Category Archives: लेख – समीक्षा

लेख – समीक्षा / Critical writeups

ईतिहास : विक्रम तथा नेपाल सम्वत्को ईतिहास

~दीर्घराज प्रसाई~ हिमवत्खण्ड नेपाल विश्वकोनैं प्राचीन सभ्यताको केन्द्रस्थल मानिन्छ । पूर्वमा ब्रम्हप’त्र, पश्चिममा हिन्द’क’श, उत्तरमा कैलासमानसरोवर–हिमालय र दक्षिणमा गंगासम्मको भ”भाग हिमवतखण्ड हो भने गंगादेखि हिन्दमहासागरसम्मको भ”भागलाई भारतखण्ड भनिन्छ । हिमवतखण्ड नेपालको जेठो सम्वत्कोरुपमा विक्रम सम्वत् चलिआएको छ । मीन रासी … Continue reading →

Posted in ईतिहास | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘दाइबुचु’ भित्र भेटिएको जापान

~भारती गौतम~ ‘विश्व एउटा पुस्तक हो अनि त्यसको विचरण नगर्नेहरूले त्यो पुस्तकको पहिलो पृष्ठमात्र पढेको हुन्छ ।’ सेन्ट अगस्टिन विश्व पुस्तकको प्रस्तावनामा नै कोहीकोही अड्किए पनि धेरैजसोले कमसेकम केही पाना छिचोलेकै हुन्छ । हजुरआमा भेट्न मावलदेखि दिदी वा सानीमा भेट्न … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : दौलत विक्रम विष्ट र उनको साहित्यकारिताको आकलन

~डा. विष्णुप्रसाद पौडेल~ सार– यस लेखमा दौलत विक्रम विष्टको सङ्क्षिप्त परिचय प्रस्तुत गर्दै उनको साहित्यिक लेखनको थालनी र विकास कुन कुन विधामा के कस्तो रहेको छ भन्ने कुरा सघन सर्वेक्षणात्मक र अनुशीलनद्वारा देखाइएको छ । यस अनुसार विष्ट बहुमुखी साहित्यकार … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

समीक्षा : साहित्यमा ज्ञानदिलदासको देन

~विमल लामिछाने~ परिचयः नेपाली कविताको प्राथमिक कालको उत्तराद्र्ध वा दोस्रो चरणतिर देखापरेका जोसमनी सम्प्रदायका सन्त कवि ज्ञानदीलदास हुन् । ज्ञानदिल दास जोसमनी धार्मिक–आध्यात्मिक जागरण र अभियानका एक सशक्त सन्तकवि हुन् । उनको जन्म सन् १८२१ मा नेपालको इलाम जिल्लाको आमचोक … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : दुलारी उपन्यासको संक्षिप्त चिनारी

~डा. रामदयाल राकेश~ मिथिलाञ्चलका महिला लेखिकामा मुना चौधरी एउटा मुर्धन्य उपन्यासकार हुन्। उनको यो दोस्रो उपन्यास हो। उनको प्रथम उपन्यास ‘जयवर्द्धन सलेहस’ले सफल र चर्चित उपन्यासका रूपमा आफ्नो औपन्यासिक स्थान सुरक्षित गरिसकेको छ। जय सलहेसको औपन्यासिक चर्चा परिचर्चा नेपाली साहित्यमा … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

व्यक्तित्व समीक्षा : सन्त कवि ज्ञानदिल दास

~पारशमणी सम~ नेपाली कविता साहित्यको इतिहासमा कवि ज्ञानदिल दास र जोसमनी सन्त परम्पराको आफ्नै स्थान र महत्त्व रहेको छ । नेपाली साहित्येतिहासकारहरूले नेपाली कविता साहित्यको प्राथमिक काललाई वीरकाव्य काल र भक्तिकाव्य कालमा विभाजन गरेको पाइन्छ । भक्तिकाव्यलाई पनि सगुण र … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : अपाला महाकाव्यमा दृष्टि

~सदानन्द अभागी~ परिचय– लक्ष्मीकान्त शर्मा पौडेलको साहित्यमा सुप्रसिद्धनाम हो लकास पौडेल । उहाँ बाग्लुङ न.पा. १४नारायणस्थान बलेवामा २००४÷१०÷६मा माता पञ्चकला शर्मा(आचार्य) र पिता पं नीलकण्ठ शर्मा उपाध्यायका पुत्ररत्नको रुपमा जन्म लिनु भयो ।हाल उहाँ भरतपुर नगर पालिका १० दीपेन्द्रचोकमा बसोबास … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : नेपाली लोकछन्द : विगत र वर्तमान

~गोविन्द अर्याल~ विषय प्रवेश शास्त्रीय छन्दका कुनै पनि नियम–अनुशासनहरुमा नबाँधीकन आप्mनै नेपाली लोकसंस्कृति, प्रकृति, जातीय परम्परा र स्थानीयताका आधारमा स्वस्फूर्तरुपमा पैदा भएका मौलिक छन्द नै लोक वा जातीय छन्द हुन् । यसमा नेपाली ग्रामीण जनजीवनका मेला, चाडपर्व, मिलन–बिछोड, आँसु–हाँसो, भाव–अभाव … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : वर्तमान भारतीय नेपाली कविताका स्वरहरू

~डा. राजेन्द्र भण्डारी~ 1.लोकलयास्रितता भारतीय नेपाली कविताको इतिहास डेढ सय वर्ष पुरानो मात्र हो। भारतको सतलजदेछेउको कलहूर भन्ने ठाउँका बासिन्दा रघुनाथ भाटले सन् 1844 तिरै लेखेको एउटा कविता प्राप्त छ। यिनले आफ्ना कवितामा पृथ्वीनारायण शाहको गुणगान गरेका छन्। योगी नरहरिनाथले … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : सन्तकवि ज्ञानदिल दास र उनको अध्यात्मचेतनामूलक काव्यात्मकताः परिचयात्मक निरूपण

~डा. राजकुमार छेत्री~ नेपाली काव्यलेखनमा निर्गुण भक्तिधाराका केन्द्रबिन्दु मानिने जोसमनी सन्तकविहरूमा धिर्जेलदिलदास र शशिधरपछि अगमदिल दास, अखड्दिल दास तथा ज्ञानदिल दास आदि प्रमुख मानिन्छन् । यसका अतिरिक्त यस सम्प्रदायमा आजसम्म परम्परागत रुपले उल्लेख भएका सन्त कविहरूमा श्यामदिलदास, अचलदिल दास, धर्मदिल … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

लेख : साहित्यकार स्वर्गीय श्रीमती कमला आँशुका कृतिहरू

~अज्ञात~ सेतो गुलाफ-कथासंग्रह सन् 1995-मा प्रकाशित सन् 1970 कै दशकमा विभिन्न पत्र-पत्रिकामा उनका विभिन्न लेख, लघु कथा आदि प्रकाशित हुँदै आएको भए पनि पुस्तकाकारमा हिमगिरि प्रकाशन, गान्तोकबाट सन् 1995-मा उनको पहिलो कृति कथा संग्रह सेतो गुलाफ प्रकाशित भएको थियो। यो … Continue reading →

Posted in नेपाली कथा, लेख | Tagged , | Leave a comment

समीक्षा : कर्णाली प्रदेशका न्याउल्या गीतमा इतिहास र आञ्चलिकता

~डा. मधुसूदन गिरी~ समयको दीर्घतम् महानदीमा भूगोलका रेखाहरू कोरिँदै र मेटिँदै जाँदा रहेछन् । प्राचीन वा पूर्व मध्यकालीन कर्णाली प्रदेश आज छैन । आज यो अलि सानो भूगोलमा साँघुरिएको छ । राजनीतिक प्रशासनिक सीमारेखाहरू साँघुरिएर पनि त्यसको आत्मा भाषा, संस्कृति, … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : कथाकार पूर्ण ओलीको कथासङ्ग्रह “जितौरी”को अध्ययन

~कमलमणि देवकोटा~ कथाकार पूर्ण ओलीद्वारा रचित कथाहरूको सन्दर्भमा समीक्षात्मक चर्चा गर्नुपूर्व उनको वारेमा थोरै केही कुरा पस्किन सान्दर्भिक लाग्यो । सुरुमा इष्टमित्रको नाताले तथा एक राष्ट्रसेवकको हैसियतले मात्रै उनलाई मैले अलि अलि चिन्ने मौका पाएको थिएँ । जब म सरुवा … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : बिसौनी वल्तिर भेटिँदा

~कृष्णादेवी शर्मा श्रेष्ठ~ बिसौनी वल्तिरैबाट भेटेँ भेष रिजाल यी उम्दा साहित्यका स्रष्टा देखेँ भेष रिजाल यी पूर्व पश्चिमको यात्रा, यात्रा दक्षिणको पनि नेपाली वाङ्‌मयी उर्जा लेखेँ भेष रिजाल यी। अनुष्टुप, मुक्तक राधा र कृष्णको जस्तै जोडी एकदिन टुप्लुक्क मेरो आश्रमको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : मूल परेको छोरो

~जय कार्की ~ समर्पणः आफ्नो जन्मभूमिको निम्ति शहीद बनेका गोर्खे पुुर्खाहरुप्रति श्रद्धान्जलि स्वरुप समपर्ण । १० वटा शुभकामना मन्तव्य र पुस्तकको कथाबारेमा चर्चागर्दै शुरु भएको यस पुस्तकमा जम्मा १० वटा कथाहरु संग्रहित छन । भीष्म प्रतिज्ञाबाट प्रारम्भगरी अन्तिममा साईनो कथामार्फत बिट … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : बैरागी काइँलाका कृतित्व, व्यक्तित्व : सामान्य परिचय

~अप्सरा लावती लिम्बू~ ब्रम्हाण्डका सृष्टीहरू नासवान छन्,जीववनस्पती सम्पुर्ण । तर मानवजीवन एक यस्तो अलौकिक बरदान हो, जो भौतीक शरीरको त्याग र बिलय पछि पनि आफ्नो काम प्रतिको साधना, तपश्याका कारण सदियौ बर्ष जीविन्त रहन सक्दछ ।तिनै निष्ठाहरूको कारणपुष्तौ पुष्तासम्म अमरत्व … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : मरुभूमिकी महारानी

~सुरेन उप्रेती~ मरुभूमिकी महारानी आख्यानकार गगनसिँह थापाको लघु उपन्यास हो।यो पुस्तकमा जम्मा असी पेज मात्र रहेकाछन।आकारको दृस्टीले सानो देखिन्छ।तर यसले राजनितिक बिचार,दर्शन,राष्ट्र,राष्ट्रियता,र प्रकृतिका बिभिद सृजना र श्रृङगारहरुलाई एउटै धागोमा उनेर वजनदार माला गाँसेको छ।हिमालको फेदीमा जन्मिएको एउटा जिज्ञाशु किशोर राजस्थानको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : संविधानमा साहित्य

~कुलचन्द्र वाग्ले~ अब बन्ने लोकतान्त्रिक संविधानमा साहित्यको स्थान र मान के हुने ? यसका लागि बोलिदिने कसले ? सङ्घीय संरचनामा मुलुकको रूपान्तरण हुँदा साहित्यको सङ्घीय स्वरूपको विस्तार र स्थापना कसरी हुनसक्छ ? साहित्य स्वयंमा सिर्जना हो, त्यो प्रतिकूल र अनुकूल … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : साहित्यमा श्रम विषय

~कुलचन्द्र वाग्ले~ साहित्य सिर्जना स्वयंमा एक प्रकारको श्रम हो । साहित्य सिर्जनाका लागि बौद्धिक र मानसिक श्रमको प्राधान्य रहन्छ भने शारीरिक श्रमको प्रधानता रहने क्षेत्र वा कार्यहरू पनि छन् । यसको अर्थ भौतिक वा शारीरिक श्रम शून्यको स्थितिमा साहित्य सिर्जना … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : “रुदिना” र शिव प्रधान

~चन्द्र मादेन ‘आन्छन’~ हङकङमा नियमित हुने साझा साहित्यको  ९९ औं श्रृंखलामा साहित्यकार दाजु गुरुङ मार्फत साहित्यकार शिव प्रधानद्वारा लिखित उपन्यास ” रुदिना” हामी उपस्थितहरुलाई निशुल्क वितरण गर्नुभयो । जस्मा दुईतीन जना साथीहरुको हस्तलिखित नामै सम्वोधन गरेर प्रधानजीले सप्रेमले पठाउनु भएकोरहेछ, … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : बसाइँ उपन्यास कसरी शोषण–दमनको कथा ?

~डा. टीकाराम पन्थी~ ‘लीलबहादुर क्षत्रीको पहिलो उपन्यास बसाइँ   (सन् १९५७) ले सामाजिक यथार्थवादी प्रवृृत्तिलाई अँगालेको छ । पूर्वी नेपालका पहाडी किसानको जीवनलाई लिएर लेखिएको यस उपन्यासमा किसानवर्गले बसाइँ सर्नुपर्ने बाध्यता र परिस्थितिको मार्मिक र याथार्थिक चित्रण पाइन्छ । पहाडी जीवनको … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

ईतिहास : काठमाडौंका द्यौभाजू र पृथ्वीनारायण शाह

~डा. महेशराज पन्त~ ७९–१८३१, राज्यकाल वि.सं. १७९९–१८३१)ले आºनो राज्यविस्तार सैन्यशक्तिले मात्र नगरी भेदनीतिअनुसार ती ती ठाउँका प्रतिष्ठित, प्रभावशाली र धनीमानी मानिसलाई आफ्नो पक्षमा मिलाएर पनि गर्ने गरेका थिए भत्रे कुरा तात्कालिक कागजातबाट थाहा हुन्छ । आफ्नो राजाको पक्षमा नलागी शत्रु … Continue reading →

Posted in ईतिहास | Tagged | Leave a comment

समीक्षा : प्रकाश कोविद : जसले किताब छरेर आँसु बटुले

~शरद प्रधान~ ६१ वर्षसम्म बाँचेका उनले सयौँ पुस्तक लेखे । जे लेख्थे, भाइरल हुन्थे । यस्तो समय थियो, साहित्यमा रुचि भएको तर उनलाई पढेर भावुक नभएको भावक भेटाउनै गाह्रो । प्रतिभाशाली र बहुरंगी कोविदको लेखनमार्गका स्पिडब्रेकरसहित : मोती दिएर आँसु … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

समीक्षा : थारु भाषा साहित्यमा माेती रत्नकाे उपस्थिति तथा याेगदान

~भावना चौधरी~ १. विषयप्रवेश मोती रत्न (२०६०) को साहित्यिक यात्राको हनुमान चौधरीको सम्पादनमा रहेको झोपडी पत्रिकामा प्रकाशित एक “सीखे परल” कविता शीर्षकको कविताबाट आरम्भ भएको हो । उनको गद्द्यांश विधाको लेखनयात्रा हितुवा शीर्षकको कथा २०६५ को जल्मौती पत्रिकामा प्रकाशित भए … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर

~सदानन्द अभागी~ साहित्यकार भेषराज रिजाल “बालुवाको मुठ्ठी (गीति कविता सङ्ग्रह,२०५७)” बाट कृतिकारको रूपमा उदाएका हुन्। आफ्नै दाजुभाइको मारामारले देश रोएको देख्दा उनको मन पग्लिएर देश रुन दिनुहुन्न भन्ने सन्देश दिँदै “देश सधैँ रुने छैन (कविता सङ्ग्रह,२०५९)” सिर्जना गरे । देश … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

गजल : मेरो गुच्चा पिल्नुपर्छ

~धीरेन्द्र प्रेमर्षि~ तिम्रो मनको खोपीमा नि मेरो गुच्चा पिल्नुपर्छ अनि पो त भन्न पाइयो, साथी–साथी मिल्नुपर्छ डाँडाभरि लाली–गुराँस फक्रिएर मात्र हुन्न मैदानको पर्तीमाझ चम्पा पनि ‘खिल्नु’ पर्छ

Posted in गजल, पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : एक चियान उपन्यासको विश्लेषण

~मदन पौडेल~ लेखकीय दृष्टिकोण वर्तमान समयमा साहित्यको परिभाषालाई आ–आफ्नो ढ·ले दिने गरेको पाइन्छ । संस्कृतको ‘सहित’ बाट बनेको साहित्य शब्दले सहभाव अर्थात् सहितसँग हुने भाव बुझाउँछ । साहित्यमा शब्द र अर्थको मिलन हुन्छ, भाव र विचारको सम्मिलन हुन्छ, कल्पना र … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

समीक्षा : कालेबुङको उपन्यासबारे एक छोटो अध्ययन

~नवीन पौड्याल~ विषयप्रवेश – साहित्येहासका विभिन्न प्रकार हुन्छन् । स्थलगत वा क्षेत्रीय साहित्यिक सर्वेक्षण पनि यसको एउटा प्रकार हो। यस्तो साहित्येतिहासको निम्ति आवश्यक कुरा हो। यसको आफ्नै महत्त्व हुन्छ। यसले कुनै एउटा जिल्ला वा त्यसभन्दा सानो भूभागको साहित्यिक गतिविधि र … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

समीक्षा : लेखभन्दा लेखक भिन्न

~कुलचन्द्र वाग्ले~ लेखकहरूको एउटा कोणबाट निकै आलोचना हुँदोरहेछ । त्यसो त लेखक, साहित्यकारहरू समाजका लागि सम्मानित व्यक्तित्व हुन् । स्थापित योगदानका आधारमा राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमासमेत लेखकलाई सम्मान प्राप्त हुन्छ, सम्मान प्रदान गरिन्छ । लेखकलाई पनि विद्वान् मान्ने अर्थमा बुझ्ने हो … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : एउटा पृथक काब्यिक धारः बर्दीभित्रको मन

~मिजास तेम्बे~ आज भन्दा दुइ बर्षपहिले मात्र मलाई उनको छोरा संगको संबाद सुन्ने सुयोग मिलेको थियो । त्यो संबादले मेरो हृदयमा अनौठो झड्का दिएको थियो । केहि क्षण स्तब्ध भएको थिए । त्यहि बेला देखि म उनका कविताहरुको पाठक हुँ, … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : अध्ययन र समर्पण

~कुलचन्द्र वाग्ले~ अध्ययन र समर्पण दुई भिन्न विषय जस्ता देखिन्छन् । यसो भए पनि एकले अर्कोलाई अर्थात् अध्ययनले समर्पणलाई र समर्पणले अध्ययनलाई विकसित गर्ने कुरामा यी दुई विषय अभिन्न पनि छन्, सहयोगी पनि हुन् । नेपालमा अध्ययनशीलताको कमी छ भन्ने … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

व्यक्तित्व समीक्षा : हायमनदासको सय वर्ष

~अशोक थापा~ हिजोआज नेपाली वाङ्मय वृत्तमा शताब्दीपुरुषका रूपमा दुई विम्ब परिचित छन्, माधवप्रसाद घिमिरे र सत्यमोहन जोशी। धेरैले चिनेका अनि पढेका छन्, यी दुईलाई। कारण, मिडियामा यिनको कभरेज बाक्लो छ। यीद्वयको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै अब लागौं, शताब्दीपार हायमनदासतिर। … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment