Category Archives: लेख – समीक्षा

लेख – समीक्षा / Critical writeups

समालोचना : पाश्चात्य समालोचनाको स्वरूप र प्रकार

~नारायण गडतौला~ १. समालोचनाको स्वरूप ‘समालोचना’ शब्द प्रायः ज्ञान विज्ञानका सबै क्षेत्रमा प्रयोग हुने भए पनि यहाँ साहित्यिक समालोचनाका अर्थमा मात्र सीमित गरिएको छ । साहित्य र समालोचना दुवैको साइनो ज्यादै निकट रहेको छ । माली र फुलबारी जस्तो समालोचना … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

पुस्तक समीक्षा : श्यामश्वेत जीवनका कथा

~जीवा लामिछाने~ पानीका घाम उपन्यासका लागि २०६६ सालको पद्मश्री साहित्य सम्मान विजेता अमर न्यौपाने नेपाली आख्यानमा निकै ठूलो सम्भावना बोकेका प्रतिभा हुन्। दोस्रो उपन्यास सेतो धरती मार्फत उनी अझ् ठूलो आत्मविश्वासका साथ फेरि प्रकट भएका छन्। मरुभूमि जस्तो निरस तथा … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : उर्गेनको घोडा,एउटा विषम समयको अनुवाद

~सुवास खनाल~ सेतासेता घोडाहरूका हजारौँ आकृतिहरू हिउँ फुस्फुसाएझैँ कोठाभरि रङमङिएका थिए ,सम्पूर्ण कोठा त्रिआयामिक क्यान्भासझैँ लाग्थ्यो , र यो घोडा हो उर्गेनको घोडा । एउटा अमुर्त पोटे«टजस्तो घोडाको बयान छ यहाँ ,कथाको शुरुवाततिर । यो कथा होइन वास्तविकता हो । … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : ज्ञानुवाकरको दोस्रो स्तम्भ

~जैनेन्द्र जीवन~ मोतीराम भट्टको युगमा मौलाएको नेपाली गजल ६०–७० वर्षसम्म हराए जसरी सुस्तायो। भीमनिधि तिवारीहरूको समयमा पुनः ब्युँतिएको साहित्यको यो विधामा बहार आउन २०३० को दशकको आधाआधी पर्खनु पर्‍यो। नेपाली गजलमा तेस्रो पटक पुनर्जागरण ल्याउने सर्वाधिक श्रेय ज्ञानुवाकर पौडेललाई जान्छ, … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : पाश्चात्य साहित्यमा नीतिपरक काव्यविधानको प्रयोजन

~डा बमबहादुर थापा ‘जिताली’~ प्राचीन युनानी सभ्यताकालदेखि नै काव्यलाई धार्मिक सिद्धान्तसँग जोडेर धर्म-प्रचार वा मानव-कल्याणको साधन मान्दैआएको पाइन्छ । साहित्य वा कलाका सम्बन्धमा पश्चिमी जगत्मा विभिन्न सम्प्रदाय र मतमतान्तर पाइन्छन् । सभ्यताको विकासका साथै मानव विचार र दृष्टिकोणमा परिवर्तन आउनु … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘माधवी’को महिमा

~कनकमणि दीक्षित~ यस स्तम्भमा हामीले यसअघि दुइटा उपन्यासको चर्चा गरिसकेका छौं– रुद्रराज पाण्डेको ‘रूपमती’ र गिरीशवल्लभ जोशीको ‘वीरचरित्र’ को। आज अर्को उपन्यास अगाडि सरेको छ, मदनमणि दीक्षितको प्राग्–इतिहासकालीन ‘माधवी’। ‘माधवी’ पौराणिक कथा हो। त्यस हिसाबले यो हामीहरूका लागि नौलो पुस्तक … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : जापानी हाइकुकवि मासाओका शिकि र उनका कविता

