Tag Archives: kabita

कविता : उसलाई विष खुवाएर मारेका होइनौं

~बिमल गुरुङ~ उ मर्‍यो त आफैलै आफैलाई मार्‍यो ऊ मसानघाट पुग्यो त आफैले आफैलाई पुर्‍यायो मरुञ्जेल मुसा खान थालेपछि मुसाले पनि टोक्न सक्छन् टोक्यो । उसलाई हामीले विष खुवाएर मारेका होइनौं

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : गइन् आमा……..

~रत्ननिधि रेग्मी ‘शुक्राचार्य’~ छन्दः शिखरिणी गइन् आमा मेरी सबतिर अँध्यारो पनि भयो जगत् यो चर्के झैँ धरमर भई जीवन गयो लडे झैँ धर्ती भो दहन गहिरो खाडल परी रुकेनन् यी आँसू नयन भल बग्दा घरि–घरी ।।१।। बसेंथें गर्भैमा कति कति … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

गीति कविता : बेहोसी

~कृष्ण वस्ती~ बेहोसी छु देख्यौ भने सम्झाउँदा हुन्छ । कुबाटोमा भेट्यौ भने फर्काउँदा हुन्छ ।। फूल भनी तिम्रो मन टिपिदिनसक्छु । हिर्दयमा तिम्रो नाम खिपिदिनसक्छु ।। बल्दाबल्दै साँझबत्ती निभ्न पनि सक्छु। हिंड्दा तिम्रो पाइलामा बिझ्न पनि सक्छु ।।

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : भँगेरी

~वैरागी जेठा~ देखेँ तिमीलाई विज्ञापनमा धेरैदिन अघि आँखाबाट बगे झरनाहरु अस्तिमात्र टाढैबाट सिगोले घोचेर वड्किबाट लवाड.्कावस्ति तिर … झरेर काठमाण्डौ टेकेको छु

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो माटो मिच्यौ भने…

~गणेश खड्का~ भक्तीको लौह गर्दनको कसम आधा होशमा र आधा बेहोशमा हुँदै होइन पुरै होशमा चौतर्फी सोचविचारका साथ दुधको दुध,पानीको पानी बक्दैछु- मेरो एक इन्च माटो मिच्यौ भने म तिमीहरुको दुई इन्च गर्दन छिनाईदिनेछु मैले टिस्टा नदी उकालो फर्काउन बाँकी … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जलिरहेछ शान्ति बुद्ध भूमिमा !

~न्हुछेरत्न बुद्धाचार्य~ अन्धकारले छोपिएको ठाउँमा कसरी शान्तिको फूल फूल्छ? स्वच्छ मनको अभावमा कसरी दया करुणा हुन्छ? यो बुद्ध भूमिमा द्वन्द्वको आगो सल्किरहेका छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : रक्सी

~रामकृष्ण सुनुवार ‘आँकाला’~ मैले रक्सी पिईन उसले पो मलाई पिएछ । एक दुई घुट्का कप गर्दागर्दै दुई चार बोतल रित्याएँ आँखा तिरमिर भई ताराहरु झुल्किए उज्यालो भो जताततै आगो भै दौडिएँ मैले रक्सी पिईन उसले पो मलाई पिएछ । मैले … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : पहिले–पहिलेका बहादुर अच्छे लोग थे

~टेकब कोइराला~ पहिले–पहिलेका बहादुर अच्छे लोग थे बोक भन्यो कुइकुइ बुइ बोक्थे ठोक भन्यो घड्याप्प सलाम ठोक्थे जोख भन्यो हाँसीहाँसी जोख्थे ‘शोक’ भन्यो रोइरोइ सोक्थे. पहिलेका बहादुर अच्छे लोग थे।। खोक भन्यो फोक्सै निस्किने गरेर खोक्थे थुक भन्यो तीन पाथी … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : अधुरो प्रेम

~रेनुका पौडेल “आहत”~ हामी दुई मुटु एक धड्कन दुनियाले अहो! भन्ने हाम्रो सम्बन्ध जीवन रंगिन बन्दै बनाउदै संघर्षका पाइला आत्मसाथ चल्दै हरेक हो हरेक प्रहरमा संग संगै पाइला चाल्दै एउटा छुट्टै आनन्द संगाल्दै एक अर्कामा निहित बनेर शत्रुको चोटिलो प्रहार … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रश्न गरिनँ

~शिरिष पराजुली~ उहिल्यै बाजेको पाला देखि घिस्रिदैं लड्दै र चढ्दै आयो प्रजातन्त्र तर मैले प्रश्न गरिनँ यस्को वैधानिकतामा, र पो भोग्दैछु गरिबी र बेरोजगारी । देशको भूगोल र नक्सामा किरिङमिरिङ सिमाना सिमानामा नौलो झण्डा झण्डा प्रति प्रश्न गरिनँ, र पो … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : यूरोपका चीसा गल्ली हरुमा !!!

~जे.बी. शेर्पा ~ पट्ट्यार लाग्दो अलार्म ! सके हप्ताको सातै दिन ! जबरजस्ती आफुलाई ओछ्यानबाट घिसार्दै ! कहिले, आफ्नै निधार ठोक्दै ! कहिले “टाइम ईज मनी”को व्याख्याले चित्त बुझाउँदै ! अनि कहिले “खैरे चोर” वा “धोती चोर”को गालीले आफैं लाइ … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बिजेता को हुन्छ..

~रुमन न्यौपाने ‘अमन्त’~ एउटा दौड । हामीले लामो फड्को मार्यौ । चारै दिशा छुन खोज्यौ । चुचुरो छोयौं । फेदीमा पुग्यौं । हामीले पुरै ब्यास नाप्यौ । तर, पुनराबोलकन गरेनैं । हामीले समयको ख्याल राखेनौ । कसैलाई बिजेता भन्न सकेनौं … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : परिचयको एक सन्दर्भ

~बाबुराम लामिछाने~ धन्य छन् तिनीहरू जसले आफ्नो परिचय दिन जान्दछन् जसरी जूनकीरीले आफ्नो परिचय दिन्छन् जसरी हिउँचुलीले आफ्नो परिचय दिन्छन् जसरी जलासयहरूले आफ्नो परिचय दिन्छन् आमाले नानीहरूलाई जसरी आफ्नो परिचय दिन्छन् जसरी फूलहरूले आहृलादपूर्वक आफ्नो परिचय दिन्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : गन्ध

~कल्पना चिलुवाल~ निकाल त्यसलाई यो सभाबाट जसको कमिजबाट आजसम्म पनि आइरहेछ बारुदको गन्ध बारुदको गन्धले सम्झाइदिन्छ आफ्नै विगत त्यो बिर्सन पनि अब त अलिअलि भए पनि ह्विस्की र वाइन गनाएकै राम्रो अब त थोरैथोरै भए पनि रेड लेबल र सिज्लर … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो बिजोक

~गोकुल ढकाल~ सडकको छेउमा तिमी नतमतस्क हामीलाई हेरिरहेका छौ, दुर्घन्तित फोहोरको सुगन्ध सुघिरहेका छौ, पुर्खाले कती कसरत गरे तिमीलाई जन्माउन तिमी जन्मेउ जन्मन त, तर हेर त आज आँफै तिम्रो बिजोक। हामी तिमीलाई भगवान भनेर पुज्छौ,

Posted in कविता | Tagged | Leave a comment

कविता : कामरेडको लालझण्डा

~जेनन नेपाल~ गाउँभरीको मुटु निचोरेर खन्याएथ्यौ समयको हजारीमा, त्यही हजारीले सिंचेर रगत, उमार्‍यौ फ्रेन्च कट दारी गिँडेर किसानका पाखुरीहरु बनाएथ्यौ बन्दुकका कुन्दा, पिँधेर ज्यामीका हाडहरु बनाएथ्यौ बारुद त्यही बन्दुक र बारुदले छेडेर मुच्र्छना सिजैथ्यौ कार्तूसको बगैँचा,

Posted in कविता | Tagged | Leave a comment

कविता : विरुद्धमा विरुद्ध

~मसान उपासक~ महोदय , भो यसरी नतर्साउनुस् अब मलाई पनि देशको माया असाध्यै लाग्छ पुरानो नागरिकताको रापमा बसिरहँदा गुनगुनाउँछु यही देशको राष्ट्रिय गान नपोलेको भए यही नागरिकतालाई कसरी थेग्न सक्थ्यो र सरकार

Posted in कविता | Tagged | Leave a comment

कविता : हली

~भोला सिवाकोटी ‘पुरानाघरे’~ बाली सुकेर बीउ नै मासिने भयो जमिन्दारी सान ऋृणमै भासिने भयो यही बेला हल्लाको हुरी चल्छ गाउँभरि ‘सृजनाको हली भतुवा लागेको छ’ मेरो सृष्टि सुकेको लासलार्इ उ मरेको अखबारमा सुताउँछ इतिहासको श्रापमाथि सुत्छ, उसँगै गुटबन्दी मातेर मस्तसँग

Posted in कविता | Tagged | Leave a comment

कविता : देश मात्र किन चलाख हुदैन बा’ ?

~प्रकाश रम्घाली~ दम दिएर चलाख बनाएको घडीझै हजुर मात्र किन- यति चलाख हुनुहुन्छ बा’ ? चलाख हुनुपर्ने देश- किन चलाख हुदैन ? चलाख हुनुपर्ने हामीहरु- किन चलाख हुदैनौं ? हजुर चाहीँ – घडीको सुईझै सक्रिय बनाउनु हुन्छ हात

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेम निभेको कोठाबाट

~सुरज राना~ तिमी गए पछि नै हावामा आगोका फुलहरु फुल्न थालेका हुन अँध्यारो कोठा भित्र झ्यालको प्वालबाट छिरेको किरणले एउटा उज्यालो रेखा बनाउछ जुन रेखामा अलौकिक खुड्किला बनाएर म आफ्नै मृत सपनाहरुको मलामी जान्छु भित्तामा टागिएको पोट्रेटबाट चुहीइ रहन्छ भुक्षय … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : धरती

~भूपेन्द्र सुब्बा~ पहिला पहिला यस्तो थिएन। समय पनि थिएन उमेर पनि थिएन। त्यसैले अहमको होड भन्ने थिएन। अरुलाई टेक्दै माथि उठ्ने दौड थिएन। संवेदनालाई कुल्चँदै कुद्ने हतारो पनि थिएन। अघि खालि चट्टान मात्र थियो। चट्टानमा खोपिएको बुद्ध थिएन

Posted in कविता | Tagged | Leave a comment

कविता : गान्धीजी अनि तीन बाँदरहरू

~टिका भुषण दाहाल~ गान्धीजीले थप चमत्कार देखाए किनभने उनले तीन बाँदर देखाए मुख थुन्नेले भन्यो- “ज्यु हजुरी गरI” कान छोप्नेले भन्यो- “नसुनेझैं गरI” आँखा चिम्लिनेले भन्यो- “नदेखेझैं गरI” भेला भए तीनैजना एकठाँउमा अनि

Posted in कविता | Tagged | Leave a comment

कविता : साइकल सिम्फोनी

~चित्र लक्ष्मी~ टिरिङ टिरिङ बज्ने तिम्रो गला संगीतको धूनभन्दा कम थिएन तिम्रो जोबन जूनभन्दा कम थिएन राम्मोराम बसन्ती! तिम्रो मोल सुनभन्दा कम थिएन। उन्मुक्त बैंसमा तिमीले मरक्कमरक्क चपायौ रोडा र कंक्रीट अत्तर मानेर सुँघ्यौ गाउँले धूलो

Posted in कविता | Tagged | Leave a comment

छोक : सृजनस्पृहा

~समदर्शी काइँला~ यौटा सुन्दर अभिनव मनचरी ! जसको शरीरमा चिदवैषम्यताको प्वाँख उम्रन्छ अनि ‘नी सुनको पिंजडाबाट उम्केर आकासको अनन्त फैलावटतिर…………

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा यात्रा

~बिस्नु प्रवा सापकोटा~ एक जोर लुगा हाल्न सके अलिकती अन्न र अलिकती नुनको जोहो गर्न सके यो जाडो भरिओठबाट मुस्कानले भुइ झर्ने आँट गर्दैनथ्यो । अलिकती मट्टितेल ल्याउन पाए साँझमा घर अँध्यारो त हुन्थेन । पुग्नु पर्ने टाढा छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : धरतीलाई किन माया गर्दैन मान्छे

~प्रदीप लोहागुण~ भर्खरै लर्खराउँदै हिँड्न सिकेका तोतेबोलीका खोल्साहरुलाई हातेमालो गर्दै डोर्याइरहन्छ नदी। लामो यात्रा हिँडेर थाकी-गली पुगेको नदीलाई अँगालो हाल्छ सागर र छातीभित्र अटाउँछ। काँधमा चराको गुँड बोकेर सतर्क उभिबस्छ रुख

Posted in कविता | Tagged | Leave a comment

कविता : त्यो मान्छे

~लेखनाथ छेत्री~ हिँडदा हिँडदै कहाँ-कतिबेला छुटेछ साक्खे बाउको पखुरा टेकेर धर्खराउँदै त्यसले टेकेको पहिलो पाइला । पहिलोचोटि त्यसको कलिलो आँखाले छामेको त्यो निलो आकाश कतिबेला खुम्चिएछ । कहाँ खसेछ

Posted in कविता | Tagged | Leave a comment

कविता : ज्युँदा सामन्तिहरु

~लोक राज भट्ट~ जहाँ सार्बभौमिकताको सिमाङ्कनमा परधिनमा बाँच्छ सामन्ती मानसिकता एकाबिहानै बन्द सकडकबाट डोकोभरीको साग नबेच्दै फर्कन्छन दुखीआत्माहरु। जहाँ पढ्दा पढ्दै लडेको छोरो फेरी उभिन खोज्छ,

Posted in कविता | Tagged | Leave a comment

कविता : आर्यघाटको आन्दोलन

~बाबुराम पन्थी ‘गुल्मेली’~ मान्छेहरू हिड्न सम्म डराउने प्राय सन्नाटा छाउने मात्र लाशहरूको चिता जल्दै गर्दा चिच्याहट,रूवाबासी सुनिने ती आर्यघाटहरूमा आज फरक दृश्य देखिएको छ । शहिदहरूको आन्दोलन चलिरहेको छ । संयोग आज एक नेताको मृत्यु भएको छ । लाश लिएर … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अचेल सपनामा सँधै समय देख्छु

~दिव्या बज्राचार्य~ अचेल सपनामा सँधैसमय देख्छु पानीबाट गाडी चलेको कपडाबाट पक्की घर बनेको डोरीको भरमा आकाशमा बाटो बनेको लाशहरुपनि सास फेरेर हिडेको देश राम्रो भएको समय

Posted in कविता | Tagged | Leave a comment

कविता : न्यूयोर्कको जिजीविषा

~कृष्णराज खनाल~ साथी म आएँ अब तिम्रो उठ्ने पालो हो तिमी उठ र मलाई सुत्न देउ । मलाई अझै सुत्न मन छ तर म पाउँदिन किनकि बिहान भएपछि मेरो, रात परेपछि उसको पालो हो यहाँ सुत्ने

Posted in कविता | Tagged | Leave a comment

कविता : नयावर्ष आऊ तिमी

~योगेन्द्र गिरी ‘संघर्श’~ नयावर्ष आऊ तिमी हर्स , ऊल्लास र उमंग बोकेर आऊ नयावर्ष तिमी जोस जागर र चेतनाको लहर बोकेर आऊ नयावर्ष तिमी

Posted in कविता | Tagged | Leave a comment