Tag Archives: kabita

कविता : आऊ गरौँ सहमति

~शैलेन्द्रकुमार शाह~ ल्याइछाड्यौं आखिर हामीले नेपालमा गणतन्त्र गरौं लुट सबलाई छ छुट यही हाम्रो मूल मन्त्र खण्ड-खण्ड पारौं अब पहाड मधेस गाउँ सहर पूरा गरौं हामी सबले नयाँ राजा बन्ने रहर सुन्दर शान्त विशाल नेपाल हेर्ने इच्छा छैन कति आऊ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : तिहार रक-पप

~समीर मुखिया~ आजभोलि कान्छी तिमी कता छ्यौ कहाँ शून्य गाउँ छैनन बथान संगिनीका सब । भैलिनिले कति खोजि र’छा तिमीलाई यहाँ राती माटी पोत्ने दलानमा छैनन हेर अब ॥ पोतिएको छ घरगाउँ हिजोआज शहरिया रंगले मर्म छैन भैलिनिको मौलाउँदै पप-डिस्को … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : नबोदय

~रुमन न्यौपाने ‘अमन्त’~ आदि, अकडो अन्यको । बुझै, अकन्टक शशिलाई । आज एउटा अन्य भोली अर्को सुर्योदयलाई । अकपट त्यो निशा आदि हो नब लालीको । सोच,

Posted in कविता | Tagged | Leave a comment

कविता : जानिन

~टेकबहादुर सुनुवार~ आँसु झार्नु बृहत पिडा हो! उमंग मा पनि वेदना हुन्छ! पिडामा साथ दिने आफ्नु जाती हुन्न! वेदना पुछ्ने आफ्नै सन्तान हुन्छ! जब पिल्छिएको हुन्छ चोटहरु बजारिन्छ सपनाहरू बगरमा झिनो आशा रहन्छ जिउने यता कता!

Posted in कविता | Tagged | Leave a comment

कविता : भोजहरूमा अचेल

~सन्तोष लामिछाने~ भोजहरूमा अचेल देखिन्छ असुरक्षाका भ्रमले आशंकित मानवीय तरलता त्यहाँ, हाउभाउमा, कमै भेटिन्छन् सुखद, सम्मोहक, सर्वश्रेष्ठ सरलता त्यहाँ भेटिन्छन् सपनामा मातृभूमि देखेर गद्गद् बृद्धहरू पवित्र हाँसोका उपहार पस्कदै

Posted in कविता | Tagged | Leave a comment

कविता : सिमाना

~अभिसेक ढुङ्गाना~ खै के सम्झानु छिमेकले, घतगरि सुस्ता लुटेको दिन, छाती चिर्र चिरा परिकाना फुट्यो, सिक्किम फुटेको दिन | राष्ट्र यो रोयो झरेर बलिन्द्र आसु , आमा रुदै थिन पर बजो बनाई आमा को काख यो समय हसिरेको तर |

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्बोधन फूलको

~असिम सागर~ महोदय, तिमीले सुँघ्दैमा मेरो बास्ना रित्तिन्न तिमीले छुँदैमा मेरो सौन्दर्य मर्दैन तिमीले चोर्दैमा मेरो मुस्कान चोरिन्न मन्दिरमा जो-जो जान्छन् मलाई होइन, मेरो लाश लिएर जान्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : फर्काइदेऊ मेरो मनको एक जोडी परेवा

~अशेष मल्ल~ आज कतै गएर एउटा चर्को आवाजले चिच्याउँ लागिरहेछ मनका सबै लगाम फुकाएर आज कतै दौडूँ लागिरहेछ मन सधैँ पानी भएर बग्यो उठेर कहिले-काहीँ त आगो भएर पनि बल्न पर्थ्यो निर्मम चट्टानसँगको साउती र सम्झौतामा चुपचाप बग्दोछ यो मन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अक्षरको विरासत

~साम्ब ढकाल~ अक्षरहरु हिँडिरहे नपुगुन्जेल हिँडिरहे अक्षरहरु हिँडिरहे / हिँडिरहे । मान्छेहरुलाई भेट्न हिँडिरहे मान्छे भेटुन्जेल हिँडिरहे मान्छे फेला पार्न हिँडिरहे मान्छे फेला नपारेसम्म हिँडिरहे अक्षरहरु हिँडिरहे/हिँडिरहे ।

Posted in कविता | Tagged | Leave a comment

कविता : कविताको हत्या

~बीजे विद्रोही राई~ कविता ! कविता !! कविता !!! के कविता ? कस्तो कविता ?? किन कविता ?? म मेरो कविताको हत्या गर्न चाहन्छु म मेरो कवितालाई उखेलेर फाल्न चाहन्छु जो हृदयको वृन्दावनमा उम्रेर पनि देउराली भञ्ज्याङमा उम्रन सकेन पोर्नस्टार … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कमरेड ! तिमी कतापट्टीको ? कमाउ कि गुमाउ ?

~बलराम तिमिल्सिना~ कमरेड कमाउ हँसिलो छ अचेल रसिला कुरा गर्छ प्राय सवैसँग उसको लागि यही पार्टी महान छ महान छन प्राय सवै नेताहरू ऊ प्राय आफ्नै लालपूर्जा भएको घरमा बस्छ ऊ प्राय आफ्नै व्ल्युुवुक भएको चारपांग्रेमा चढ्छ प्राय सुट टाईमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : ओखरबोटे कान्छी

~कृष्ण वस्ती~ हिजोसम्म मेलापात, बजार सँगै जान्थी । आजभोलि तर्किहिंड्छे, ओखरबोटे कान्छी ।। तोरीबारीजस्तो रुप, हेरिरहूँजस्ती । पर्वतलाई नदीलेझैं ,घेरिरहूँजस्ती ।। आजभोलि छेउमा गए, भुर्रै उड्छे पन्छी ।

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : शून्यको परिधि

~केदार वाशिष्ठ~ एक दिनको समयको जोड एक दिनको आयु घटाउ भावनाहरुको गुणामा पीडाहरुको भागफल हात लाग्यो शून्य ! आउँदैनन् कुनै अङ्कहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : त्यो तिमी हौ

~लक्ष्मण श्रेष्ठ~ मध्यान्हको चर्को घाममा निधारबाट टप्किरहेका पसिनाका थोपाहरूलाई उत्साही हत्केलाले पुछ्दै, बिहानीको झण्डा बोकेर नव युगको आह्वान गरिरहेको त्यो तिम्रो खबर हो त्यो तीम्रो आकृति हो त्यो तिमी हौ। थाहा छ मलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : म भक्तपुर हुँ !

~न्हुछेरत्न बुद्धाचार्य~ चौवीस सय वर्षअघि देखि म ख्वप्रिङ्ग नामले प्रसिद्ध थिएँ सबैको आस्थामा थिएँ, हृदयमा थिएँ भक्तपुर नामले मलाई परिचित गराउने आनन्द मल्ल ! इँट बोकेर पाँचतले मन्दिर निर्माण गर्ने श्रमको इतिहास सिर्जना गरेर

Posted in कविता | Tagged | Leave a comment

कविता : भो देख्दिन सपना

~किरण थेबे लिम्बू~ मैले साँचेको सपनालाई विपनाले भाँचे पछि भो, देख्तिन, अरु झुटा सपनाहरु म, विपनामै ठगिए पछि, म हिँडेको समयलाई विगतले टेके पछि भो, फकिन्र्न त्यो बुढो अतीतमा मैले भोलिको बिहानी पाए पछि,

Posted in कविता | Tagged | Leave a comment

कविता : ऊ

~बिक्रम ज्ञवाली उ लड्यो , देशको निम्ति भनेर क्रान्ति मा लाग्यो , बन्दुक समातेर हिड्यो उ , भोक प्यास नभनेर सोच्थ्यो उ, एक दिन अधिकार पाउछु भनेर

Posted in कविता | Tagged | Leave a comment

कविता : बनाऊँ आफ्नै देश

~शारदा पुडासैनी~ नेताहरुको बुद्धि छैन बिगारे नि देश कैले आउने होला बुद्धि फुलिसक्यो केश सात पुस्तालाई थुपारेर जालान् नर्क तिर कहिल्यै तिनको सन्तानको हुन्न ठाडो शीर । नेपालको थिति कस्तो वाक्क दिक्क लाग्छ बताएर साध्य छैन बरु मुखै थाक्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : होडबाजी सडकमा

~होम सुनुवार~ सवारी साधनका होडबाजी सडकमा अरुभन्दा आफू अगाडि कट्ने अवसरमा ठूला गाडीले बाटो छोड्नै मान्दैनन् साना साधनहरु सही बाटोमा हिँड्दैनन् महङ्गा चालकहरु दाँया बाँया हेर्दैनन् साइकल मोटरसाईकलवालाले कसैलाई टेर्दैनन् बटुवा बाटोको बिचैबाट वारीपारी गर्दछन्

Posted in कविता | Tagged | Leave a comment

कविता : समय

~भिम बहादुर थापा~ यो त बग्दो समय विचित्र समय बिगत खोल्छ समय बर्तमान बोल्छ समय विछोड कोर्छ समय मिलन जोर्छ समय। ** यो त बित्दो समय एकोहोरो समय फेरो पक्डिन्छ समय मेहेरो मर्किन्छ समय संवेदना घोल्छ समय

Posted in कविता | Tagged | Leave a comment

कविता : अपुरो भो जिन्दगी

~गणेश पुर्बछाने मगर~ कुन मोडमा चालेछु नि पाइला मैले एकान्त पो रैछ ठाउ अघि जाने कुनै बाटो पाइन कुन समय र स्तिथि मा गासेछु नि प्रेमको साइनो मैले स्वार्थी रैछ उन्को मन चोखो माया मैले पाइन अन्जानैमा कस्तो खाले रोजेछु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : रङ्गीचङ्गी फूलहरु

~निरज भट्टराई ‘मनोरोगी’ ~ फूलहरु फुलेर मुस्कानको दियो छरिदिदाँ बगौचाको धाइमा पराई रापमा सेकि रहि फूलहरुको रङ्गीचङ्गी मुस्कान पातलिदै छ आफ्नै बगैँचाको मुस्कान, धिपि धिपिमा

Posted in कविता | Tagged | Leave a comment

कविता : पक्षघातले पीडित मेरो देश

~आचार्य प्रभा~ अचेल मेरो देश … पक्षघातले पीडित छ पोख्त डक्टरहरुको अभावमा असम्भव छ यो रोगको निराकरण हुन किन कि, यहाँ डक्टरहरुको माथिङ्गल नै स्वार्थ र पद्लोलुपताको होड्बाजिमा भौतारिरहेको छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : छाडी जाने लाई

~अभिसेक ढुङ्गाना~ छुटे पछि हाम्रो साथ तिमीले बाटो नफेर्नु है, म तड्पीएनी छट्पटी मा, पछि फर्की नहेर्नु है , पछि फर्की नहेर्नु है | गल्ति तिम्रो हैन, मेरो हो तिमिललाई विश्वास गरे , तिम्रो झुटो दिलासा को सदै भरि आस … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पारिलो किरणका ओसिला रेखाहरु

~रश्मिला कवाङ ‘रश्मि’~ पारिलो किरणका ओसिला रेखाहरु झिस्मिसे उज्यालो संगै काला मडारिएका सेताकाला वादलबाट उकुसमुकुस संगै तेर्सिएका तिम्रा आशाका सुनौला दिपशिखाहरु पक्कै पनि सपनाका सुन्दर संवाहक होलान् अरन्यरोदनमा रुमल्दै रुमल्दै बढेका होलान् पथहरु सायद कृतिम स्वार्थ पुर्ण युगमा पटकपटक दोहोरिए … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : परदेशी

~बाबुराम पन्थी ‘गुल्मेली’~ हाम्रो मायाँ र प्रेम पनी यो जुनिमा क्षितिज जस्तै भयो उनी संगै जिउने सुन्दर सपनी पनी हिंउ जस्तै पग्ली गयो गरिबीले छाडेन संगत कहिल्यै हिड्नै पर्यो चारो जुटाउन पुग्दो रहेनछ सबै लाई चखेवा जोडी जस्तै साथमा रमाउन

Posted in कविता | Tagged | Leave a comment

कविता : नववर्ष

~प्रतिमान सिवा~ परिक्षामा मास्टरले टक्टक्याएको भाटा झै, रजस्वलामा आमैले बोकेको टाटा झै, दिन प्रतिदिन गर्दै मनका पानामा उब्जेका कलुषित भावनाहरु, बैरिहरुले हर्षमा देखाएका शान्तावनाहरु लत्पतिएर पोतिएका दागहरु मेटाउँदा मेटाउँदै

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो शहर

~दिलिप योन्जन~ सागुरो बाटोमा भब्य-भब्य घर छ नपाइने केही छैन, सबै पाइन्छ पैसामा मात्रै………………….? असख्य निस्सहाय छन् भोक र रोगले तड्पेका छन् वेदना र पीडा बोकी बाँचेका छन् धर्ती ओछ्यान आकास सिरक बनाएका छन् बाँच्ने आसमा माग्दै हिडेका छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : बाबा ! भन्नुस न कहिले अाउनु हुन्छ ?

~प्रद्मुम्न जोशी~ कसैले पनि तिम्राे बाबा कहिले अाउनुहुन्छ भनेर नसाेधिदिए हुन्थ्याे हरेक दिन हरेक पल म याे प्रश्न अाफैसंग साेधीरहेकाे हुन्छु अनि, जवाफमा अाँसु बाहेक मसंग कुनै उत्तर हुँदैन, बाबा खाेज्न हामी कुन निकायमा पुगेनाै कुन कायर्लयकाे ढाेका ढकढक्याएनाैँ सहयाेग … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा

~डा. दीनबन्धु शर्मा~ जब साउनमा झम्म बर्खे बादल बर्सियो धर्ती शीतल भो शान्त अनि आकाश उघ्रियो त्यसै बेला बलेनीमा व्यथा लाग्यो कठै बस्यौ अनि पीडा खपी हाँस्यौ जन्मेँ म जननी भयौ

Posted in कविता | Tagged | Leave a comment

कविता : अस्वीकार !

~दिवाकर स्वप्नील~ एक स्वर्णिम दिन, म खुशी थिएँ मृत्युबोधले रमाउँदै थिएँ आफ्नो मृत्यु उत्सव। नवजात मैनले तय गर्नुथियो आफ्नो गन्तब्य कलिलो दीप खोज्दैथियो बैँश छर्न! उसलाइ मार्न छुट छ र कसैलाइ ? पूरा गर्न दिएँ दीपलाइ-आफ्नो धर्म ! ठीक तिमी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : शार्दूल-सञ्चारिणी

~कनकधारा स्वामी स्वदेशानन्द~ छन्द : शार्दूलविक्रीडित मर्स्याङ्दी तटमा हिमालमनिको सानो छहारीमनि गौरी,माधव,शान्ति,कान्ति कलिला हाँस्थे र बाँच्थे पनि। आयो काल लग्यो लग्यो परपरै अल्पेर गौरी गईन्। गौरीको शवदेखि दिव्य रचना जन्मेर ‘गौरी’ भईन्।।01।। गौरी माधवकी, कथा विरहकी, साहित्यकी सुन्दरी। ‘गौरी’ प्रेम … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment