Category Archives: लेख – समीक्षा

लेख – समीक्षा / Critical writeups

पुस्तक समीक्षा : सांस्कृतिक प्रत्याक्रमणको झण्डा : ‘फेरि लालभञ्ज्याङमा उभिएर’

~सरस्वती मोहोरा~ “…यस्तो लाग्दैछ आकाश मेरो टाउकोमाथि नै छ । म हातले छुनछुन खोज्दैछु …।” हामीलाई थाहा छ जीवन भनेको गति हो, त्यसको अर्को नाउँ हो  यथार्थ । जीवन जस्तो छ त्यस्तै, त्यसलाई त्यसकै रङ्गमा अभिव्यक्ति दिने सशक्त माध्यम भनेको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : गजलमा लयविधान

~घनेन्द्र ओझा~ गजल गेय विधा हो र यो गाइनुपर्छ, चाहे सङ्गीतमा (जसलाई ‘कवाली’ गायन भनिन्छ), चाहे स्वतन्त्र लयमा (यसलाई ‘तरन्नुम’ शैली भनिन्छ) । यसको आशय के हो भने गजलमा गेयात्मकता आवश्यक हुन्छ । गेयात्मकतालाई छन्द (बहर), लय, मात्रा इत्यादि जेजे … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : “फ्रन्टपेज”मा डुबुल्की मार्दा

~अरुणबहादुर खत्री “नदी”~ नेपाली साहित्यका विभिन्न विधाहरूमा कलम चलाउँदै आएकी नारी साहित्यकार सुबिसुधा आचार्यको पछिल्लो कृतिको रुपमा फ्रन्टपेज नामक कथा सङ्ग्रह हालै प्रकाशित भएको छ । कथाकार सुविसुधाको अग्नियुद्ध र रहस्यमय भोगाइ नाम दुईवटा कथासङ्ग्रह यसअघि नै निस्केको थियो । … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कार्यपत्र : समसामयिक नेपाली लघुकथा लेखनको स्थिति र चुनौती

~कुमारप्रसाद कोइराला~ १. विषय प्रवेश साहित्यलाई काव्य, नाटक, आख्यान र निबन्ध गरी चार विधामा वर्गीकरण गरिन्छ । आख्यानभित्र उपन्यास, लघुउपन्यास, कथा र लघुकथा पर्दछन् । त्यसैले लघुकथा आख्यानको उपविधा हो । यो कथाभन्दा सानो हुन्छ ।   कम्तीमा एउटा लक्ष्यमा … Continue reading →

Posted in कार्यपत्र | Tagged , | Leave a comment

लेख : भाषा राजनीति

~दिल साहनी~ भाषा सम्बन्धमा के कुरा पनि साँचो हो भने कसैले कसैमाथि कुनै भाषा जबर्जस्ती थोपर्न खोज्दछ भने जनतामा त्यस भाषाप्रति भएको आकर्षण पनि विकर्षणमा फेरिन सक्दछ । तराईमा जनगणना भइरहेको अवस्थामा केही मधेसवादी दलहरूले मैथिली, भोजपुरी, अवधि, थारू मातृभाषा … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

पुस्तक समीक्षा : निबन्ध शिल्पीको नयाँ कृति

~गोविन्द गिरी प्रेरणा~ नेपाली गद्य साहित्यका महान् शिल्पी, निबन्ध, नियात्रा र संस्मरणका क्षेत्रमा सिद्धहस्त वरिष्ठ साहित्यकार डा. तारानाथ शर्माको नवीनतम कृतिका रूपमा २१ गद्य रचनाहरूको पुस्तक ‘चरी भरर’ पाठकसमक्ष आएको छ । नमस्तेदेखि आँसु छचल्किँदै जान्छसम्म दर्जनौं गद्य कृति पस्केर … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : लाहुरे स्रष्टाको गाथा

~आनन्द पी राई~ सन् १८१४–१६ को नेपाल–अंग्रेज युद्धताका नेपालीहरू इष्ट इन्डिया कम्पनीको नोकरीमा जान थाले। अंग्रेजहरूले उत्तरपूर्वी भारतमा चिया, कुइनाइन, कुँयर खेती र निर्माण कार्य थालेपछि कृषि–पशुपालनमा सिपालु नेपालीहरू दार्जीलिङदेखि ब्रह्मपुत्रको किनारसम्म फैलिए। कम्पनीको सेवाबाट निवृत्त र दुई महासमरमा गएका … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : नयाँ भङ्गिमाको खोजीमा अग्रसर

~श्यामल~ एकाएक तिमीले मलाई घृणा गर्न थालेपछि मैले मेरो प्रेमको शक्ति थाहा पाएँ । (समाधि नजिक उभिएर) कुनै पनि कविले आफ्नो काव्य रचना कौशलको माध्यमबाट पाठकसँग उसको समय र समाजलाई सम्बोधन गर्दै अर्थपूर्ण संवाद गरेको छ कि छैन भन्ने कुरा … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : राष्ट्रप्रेम छचल्किएको गजल संग्रह

~नारायण योगी~ गजल संग्रह “हृदयका विम्बहरू”को केस्रा केलाउनु अगावै गजल साहित्यको बारेमा संक्षेपमा प्रकाश पार्नु सान्दर्भिक ठानेर मैले त्यसबारेमा केही कुराहरू उल्लेख गर्न चाहन्छु । नेपाली साहित्यमा कविता, नाटक, आख्यान, निबन्ध आदि विधाको विकास तीब्र गतिमा हुँदै आएको छ भने, … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : कवि जी.सी.को “निरीह समयमाथि” हेर्दा

~अरुणबहादुर खत्री “नदी”~ नेपाली साहित्यको भण्डारमा एउटा उत्कृष्ठ, सुन्दर र पठनीय कृति बनेर आएको “निरीह समयमाथि” कवि एवं गजलकार उज्ज्वल जी.सी. द्वारा रचित नवीनतम् कविता सङ्ग्रह हो । यस सङ्ग्रहभित्र खै, के कविता लेखु कविज्यू १, वहुसत्य असत्यहरु, मान्छेहरु चुरोटजस्तै, … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : “सीमान्त सपना”को उदए

~अरुणबहादुर खत्री “नदी”~ दिनेश अधिकारी नेपाली कविता काव्य क्षेत्रमा चर्चित नाम गरेका व्यक्ति हुन् । २०३७ सालमा अन्तरका छिटाहरु –कविता सङ्ग्रह) पहिलो कृति लिएर साहित्याकाशमा उदाएका अधिकारीको निरन्तर सक्रियताले सीमान्त सपना नामक कविता सङ्ग्रह २०६७ सालमा साझा प्रकाशनले प्रकाशित गरेको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कार्यपत्र :  नेपाली कथामा समाजवादी यथार्थवाद : प्रभाव र विकास

~डा.प्रा. गोपिन्द्र पौडेल~ १. विषयारम्भ नेपाली कथामा समाजवादी यथार्थवादी सिर्जन विधिको प्रयोग २००७ सालको राजनीतिक घटना पश्चात् भएको हो । नेपाली कथामा समाजवादी यथार्थवादी चिन्तन सिर्जनको प्रयोग तथा यसको विकास क्रममा देखिएका मोडहरुको बारेमा विवादित विषय प्रसङगहरु पनि हुनाले आवश्यक … Continue reading →

Posted in कार्यपत्र | Tagged , | Leave a comment

पुस्तक समीक्षा : घनचक्करमा एकचक्कर

~शार्दूल भट्टराई~ कुनै घटना वा परिस्थितिले मान्छे पागल हुनसक्छ। तर एउटा सद्दे मान्छेलाई पागल घोषित गरियो भने त्यो मान्छेको मनोदशा कस्तो होला? पागल बनेका भन्दा जबर्जस्ती पागल बनाइएका व्यक्तिको मनोदशा बढी पीडादायी हुन्छ। ‘घनचक्कर’ देशको राजनीतिक द्वन्द्व र विसङ्गतिबाट प्रभावित … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : कथा सन्दर्भ र नित्यानन्दको ‘बाँच्ने रहर’

~उत्तमकृष्ण मजगैंयाँ~ १९ औं शताब्दीदेखि एउटा छुट्टै विधाको रुपमा विकसित हुँदै गएको आधुनिक नेपाली कथाले एउटा निश्चित सिद्धान्त र गोरेटोबाट हिंड्दै प्रयोग र शिल्पका दृष्टिले आज निकै विस्तृत स्वरुप पाइसकेको छ । वर्तमान समयमा जीवन जति–जति जटिल र व्यस्त हुँदै गइरहेको … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : नेपाली यात्रा साहित्यको एक अनमोल पुष्प “एथेन्सको झरी”

~डा. गोविन्दराज भट्टराई~ धेरै बर्ष बिते काठमाडौं उपत्यकामा झरी बर्षा नभएको, असार साउनमा पनि धूलो उडेको,कृषकले धानका वियाड सिङ्गै माया मारेको । यसपाली मात्र राम्रो मनसून चल्यो— तर लेटमनसुन । साउन पन्ध्रदेखि राम्रो बर्षा भो । पछुवा खेती लागाए । … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कार्यपत्र : नेपालमा बज्जिका भाषा : साहित्य र भविष्य

~सञ्जय साह मित्र~ मुख्यरूपमा भारत, बिहारका केही जिल्लाको प्रमुख भाषाको रूपमा रहेको बज्जिका नेपालका केही जिल्लाहरूमा समेत लोकजीवनको मुख्य भाषाको रूपमा रहेको छ । नेपालमा बज्जिका भाषाको भौगोलिक सीमाक्षेत्रबारे मतैक्य पाइन्न । कतै बारादेखि महोत्तरीसम्म त कतै बारादेखि सर्लाहीसम्म बज्जिका … Continue reading →

Posted in कार्यपत्र | Tagged , | Leave a comment

पौराणिक समीक्षा : उपनिषद्को प्रश्न

~शीतल गिरी~ आरुणिको समय आफ्नो शिष्य याज्ञवल्क्य (६५०ई.)भन्दा केही पहिले होला र आरुणिको गुरु हुनाले प्रवाहण जैवलिलाई हामी त्योभन्दा केही पहिलेको मान्दछौं । प्रवाहण पञ्चालको क्षत्रिय राजा थिए । प्रवाहणको बारेमा उपनिषद्भन्दा बाहिरको कुरो मलाई थाहा छैन । उसलाई त्यसैगरी … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘आइसल्याण्डको सर्प’ जस्तो जेल जर्नल

~क.दी.~ बीपी कोइरालाले जेलमा लेखेर थन्क्याएको ‘डायरी’ गणेशराज शर्माको सुझबुझले गर्दा ३३ वर्षपछि छापिएर आज हाम्रो पुस्तक सम्पदा बन्न आइपुगेको छ। शुरूमा हिमाल खबरपत्रिकामा एक वर्षभित्र ‘पुस्तक सम्पदा’ का चौबीस ओटा प्रकरण मात्र लेख्ने कुरा भएको थियो। त्यसैले यो पच्चीसौं … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : पवित्र आमाको सम्झना

~खिमानन्द पोखरेल~ घनश्याम राजकर्णिकार लेखनको हिसावले सिद्धहस्त व्यक्ति मात्र नभएर नेपालको एक सुप्रसिद्ध र पारखी साहित्यकार व्यक्तिका रुपमा साहित्यमा कलम चलाउनेहरुले धेरै पहिले देखि चिन्दै आईरहेका छन् । घनश्याम राजकर्णिकार द्वारा लेखिएका केही पुस्तकहरु मैले पढेर लेखिसकेको पनि छु । … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : “आमालाई” कविता संगालो हेरेपछि

~खगेन्द्र संग्रौला~ पंचायती निरंकुशताको उत्कर्ष कालमा सुखानीको जंगलमा निरंकुशतन्त्रविरोधी वीरहरूको बलिदानको कथा लेखियो । सो कथाले जन्माएको उदात्त भावना र गहिरो पीडा नेपाली साहित्यको अर्धलिखित वा अल्पलिखित अध्याय हो । सुखानीका जंगलको वीरतापूर्ण कथालाई कि त एक तिलस्मी गाथाका रूपमा … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कार्यपत्र : नेपाली प्रगतिवादी नाटकः परम्परा, विकास र सम्भावना

~रमेशप्रसाद भट्टराई~ प्रगतिवादी नेपाली नाटकको विकास २००१ मा प्रकाशित “गंगालालको चिता” एकांकी संग्रहपछि प्रगतिवादी नेपाली नाटकको लेखनमा लामो समयसम्म शिथिलता आएको देखिन्छ । २००७ सालको परिवर्तनले ल्याएको उत्साह लामो समयसम्म रहन सकेन । दिल्ली सम्झौतालाई धोका मान्दै आन्दोलनलाई अगाडि बढाउने … Continue reading →

Posted in कार्यपत्र | Tagged , | Leave a comment

लेख : प्रगतिशील साहित्य लेखनसम्बन्धी केही कुरा

~भीमसेन वन~ यथास्थितिलाई टिकाइ राख्न त्यही अवस्थाको गुणगानमा अल्झिएको साहित्यका विरूद्ध प्रगतिशील साहित्यको महत्व हुन्छ । जीवन जगतसँग सम्बद्ध विविध विषयमा सौन्दर्य, रूप, गुण, भावुकता आदिका दृष्टिले अभिव्यक्त हुने वा रचित हृदयस्पर्शी लेख वा रचनालाई नै साहित्य भनिन्छ । जहाँ … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

पुस्तक समीक्षा : “राष्ट्रनिर्माता खण्डकाव्य” भित्र एक नजर लाउँदा

~गोविन्दप्रसाद आचार्य~ राष्ट्रनिर्माता खण्डकाव्य माधवप्रसाद घिमिरेको ऐतिहासिक विषयवस्तुलाई आधार बनाएर लेखिएको मौलिक काव्य हो । जुन काव्य पृथ्वीनारायण शाहलाई आर्दश पुरूषका रूपमा चिनाउने उद्देश्यले लेखिएको हो । मैले वर्तमानको सन्दर्भबाट यसलाई हेर्दा हिजो पनि राष्ट्र टुक्राउन चाहानेहरू उत्तिकै रूपमा सशक्त … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

समीक्षा : तामाङ जाति र सेलो

~पलपल मोक्तान~ तामाङ जाति नेपालको एक प्रमुख जाति हो । प्राचिन समय देखी आफ्ना छुट्टै अस्थीत्व र पहिचाहान लीएर नेपालमा रहदै आएका तामाङ जातिको आफ्नै धर्मा, भाषा,,संस्कृतिक र परम्परा छ । यिनै परम्परा र संस्कृतिक मध्य सेलो परम्परागत तामाङ समाजको … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : भूपिको रचनाको सङ्क्षिप्त विचरण

~गोविन्द गिरी प्रेरणा~ आधुनिक नेपाली काव्यजगत्का सर्वाधिक लोकप्रिय कवि भूपि शेरचनको कृतित्वको विषयमा तयार पारिएको कृति हो ‘सिर्जनाका परिधिमा भूपि शेरचन’ । यसका कृतिकार हुन् सुकुम शर्मा । लेखक शर्माले २०४८ सालमा रूपरेखा, रक्सी र भूपि शीर्षकमा एक लेख लेखेका … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : बहुचर्चित लेखहरूको संग्रह

~हरि अधिकारी~ देवताको कोटीमा पुगिसकेका देवकोटाको जीवन देवताको झैँ थियो- संघर्षमय जीवन, व्यथैव्यथाका ती मार्मिक वर्षहरू अनि सन्तोषको त्यो अन्तिम क्षण आर्यघाटको किनारमा। त्यहाँ देवकोटाको अन्तिम सन्तोषको क्षण देखेर विरूपाक्षले सोचे होलान्- तिमी मजस्तै दन्त्यकथामा पर्नेछौ, एउटा दन्त्यकथामा उनिएर। अनि, … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : थप परिष्कारको अपेक्षा गर्ने कथाहरू

