Category Archives: लेख – समीक्षा

लेख – समीक्षा / Critical writeups

समीक्षा : कवि शिरोमणिको “ए नेपाल !”

~क.दी.~ लेखनाथ पौड्यालले धेरै गीत लेखेका छैनन्। तर, त्यसैले मात्र महत्वपूर्ण भएको होइन उनको “ए नेपाल!” भन्ने गीत। आजभन्दा ५४ वर्षअघि लेखिएको यो गीत नेपालमा होइन भारतमा छापियो, पश्चिम बङ्गालको कालिम्पोङमा। नेपालमा प्रजातन्त्र उदाएपछि र राणाकालको पिँजडाबाट मुक्ति पाएपछि नेपाली … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

समीक्षा : कथाकार विश्वेश्वरप्रसाद कोइराला

~मदनमणि दीक्षित~ सिगमन्ड फ्राइडले मानिसको मनोविश्लेषणको वैज्ञानिक पद्धतिको स्थापना गरे । त्यसमा उनलाई जुङ र एडलरको सहयोग थियो । फ्रायडवादको मानसिक विकृतिहरू तथा मानवीय चरित्र र व्यवहारहरू उपचेतन र अवचेतनमा थिचिएर बसेको यौनवृत्ति या यौनआकांक्षाद्वारा निरुपित वा नियन्त्रित हुने गर्छन् … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : देखाई र भोगाईको चित्रण ‘मेरो रसुवा रोइरहेछ’

~प्रेम प्रसाद पौडेल~ राजनीति, संस्कृति, जैविक विविधता, तामाङ जातिको भाषा,धर्म तथा पहिचानका कुरा लेख्ने फूर्पा तामाङका धेरै लेखहरू विभिन्न सञ्चार माध्यममा छापिने गर्छन् । ‘ठिम्छोक पङ्पल ता इक्बा’ -संविधान सभा भनेको के हो ?) लाई तामाङ भाषामा अनुवाद २०६४ तथा … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : गीतकारका रूपमा पुरण गिरी

~ नवीन पौड्याल~ १. आमुख : साहित्यमा कविता विधा सबैभन्दा लोकप्रिय र बहुप्रायोगिक देखिन्छ। एक हरफेदेखि लिएर लाखौं हरफसम्मका कवितात्मक स्वरूप पाइन्छन्। कविताका विविध ढाँचा, तरिका र प्रयोगबाट लेखिने गरिन्छ। कविता एउटा ठुलो विधा हो भने हाइकु, गीत, खण्डकाव्य, महाकाव्य, … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : नेपाली उपन्यासमा नवीन प्रयोग

~हरि अधिकारी~ आफ्नो लेखनमा नयाँनयाँ प्रयोग गर्न रुचाउने मोहनराज शर्माले रचेको उपन्यास “सलिजो” कथावस्तुका दृष्टिले नौलो त छँदैछ, कथा कहने शैली र यसमा प्रयुक्त स्वैरकल्पनाको प्रचुरताका कारण पनि अनौठो बन्न पुगेको छ । झन्डै ५० वर्षपहिलेदेखि साहित्यको अनवरत साधना गर्दै … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : दिव्योपदेशमाथि एक दृष्टि

~डा. खगेन्द्रप्रसाद लुइटेल~ १. परिचय ससाना टुक्रे राज्यहरूलाई एकीकरण गरी आधुनिक विशाल नेपालको निर्माण गर्ने पृथ्वीनारायण शाह (१७७९–१८३१) को भूमिका नेपालको इतिहासमा महŒवपूर्ण रहेको छ । विगत केही समयदेखि नेपाल राज्यका एकीकरणकर्ता पृथ्वीनारायण शाहका सालिकसमेत तोडेर अनि राष्ट्रिय एकता दिवस … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

