Tag Archives: kabita

कविता : आमी भालोवासीः म माया गर्छु

~माधव घिमिरे~ हृदयमा मधु हजुर, अधरमा हाँसी विश्वकवि ! बोलिरै’छौ –आमी भालोवासी आमी भालोवासी आज स्वर्णप्रभातमा रविलाई देखेँ रविबिम्बभित्र त्यही छविलाई देखेँ तिमी आफ्ना सिर्जनामा सधैँ अविनाशी

Posted in कविता | Tagged | Leave a comment

कविता : रित्तो भो अन्तुडाँडा!!

~एकु घिमिरे~ रित्तो-रित्तो लाग्छ यो टारबारी बा’कै झल्को दिन्छ त्यो बाँसघारी। बाबा!खोजी गर्छ लोटा र भाँडा बाबा जाँदा रित्तो भो अन्तुडाँडा!! ढाका टोपी चट्ट् लाएर हिंड्ने गुन्गुन् गीत गाएर हिंड्ने।

Posted in कविता | Tagged | Leave a comment

कविता : भान्जी किमाथाङ्कालाई पत्र

~बालकृष्ण पोखरेल~ भान्जी किमाथाङ्का ! मेरी भृकुटी दिदैकी प्यारी छोरी किमाथाङ्का ! मेरा स्रङचन भेनाको काख खुँद्ने किमाथाङ्का ! तिमी कति निष्ठुरी ! बाफ्रे ! कति अल्छे बानीकी अभिनेत्री तिमी ! हर्र मोटर चढेर आउँदिनौ तिमी मोरङ । भान्जी ! … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सजिब चित्र तिमी

~रुमन न्यौपाने ‘अमन्त’~ मेरो कथामा छुटेको पात्र तिमी मेरो संगीतमा छैनौ तिमी गरु म तिमीलाई लयमय बासुरीमा ? भो गाउँदीन तिमीलाई बेसुरमा । चुम्बन गर्दै आलीङ्गन गर्दै मस्त तिम्रो बक्षस्थलमा लरबराउँदै मदको सुरमा तिमै्र नाम कराउदै गरु म तिमीलाई लयमय … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : छोरा,छोरा र छोराहरू नै

~जयन्ती ‘स्पन्दन’~ सामञ्जस्यताको अभावमा मेरा पुर्खाका आग्रहमा अन्तरे,जन्तरे,लखन्तरे….र पानीमन्तरेपछि मेरी आमा अझै पनि छोरा,छोरा र छोराहरू नै जन्माउन तम्सिरहिछन् हरबखत खिया लागिसकेको गर्भाशयमा बोकेर केवल एउटा अन्त्यपछिको अस्तित्वबोधका लागि। मेरा बाबा अझै पनि भोका र निवस्त्र आँखा लिएर

Posted in कविता | Tagged | Leave a comment

कविता : पँलास पनि फूल हो

~समा श्री~ गमलामा तिमीले रोपेको बोट कठ्यांग्रिएको छ तुषारोले खाएर पातहरू पँहेलपुर हुँदै झरेका छन् थुप्रिएका छन् बोट मुनि यादहरू बनेर सम्झ त

Posted in कविता | Tagged | Leave a comment

कविता : महामानव गौतम बुद्ध !

~न्हुछेरत्न बुद्धाचार्य~ ‘बुद्ध यो शब्दको महिमा अपार शाक्यमुनिको बौद्ध दर्शन विश्व शान्तिको महान सन्देश हो यो भूमण्डलमा संदियौदेखि अँध्यारो पथमा ज्ञानको ज्योति प्रज्ज्वल गर्नुहुने सर्वाथसिद्ध ! परिवर्तनशील समाजका युगान्तकारी महामानव दासयुगमा समानताको शंखनाद गर्नुहुने

Posted in कविता | Tagged | Leave a comment

कविता : साल्मी र शिवा

~सञ्जु शिल्पकार~ साल्मी, च्यातिएको तिम्रो पछ्यौरीको निम्ति न्यायको सट्टा उनीहरू, पानीका फोहरा, अश्रुग्यास बर्साइरहेछन्। तिम्रो पछ्यौरीसँग धेरैधेरै तिम्रा संगीहरूको मुटु जलिरहेको छ।

Posted in कविता | Tagged | Leave a comment

कविता : लोकतन्त्रको अस्मिता

~मणिराज सिंह~ समयको बटुकोमा जमाएर स्वाभिमान माछाको टाउकोसित देश टोकिखानेहरूले कालसर्पको यज्ञकुण्डभित्र चेतनाहरू डढाएर रगतको काँचो इतिहासमा अनुवाद गर्नेछन् मनको कोलाज त्यतिखेर, कलिला नानीहरूलाई उच्छृङ्खल इन्द्रेणीसित

Posted in कविता | Tagged | Leave a comment

कविता : पर्खँदै छु उज्यालो म

~निर्मोही व्यास~ छ भस्मासुरको राज्य, चौतर्फी अन्धकार छ पिशाची हूल गस्तीमा बस्तीमा वार–पार छ विवेकी र इमानीका निम्ति तैयार छन् चिता कर्कलोझैं गलेको छ रापिएर मनुष्यता भूतका भागमा भोज, भनिन्छन् ‘भतुवा’ हली

Posted in कविता | Tagged | Leave a comment

कविता : अतितका ईन्द्रेणी पल

~राज थापा~ आज खोज्दैछु तिमीलाई अतितका यादहरू पल्टाई जतनले राखेको त्यो फोटो घरी घरी हेर्छु चस्मा लगाई

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : श्रीमती र रिमोट कन्ट्रोल

~गोबिन्दसिंह रावत~ श्रीमती यदि रिमोटबाट चल्ने भइदिएको भए आफूले चाहेको बेला अन गर्थें नचाहेको बेलामा अफ गर्थें मन परेको कुरा गर्दा सुनी दिन्थें डुल्ने र किन्ने कुरा गर्दा बन्द गरी दिन्थें । आधारातमा साथीभाइ र पार्टीबाट फर्किंदा

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गीति कविता : परदेशीलाई कुर्दाकुर्दै

~सजल महेश आचार्य~ परदेशीलाई कुर्दाकुर्दै बित्ने हो कि जीवन आँखाभरि खुसी बोकी कैले आउला त्यो दिन ? बिर्सियो कि निश्ठुरी भई, पठाउँदैन खवर आफैं भेट्न जान्थें बरु, कुन होला शहर ?

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : हार जित र कैद

~निरज भट्टराई ‘मनोरोगी’ ~ सिन्धुपाल्चोक जिल्ला सदरमुकाम यात्रा कटि बनदेउ नाका मेरो प्रारम्भ यात्रा । लाग्छ यस प्रकृतिय यात्रा सल्लाका सितलता ले मलाई कैदी बनाई आफ्नो कैद बाट उम्कन एउटा संघर्षशिल पडाउ पार गर्न मजबुर गर्दै छ जन्म सङ्घर्षको यात्रा मानसपटलमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : इज्जत र प्रतिष्ठा

~दिलिप योन्जन~ फेवातालमा हाँस्ने माछापुच्छ्रे विश्वसामु नझुक्ने सगरमाथा राष्टियता र प्रतिष्ठाको लागि जोश, जाँगर र प्रतिभा जगाई हामी बिर गोर्खाली इज्जत र स्वाभिमान बेचेर खुशियाली कसरी मनाउँछौ मसँग।।।।

Posted in कविता | Tagged | Leave a comment

छोक : दशैं ताका

~लक्ष्मी प्रसाद देवकोटा~ त्यो बोकोले खाइरहेछ खास घाँस ! हामीहरुको आर्कै यहाँ छ अनाज, काँढा, काँढा !

Posted in कविता | Tagged | Leave a comment

कविता : बकैनाको रुख

~मनु कन्दङ्वा~ काठेचराले ठुँगेर ध्वन्द्रो बनाएको त्यो बूढो बकैनाको रुख आजकल ब्याङ्पाटेको गुँड बोकेर उभ्भेको छ तन्नेरी छउन्जेल लुछ्यो कति चिउला भन्दै राम्रो सँग

Posted in कविता | Tagged | Leave a comment

कविता : घडी

~विमल निभा~ हत्याराले धेरै चीजबीजहरू छाडेर गएको थियो केही महत्वपूर्ण थिए जस्तो कि छुरा, आतङ्क र एउटा घडी

Posted in कविता | Tagged | Leave a comment

कविता : वे प्रवाह मोहब्बत

~बाबुराम पन्थी ‘गुल्मेली’~ दूर क्षितिज माथीको बादल त्यो भन्दा पनी माईलौं टाढा एक्लै बस्ने तिम्रो परदेशी साँच्चै तिमी लाई वे प्रवाह मोहब्बत गर्छ जसरी हिमाल पहाड समतल हुँदै वे प्रवाह प्यारको इजहार गर्दै समुन्द्र भेट्न आतुर नदीहरू जस्तै ! तिमी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पुतली

~लक्ष्मी प्रसाद देवकोटा~ म रङ्गीचङ्गी छु वसन्त छोरी । म जन्मिएँ कोकिलले कर्राई ।। झुसिल्किराको सपना सिँगारी । दिए पखेटा प्रभुले मलाई ।।१।। म हूँ पहीली बुझ पङ्खदार । वसन्तको फूल लिँदी सिँगार ।। कता कताको सुकुमार सार । फुलेर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमीले मलाई बिर्स्यौ भने

~नेत्र एटम~ काँढाहरुले घेरिएको गाढा रातो गुलाब फुल्न छोड्ने छैन हिमनदीको हिउँ पग्लन र आकाशको नीलिमा चम्कन छोड्ने छैनन् ऋतु बदलिइरहने छ तिम्रो मनजस्तै झरी परिरहने छ

Posted in कविता | Tagged | Leave a comment

कविता : जुठी दमिनिको अभिव्यक्ति

~पारिजात~ जदौ हजूर…. मालिक अलिक टाढै बस्नुस् नाउँ लक्ष्मी, आमाको एउटी छोरी न जेठी न कान्छी न ठूली न सानी गरीबको घरमा बत्ती बलेकी थिएँ हजूर बत्ती । तर कर्मको खोटी अलच्छिन् मोरी

Posted in कविता | Tagged | Leave a comment

कविता : म कवि बन्न चाहन्नँ

~संगीत स्रोता~ कविता पढिरहन्छु म सधैं लेखिरहेको पनि छु कहिलेकाहीं तर पटक्कै छैन मलाई रहर कवि कहलिएर बाँच्न मलाई थाहा छ कविताको पुस्तकमा उल्लेख

Posted in कविता | Tagged | Leave a comment

कविता : सुन्तलाको रस

~सरस्वती प्रतीक्षा~ जति निचोरे पनि मेरा कविताहरुलाई एक थोपा पनि झर्दैन सुन्तलाको रस ! के कविता हसुली वा कल्ली हो ? वा कुनै झुमरा नाच हो कविता ?

Posted in कविता | Tagged | Leave a comment

कविता : आऊ सामुहिक आत्महत्या गरौँ

~हाङ्ग्युग अज्ञात~ हिनताबोधको ठर्रा सुँघेर प्रतेक साँझ मर्नु भन्दा राष्ट्रको उन्नतिको कामना गर्दै एक्लै कुनै कुनामा होइन खुलामन्चमा एकजुट भएर सिघ्र संविधान बनोस् भन्ने परम् प्रार्थना गर्दै यो भट्टी पसल जस्तो देशमा आऊ सामुहिक आत्महत्या गरौँ !

Posted in कविता | Tagged | Leave a comment

कविता : चिनारीको खोज

~अविर खालिङ~ आकाश नपाएका सपनाहरु हाम्रा हुन् वेग नपाएका उडान हाम्रा हुन् नाम नपाएका बेवारिस उत्सर्ग कती टुहुरा छन् समर्पणका कती कथा लांक्षित छन । सीमानामा सपनासँगइ कती मरे हाम्रा बाबुहरु चिया टिप्दै, कुलेन गोड्दै कती सडे हाम्रा बाजेहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : आवश्यकता मेरो देशको

~पूर्ण मुनंकर्मी~ हिमाल, कुनै नवदुलहि बिनसित्ति सासुको गालि खांदा माइती सम्झेर एकान्तमा शुष्क शुष्क रोए जस्तै हिमाल शिखरहरु पर्यावरणका िहंस्रक खुर्पाको चोटमा निशब्द बगाउँदैछन् हिउँका आँसु

Posted in कविता | Tagged | Leave a comment

कविता : रूम्तेककी सोनाम

~प्रवीण खालिङ~ सोनाम हिमालकी छोरी तिम्रो आँगनमा न्यानो घाम छामेर उभिएको छु, धान फलेको तरेली-तरेली गह्राहरू सुनको सपना लागेका छन्। 0 0 0 0 हो सोनाम तिमी एका बिहानै उठेर विश्व शान्तिको प्रे ह्वील घुमाउछ्यौं

Posted in कविता | Tagged | Leave a comment

कविता : मैले भोगेको कोरिया

~प्रगति राइ~ प्रिय ! मैले ‘हरियाली कोरियासँग’ भनेर प्रेमपत्र लेखेको थिएँ तिमीले त ‘हारियो कोरियासँग’ भन्ने पढेछौ क्यारे ! जवाफ कहिल्यै लेखेनौ । छुट्नुको पीडा लेख्दिनँ म रुनुको पीडा लेख्दिनँ म दुनियाँले लेखेको कुरा लेख्दिनँ म सुनेथेँ –

Posted in कविता | Tagged | Leave a comment

कविता : गाउँले कविको गीत

~चन्द्रवीर तुम्बापो~ मैले नै उमारेको हुँ मेरै मेहनतले यो डाँडा यो पाखामा हरियो मुस्कान मेरै मुटुको रङ पैँचो लिएर रातो अझ रातो फुलेका हुन् यी गुराँस मेरै रगतको टाकुरामाथि थपक्क अड्याएर राखेको हुँ यी चमकदार हिमाल ओ यो सहरको वरिष्ठ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : के दिवस रे?

~प्रणिका कोयु~ हरेएएएएएएएएए शिव! तिम्रो भागमा नि रहेछ एक दिन! थाहा थिएन हर्ष न विस्मात है मलाई त किनकि म कहाँ तिमी आउने पल बेटुंगो कहिले गुडिरहेको गाडीमा कहिले खाइरहँदा मेरो थकानमा

Posted in कविता | Tagged | Leave a comment

कविता : अनुरोध

~सुबेश घिमिरे~ झर्‍यो पात एक, इतिहास लेखी, कोपिला त्यो फक्‍र्‍यो सपना समेटी । ‘म फुल्नु छ ! फुल्छु !!’ कोपिलाले भन्छ, ‘त्यसैमा म भुल्छु !!’ भ्रमरा कहन्छ ॥१॥ मिले हात तिम्रा, म बढ्थें अगाडी, पाए साथ तिम्रो सबै बिघ्न नाघी … Continue reading

Posted in कविता | Tagged | Leave a comment