~हरि अधिकारी~ साहित्यका सबैजसो प्रमुख विधाहरूमा समानरूपले कलम चलाउँदै आएका उत्साही लेखक गोविन्द गिरी ‘प्रेरणा’ को नवीनतम् कथासङ्ग्रह ‘घोराही शून्य किलोमिटर’ मा समसामयिक विषयवस्तुमा केन्द्रित भई लेखिएको २० वटा कथा सङ्कलित छन् । सङ्ख्यात्मक हिसाबले हेर्दा निक्कै नै उर्वर देखिने … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समालोचना : मार्क्सवादी समालोचनाको भ्रष्टीकरण विरूद्ध

~खेम थपलिया~ लेखकको सिर्जनाबाट परजीवी वर्गका विरुद्ध लडिरहेका जनताले प्रेरणा र ऊर्जा पाउन सकून् । कुनै पनि लेखक जबसम्म नयाँ व्यवस्था, नयाँ समाज र मानवतामा आधारित भविष्यका लागि सङ्घर्षरत वर्ग र यसका मूल्यप्रति प्रशंसात्मक दृष्टिकोण अँगाल्दैन, तबसम्म उसले कहिले पनि … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

समीक्षा : केही पढ्नैपर्ने आख्यान

~चंकी श्रेष्ठ ‘अभय’~ पढेकामध्ये बिर्सी नसक्नु किताब थुप्रै हुन्छन् तर आत्मीयता अनुभव हुने निकै कम । म्याक्सिम गोर्कीका उपन्यास ‘आमा’, ‘बाल्यकाल’, ‘जीवनको मार्गमा’, ‘मेरा विश्वविद्यालयहरू’, मिखाइल सोलोखोबको ‘मान्छेको भाग्य र दोनका कथाहरू’, गुस्ताब फ्लुबर्टको ‘म्यादम बोभारी’, गाबि्रयल गार्सिया मार्खेजको ‘क्रोनिकल … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘नमेटिएका चित्रहरू’मा मरुभूमिका सुखदुःख

~गोविन्द लुइँटेल~ यात्राले मानिसलाई ऊर्जा र ज्ञान दिन्छ। जीवन र जगत चिनाउँदै मान्छेलाई खुशी पनि बनाउँछ। त्यही कारण मानिसहरू काम थाती राखेर अनि पैसा खर्चेर भए पनि देश–विदेश घुमफिर गर्न निस्कन्छन्। महालेखा परीक्षकको कार्यालयमा निर्देशक रहेका दामोदर पुडासैनी ‘किशोर’ले भने … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : भारतमा लेखिएका नेपाली गजल परम्परा : सर्वेक्षण एवं प्रवृत्तिगत अध्ययन

~नवीन पौड्याल~ क)आमुख: मनका भावलाई सुन्दर रूपमा प्रस्तुत गर्ने एउटा माध्यम कविता हो।यो विधा सबैभन्दा लोकप्रिय,प्रयोगशील र लचिलो रहेको हुन्छ। यसका अनेक परिभाषा छन् र सबैलाई यहाँ प्रस्तुत गर्न सम्भव छैन। कविताका अनेक स्वरूप छन् र अझै नयाँ नयाँ स्वरूप … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : पुराणको अन्यायमा परेका इन्द्र

~प्रदीप नेपाल~ हिन्दुहरूका एउटा देवताको नाम इन्द्र हो । इन्द्रको सामान्य चिनारीमा उनी असुरपुत्री शचीका पति हुन् । शचीलाई पनि उनले अपहरण गरेरै ल्याएका होलान् । उनी असाध्यै स्त्रीलम्पट पनि छन् । स्वास्नीमान्छे देख्नै नहुने । उनी अत्यन्तै काँतर पनि … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment