Tag Archives: kabita

कविता : नयाँ वर्ष

~भिम बहादुर थापा~ नयाँ वर्ष मौसम चुनेर आउँछौ भने यसपाली, जिवनको खण्डहरभित्र विकासको मरुस्थलभित्र बसन्त-बैंशमा ठिम-ठिम कल्कलाउँदो भएर आउनू मोफसलमा सरोकार स्वीकार्ने गरी आउनू। ** नयाँ वर्ष

Posted in कविता | Tagged | Leave a comment

कविता : यूद्ध किन…?

~दिलिप योन्जन~ रोएकोछ बुद्ध आज गोली र गन्धले हराकोछ शान्ति यहाँ आपासी यूद्धले तोड-फोड आगजानी दाजु र भाईमा पनि तछाड-मछाड लडाईले रगत बन्यो पानी छोरा मर्दा आमा रुन्छे दुखाई मातृ-भूमि भाई मर्दा दिदी रुन्छे

Posted in कविता | Tagged | Leave a comment

कविता : उद्बोधन

~लक्ष्मी प्रसाद देवकोटा~ क. हामी खिचडीनिम्ति बिकेका हामी आजका नेपाली, सामन्तका सब ढुकुटी ढुकेका, नूर झुकेका साहित्य–कलाका कोर्काली । ख. टेबिल ताक्छौ जिभ्रो चाटी, युग ढाँटी, पापीहरुसँग नीति सिकेका, परिपाटी, चाकरीबिनु जीवन जिएझैं हुन्न नि साथी !

Posted in कविता | Tagged | Leave a comment

कविता : कस्सम! चाहे बोराको पाइन्ट लगाउन किन नपरोस |

~दिवाकर सिग्देल~ कस्सम! चाहे बोराको पाइन्ट लगाउन किन नपरोस, तेतिबेला सम्म धैर्य राख्छु म, जतिबेला मेरो मेहनत चरम चुली पुगोस, त्यस पश्चातको अमृत बर्षाले, यो बोराको पाइन्ट, मछिन्द्रनाथको भोटो जस्तै प्रसिद्द होस | मैले बाटोका भिखारीहरु हेरे, प्रकृतीलाई सोधे,

Posted in कविता | Tagged | Leave a comment

कविता : चटके र हाम्रो नाच

~प्रणिका कोयु~ चटके रूख, घाम, तारामा छ हलो, गाई, हँसियामा छ सबै रंग त्यसका सबैमा छ सबभन्दा बढी त्यसको निख्खर कालो अनुहारमा छ चटके मिठो बोल्छ नमस्ते गर्छ खान्छ, नाच्छ, हिंड्छ सुत्छ र सुताउँछ पनि

Posted in कविता | Tagged | Leave a comment

कविता : कोहि छ?

~मोहन पौडेल~ कोहि छ? मध्य रात कटेको अढाई घण्टा पछि पनि, म जागराम रहेको जाहेरी सुन्ने, लोकमा ए कोहि छ? कोटि-कोटि मस्त गहिरो निन्द्रामा स्बप्निल सपना सर्लक्क ओढेर आनन्द ओछ्यानमा झुलिरहँदा, त्यस्तै सपनाले आँखा कोक्काएर बिच्छौना बिझाएर हायल-कायल, यो ”एक” … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पर्दैन राम राज्य

~लोप्चन लामा~ पर्दैन जन्मिनु रामहरु पर्दैन बन्न श्री कृष्ण बस् रावणहरु जन्मिएँ पुग्छ लथालिंग भईसक्यो देश कयौं राम बन्न खोजेर लुटिएँ अस्तित्तो धेरै कृष्ण लीला रोजेर पर्दैन बनाउन अयोध्या

Posted in कविता | Tagged | Leave a comment

कविता : डब्लु डब्लु डब्लु जिन्दगी डट कम

~इन्द्रमणि नेपाल~ एउटा लामो वेब पेग जस्तो जिन्दगि गुगल सर्च गर्नु नपर्ने, कतै क्लिक गर्नु नपर्ने, त्यसै त्यसै सबैको सामु फररररर …… अगाडी देखा पर्ने साचै चाख लाग्दो छ हाम्रो आधुनिक जिन्दगि कतै इन्टरनेट को बन्द कोठामा

Posted in कविता | Tagged | Leave a comment

कविता : नटिप्नु तिमी

~अविर खालिङ~ ओइली झर्ने फूल कैल्यै नटिप्नु तिमी छुटी जाने प्रित कैल्यै नलाउनु तिमी । हातको फूल भुइमा खस्दा कोपिला च्यातिन्छ टुटी जाने प्रीत लाउदा यसरी धर्ति फाटीन्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : कलेज : एक यातना–शिविर

~सुवास खनाल~ मलाई कलेजको भित्ता भरिभरि यातना–शिविर लेख्नुको रहर छ म कलेज अध्ययन खप्न गइरहेछु हरेक प्रोफेसर पोडियम अघि उभिन्छ र बाँड्छ स्लिपिङ ट्याबलेट

Posted in कविता | Tagged | Leave a comment

कविता : साँझको यात्रा

~हेमन यात्री~ साँझमा सँगै हिँड्ने जूनकीरीलाई थाहा छ बाटामा कोही पर्खिबसेको चौतारोलाई पनि थाहा छ पश्चिमले सधैँजसो उज्यालो चोरी लगेपछि हेर्नलाई ताराहरू मात्र छन् मसित हिँड्नलाई एकान्त मात्र छ मसित । यो त्यही एकान्त हो जसले युगौँदेखि सुनिरहेको छ साँझमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : युग र वितृष्णा

~गोविन्ददेव आचार्य~ छन्द :- द्रुतविलम्बित चटक या “टक”को टक जिन्दगी ? किचक या-चक, रोचक जिन्दगी उदक, मादक या कि त ‘वादक” ? कि “धक” साधक वा चिर बन्धक ? प्रगतिका गति दुर्गतिमा पुगे विमतिले मति दुर्मतिमा पुगे सुजन- “दुर्जन, भाजन”ले … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : महानगर

~धुस्वां सायमि~ एउटा सहर महानगरका हरेक मानिस कहिल्यै सीधा र सही तरिकाले बाँच्दैनन् । उनीहरू आफू आफ्नै र अरू कसैको संकेत-निर्देशनमा सदा हिँडेर, सोचेर र बोलेर बाँच्दछन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : आज मेरी क्रिस्मस

~नर बहादुर खत्री क्षेत्रि~ कतै बुद्ध कतै यसु कतै मुहमद पैगम्बर। जे भनेनी उनै। ब्रह्मा बिष्णु महेश्ववर।। गाई काट्ने क्रिस्चियन त। हिन्दू गाई पुज्ने ।। धर्म पनि कस्ता कस्ता। हामी के बुझ्ने ? हलाल गर्ने मुस्लीम त ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मधेस जलेकै छ

~एन पी भावी~ मधेस आज पनि जलेकै छ तर्राई आज पनि उस्तैछ पहाडहरु मधेस नियाली रहेछन् मधेसहरु दिनरात तातिरहेछ मधेस आफैमा कुस्ताकुस्ती गरिरहेछ मधेसको हितको लागि धेरै मधेसी उदाउदैछन् तर पनि मधेस उस्तैछ तर्राई उस्तै छ

Posted in कविता | Tagged | Leave a comment

कविता : म नेपालको एक थुँगा फूल हुन नपाउने ?

~मनोज आठपहरिया ‘थारु’~ म शान्त थिएँ तालमा जमेको पानीझैं जे भोगे आफ्नो भाग्य ठान्थें जे जे पर्छ सहन्थें अरुले जे भन्छ गर्थें, अनि बन्थें अरुको लागि मतवाली बनें जंगली बनें कमैया बनें, कमलरी बनें सहिरहें सवै कर्म र भाग्यलाई दोषी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हतियार

~बिक्रम सुब्बा~ हतियारलाई पनि चढ्दो रै’छ क्यारे जवानी ! नत्र, वैँशको छत्रे टोपी र यूनिफर्ममा ठाँटिएर दाहिने आँखा छोपेर देब्रे आँखा प्रहार गर्दै राजकुमारीतिर अंगरक्षकका कमरबाट किन मस्किँदै हल्लिन्छ रिभल्भर? कुनै राज्य चलाउँदो रै’छ हतियारले पनि ! नत्र, हाक्पारा र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : मुस्कान बेचिन्छ

~बाबु त्रिपाठी~ सुरुमा ग्राहकलाई मुस्कान बेचिन्छ मुनाफा नदिएपछि दोकान बेचिन्छ खाली सिसी, पुराना कागज भन्नेलाई किलोको हिसाबमा संविधान बेचिन्छ

Posted in गजल | Tagged | Leave a comment

कविता : पश्चिम क्षितिजबाट…..

~स्वप्निल स्मृति~ क्षितिजपारि आकाश गर्जिंदा क्षितिजपारि बिजुली चम्किँदा आमालाई सम्झिन्छु, एकोहोरो हेरिरहन्छु पूर्वीक्षितिजतिर…. त्योभन्दा पर मेरो देश छैन त्याभन्दा उता मानिसको बस्ती छैन एकटक हेरिरहन्छु — घरतरुलको लहराले घोचा नाघेर

Posted in कविता | Tagged | Leave a comment

कविता : आजकाल म कविता लेख्दिन

~नारायण तिवारी~ ठीकै भन्नुभयो तपाईंले आजकाल म कविता लेख्दिन । आजकाल यो जिन्दगी धेरै फाटेको छ र सिउन तल्लीन छु माता–पिताका कृुराहरू छाडिदिउ“ कर्तव्यपालनका कुराहरू छाडिदिउ“ असमर्थताको हुरीले

Posted in कविता | Tagged | Leave a comment

कविता : मालिक

~स्नेह सायमी~ उक्ल भन्नुभो उक्लें ओर्ल भन्नुभो ओर्लें जुन दिन मानिंन झर्न त्यो दिन खसाल्दिनु भो , खसें मालिक

Posted in कविता | Tagged | Leave a comment

कविता : आहुतिको मुख

~विनोदविक्रम केसी~ सभाको बीचमा जुरुक्क उठ्यो आहुति र कड्केर भन्यो– ‘तिमीहरू चुप लाग अब म बोल्छु।’ स्तब्ध भयो बूढो इतिहासकार झसङ्ग भयो कहलिएको पण्डित ट्वाँ पर्‍यो नाम चलेको समाजशास्त्री अवाक् भयो राष्ट्रको ठूलो कवि नर्भस भयो कम्युनिस्ट नेता आहुतिले भन्यो–

Posted in कविता | Tagged | 1 Comment

कविता : दुःखको वर्णमाला

~केशव शिलवाल~ वर्षौंदेखि घोकिरहेका छौँ जोसुकैले पढ्न नसक्ने यो दुःखको वर्णमाला त्यति सहज हुँदैन दुःखका अक्षरहरु पढ्न बाहिरजस्तो देखिए पिन अर्कै हुन्छन् भित्रका अक्षरहरु हिमाल र पहाडका अक्षरहरु पढ्न आफैँ हिमाल र पहाड बन्नुपर्छ बगर र नदीका अक्षरहरु पढ्न

Posted in कविता | Tagged | Leave a comment

कविता : पापाको अनुहार

~टिका भाई ~ जति चोटी माटोलाई छुन्छु, म पापालाई भेट्छु। म कोपालाई भेट्छु। कोमालाई भेट्छु। उनीहरुको अदृश्य उपस्थिति र अज्ञेय सुसेलिहरू यिनै डाँडा-काँडामा खेल्छन् डोको बुनिरहन्छ कोपाको हात निरन्तर कोमा चूल्हामा छिन् पापा

Posted in कविता | Tagged | Leave a comment

कविता : रेखा भित्रका रेखाहरु

~टंक सम्वाहाम्फे~ जव रेखा भित्रका अनेकौ रेखाहरु यी हाम्रा आँखा अगाडी दृश्य / अदृश्य रुपले पदार्पण हुन्छन् तव ती रेखाहरुले मस्तिष्कमा आकार लिन थाल्छन् सुषुप्त दिमागहरु रेखासंग एउटा खुल्ला मार्गमा हिडे झैं दौडीएर हाम्रो सामु आईपुगे पछि रेखा जीवित भएर

Posted in कविता | Tagged | Leave a comment

छोक : खोज

~राजव~ खोजेको प्रेम हो चाहे त्यो ईश्वरबाट पाइयोस् वा आमाको आत्माबाट वा बाको आँखाबाट चाहेको प्रेम हो ईश्वरबाट पाइयोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : बिवशतामा वाँचेको आत्मा

~एकलव्य राज~ फोहोरको डंगुरमा लुकामारी खेल्दै अभावका डोकाहरु उनिहरुको सामु लम्पसार परेको छ । उता हरक्षण आकाशिने होडमा कुदिएका छन् प्रातकालिन समय पुष्पगुच्छाका अगुल्ठाले छोपिदै स्वर्ग खोज्ने होडमा भौतारिरहेको काला वादलहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : अलौकिक

~अमृत कुमार के सी~ बग्न थाल्यो निर्जर मरुभुमीमा कंचन गंगाको अबिरल धारा निसासिएर बसेको प्रेमको बिज अंक्कुरित भई हरियोमा रङियो जग सारा सुस्क भैसकेको इन्द्रियहरु उर्जाले जुर्मुरायो

Posted in कविता | Tagged | Leave a comment

कविता : तपाईं शहरीया कि गाउँले

~नर बहादुर खत्री क्षेत्रि~ जन्म थलो मै बस्ने कस्लाई रहर हुँदैन। तर आफ्नो गाउँ जस्तो कुनै शहर हुँदैन।। जती टाढा भयपनी गाउँ नसम्झेको प्रहर हुँदैन। शहरको आत्मियताले कहिल्यै मन छुँदैन।। कतिले गाउँ छोडे आफ्नै रोजाईमा। कतिले गाउँ छोडे कर्मथलोको खोजाईमा।। … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : दौडन्छन् कवि

~प्रविण अर्याल~ छन्द : हरिणी र शार्दूलविक्रीडित । । । । । ऽ ऽ ऽ ऽ ऽ । ऽ । । ऽ । ऽ सललल, सधै, त्यो, खोलाको प्रवाह छ जो नयाँ । कललल, सधै यो, आत्माको नयाँ अनि चाहना … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : मेरो वयान !

~दीपेन्द्र के.सी.~ श्रीमान् ! कसलाई हुन्छ र यहाँ यति प्रिय सपनाहरु त्याग गर्ने रहर ? आत्मविश्वासका जगहरु भत्काउँदै मैले फूलहरु चढाएकै हो इच्छाका त्यागपत्र माग्ने देवताहरुलाई । आफनै सौन्दर्यका मादले आत्महत्यामा लम्किए जस्ता फूूलहरु र आफनै बिष लागेका सपनाहरु अवसानका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ईः पर्छ

~पूर्ण ओली~ परिवर्तित मौसम यथावत बर्बर छ बगलीमा छिपाएर अन्यायको तरबार खुल्ला आकाश ओढ्नेहरुको घाँटी रेट्न तत्पर छ । मौसम होइन यो हिउँ वा पानी पार्ने अब आक्कलझुक्कल न्याय पार्छ कल्प, पर्ख ! तिम्रै खप्परमा पर्नुपर्छ अलि पर कटेराहरुको घेरघार … Continue reading

Posted in कविता | Tagged | Leave a comment