Tag Archives: kabita

छन्द कविता : नयाँ बर्ष

~डा. हेमनाथ घिमिरे~ रातै लेक फुलुन् गुराँसहरुले बेशी फुलुन् काँशले । पाखा-पर्वतमा बुकी पनि फुलुन् वास्ना छरुन् घाँसले ॥ हाँगा मग्मग भै सुनाखरि फुलुन् नाना थरी रङ्गमा । नौलो याम फुलुन् सबै ह्दयमा उत्साहका सङ्गमा ॥ १ ॥ हाम्रा यी … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : मानवता

~कल्पना किरण~ नारा बन्छन् यहाँ देखावटी समानताका लागि कस्तो समानता हुन्छ र? पति दमन भित्र… हामी बिना चुल्हो बल्दैन रजस्वलाको चार रात पनि सुख छैन हामीलाई भाडा मोल्छौ र सुकाउछौ आफ्नै जीन्दगी सुकेको पत्तै छैन

Posted in कविता | Tagged | Leave a comment

कविता : कर्णाली दख्खिन बग्दो छ

~दामोदर नेपाल~ एक टुक्रा जुनले निशा चिर्ने प्रयास गरिरहेको बेला सहयोगी हातहरु फैलाउँदै प्रकाशलाई परावर्तन गर्दै बस्तीमा उज्यालो छर्न उद्यत कर्णाली दख्खिन बग्दो छ । घरको गर्जो टार्न अनि गाउँलाई झलिमिलि पार्न दख्खिन झरेका र झारिएका

Posted in कविता | Tagged | Leave a comment

कविता : खाली हात

~निराजन राजालिम ‘बतास’~ हे मनुष्य, म तिमीलाई ईशारा गर्दै छु अमुक भाषामा यी कोमल हातहरुले तिमीलाई उपदेश दिदैछु; यो खुला पन्जाले जनाउछ म,तिमी अनी हामी सबै खाली हात यस् धर्तिमा आयौ

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा शहिद बनिरहेछिन

~बसन्त थापा~ आफु देखी टाढा गएको सन्तानको चिरायुको कामना गर्दै प्रतेक दिन दियो जलाउन पल पल आमा आसु थपीरहेछिन दियो जलिरहेछ आमाको मन तड्पिरहेछ,एक मुठ्ठी उज्यालो सङ्गै उज्वल भबिस्यको आराधाना गर्दै आमा आफ्नो चाहना सन्तानको सुखको लागि जलाइरहेछिन

Posted in कविता | Tagged | Leave a comment

कविता : दिप आफै बल्छ

~मन्जील दिप सुब्बा ‘गरिब’~ कसैले बाल्नु पर्दैन दिप् लाँई यहाँ अन्धकार् कालो रात्रीहरुमा जुनकीरि झै ज्योति जोगाई दिप् आफै बल्छ भो बजार्न पर्दैन यहाँ अन्याय अत्याचारको बिरुद्द मा विशाल् चटाँन् बनि दिप् आफै बज्रन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : दिप

~पुरुशोत्तम बाबु~ मलाई तिमी लाग्छ माता पो हौकी ? त्यो छाती चुसी तृप्‍ति म छैन कत्ती तिमी बाल देख्दा अती मक्ख पर्ने तिमी ज्योति नाना बनी खेल भर्ने ********************** तिमीलाई प्यारो सुख त्याग लाग्ने हृदय जलाई तिमी मान भर्ने तिमी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : क्रान्ति भित्रको आभा

~ध्रुब प्रसाद दाहाल~ आयो रसिलो चाड तिहार घर घरमा जल्दै छ दियो । बल्दै छ आफु तर पनि मन्दैन कत्ती पिर यो ।। जली आफु अरुलाई दिने रोशनी जसरी । तिम्रो समर्पणभाबको महिमा गरौ म कसरी ।।

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : अखण्ड सधैं नेपाल हाम्रो

~के आर शर्मा~ छन्द : झ्याउरे हेरेर तिमी बस्दी हौ आमा आउने बाटोमा चाडमा पनि सकिन टेक्न नेपाली माटोमा पुजेर दियो हालेर तेल बालेर बस्दी हौ निराश हुँदै बनेर दुखी संघार पस्दी हौ अबिर हरु छरेर हेर जोरबत्ती बालेको फुलका … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : जरुर पुग्नेछु आमा

~ए.पी. सुमन~ जगदीश घिमिरेको अन्र्तमनको यात्रा गर्दागर्दै, ब्रजेश खनालको यायावर झैँ तरुणी प्रसाद कोइरालाको अग्निबाटिका हुँदै म विपिको यस्तो घुम्तीमा आइपुगेको छु आमा, जहाँ सञ्जीव उप्रेतीका घनचक्करहरु दौलत विक्रम विष्टका चपाइएका अनुहारहरु बोकेर मेरा मुस्कानहरुलाई मध्यरातमा टक्कर दिन तम्तयार भएका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रिय मान्छे

~शीतल कादम्बिनी~ आज पनि छैन मेरो घरको धुरीमा घामको स्पर्श मेरो घरको आँगनमा एउटा आदिम दुःख अग्लिरहेछ अझ पनि देखिएको छैन मेरो घरको धुरीमाथिको आकाश म गर्व गर्छु, म घमण्डले उन्मत्त छु मैले बाँचेको जीवन, तिमीले मात्र होइन सम्भवतः कसैले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : भन प्रिय

~पूर्ण धिताल~ तिमी सधैं कुर्चीतिर जान मन गर्ने। सधैंभरि सडकतिर हामी जानुपर्ने। कुर्ची छोड्ने सल्लाह दिंदा तिमी आँखा तर्ने। यस्तो बेला भन प्रिय मैले कसो गर्ने? तारे होटल रङ्गीन रात तिमीलाई जाँगर आउने। जोकिङ्ग गर्न भोटिङ्ग गर्न तिमी रिसोर्ट धाउने। … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्बोधन

~राबत~ जसरी छोडेर गएका थियौ खाँदाखाँदैको आधा गाँस गोड्दागोड्दैको आधा पाखो रुँदारुँदैको आधा आँसु हो त्यहीँबाट सम्बोधन गरिरहेछु तिमीलाई । सायद मेरो पत्र बोकी जाने विमान हराई जाला धमिलो आकाशमा मलाई छोएर जाने हावाहरु थुनिएलान् नयाँ ग्याँस च्याम्बरमा

Posted in कविता | Tagged | Leave a comment

कविता : पीडा

~पुष्पा खनाल~ बाबु हराउनुको पीडा, आमा गुमाउनुको पीडा साथ सिद्धिनुको पीडा, काख रित्तिनुको पीडा दशैं आउँछ छोरो आउँदैन तिहार आउँछ भाइ आउँदैन मेरो आँगनमा कोइली गाउँदैन पीडा धेरै भो खुशी छाउँदैन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : सुनगाभा, म हारेँ

~डा. रुपक श्रेष्ठ~ मेरो झ्यालको सानो गमलामा फुलिरह्यौ भर्भराउँदो भएर बाह्रैमास नरम सुन्दर सुकोमल पत्र पत्र फिँजाएर बिना पर्वाह कुनै ऋतुको बिना पर्वाह कुनै मौसमको बिना पर्वाह कुनै मलजलको फुलिरह्यौ सधैँ सधैँ न झ्यांगिएर कहिल्यै सेप पायौ

Posted in कविता | Tagged | Leave a comment

कविता : निक्लन नसकेका अनुभूतिहरु

~गोपिकृष्ण प्रसाई~ ताप संयन्त्रसँग रमाएर यस चिस्यानमा धेरै इच्छाहरु आज कैद गरी बस्याछु तिमी रिसाए पनि प्रकृति म तिमीलाई कहिल्यै टाढा ठान्दिन आफ्नो गुरुत्वबाट टाढिएको मान्दिन कठै ! यी घामहरु ऐठन भएका छन् राहु र केतुको झेल परेर हो कि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ए मान्छे !

~अमोद उलक~ मान्छेले आफ्नो जात बिर्सेको छ मान्छेले आफ्नो भाषा बिर्सेको छ। आफै बोल्दैनन् यी मान्छेहरु सुगाले रटेजस्तै रटेको छ नक्कलमात्र गर्न जानेको छ।

Posted in कविता | Tagged | Leave a comment

कविता : आवाज

~छम गुरुङ~ आफैंभित्रको— रगत बगाइएको आवाज म सुन्न सक्दिनँ गिदी चलेको आवाज सुन्न सक्दिनँ लाखौं कोशिकाहरू मर्दै रोएका आवाज सुन्न सक्दिनँ आँसु उम्लेको आवाज सुन्न सक्दिनँ वर्षौं जेल भोगी बाहिरिएको कैदी झैं निस्किने

Posted in कविता | Tagged | Leave a comment

कविता : न्याउली रोयो निरमाया

~विप्लव ढकाल~ निधारको पसिना र आँखाको आँसु पुछिदिने मायालु बताससँग कुरा गर्दागर्दै, डोकामा आधा घाँस र आधा जीवनको भारी बोकेर कालीखोलाको अँध्यारो जङ्गलबाट उकालो चढ्दाचढ्दै, टिनिनि … टिनिनि … पोल्टोभित्र बज्न थाल्यो रिङटोन ! ए निर्मली ! झिक मोबाइल, क्याच्च … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : नागरिकता

~मीनबहादुर विष्ट~ तिनीहरूले – हाम्रा देख्ने आँखा खोसे सुन्ने कानहरू खोसे सोच्ने मस्तिष्कहरू खोसे त्यसको बदला

Posted in कविता | Tagged | Leave a comment

कविता : सहमतिका बादशाहहरू

~राम बिनय~ नेत्रविहीनहरू कुनै दृष्टिविहीन हुँदैनन् दृष्टिविहीन कुनै नेत्रविहीन हुँदैनन् । नेत्रविहीन र दृष्टिविहीनहरू जब हात्तीविहीन वनमा हात्ती खोज्न थाल्छन् चट्टानको ढिस्कोलाई हात्ती सम्झेर

Posted in कविता | Tagged | Leave a comment

कविता : फागुमा मेरी आमा

~अरुणा बैद्य~ फागुका दिन दिनभरि नै मेरी बुढी आमाले झ्यालबाट बाहिर हेरिरहिन् हेरि नै रहिन्- ठिटाहरु, ठिटीहरु राता, नीला, पहेंला, रङ्गीबिरङ्गी भएर फागुमा रमाइरहेको ‘लाइभ सिन’ । थाहा छ् मलाई त्यो ‘सिन’ भरि नै

Posted in कविता | Tagged | Leave a comment

कविता : जसोतसो बाचेकै छु

~लोकेश याक्थुङ्बा~ नसोध मलाई मेरो खबर्, जसोतसो बाचेकै छु मुटु माथि ढुङ्गा राखी,कहिलेकाही हाँसेकै छु टुट्नु थियो टुट्यो नाता,अतित अब नबल्झाउ पुग्नु छ धेरै टाढा मैले, दोबाटोमा नअल्झाउ

Posted in कविता | Tagged | Leave a comment

कविता : पीडा ! यसै पनि पीडा हो

~कणाद महर्षि~ पीडा ! यसै पनि पीडा हो कष्ट हो, गाह्रो दुःख हो चहर्याइरहने षडयन्त्रको उनमत्त उहंकार हो तैपनि आफू नदेखिई अल्झाइरहने अरूलाई अप्ठ्यारो पारिरहने, दुःखाइरहने –यो क‚तो दुष्ट कुरूप हो ! –जगल्ट्याएर चौबाटोमा पछार्नु पर्ने त्यो पीडालाई

Posted in कविता | Tagged | Leave a comment

कविता : बाबा ! बुबु !!

~पूर्ण ओली~ “बाबा ! बाबा !” को कर्णपृय दूधे स्वरले म ब्यूँझिएँ झल्याँस्स आधी रातमा, तिमी गुन्द्रीको छेउ लागेर दुवै आँखाबाट मोटा आँशु बगाउँदै नाकमुखबाट र्‍यालसिँगान चुहाउँदै हिक्क हिक्क गर्दै सानासाना हात मुठ्ठी पारेर “बाबा ! बाबा !” भन्दै आँखा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : बजारतन्त्रका तीन अनुहार

~पुरुषोत्तम सुवेदी~ एक ब्याङ्क काउन्टरको न्यून वैतनिक कर्मचारी सारा नोट थन्क्याइसकेपछि झल्याँस्स सम्झन्छ रित्तो गोजी र, बिरामी छोराको अनुहार,

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : तर, म बोल्न सक्छु

~स्वप्निल स्मृति~ हो, म बोल्न सक्दिन ! मेरो कानले अहिलेसम्म कुनै विष्फोट सुनेको छैन? लोकतन्त्र, न्याय, सरकार वा क्रान्ति यी शब्दको अर्थ मलाई विल्कुल थाहा छैन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : कवि र कविता–१

~चन्द्र गुरुङ~ ऊ एक कवि एउटा नयाँ कविता कोर्दै थियो । उसको कवितामा– आकाश, बादल, पुतली,

Posted in कविता | Tagged | Leave a comment

कविता : पुरुष मन

~सन्जीव बंकिम~ तपाईं हरु कहिलै पुरुष मन भित्र पस्नु भएको छ ? पुरुष भएर हेर्नु भएको छ ? खोइ कहिले साथ गर्नु भएको छ यो संग ? यिनी हरु कति भद्दा जिस्किञ्छन यिनी हरु कति जिल्लिछन एक आपस मा नारी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : झार

~सुवास खनाल~ कसले झिकी लग्यो तिम्रा आँखा र मान्छे किनबेच हुने बजारमा उभिएर सोध्दैछौ दृश्यको मोल कुन प्लास्टिकको बट्टामा बिर्को लायौ तिमीले तिम्रो मष्तिष्क ? र मक्किएको त्यान्द्रोझैँ उभियौ आत्महत्याको एक प्रहर अघिझैँ । कुन चिहानमा गाडिएको छ तिम्रा इन्द्रियहरुको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सपनाका कृतिम भिड

~प्रकाश सुनुवार ‘निराकार’~ मेरो देशले अहिले सपना वाँड्नेहरु र, फोकटमा वाँडिएका सपना टिप्नेहरुको खहरे धानीरहेको छ । खहरे अहिले शहरका मुल सडकहरुमा गाउँका गोरटोहरुमा आँखा चिम्लिएर

Posted in कविता | Tagged | Leave a comment

कविता : झुशीलकिरा

~नवीन प्यासी~ चराको चुच्चोमा च्यापिएको पुतलीले मृत्युको गीतमा आधुनिक नृत्य देखाउन थाल्यो जब देख्यो उसले बिरामी बालकको हातमा -गुलेली उसले कहिल्यै सोधेन बगरै बगर हिँडिरहेको नदीलाई -यात्राको परिभाषा, उसले कहिल्यै देखाइ मागेन मन्दिर, चर्च या मस्जिदलाई -इश्वरको मुटु, न त … Continue reading

Posted in कविता | Tagged | Leave a comment