~माधवलाल कर्माचार्य~ जापानको हाइकु कविताका महारथी मानिएका चार कविहरूमा माचुओ वाशो, मोसा कुसोन, कोवायासी र इस्सापछिका मासाओका शिकि सबभन्दा पछिल्ला र आधुनिक हाइकु कविहरूमा पहिला मानिन्छन् । उनले वस्तुनिष्ठ कुराहरूमा वस्तुनिष्ठ सत्यकै खोजी गरे जब उनका पूववर्ती कविहरूले वस्तुनिष्ठ कुराहरूमा … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : सुबिसुधाको ‘रहस्यमय भोगाइ’का सम्बन्धमा

~प्रा.गोपीकृष्ण शर्मा~ ‘अग्नियुद्ध’ कथासङ्ग्रहको अन्तर्क्रिया हुँदै थियो । मेरा स्नेही बन्धु केशव आचार्यले घरमा आएर उक्त कार्यक्रममा सामेल हुन आग्रह गरे । वि।सं। २०६३ साल फाल्गुन १८ गते शुक्रवारका दिन उक्त कृतिको अन्तर्त्रिुयाको कार्यक्रम पुल्चोक स्थानीय विकास मन्त्रालयको सभाकक्षमा रहेछ … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कार्यपत्र : समकालीन नेपाली नारीकथाकार र कथा लेखन प्रवृत्ति

~लक्ष्मी उप्रेती~ विषय प्रवेश : कथा सुन्ने र भन्ने परम्परा पुरानै भएता पनि स्वतन्त्र रुपले नेपालमा कथाको इतिहास १९ औं शताब्दीदेखि मात्र आरम्भ भएको पाइन्छ । कथा साहित्यमा समय र सहभागीताका दृष्टिले पुरुषका तुलनामा नारी अलि पछि र संख्यामा केही … Continue reading →

Posted in कार्यपत्र | Tagged , | Leave a comment

पुस्तक समीक्षा : “लक्षित पाइलाहरु”को बसाई

~राजकुमार सुब्बा ‘अनिश्चित’~ सन् १९८६÷१२÷२८ गते सौरेनी सम्घिको भुटानमा जन्मिएका स्रष्टा हुन दिनेश चाम्लिङ्ग ‘अभिलाषी’ जिवनको सार खोज्नेलाई जब मनले चिताउँछ तब लक्षित र निश्चित ठाउँमा ती पाईलाहरु पुग्छन् । यसैको एउटा उदाहरणीय रुप हो चाम्लिङ्गको कृति “लक्षित पाईलाहरु” ! … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : साहित्यमा पनि क्रमभङ्गता !

~नरेश शाक्य~ क्रमभङ्ग गरौँ । कछुवाको जस्तो सुस्त चालले होइन कि उफ्राइ उफ्रौँ भ्यागुताको जस्तो । छलाङ्ग मारौँ । वर्तमान नेपालको राजनीतिक वृत्तमा थोरै हदसम्म मात्र भए पनि नेपाली साहित्यमा पनि यसको बहस, छलफल वा वाद विवाद चाल्नु आवश्यक भएको … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : बजगाईंको “हिउँको तन्ना” हेर्दा

~रामकुमार पाँडे~ हिउँको तन्ना कृष्णको बाँसुरीमा पानीको रेखा । हाइकु जापानी शैलीको छोटो कविता हो । यो ५-७-५ अक्षरीय शब्द संयोजनमा रचना गरिन्छ । प्रकृति दर्शनमा केन्द्रीत रही तीन हरफमा रचना हुने हाइकु सघन दर्शन परिदर्शनको उच्चकोटीको काव्य हो । … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : यात्रा अमेरिकाको माया नेपालको

~खिमानन्द पोखरेल~ साँच्ची नै दिल खोलेर भन्नु पर्दा घनश्याम राजकर्णिकारको नाम नियात्रा जगतको संसारिक परिवेशमा नसुन्ने व्यक्ति विरलै होलान् । नियात्रा लेख्नु भनेको चानचुने, सरल र सहज विधा हो भनेर म भन्न सक्तिन । पाठकहरुको मन पगाल्न त्यहाँका दृश्यहरुको अवलोकन, … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कार्यपत्र : डायस्पोरा र नेपाली साहित्यको विश्वव्यापीकरण

~डा. खगेन्द्रप्रसाद लुइटेल~ यतिखेर नेपालीमा डायस्पोरिक साहित्य÷आप्रवासी साहित्य, प्रवासी साहित्य, परदेशी साहित्य, लाहुरे साहित्य आदि अनेक नाम प्रचलनमा रहेका देखिन्छन् । यीमध्ये नेपालीमा डायस्पोरा शब्दको चर्चा निकै भएको पाइए पनि यसको सैद्धान्तिक स्वरूपबारे त्यति धेरै चर्चा गरिएको छैन । यस … Continue reading →

Posted in कार्यपत्र | Tagged , | Leave a comment

कार्यपत्र : समकालीन नेपाली गजल २०६८को संछिप्त विवेचना

~सदानन्द अभागी~ परिचय समकालीन नेपाली गजलको सम्पादन बरिष्ठ गजलकार, हाम्रो मझेरी साहित्य प्रतिष्ठानका अध्यक्ष, हाम्रो मझेरी, पुष्पाञ्जलि, गजलविम्ब, गजलदीप, गजलयात्रा (१) गजलयात्रा (२), गजलगङ्गा, समयका स्वरहरूका सम्पादनकर्ता पुष्प अधिकारी अञ्जलिबाट भएको हो। बास्तबमा नेपाली गजलको इतिहासलाई केलाउने हो भने मोतीराम … Continue reading →

Posted in कार्यपत्र | Tagged , | Leave a comment

समीक्षा : नेपाली साहित्यमा प्रगतिवाद

~अमर गिरी~ उठान प्रगतिवाद नेपाली साहित्यको मुख्य धारा हो । मुख्य धाराका रूपमा प्रगतिवाद नेपाली साहित्यमा स्थापित रहे पनि प्रतिधु्रवीय लेखक समीक्षकहरूले यसलाई न्यून महत्व दिने गरेका छन् । कतिले त यसको उपस्थितिलाई नै लुकाउने गरेका छन् । केहीले यसलाई … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : वर्णविन्यासको एकरूपता

~मोहनराज शर्मा~ नेपाली वर्णविन्यासका क्षेत्रमा मैले देखेको सर्वप्रमुख समस्या एउटा मात्र छ । त्यो समस्या के हो भने वर्णविन्यासका सम्बन्धमा देखापरेका मतमतान्तरको समन्वय गर्ने र त्यसको कार्यान्वयन एवं अनुगमनमा लाग्ने उच्च भाषिक निकाय वा केन्द्रीय एकाइको अभाव छ । यहाँ … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘फ्रन्टपेज’ कथासङ्ग्रहमा चित्रित समाज

~प्रा.गोपीकृष्ण शर्मा~ गीत, गजल, कविता र मुक्तक जस्ता सिर्जनाबाट नेपाली साहित्यमा प्रवेश गरेकी सुबिसुधा आचार्य अहिले कथाका क्षेत्रबाट निकै चर्चित प्रतिभा हुन् । यिनका ‘अग्नियुद्ध’ र ‘रहस्यमय भोगाइ’ शीर्षकमा दुई कथासङ्ग्रह प्रकाशित भइसकेका छन् । यो ‘फ्रन्टपेज’ कथासङ्ग्रह कथाकार सुबिसुधा … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : नाट्यसाहित्यमा कोशेढुङ्गा : प्रगतिवादी एकाङ्की नाटक

~रमेश शर्मा~ साहित्य भनेको मानव जीवनका सामुहिक आवेगहरूको कलात्मक प्रतिबिम्बन हो । मार्क्सवादले कला साहित्यलाई सामाजिक चेतना र विशिष्ट मानव कार्यकलापको रूपमा व्याख्या गरेको छ । कविला समाज हुँदै एक्काइसौँ शताब्दीसम्म मानव जातिले समाज विकासको क्रममा बेहोरेका ठूला ठूला राजनीतिक, … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : मैथिल नारीका युगसापेक्ष आवाजः ‘अपन मिथिलाक गीत’ भित्र

~नन्दलाल आचार्य~ जेष्ठ महिनाको प्रचण्ड गर्मीमा ‘नारदी’ नामक मैथिल लोकनाट्य/गायन कार्यक्रममा अतिथिका रूपमा मैले पनि सहभागी हुने सौभाग्य पाएको थिएँ । प्राज्ञ रमेश रञ्जन, बरिष्ठ पत्रकार शिवहरि भट्टर्राई, मैथिल भाषा, संस्कृतिका अभियन्ता तथा मैथिल महासंघ नेपालका अध्यक्ष विष्णु मण्डल, मैथिली … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : अङ्ग्रेजीमा नेपाली साहित्य : एक सर्वेक्षण

~महेश पौड्याल~ यस  आलेखले पहिले नेपाली लेखकहरूले सिधै अङ्ग्रेजीमा लेखेका, तथा नेपालीमा लेखिएर अङ्ग्रेजी भाषाका अनुवाद गरिएका साहित्यको सङ्ख्यात्मक चर्चा गर्नेछ । यसपछि नेपाली साहित्यको वैश्विक उपस्थिति अझै पनि सन्तोषजनक नहुनुका पछाडिका केही सम्भावित कारणहरूको विश्लेषण गर्नेछ । अन्त्यमा, यस … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : “सम्झनाका तरेलीहरू”मा तरङ्गिदा

~दिव्य गिरी~ शब्दद्वारा परिभाषित गर्नुपर्दा गीत भनेको मानव मनको अन्तरआत्मादेखि प्रष्फुटन हुने कोमल भावना हो अर्थात मनको सुन्दर सशक्त र शक्तिशाली अभिव्यक्ति हो । नेपाली बृहत् शाब्दकोषले गीतलाई यसरी परिभाषा गरेको छ – गाउनका निम्ति रचिएको लयात्मक तथा सुललित पद्य-रचना … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘चाँदनीको व्यथा’मा लुकेको पीडा-प्रलाप

~नन्दलाल आचार्य~ सुदूर पश्चिमाञ्चल भौगोलिकरूपमा दुरुह भए पनि साहित्यको विकासका दृष्टिले समृद्धशाली क्षेत्र हो । इतिहासका पाटालाई केलाउँदा पनि महत्वशाली र गौरवशाली क्षेत्र हो । प्राकृतिकरूपमा समेत मनोरम स्थलले ढाकेको त्यहाँको जनजीवन प्राकृतिकता छ । चाँदनी र दोधारा गाविस नै … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : ‘नजन्मिनुपर्ने मान्छे’ कथासङ्ग्रह भित्र एकछिन घोत्लिदाँ !

~कुमार काफ्ले~ नेपाली साहित्यमा धीरकुमार श्रेष्ठ एउटा यस्तो सशक्त नाम हो जसको परिचय गरिरहनुपर्ने जरुरत छैन । उनको आफ्नो छुट्टै पहिचान र योगदान छ । वि.सं. २०१८ साल असार २५ गते पकरी ६, सप्तरीमा जन्मेका उनले नेपाली साहित्यमा स्नातकोत्तर गरेका … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : रोदनका एकासी प्रसङ्ग

~तुलसीहरि कोइराला~ नेपालमा अन्तर्वार्ता साहित्यलाई स्थापित गर्ने काम रुपरेखा का सम्पादक उत्तम कुँवरले गरेका हुन्, जसको स्रष्टा र साहित्य (२०२३) यस विधाको पहिलो कोशेढुङ्गा थियो । कुँवरले कोरेको बाटोमा ढुङ्गा थप्दै जाने र यसलाई फराकिलो पार्ने काम मधुपर्क मासिकका सम्पादक … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : बाल्यावस्था र राज्यारोहण

~शंकर लामिछाने~ डिसेम्बर ११, १९११ युवराज त्रिभुवनको शिक्षारम्भ भएको आज १४ दिन भयो । यसबीच, आचार्य बाजेले निकै मिहिनेत गरी साउँ अक्षरको एक पुस्तक आफ्नै हातले तयार पारेका छन् । कालो, रातो, पहेँलो, हरयिो रंगहरूले फूलबुट्टा काटेर ठूल्ठूला अक्षरमा पहिलो … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

लेख : नेपाली गजलको इतिहास र विकास सिद्धान्त

~कमल प्रकाश पौडेल ~ खण्ड – क परिच्छेद–एक – सिर्जना परिचय १.१ सिर्जनाको परिचय सिर्जना शब्द आफँैमा चामत्कारिक शब्द हो । जो, जहाँ, जसरी रहेको हुन्छ त्यसरी नै सिर्जनाको अध्याय पूरा गरेको हुन्छ । संयोग सबैलाई मिल्दैैन; अर्थात् सिर्जना भन्ने … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

पुस्तक समीक्षा : अर्की आइमाई : अमेरिकाको अलिखित वास्तविकताको कथाव्यथा

~डा. गोबिन्दसिंह रावत~ प्राक्कथन : निलम कार्की निहारिकाको  अर्की आइमाई पढेपछि भारतीय मूलकी क्यानेडियन निर्देशिका दीपा मेहताको हेबेन अन अर्थ चलचित्रको सम्झना आयो । यस चलचित्रमा पनि एकजना पंजाबीले नायिका प्रिटी जिन्टालाई पंजाबबाट बिहे गरेर क्यानाडा ल्याएर दासी बनाएको कथाव्यथा … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : भाइटीकामा मितेरी साइनो

~त्रिभुवनचन्द्र वाग्ले~ भाइटीकाको दिनमात्र खुल्ने रानीपोखरीस्थित भातृत्तेश्वर महादेव मन्दिरमा धेरै दाजुभाइहरूले टीका थाप्छन् । राजधानी काठमाडौंमा अन्जली दिदीले विगत केही वर्षदेखि धेरै भाईहरूलाई टीका लगाइदिंदै आउनु भएको भएको छ । यसमाथि ओम शान्तिका दिदीहरूले जनै पूणिर्माको अवसरमा राजनीतिक र सार्वजनिक … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘मुक्तिसंघर्ष’को मैदानमा कवि राजेश विद्रोहीको परीक्षा

~नन्दलाल आचार्य~ ‘थोरै साहित्यको निर्माण गर्न धेरै इतिहास लाग्छ ।’– हेनरी जेम्स ‘मनुष्यभन्दा ठूलो कुनै शक्ति छैन, मनुष्य समस्त वस्तु र स्वयं स्रष्टा हो, मनुष्य चमत्कारकर्ता हो र प्रकृतिका समस्त शक्तिहरूको भावी स्वामी हो ।’– म्याक्सिम गोर्की अ. विषय प्रवेश … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : मखमली काव्य हाइकु लेखनको लहर र रचनाको रहर

~रामकुमार पाँडे~ सानो नै सुन्दर र अणु नै परमाणुका रूपमा सूक्ष्म काव्य हाइकु पूर्वीय दर्शन र जीवन शैलीको उत्कृष्ट उदाहरण हो । जटिल मन्त्र, सूत्रबद्ध पारम्परिक पद्धतिलाई सरलीकृत सिर्जनाका रूपमा हाइकु कवि, महाकवि मात्र हैन चिन्तक दार्शनिकका लागि ज्ञानान्तको शून्य … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : सङ्केतको कविता संग्रह

~होम सुनुवार~ सबै साहित्यिक मनहरुमा समर्पण गरी लेखिएको ‘सङ्केतका कविता’ नामक दोस्रो कविता संग्रह सम्झना स्वरुप मेरो हात पर्दा म अचम्भित र खुशीको सम्मिश्रणमा एकछिन टोलाएँ । किनकि लेखकका अन्य साहित्यिक कृतिहरु पैँयूका फूलहरु, हाईकु संग्रह र यात्रा स्पर्श, यात्रा … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment