Category Archives: नियात्रा

नियात्रा / Travelogue

नियात्रा : हिलेखर्कमा हाइसन्चो

~युवराज नयाँघरे~ भई त गयो बियाँलो अनेक परिबन्द मिलाउँदा मिलाउँदै ढिला भयो । छिम्काको लेकबाट विदा हुन साह्रै हम्मे प¥यो हामीलाई । धेरैतिर बिदावारी हँुँदाहुँदै ढल्किहाल्यो दिन । हिलेखर्क हिँडेर पुग्छु भन्नेहरूको ताइँ ढल्दो दिनले लिने भो मज्जैले । वरपरकाहरू सुनाइरहेथे … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : रेडियो ?

~युवराज नयाँघरे~ टाइम्स स्क्वाएरमा बसिरहन पाइएन । ‘आज रातभरिमा तीन? चार कार्यक्रम नबनाई भएकै छैन !’ सहदेवले भने । न्युयोर्कको मुटु टाइम्स स्क्वाएर । साँझ सकिएर रात ओर्लिएको छ । हुलका हुल मान्छेको घचारो । खास गरी एशियाली अनुहारको भीड भेटिरहेछु … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : बेथान्चोकको वरमाला

~युवराज नयाँघरे~ हिउँदे ठिटिले लखेट्यो हामीलाई। मलिन र हावा मिसिएको घाम थियो बेथाञ्चोक नारायणथान। हिमालको जगजगी थियो। मनै अँगालिहाल्ने ति हिमाल अनेक पाटामा रङ, स्पर्श र अनुभूतिको बिछट्टै घोलघाल थियो। दक्षिण देखिएका सुन्दर फाँट र तराईली समथर। उत्तरतिर हुनसम्म ठडिएका … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : यसरी सकुशल घर आइपुग्यौं

~पद्मावती सिंह~ हो, कहिल्यै नबिर्सिने भो गोरखाको त्यो बृहत कवि गोष्ठी जुन भानुजयन्तीको उपलक्ष्यमा गोरखामा आयोजना भएको थियो । यस वर्षको शुरुमै द्रव्यशाह‌‍‍‍‍‌ क्याम्पसप्रमुख मोहननारायण श्रेष्ठले भानु जयन्तीमा काठमाडौंबाट कविहरूको सहभागिता जुटाउने अभिभारा मलाई सुम्पिनु भएको थियो । पोहरसाल पनिमैले … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : डाँडा, भञ्ज्यांग, चौतारा अनि आरूघाट

~पद्मावती सिंह~ कार्यवश गोरखा जिल्लाको आरूचनौटे पंचायतको मुख्य बजार आरूघाट जानु पर्यो । आवश्यक तयारी सकेपछि फागुन २१ गतेका दिन आरूघाटतर्फ प्रस्थान गर्ने कार्यक्रम अनुसार एक महिमा सहयोगीका साथ त्यसतर्फ प्रस्थान गरें । गोरखा बजारबाट करीब आधा घण्टाको उकालो चढी … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

पुङ्गेनको रङ्गीन आँगनमा

~मोहन मैनाली~ साउन २२ गते बिहान सबेरै उठेर हामी स्यो गाउँको दाहिने किनारको बाटो लाग्यौँ। एउटा घरमा एकजना मानिस सल्लोको फलेक बसिलाले ताछ्दै थिए। त्यसरी काठ ताछ्दा त्यसको धेरै भाग चोइटा बनेर खेर गएको थियो। उनले आज दिउँसो यस गाउँबाट … Continue reading →

Posted in नियात्रा, पुस्तक अंश | Tagged | Leave a comment

नियात्रा : घोडाझैँ उफ्रिने जिप

~बुद्धी सागर~ ‘बाटो जुम्ला पुग्यो’ भन्दै काठमान्डुतिर अखबार र टिभी बर्खे भ्यागुताजस्तै चिच्याउन थालेका थिए । काठमान्डुमा टिभीहरू जुम्लामा फूल लिएर गाडीको स्वागत गरिरहेका गाउँले देखाइरहेका थिए। अझ ‘जुम्ला–कालिकोट मोटर पुग्यो’ भन्ने गीत हिट भइसकेको थियो। तैपनि, कर्नालीको बाटो भोगिसकेका … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment