Category Archives: नियात्रा

नियात्रा / Travelogue

नियात्रा : जहाँ प्रेमदेखि यमराजलाई पनि ईष्र्या लाग्छ

~हरि थापा~ भोलि ताजमहल हेर्न लगिदिनुप¥यो मीनालाई । भाइ किरण पण्डितले कुरा निकाले । बाआमा आइराख्नु भएकाले समयानुकूल तीर्थस्थलहरू घुमाउनु नै थियो । मथुरा र बृन्दावनको दर्शन पनि हुने ताजमहल र आगरा किल्ला पनि हेरिने । टुटेफुटेको हिन्दीमा कुखुरामोलाइ गर्दै … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : तुफानी हवाई दौडाहा

~डा. रामदयाल राकेश~ मलाई हवाईयात्रा मन पर्छ र यसमा मलाई थकाइ पनि लाग्दैन। सर्वप्रथम जीवनमा म दिल्ली गएको थिएँ हवाईजहाजद्वारा। यो मेरो जीवनको पहिलो अन्तर्राष्ट्रिय हवाई उडान थियो। यो डाइरेक्ट उडान पनि थिएन। काठमाडौबाट बनारस र बनारसबाट दिल्लीको उडान भर्दै … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : बालुवाको देश घुम्दा…

~डा. रामदयाल राकेश~ सैर कर दुनिया की गाफिल, जिन्दगानी फिर कहाँ, जिन्दगानी हो भी जाए, नौजवानी फिर कहाँ? नेपाल एयरलाइन्समा कार्यरत ज्वाइँ तारिणीराज दाहाल र छोरी पुनमको सौजन्यबाट म र श्रीमती तारादेवी पहिलो पटक दुबई जाने अवसर जुरेको थियो । … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : विस्मृतिमा वानिरा

~डा. रामदयाल राकेश~ भारतको साहित्य अकादमी दिल्लीले नेपालका लोकप्रिय उन्यासकार वानिरा गिरीको उपन्यास ‘कारागार’ को हिन्दी अनुवाद ‘कारा’ नामले प्रकाशित गरेर साह्रै सराहनीय काम गरेको छ । यसका अनुवादक हुनुहन्छ, प्रदीप विहारी । ‘कारागार’ उपन्यासका बारेमा मैले नेपालको कुनै दैनिक … Continue reading →

Posted in नियात्रा | Tagged , | Leave a comment

नियात्रा : गुण्टा गुडाउँदै जुरिकतिर

~डा. रामदयाल राकेश~ हामी २२ अक्टूबरको नाइट बसबाट जुरिक पुग्दा विहानी उज्यालोको संकेत पाइसकेका थियौं। एकजना भारतीय सहयात्री बसबाट ओर्लेर चुरोटको चुस्की लिइराखेको थियो तर त्यसले जाडोलाई के चुनौती दिन सक्थ्यो ! तैपनी आत्मसन्तुष्टि लिँदै थियो। ऊ मुम्बई निवासी थियो। … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : आबुधावीमा आनन्द

~डा. रामदयाल राकेश~ संयुक्त अरब इमिरेट्स (युएई)को राजधानी रहेछ आबुधावी। यो रमाइलो देश रहेछ। एकातिर बालुवा नै बालुवाको मरुस्थल र अर्कातिर समुद्र। अरब सागरको सौन्दर्य विस्तार हेरेपछि म आश्चर्यचकित भएँ। मेरो भौगोलिक ज्ञानको क्षितिज त्यति विस्तृत रहेनछ। यो त भरुमूमि … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : विलियम वर्डस्वर्थको निवासमा रोमान्टिक मन

~कृष्ण बजगाईं~ ग्रीष्म ऋतुको आगमनले बेलायती धर्तीमा खुसीका फूल फुल्न थाले। वसन्ती पालुवा छिपिएर प्रकृतिले हरियालीको बर्को ओढिसकेको थियो। कठ्यांग्रिने जाडोले केही समयका लागि भर्खरै बिदा मागेर गएको थियो। मोटा स्विटर र ज्याकेटको भारी बिसाउन पाउँदा शरीर हल्का थियो। बेलायतको … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : नाचुमेले चुमेको सफलता चुम्दा

~कृष्ण बजगाईं~ प्रसिद्ध जापानी उपन्यासकार नाचुमे सोसेकीको अवाञ्छित सन्तानका रूपमा आगमन भएको थियो। भर्खर जन्मेको बालकले पनि त्यो घरमा खुसी भने थप्न सकेन। परिवारका छैटौं सन्तान नाचुमेलाई बोझका रूपमा लिइयो। वर्ष दिनको नहुँदै बाबुआमाले उनै नाचुमे निःसन्तान दम्पतीलाई जिम्मा लगाए। … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : बतासे सहरमा बादलको गेट !

~कृष्ण बजगाईं~ बतासे सहर शिकागोतिर कार बतासिन थाल्यो । सन्तोष लामिछनेले स्टेरिङ समाएका छन्, कार भित्र छौं डा. भरत लामिछने र म । नोभेम्बर महिनाको तेस्रो साताको चिसो बिहानमा सूर्यले धर्तीमा पाइला राखिसकेको थियो । माइनस ७ डिग्री सेल्सियस तापक्रम … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : एङ्गेल्सका यादहरु

~भीम राई~ हरेक हिउद पछि बर्षा आउथ्यो र जान्थ्यो । त्यसरि नै अनगिन्ति हिउदहरु आफ्नै गतिमा बहदै गई रह्यो । जिन्दगीका धेरै हिउदहरु बितेर गएपनि मलाई फ्रेडरिक एङ्गेल्सले म्यानचेस्टरमा बिताएका ठाउँहरु पुग्न रहर पालि रहेको थियो । तिनै रहरहरु लाई … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : के कोलम्बस नै पहिले अमेरिका पुगेका हुन् ?

~भीम राई~ क्रिष्टोफर कोलम्बसको जन्मस्थल इटालीको दुईहप्ता भ्रमणपछि १२ अक्टुबर २०१७ को दिन हामी लण्डनदेखि जमैका जाँदै थियौ । हामीलाई यात्रामा सदाझैं भाई कृष्ण र बहिनी सानुले साथ दिइरहनुभएको थियो । लण्डनदेखि उडेको साँढे दश घण्टापछि मस्याइला पाराको आवाजमा बिमान … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : उन्मुक्तको त्यो साँझ

~नम्रता भण्डारी~ हरिया पाखापखेरामा आफु रमाउँदै हिडँदाको कल्पनाले मात्र कसको पो मन नलोभियाउँदो होस ।हिडनु, डुल्नु ,घुम्नुको मज्जा नै वेग्लै र अदभुत हुन्छ । गाडीवाट पुरै एकफन्को लगाएर वरपरको सुन्दरता नियालेर रमाउन दिनु भन्दै छोरीहरु जसरी भएपनि भोली घुमेर आनन्द … Continue reading →

Posted in नियात्रा | Leave a comment

नियात्राः नेपोलियन बोनापार्टको जन्मथलो पुग्दा

~भीम राई~ हाम्रो दाम्पत्य जीवनको भरयाङ २० वर्षे उकालीमा चढ्दै थियो । तिनै २० औं वैवाहिक वार्षिकोत्सव मनाउनका लागि पानीजहाज यात्रामा जाने ताराले निर्णय गरेपछि, ११ मार्च २००७ मा हामी बार्सोलोना पुगेका थियौं । अर्कोदिन थोम्पसनको एउटा पानीजहाज ‘आइल्याण्ड एस्कयाप’ … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : लन्डनको सोहो, हाइगेट र कार्ल मार्क्स

~भीम राई~ जनवरी ९, सन् १८६३ मा विश्वको पहिलो सुरुङ्ग मार्ग लन्डनमा उद्घाटन भएको दिन तीसहजार मानिसहरुले मार्क ब्रुनेलको प्रशंसा गर्दै भूमिगत रेलद्वारा यात्रा गरेका थिए । त्यसको एकसय एचास वर्षपछि हामी तिनै भूमिगत रेलमार्ग हुंदै जनवरी २०१३ मा लेस्टर … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : पर्वतको यात्रा एक विवेचना

~सदानन्त्द अभागी~ पर्वत म जन्मेको र हुर्केको जिल्ला भएकोले पर्वत जानु आउनु मेरो लागि कुनै नौलो थिएन र होइन पनि । यसपटक पनि मलाई पर्वत जानुपर्‍यो । एकातिर कोरोनाको महामारीले गर्दा घर छाडेर हिड्नु त्यति सहज थिएन तापनि हाम्रा चाडपर्व, … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : अफ्रिका महादेशको मेरो भ्रमण

~राज अनुराग~ विश्व मानचित्रमा अध्यारो महादेशको उपनामले परिचित अफ्रिका महादेश हो भनेर बिद्यार्थी जिवनमा सामान्य ज्ञानका हरफहरुमा पढ्दा देखि नै अनेकौ जिज्ञासाहरु मनमा आईरहन्थे । आधुनिक बिकासको आधारमा हेर्दा अध्यारोमा सूचिकृत भए पनि त्यहाँको प्राकृतिक सुन्दरता र सम्पदाको सूचिलाई हेर्ने … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

यात्रा संस्मरण : गाडी दुघर्टना पछि हाम्रो परिचय भयो ।

~रमेश राई~ १६ अगस्ट, २००५ (३२ श्रावण २०६२) को दिन थियो । म मामा जितसँगै भारतको मेघालय राज्य अन्तर्गत पर्ने जयन्तिया हिलको खेलाडी हाटबाट नेपाल फर्कने क्रममा थिएँ । त्यहाँबाट विहान ७ बजेतिर हामी बाटो लाग्यौँ र बेलुकी आसामको गुवाहाटीबाट … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : जून र दिनकरसँगको दोलखायात्रा

~धीरकुमार श्रेष्ठ~ दशकौँअगाडि आफन्तसँग कुनै कुराले चित्त नबुझेपछि बुबाले परिवारको स्वीकृतिबिना जन्मभूमि छाड्ने निर्णय लिनुभएको थियो । त्यहाँबाट हिँडेपछि जागिरका सिलसिलामा उहाँ मधेस पुग्नुभयो र त्यतै नयाँ घरबार जोड्नुभयो । त्यो चाल पाई मेरी आमा पहाड छाडेर मधेस पुग्नुभयो तर … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : वीरताको इतिहास दर्साउने स्थानबाट

~आविष्कार कला~ घुम्नु आफैमा रमाईलो मात्र होइन , घुम्नु कोठामा बसेर अध्ययन गर्नु भन्दा ज्ञान हासिल गर्ने एउटा महत्वपूर्ण माध्यम पनि हो । घुमाई आफैमा मलाई एक उत्साहजनक कार्य लाग्दछ । मलाई घुमाई बालपनदेखि नै रमाइलो लाग्दथ्यो । जुन दिन … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : नाङ्गा पहाडका कथा

~दामोदर पुडासैनी ‘किशोर’~ फरक हुनुपर्छ प्रत्येकको पहिचान। बेग्लै परिभाषामा बाँच्दै छन्, रङ्गीन पहाडहरू जिजीविषाका। मैले सानैदेखि देखेँ- पहाडहरू भनेपछि रूखबिरुवाहरू हुन्छन् नै। हरियोपरियो र खेतीपाती हुन्छ नै। सके पोखरी र कुलाहरू होलान्, घाँस-स्याउला गर्नेहरू गीत गाइरहेका होलान्, बाली लगाउने, हुर्काउने … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : भाग् कुइरो भाग् !

~युवराज नयाँघरे~ ‘यस्तो पो स्वागत !’ मैले काँडेमा पुगेपछि कुइरोको अन्धमुष्टि देखेर भनेँ मनमनै । पानीको बिर्बिराइ र कुइराको बाक्लो खातमा काँडेले झुलुक्क मुख देखायो । बीस÷बाइस घर थिए त्यहाँ । घरमा व्यापारका सूचनापाटीमात्र थिए । मलाई त्यस्ता सूचनापाटीले पोखरामै … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : टोपीटाले भेट्न खोल्सी !

~युवराज नयाँघरे~ कर्णाली तरेँ बल्ल आज ! हुम्ला कर्णालीका किनारैकिनार हिँडेको यतिका दिनपछि आज तर्ने मौका मिल्यो । यो नदीका छालले छोएथे । यसका बाछिटाले हिर्काएथे । यसका लहरले हृदय तानेथे । यो नदीका सङ्ला तरङ्गले मलाई डाकेथे । सेतो, सङ्लो खोला । धारिलो र चिसो लहर … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : हलेसीको ओडारमा लुकेका महादेव

~डा. तारानाथ शर्मा~ हाम्रो मातृभूमिमा विचित तीर्थस्थलहरु अत्यन्त धैर्यसाथ हामीलाई पर्खेर ठाउँठाउँमा बसेका छन्। ती तीर्थस्थलहरु मात्र पुग्न पाइयो भने नेपालको प्राकृतिक सौन्दर्यको अवलोकन त राम्ररी गर्न पाइन्छ पाइन्छ, त्यसका साथै हाम्रा विभिन्न स्थलमा बसेका बन्धुहरुको जनजीवनको पनि निकट परिचयले … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : कालीघाटका कङ्गाल

~डा खगेन शर्मा~ भनिन्छ भ्रमण गर्दा ज्ञान बढ्छ। तर ज्ञानचाहिं परिपरिका भएकाले कुन खाले ज्ञान बढ्छ भन्न गारो । यस्तै एउटा भ्रमणको चाँजो मिलेकाले हामी सपरिवार नै कलकता गएका थियौं। गुवाहाटीबाट सराइघाट एक्सप्रेसमा २६ अगस्त २०१० का दिन दिउँसो १२-४५ … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

यात्रा संस्मरण : पूरानो चीन नयाँ पुस्ता

~रामेश श्रेष्ठ~ “रामेशजी, तपाईंलाई चीन भ्रमणको सांस्कृतिक निम्तो छ है, साहित्यिक हुनुको नाताले”, रामबाबु सुवेदी सरको फोन आयो एक बजे राति। “साहित्यिक मात्र होइन सङ्गीतकर्मीलाई पनि निम्तो दिने सोच बनाउनुपर्छ रामबाबुजी”, भन्दै पाँच साथीको नाउँ दिएको थिएँ, केही दिनपछि तीनजनाको … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : तालिएको सम्झना वेगिएको मन

~भेषराज रिजाल~ “एकछिन डुलेर आउनुहुन्छ त ?” मनको इच्छा बुझेरै बोल्नुभएथ्यो सहसचिव काशीराज दाहाल । दाहाल सरको पाहुना भएर पोखरास्थित उहाँको निवासमा बसेका थियौँ हामी । “स्वच्छ हावा खाउँन त एकछिन !” सञ्जय अधिकारीको पनि नयाँ अपेक्षा थिएन पोखरासँग । … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : सुनखानीमा वुद्ध

~विक्रम सुब्बा~ १. सुनखानी पुगेँ:  मेरी नातिनी नुमा (माइलो छोराकी छोरी  जसलाई अरुले “नाओमी” भनेर बोलाउँछन् । यो नाम जापानिज गुरुले दिएको नाम हो ।) र मैले “नूमा” (लिम्बुः राम्री) नाम राखेँ । आजसम्म मेरो (‘ईङवाबा’) परिवारकी सबैभन्दा (उमेरले) सानी । मेरी पहिली नातिनी ।) १ वर्ष पुगेपछि … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : किमको देशमा छछल्किएको आँशु

~अर्जुन थापा~ मान्छेको जिवनमा अनवरत जारी रहेको यात्रामा जे जस्ता घटनाहरुले बिथोले पनि कहिले काँही ऐतिहासिक ठाउँ र मनोरम दृश्यहरुसंग खेल्न पाउदा एउटा बेग्लै आनन्द प्राप्त हुने रहेछ भन्ने कुरा भियतनामको यात्राबाट अनुभव भयो । पढाईको सिलसिलामा जापान रहँदा “किम” … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा: सारनाथमा नेहरु शर्त

~युवराज नयाँघरे~ निकै बसेँ म सारनाथमा ! वाराणसी पुगेपछि प्रायःजसोको बसाइ गङ्गा वरपर भए पनि म सारनाथमा बसेको थिएँ । तिब्बती मन्दिर नजिक बसेको हुनाले यहाँबाट वरपर जतै पनि पुगिन्थ्यो । पर्बल र सानो लामा थिए मेरा साथी । ती … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

यात्रा संस्मरण : तानसेन रमाइलो डाँडा

~रामेश श्रेष्ठ~ ‘केटाकेटीहरूका लागि पाल्पातिर गएर नयाँ सोच सल्लाहकासाथ भावी योजनाहरू तयार पार्ने ।’ बाल साहित्य समाज, काठमाडौँले यही निर्णय गरेछ यसपाला । लामालामा दुइटा बसहरूले पहाड, मधेस छिचोल्दै साँझपख पुर्‍याए तानसेन बजार । कलिलो घाम खेलिरहेथ्यो तानसेन टुँडिखेलमा । … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : म्यानमार यात्राको सम्झना

~अर्जुन थापा~ बैंककबाट बर्मा अर्थात म्यानमारको योङ्गन सिटी मेरो यो वर्षको अन्तिम विदेश भ्रमण थियो । दक्षिण एसियाको पाँच देशको भ्रमण त्यो पनि एक महिनामा गर्ने अठोटका साथ निस्केको थिएँ म । सानै देखि बर्माको बारेमा सुन्दै आएको मैले किन … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : अनुपम पर्यटकीय क्षेत्र हरिनाश र बृहत् साहित्य सम्मेलन

~सदानन्द अभागी~ आमुख– ज्याग्दीखोला साहित्य प्रतिष्ठान स्याङ्जाले ‘‘ज्याग्दी खोलाको तरङ्ग’’ नामक एउटा स्तरीय पत्रिकाको प्रकाशन गर्दै आएको छ । यसको १२औं पूर्णङ्कको लोकार्पण, ज्याग्दीखोला साहित्य प्रतिष्ठानको पहिलो अधिवेशनको साथै बृहत् हरिनाश साहित्य सम्मेलनमा भागलिन आउने निमन्त्रणा प्रधान सम्पादक देवेन्द्र लम्सालजीबाट … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment