tagged | Leave a comment