समीक्षा : सरगमको सपनामा पैसाको पसल

~नवराज लम्साल~ चानचुन नब्बे वर्षभयो- मेलवादेवीले झन् पर जान्छु झन् माया लाग्छ सानु रेलैमा… गीत रेकर्ड गराउनु भएको । चन्द्र शमशेरको दरबारमा उनका करिब तीन सय सुसारेहरुमध्ये कुनै एउटीले मेलवादेवीको स्वरको डाहा गरेर स्वर बिग्रने पदार्थ विशेष खुवाइन् । चन्द्र … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : आफैतिर फर्किरहेको मानिसको कविता

~हरि अधिकारी~ विक्रम सम्वत् २०५७ मा छापिएको रमेश क्षितिजको पहिलो कवितासंग्रहले नै आमपाठक र साहित्यका गम्भीर अध्येता दुवैथरीको ध्यानाकृष्ट गरेको थियो । सुरुचिपूर्ण ढंगमा चयन गरेका विम्ब, शब्दानुशासन, प्रकृति र जीवनको सूक्ष्म अनुशीलनका बलमा क्षितिजले त्यतिबेला आफूलाई एउटा गतिलो सम्भावना … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : वीर चरित्र १९५६

~क.दी.~ ‘चार जना डोलेले बोकेको उलिनकाठमा चढेर काठमाण्डूका साँघुरो सडकमा उनी प्रायः देखिन्थे रे! त्यसमा पनि फसिकेवको पशुपत प्रेस उनको घर जाने बाटैमा हुनाले त्यता उनी नित्यै जस्तो पुग्थे भन्दछन्। उनी सारै स्थूल शरीरका थिए। यसउसले धेरै घुमफिर गर्न सक्दैनथे। … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : सपनाको संकथन

~रविन गिरी~ ‘सचिवालय भन्नुभयो। जोईपोइसँगै क्रमशः छोराछोरी, भतिजाभतिजी, सालासाली, छोरीज्वाइँ, साढुदाइ–साढुभाइलाई वरवर तान्नुभयो। मनमा लागेको गर्नुभयो। त्यसलाई क्रान्ति र ‘देश’ ले मागेको भन्नुभयो। नेतृत्वलाई खुला दिमागले सोच्न र योजना बनाउन दिनुपर्छ भन्दै केही ‘अभाव’ हुन दिएनौं। … सर र मेडमहरूसित … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : शिरोमणी सत्यवती

~लीला लुइटेल~ नेपाली साहित्यका विभिन्न विधामा महिलाले पु:याएको योगदानबारे अध्ययन-अनुसन्धान गर्ने सिलसिलामा लेखनाथ पौड्यालकी श्रीमती सत्यवती पौड्यालको कवितासंग्रह नामक कृति प्रकाशित भएको जानकारी प्राप्त भयो। यसले निकै उत्साहित तुल्याएकाले म उनका बारेमा थप खोजी गर्न अग्रसर भएँ। उनका बारेमा जानकारी … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘रात पनि ऐंठन परेको रातमा’ नियाल्दा

~गणेश ओली~ नेपाली प्रगतिवादी साहित्यका फाँटमा नवीन विभाष नौलो नाम होइन । नेपालमा रुकुम–रोल्पाका सर्वहारा जनताले जनयुद्धको नेतृत्व गरेर मुक्तियुद्ध लडिरहेका बेला युवा रोल्पाली ठीटो नवीन विभाष तिनै जनताको दुःखसुख, रोदन, पीडा संकलन गरेर कलमका माध्यमबाट जनयुद्धको एउटा मोर्चा समालिरहेको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : मुनामदन खण्डकाव्य

~कृष्णप्रसाद कोइराला~ विषयप्रवेश र कथानक प्रस्तुत मुनामदन खण्डकाव्य महाकवि लक्ष्मीप्रसाद देवकोटा (१९६६–२०१६) द्वारा लेखिएको सानो र अत्यन्त प्रभावकारी तथा लोकप्रिय काव्यकृति हो । यो खण्डकाव्य जम्मा १९ वटा खण्डमा विभाजन गरी सिर्जना गरिएको छ । मुना, मदन, भोटे, आमा, नैनी, … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : हराउँदैछन् लोकभाकाहरु

~भीमप्रसाद न्यौपाने~ लोकभाका जनजीब्रोबाट स्वतस्फूर्त्रुपमा प्रस्फुटित हुने गीत हो । मायाप्रीति, संयोग वियोग, हर्षविस्मात, यातना, बेदनाहरु उजागर गर्ने सबल माध्यम हो । लोकगीत महलको शोफामा तातो कफिको घुट्कासँगै रचना, परिकल्पना गर्ने विघा होइन । यो त वन पाखा–घाँसदाउरा–मेलापर्व–पानी पँधेरो, हाटबजार, … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘प्रवाह’ उपन्यास पढ्दा

~गुरुप्रसाद शर्मा रेग्मी~ सरला रेग्मीको “प्रवाह” उपन्यास हातमा प¥यो । पुस्तकको पहिलो पाना पल्टाउँदा प्रचण्ड र वैद्यको शुभभाव देख्दा जनयुद्धको विषयवस्तुलाई समेटेर लेखेको उपन्यास रहेछ । उपन्यास पढ्दा व्रह्मले जे देख्यो र जे जस्ता अनुभूतिहरु ग¥यो त्यसैलाई समेटेर विवेचना गर्ने … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : नाट्यतत्त्वका आधारमा अँध्यारामा बाँच्नेहरू एकाङ्की

~कृष्णप्रसाद कोइराला~ अँध्यारामा बाँच्नेहरू एकाङ्की एकाङ्कीकार मनबहादुर मुखिया (२००२) द्वारा रचना गरिएको नाट्यरचना हो । यो उनको अँध्यारामा बाँच्नेहरू नामबाट प्रकाशित एकाङ्कीसङ्ग्रहको सातौँ क्रममा रहेको सिर्जना हो । यस एकाङ्कीको शीर्षकले सङ्केत गरेबमोजिम नै यसमा चेतना र शिक्षाको आलोकबाट ओझेल … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

कार्यपत्र : खेली गीत र रोइला गीतका भिन्नता

~तुलसी प्रवास~ १. पृष्ठभूमि खेली गीत र रोइला गीत नेपाली लोक गीतका भिन्न भिन्न प्रकार हुन् । यी गीतहरूको व्युत्पत्ति, परिभाषा, संरचना, लय/छन्द, गायन स्थल, गायन अवसर, गाउने जाति आदिमा धेरै नै भिन्नता पाइन्छ । लोकमा गएर अनुसन्धान गरिएका तथ्यहरूले … Continue reading →

Posted in कार्यपत्र | Tagged , | Leave a comment

पुस्तक समीक्षा : तीन दशकपछिका काइँला

~आनन्द राई~ कवि वैरागी काइँला पछिल्लो समयमा कविताको सैद्धान्तिक-दार्शनिक पक्ष भन्दा समय-परिस्थितिसँग बढी एकाकार देखिन्छन्। स्वनामधन्य बैरागी काइँला (तिलबहादुर नेम्वाङ)को दोस्रो कविता कृति अन्धा मान्छेहरू र हात्ती अहिले बजारमा नयाँ छ। नेपाली काव्यजगतमा ५० वर्षदेखि निर्विवाद उचाइ बनाएका कवि काइँलाको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : अवश्यंभावी मृत्युचिन्तन

~अज्ञात~ ‘मृत्युको अनुसन्धान उतिसारो रुचाइने विषय होइन, तर यो इतिहासमा सबैभन्दा बढी दोहोरिने घटना हो। हिसाब लगाउने हो भने आज यस धरतीमा जति मानिस बाँचेका छन्, त्योभन्दा धेरै मरिसके। मानिस बाँचिरहेको समय ऊभन्दा धेरै जनाले छोडेर गएको समय हो। अनुभव … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

लेख : बालसाहित्य लेखनमा मेरा केही अभिमतहरू

~कार्तिकेय घिमिरे~ बालसाहित्य लेखन एउटा गम्भीर लेखन हो । जसरी एउटा सानो बालकलाई लिटो तयार गर्न आमाले भरपूर मिहिनेत गर्छिन्, त्यसरी नै एउटा बालबालिकाका लागि लेख्ने लेखककले रचना तयार गर्न विशेष मिहिनेत गर्नुपर्छ । त्यसैले यदि तपाईं रहरका लागि यो … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

लेख : लघुकथा लेख्दा हेक्का राख्नु पर्ने विशेष कुरा

~मोहनराज शर्मा~ साहित्यका चार वटा मूल विधामध्ये एउटा आख्यान हो । आख्यानका तिन वटाउपविधा वा भेद छन्, जसमध्ये एउटा उपन्यास, अर्को कथा र तेस्रो लघुकथा हो ।बाह्य संरचना एवं आकारमा उपन्यास बृहत्तम आख्यान, कथा मझौला आख्यान र लघुकथा लघुतम आख्यान … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

समीक्षा : बालकृष्ण सम र उनको मुकुन्द इन्दिरा नाटक

~कृष्णप्रसाद कोइराला~ १. नेपाली नाटक र नाट्यसम्राट् बालकृष्ण सम नाटक दृश्यकाव्यको सशक्त रूप हो । यद्यपि नेपाली साहित्यको विशाल प्राङ्गणमा नाटक विधा तुलनात्मक रूपमा कान्छो विधा भए पनि मोटामोटी नेपाली नाटकलाई तीन चरणमा विश्लेषण गर्ने परम्परा छ । विक्रम संवत् … Continue reading →

Posted in समीक्षा | Tagged | 2 Comments

समीक्षा : रुद्र ज्ञवालीका कथाहरुलाई हेर्दा

~नारायणप्रसाद पौडेल~ समसामयिक नेपाली कथाका क्षेत्रमा कलम दगुराउने सशक्त स्रष्टा हुन् रुद्र ज्ञवाली । वि.सं. २०२० कार्तिक १ गते गुल्मीको ग्वादीमा जन्मेका ज्ञवालीका निर्वासन कथा संग्रह (२०५८), सपना फुल्ने रातहरु गजल संग्रह (२०६१),विवरुका कथाहरु संयुक्त लेखन (२०६६) प्रकाशित रहेका छन् … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : कौण्डिन्य गोत्रको प्रारम्भ द्वापर युगमा

~मदनमणि दीक्षित~ ज्ञान मण्डल लिमिटेड वाराणसीद्वारा प्रकाशित ‘वृहत हिन्दी कोश’मा कौण्डिन्य भनी कुण्डिन ऋषिको गोत्रमा उत्पन्न व्यक्ति भनेको छ । त्यस्तै वामन शिवराम आप्टेको स्तरीय र मान्य भनी विद्वानहरूले स्वीकार गर्दै आएको ‘संस्कृत हिन्दी कोश’ले एक ऋषिको नाउँ भनी कौण्डिन्यको … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘गेस्टापो’ कमजोर आदर्श

~राजेन्द्र पराजुली~ दोस्रो विश्वयुद्धले ध्वस्त पारेको जर्मनी लगायतका युरोपेली मुलुक अहिले समृद्धिको शिखरमा छन् । युद्धोपरान्त विकास पथमा लम्कन ती मुलुकका दलहरु राजनीतिक पद्धति, वाक स्वतन्त्रता, अर्थतन्त्रको ढाँचा जस्ता मूलभूत मुद्दाहरुमा एकमत रहे । यसै कारण ती मुलुकहरुमा आर्थिक क्रान्ति … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : एक सार्थक जीवनकहानी

~हरि अधिकारी~ चर्चित महिला अधिकारवादी, अभियानकर्ता, समाजशास्त्री एवं पत्रकार मञ्जु थापाले आफ्नी आमा ईश्वरादेवीको जीवनी जीवन संघर्षका पलहरू लेख्नुको आवश्यकता र औचित्यलाई यी शब्दहरूमा स्थापित गर्न खोजेकी छन्, “महिलाहरूको जीवनीलेखन मूलत: तीनवटा कारणले महत्त्वपूर्ण छ। पहिलो, कुनै अमुक महिलाले भोगेको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : भारतीय नेपाली महिला कथाकार

~लीला लुइटेल~ १. परिचय: विषयप्रवेश ज्ञान, विज्ञान, प्रविधि, विचार र चिन्तनका क्षेत्रमा पलपल परिवर्तन हु“दै विश्व विद्युतीय सञ्चारको युगमा पुगिसक्दा पनि अधिकांश दक्षिण एसियाली महिलाको स्थिति अभैm पनि अत्यन्त नाजुक र दयनीय रहेको छ । यस क्षेत्रमा प्रचलित कतिपय धार्मिक, … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : निर्मोहीको मोहनीमय कलम !

~इन्द्रकुमार श्रेष्ठ~ निर्मोही व्यास (खास नाम वेदव्यास न्यौपाने, जन्म : २००४ भदौ ९, कलैया, भवानीपुर,बारा), नेपाली साहित्यका एक विशिष्ट एवं बहुमुखी प्रतिभा हुन् । उनका काव्य, कवितासंग्रह, कथासंग्रह र उपन्यास प्रकाशित छन् । यीभन्दा पनि बढी संख्यामा चाहिं उनका यात्रा … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : मोरङ जिल्लाको सङ्क्षिप्त साहित्यिक परिचय

~विवश पोखरेल~ मोरङ जिल्ला राजनैतिक, आर्थिक, सामाजिक, शैक्षिक औधोगिक क्षेत्रमा मात्र नभएर भाषा साहित्य र कला संस्कृतिका क्षेत्रमा पनि समृद्ध जिल्ला हो । जसले एउटा आफ्नो बेग्लै अस्तित्व र गरिमा बोकेको छ । विशेषतः आजको मेरो विषय मोरङ जिल्लाको सङ्क्षिप्त … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : नेपालीका पहिलो जातीय कवि भानुभक्त

~डा. खगेन्द्रप्रसाद लुइटेल~ नेपालीका आदिकविका रूपमा परिचित भानुभक्त नेपालका राष्ट्रिय विभूति पनि हुन् । द्विशतवार्षिकी मनाइसकिएका भानुभक्तलाई कुनै व्यक्ति, जात र धर्मविशेषमा सीमित नगराई समग्र नेपाली जातिका धरोहरका रूपमा लिनुपर्छ र उनलाई सीमित परिवेशमा खुम्च्याएर वैयक्तिक स्वार्थपूर्तिको साधन बनाउने प्रयत्न … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

कार्यपत्र : समकालीन नेपाली कथामा सांस्कृतिक चेतना

~पुरूषोत्तम सुवेदी~ सार नेपाली आख्यानका कथा, नाटक र उपन्यासमा नेपाली संस्कृतिका अनेक पक्षहरूको रचनात्मक आरोपण गरिएको छ । भाषा, भेषभुषा, खाना, गीतसङ्गीत र नृत्य र पेशाका अनेक भँगालामा बाँडिएको नेपाली समाज यही विविधताबाट शक्ति प्राप्त गरेर राष्ट्रिय मूलधारमा हेलिएको छ … Continue reading →

Posted in कार्यपत्र | Tagged , | Leave a comment

पुस्तक समीक्षा : निर्मोही व्यासको ‘बोधिवृक्षको छायामा’ पढदा

~सदानन्द अभागी~ बेधिबृक्षको छायामा यो तृषित आत्माले शान्तिको प्यालामा शितलता पिउन पाउँदा कस्लाईपो आनन्द लाग्दैन होला ?निर्मोही व्यासले पिएर नै छाड्नु भयो । यस्ता बोधिवृक्षको छायालाई मायागर्ने व्यक्तित्व हुनुहुन्छ –निर्मोहीव्यास । उहाँको जन्म बारा जिल्लाको कलैया भवानीपुरमा २००९साल भदौ ४ … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment