Category Archives: नियात्रा

नियात्रा / Travelogue

नियात्रा : कोशी तर्दै कन्चनपुर

~कुमार खड्का~ यतिखेर म बौलाएको सप्तकोशी तर्दै कन्चनपुर पुगेको सम्झिदै आङ् जिरिङ्ग हुने यात्राको कुरा गरिरहेछु । लोकसेवा आयोगको परीक्षा दिन म दमकबाट बागलुङ्तिर हानिएको थिएँ । यो यात्राक्रममा कोशी तरेर सप्तरीको कन्चनपुर पुगेको सम्झना विचित्रको छ । मानिस आफ्नो … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : नेपाली टुरिस्टहरुको गोसाईकुण्ड यात्रा

~जे.बी. शेर्पा ~ हुनत मेरो परिवारमा पर्यटक वा पर्यटन व्यवसायसंग सम्बंधित कोहि नभए पनि मलाई भने गाउँमा सानै छंदा देखिनै ट्रेकिङ्ग मा आउने बिदेशी हरु र उनिहरुका रंगी चंगी पाल र सरसामान हरुले भने मेरो मनै कताकता पुरयाई दिन्थ्यो र … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : कर्णालीसँग जिस्किँदा

~केपी अनमोल~ उनलाई नजिकबाट स्पर्श गर्ने मेरो पहिलैदेखिको सपना यसपटक समयले पूरा गरिदिँदा म कम्ता खुसी छैन । सधँै कति अप्रत्यक्ष वार्तालाप र मिठा कल्पनामा डुब्नु भन्दै यसपटक म भेट्न आउने कुराले उनी पनि खुसी थिइन् । राजधानीको उकुसमुकुस चिर्दै … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : हारवर्ड, हटडग र एक्लो नेपाली

~बिपुल सिजापति~ म अहिले समरभिलको एक अपार्टमेन्टमा छु । यताको सेप्टेम्बर महिना, उताको असोज, बाहिर शरदको चिसोचिसो सिर्सिरे हावा त्यता जस्तै यता पनि बहिरहेको छ । यो हावामा एउटा खास मीठास छ, खास आकर्षण छ, खास मोहनी छ, विशेष शक्ति … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : आधा घण्टाको यात्रा

~गिरीप्रसाद बुढा मगर~ एक ठाउँमा एउटा रहर लाग्दो, कलकलाउँदो जिउ भएको नव युवा भेटियो। अपरिचित भएता पनि उसको शिष्ट बोलीवचन तथा व्यवहारको कारण उक्त नव युवालाई मैले निकै मन पराएँ। उसँग आधा घण्टा सँगै यात्रा गर्नु पर्ने भयो। परिचयको क्रममा … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : कपिलवस्तुदेखि चन्द्रनिगाहपुरसम्म पुग्दा

~रेम राना~ गणतन्त्र, राष्ट्रियता र शान्तिको पक्षमा तथा संघीयताको विरूद्धमा राजमोले देशव्यापी जनअभियानको घोषणा गरेको थियो। रक्तिम अभियानले पनि बुटवलमा मंसिर १५ देखि पौष १ सम्म राष्ट्रिय प्रशिक्षण र भेला सम्पन्न गरी ०६७ पौष देखि ०६८ असोजसम्म वार्षिक कार्यतालिका तय … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : युरोपका युवतीहरु

~युयुत्सु आरडी शर्मा~ डेनहाग्, नोरदेन्डेका साँघुरा गल्लीहरुमा देख्नेछौ तिमी जताततै मात्र ती झ्याले पुतलीहरु हिन्दुका चौरासी हजार देवीदेवताका मूर्तिहरुझैँ वाराणसी वा काठमाडौँका गल्लीहरुमा

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : यार्सा जिन्दगी

~भीष्म उप्रेती~ नेपालगञ्जमा जेठको महिना । घाम हुर्हुरी बलेको आगोको डल्लो बनेको थियो । त्यसमाथि अव्यवस्थित शहरमा अव्यवस्थित यातायातका साधनले उडाएको धूलो, धूवाँ र हर्नको चर्को आवाज । दिउँसो बाहिरफेर निस्कन सकिने अवस्थै थिएन । चिसो वातावरण एउटा प्यास बनेको … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : टापु-टापु

~जीवा लामिछाने~ श्यामश्वेत जीवनको पानालाई भ्रमण र मनोरञ्जनले रंगीन तुल्याउन यसपटक नयाँ वर्ष र क्रिसमसको छुट्टीमा म, विन्दिता, अनुराग र अनुकृतले प्रकृतिको सुन्दरतम् देश माल्दिभ्स जाने योजना बनायौँ। त्यसो त माल्दिभ्स रिसयनहरूको निकै लोकप्रिय गन्तव्य पनि हो। क्रिसमस र नववर्षको … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : चेपाङ गाउँको हरियाली

~मीनराज वसन्त~ असोज ३ गतेको कुरा हो । हामी आफैंले थाहा पाएनौं, खै कुन ढङ्गबाट चेपाङ गाउँ पुग्ने अनपेक्षित योजना बन्यो । केही समयपूर्व चेपाङ जातिका मानिसहरू कस्ता हुन्छन् भन्ने उत्सुकताले नमीठोसँग चिमिटोरहन्थ्यो । सत्य भनूँ, नेपालमा दुर्लभ मानिएका राउटेलाई … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : ओझेल परेको भुस्वर्ग

~जय बहादुर घिमिरे~ मैले महिनामा जसरी भए पनि कम्तिमा एउटा सम्म आर्टीकल लेख्न प्रण गरेको छु । त्यसैले विगित २ बर्षदेखि हालसम्म मैले लगभग ४० वटा जति आर्टीकलहरु (लेख, निबन्ध, संस्मरण कथा, कविता, मुक्तक, गीत आदी) लेखेको छु । जीवनको … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : जीवन : उत्तरार्धमा पुगेपछि

~राजेन्द्रप्रसाद अर्याल~ तिसौँ वसन्त पनि पार नगर्दै वैधव्य जीवन अँगाल्न बाध्य निरक्षरी मालतीले दुखजिलो गरेर भए पनि एक्लो छोरालाई एस.एल.सि.पछि काठमाडौँमा राखेर एम.ए.समेत गराइन् । गाउँमा उनको मुक्तकण्ठले प्रशंसा भयो । उदाहरणीय बनिन् । छोराले पनि क्रमशः प्रगति गर्दै गयो … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : टाइगर नेस्ट उक्लँदा

~रोशन शेरचन~ मैले रेड पान्डा आफ्नो प्यारो वन्यजन्तु बताएपछि भुटानी साथी छिरङिले थप्यो, “त्यसो भए तपाईंलाई आज रेड पान्डा बियर खुवाउँछु।” रेड पान्डा बियरको नाम सुनेर म खुसीले उचालिएँ। उसले सोयस र मलाई थिम्पुको बारमा लिएर गयो। बार मूल सडकबाट … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : रोसीका हजार छाल

~युवराज नयाँघरे~ वैशाखको पहिल्यै दिन थिएँ म रोसी तीरमा ! विचित्र हुन्छ कहिलेकाँही । यदाकदा नसोचेकै कुराको जोरजाम हुन्छ । हठात्मा घुमन्ते भइन्छ, जोहो न सोहो । मेलोमेसोविनै डुलन्ते हुन पुगिन्छ । अपुताली लाभ भनेकै यै होला—अचम्मैले घुमघाम गर्न पुगिन्छ … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

यात्रा संस्मरण : उकाली ओरालीहरुमा

~निशान यात्री~ निशान भाई सुन्यौ ? हजुर भन्नुस दाई ! म सुन्दै त छु हजुरको कुराहरु पोखरा देखि यहाँ सम्म । यो ठाउँलाई सल्यान भन्छ नि भनेर दाइले मलाई जिल्याई दिनु भयो । सल्यान त बुटवल हुँदै पश्चिम गए पछि … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

यात्रा–संस्मरण : ग्याँसचेम्बरको साँझ

~कृष्ण धराबासी~ जर्मन उत्रिनासाथ जुन जाडोले स्वागत ग¥यो । त्यो त्यति डरलाग्दो थिएन । काठमाडौंमा देखाइएको जस्तो डरलाग्दो थिएन यो तर दिन धुम्म थियो र चिसो सिरेटो चलिरहेको थियो । हामी पृथ्वीको यस्तो अर्काे भागमा उत्रिसकेका थियांै, अब आफू जन्मेको … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

यात्रा संस्मरण : ज्यामरुङको तीतोमीठो

~कञ्चन अर्याल~ स्थानीय विकास मन्त्रालयको एउटा कार्यक्रममा सहभागी हुन गत हप्ता धादिङ जाने अवसर मिल्यो। टोलीमा काठमाडौंबाट राष्ट्रिय समाचार समितिका भीष्म ओझा, सेतोपाटीका प्रकाश ढुंगाना र म थियौं। करिब ११ बजे धादिङ पुग्यौं। ज्यामरुङसम्म पुग्ने योजना थियो। जिल्ला विकास समितिले … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

यात्रा संस्मरण : युरोपदेखि बाटैबाटो नेपाल

~अर्पण शर्मा~ युरोप आएको साढे दुई महिनापछि म फर्किने तर्खरमा छु। हेलसिन्की (फिनल्यान्ड) को यो स्टेसनबाट छुट्ने रेलले मलाई भोलि दिउँसो मस्को पुर्‍याउनेछ। म यसकारण उत्साहित छैन कि मैले बितेको साढे दुई महिना युरोपका कुनाकुना घुमेर बिताएँ। बरु, अबको मेरो … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : म लाहुरेको लाहोर यात्रा !

~विजय चालिसे~ “विजय सर, यसपालि साफ्मा सम्मेलनमा तपाईं पनि जानुपर्छ है, मैले नाम पठाएको छु ।” साफ्मा नेपाल च्याप्टरका अध्यक्ष वरिष्ठ पत्रकार गोपाल थपलियाको फोन सुनेपिछि नै म लाहोर भ्रमणको मीठो कल्पनामा हराउन थालिसकेको थिएँ । मेरो वीरता र यायावरी … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

यात्रा संस्मरण : परिचित बाटोको अप्ठ्यारो यात्रा

~सुनील न्यौपाने~ कुरो २०५८ सालको हो । मैले बिराटनगरको स्नातकोत्तर क्याम्पसमा पढाउन थालेको दुइ बर्ष टेक्दै थियो । त्यतिबेला सम्भवतः क्याम्पसकै सबैभन्दा कान्छो माष्टर थिएँ म । भनिन्छ नी ‘नयाँ जोगीले धेरै खरानी घस्छ ।’ ठ्याक्कै त्यतिबेला आफूमा पनि निक्कै … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

यात्रा संस्मरण : इराकका रातहरू

~केदार सुनुवार ‘सङ्केत’~ रातको ड्यूटीले गर्दा दिनमा सुत्नु स्वभाविकै ठान्छू म । तरपनि रातमा सुत्नुको मज्जा जस्तो दिनमा के खाएर होस र ? टेक्स मेसेज हो या भ्वाइस मेसेजको हो मोबाइलले सङ्केत दिन्छ । म­ अल्छे पाराले आँखाको ढकनी उघार्छु … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : थाई बिमानमा तीन घण्टा एउटी परीसँग

~राजेन्द्रप्रसाद अर्याल~ सामान्यतया मैले आफ्नो झोला अघिल्लो दिन बेलुका नै तयारी गरेँ । छोटो भ्रमण भएबाट धेरै सामान त के थियो र नै । आफ्नो लुगा कपडामा भन्दा कागजपत्रहरूको सन्दर्भमा म विशेष सचेत र सतर्क थिएँ । मैले नेपालको तर्फबाट … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

यात्रा संस्मरण : उत्तरी इजराएलको रमाइलो घुमघाम

~दिप्स शाह~ १८ अप्रिल २०११ ओहो फेरी सन्ग्लास छुटेछ! हुत्तिएर घरभित्र पसेँ, कालो ढ्याब्रे चस्मा समातेँ र एकै श्वासमा बाहिर हुत्तिएँ। घुम्घामको दिन मेरालागी सँधै हतारोको लतारो हुन्छ। अरुको नुनपानी जो खाएकोछु, आफु मात्र नभएर अन्नदाता चिपोरा जसलाई म भन्छु … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : संसारको सबै भन्दा सानो सहर ‘दुर्वी’मा एक दिन

~कृष्ण बजगाईं~ ‘संसारको सबैभन्दा सानो सहर ‘दुर्बी’मा तपाईंलाईं स्वागत छ ।’ ब्रसेल्स, बेल्जियमको ब्यस्त सडकमा गोरा छाला भएका मानिसहरु हरे राम… हरे कृष्ण… भजन गाउँदै हिँडेको पहिलो पटक देख्दा छक्क परेर हेरिरहेको बेला सुरीलो आवाज कानमा ठोक्कियो । यसो नजर … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : धम्पुस यात्रा र लालीगुराँस जस्तै चोखा मनहरू

~तुलसी प्रवास~ धेरैले भनेका छन् – जीवन एउटा यात्रा हो । जीवनका हरेक क्रियाकलापहरू यात्रामा निस्कँदा भेटिने संयोग मात्र हुन् । मानिसको जीवनमा कतिबेला कुन अवस्था आउँछ, केही थाहा हुँदैन । जीवनरूपी यात्रामा यात्रा गर्दा झनै आनन्द आउँदो रहेछ । … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : घान्द्रुकसँग घम्साघम्सी

~युवराज नयाँघरे~ सिङ्गो जिल्ला त एउटा टोल पो ! नयाँ पुलको अर्को नाम रहेछ, सल्ल्यान । राप्ती अञ्चलको सल्ल्यान जिल्लामा थिएनौँ—गण्डकीको एउटा टोलमा यतिखेर थियौँ हामी । पोखराबाट सँगै आएको नागबेली बाटो लर्कियो बाग्लुङतिर । हो, त्यहीँबाट बाटो छुट्टिँदो रहेछ … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : ‘विश्व पार्क’मा बुद्ध र सगरमाथाको खोजी

~डा. रवीन्द्र समीर~ सञ्चारको सञ्जालले संसारलाई एउटा ‘विश्व–ग्राम’ बनाइरहेको छ, त्यस्तै संरचना, संस्कृति एवम् रहनसहनको त्रिवेणीले बेइजिङको दक्षिण पश्चिममा रहेको फेङचाई जिल्लामा अवस्थित ४६.७ हेक्टर क्षेत्रफलमा पैmलिएको अनुपम, सुन्दर, शान्त विशाल ‘वल्र्ड पार्क’ जस्तो रमणीय स्थल संसारमा विरलै होलान् । … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : खुसीमन भित्रको तीक्तता !

~राज थापा~ प्रवासको लामो समय पस्चात जन्मभूमी पुग्दाको खुसीको बयान गर्न नीकै गार्हो पर्छ मलाइ ! त्रिभुवन अन्तर्रास्ट्रीय बिमानस्थलमा प्लेन बाट तल ओर्ली मातृ भुमीमा पाईला चाल्दाको त्यो अनुभब ” बचपनमा आमाको काख बाट ओर्लीदै आफू जन्मेको घरआँगनमा छुनुमुनु गरेको … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : ब्राजिलको पहिलो भ्रमण

~डीग बहादुर तामाङ्ग~ गत अक्टोबर महिनाको १४ तारिख राती १०ः३० बजे युनाइटेड एयरलाइन्सको ल्फाईट नं. ८६० मा चढेर अमेरिकाको राजधानी वासींगटन डिसी स्थित डलास अन्तरराष्ट्र्यि बीमान स्थलबाट उडें । भर्जीनीयको नर्थक्यारोलाइना, जर्जिया, ल्फोरिडा राज्यको किनार हुंदैं सो हवाई क्यूवा, त्यसपछि … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

यात्रा साहित्य : सामुहिक रुपमा नाङ्गै नुहाउँदा

~कृष्ण प्रसाई~ समुद्रसंग छुट्टिएको टापु होक्काइडो सम्म पुग्न हवाइजहाजको सुविधा भए पनि यसअघि कहिल्यै नगरिएको त्यति ठूलो पानीजहाजको महासागरीय यात्रा आफैमा रोमान्चक लाग्नु स्वभाविकै थियो । बिहान नौ बजेतिर सुबिधा सम्पन्न बसबाट टोकियो बस टर्मिलनबाट हामी उत्तरतिरको यात्रामा निस्केका थियौं … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

यात्रा साहित्य : नयाँ मुलुक घुम्न जाँदा

~खगेन्द्र संग्रौला~ अचम्म भयो । उन्मादी उत्तेजनाको चुचुरोमा चढेर हाम्रो बसतिर हान्निएको अस्त्रधारी झुन्ड उत्निखेरै स्थिर र शान्त भयो । बस रोकिएन, त्यो क्रीडाको किञ्चित परवाह नगरी आपmनै मुसे चालमा अगाडि गुडिरह्यो । यताउति सोधपुछ गर्दा पछि थाहा भयो, त्यो … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

यात्रा साहित्य : ओ हेलम्बु !!

~देवेन्द्र भट्टराई~ ‘हेलम्बुकी शेर्पेनी’ बोलको कुमार बस्नेतको गीतमा हेलम्बु थातथलोका बारेमा थोरबहुत सुनिएको हो। महाकवि लक्ष्मीप्रसाद देवकोटादेखि नियात्राकार केशर लालसम्मका लेखनमा अलिकति हेलम्बु–वृतान्त पढिएको हो। कहिले कुनै मिथजस्तो, कहिले धेरै टाढाको कुनै भिन्न जीवन–जगत होला भनी हेलम्बु–छायाछवी मनमा गढेको थियो।

Posted in नियात्रा | Tagged | Leave a comment