Category Archives: लेख – समीक्षा

लेख – समीक्षा / Critical writeups

पुस्तक समीक्षा : विजयकुमारको ‘खुसी’: बडप्पनको बकपत्र

~किशोर दहाल~ अध्ययन र अनुभवले खारिएका पत्रकार विजय कुमारबारे ‘कामना सिने मासिक’ले२०४५ सालतिरै यस्तो लेख्योः “नेपाल टेलिभिजनका सुपर स्टार विजय कुमार,जसका आँखाहरु कुनै अर्कै दुनियाको सपना देखिरहेझैं प्रतीत हुन्छ ।” (पेज न. ११०) विजय कुमारलाई विनोद चौधरीले भन्थेः “चानचुने मानिस हो र तपाईं ? विनोदचौधरीले बान्ता सोहोरेको मानिस पो हो त ?” (पेज न. १४०) र, विजय कुमार त्यो हो, जसले आफ्नै बारेमा यस्तो लेखेः “टाउकोमा गोली खानेसम्पादकको साटो कुनै घटिया सम्पादकका साथ करिअर सुरु गरेको भए, त्यस्तोहुने थिइनँ,जस्तो भएँ । (पेज न. २६८) यी सन्दर्भले विजय कुमार को हुन्, कस्ता व्यक्तिसँग संगत गरे र कस्ता व्यक्तिकोस्कुलिङले आफुलाई खरो बनाउँदै लगे भनेर बुझ्न सकिन्छ । यद्यपी यो बुझाईपर्याप्त भने हुने छैन, केबल झल्को पाउन सकिन्छ ।

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : उत्कृष्ट संस्मरणात्मक शोक गन्थ : ननिख्रिएका आँसु

~भेषराज रिजाल~ वि.सं. २००७ साल भदौ ११ गते गोरखा जिल्लाको ताकुमाझ लाकुरीबोट गाउँमा माता ललिता कुमारी गुरुङ र पिता कप्तान दीर्घसिं गुरुङको कोखबाट जन्मनुभएका दोलखबहादुर गुरुङले शिक्षा स्नातक (B.ED.) प्रशासन स्नातक (D.P.A.) र समाजशास्त्रमा स्नातकोत्तर (M.A.) शैक्षिक उपाधि हासिल गर्नुभएको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : नारीमनकी कथाकार प्रेमा शाह र उनको ‘पहेँलो गुलाफ’

~कृष्णप्रसाद कोइराला~ ‘साहित्य हो, सभ्यताको प्रतीक । मानव सभ्यताको विस्तृत क्षेत्रबाट एक मुट्ठी माटो लिएर त्यसलाई मात्र सभ्यताको नाम दिनु कूपमण्डूकता हो । आंशिक सत्यता सबैमा विद्यमान छ, पूर्णसत्यता कसैमा पनि छैन । साहित्य जीवनजस्तो व्यापार होइन, त्यसको क्रय पनि … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : प्रियासनको भुमरीभित्र पस्दा

~केशरमान बिसी ~ साहित्य समाजको वास्तविकता देखाउने दर्पण हो । जसले समाजका उतार चढावहरुलाई रोचक तथा तार्किक शैलीमा आम जनमानसलाई चेतना प्रदान गर्ने गर्दछ । वास्तविक साहित्य सदैव समाज सापेक्ष हुनुपर्दछ । समाजमै बस्ने सर्जकहरुले साहित्य विधाद्वारा समाजका विकृति विसंगतिहरुलाई मुख्य … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : सिल्ली लभर : सिल्ली समयको कथा

~किरण दहाल~ बिश्वबिद्यालय शब्द सुन्नासाथ हाम्रो दिमागमा केहि दृश्यहरु सल्बलाउन थाल्छ । राष्ट्रिय वा अन्तराष्ट्रिय घटनाक्रममाथि बहश, आन्दोलन, डेटिङ, ताल–तालका बिद्यार्थी, फोहोर ट्वाईलेट, भद्रगोल प्रशासन संयन्त्र आदि–ईत्यादि । यीमध्ये अधिकांश दृश्यलाई आत्मसाथ गर्दै अघि बढिरहेको एक युवाको कथा हो, ‘सिल्ली … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : बिसे नगर्चीको खोजीबारे केही कुरा

~आर. आर. चौलागाईं~ केशव श्रेष्ठ ‘ज्योति’ (हालः केशव श्रेष्ठ) मेरा अभिन्न मित्र हुन् । कुनै बेला हेटौँडामा हाम्रो साहित्यिक जोडी एउटा उदाहरणीय जोडी थियो । जहाँ ‘ज्योति’, त्यहाँ आर। आर। । अनि जहाँ आर। आर। त्यहाँ ‘ज्योति’ । हामी दुवै … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : टंक सम्वाहाम्फेको युद्ध भित्र उभिएका बुद्धहरु

~बद्री पलिखे~ जिन्दगीको नदीलाई तर्न सकिन्छ कि भनेर जंघार हिड्न कोसिस गरिरहेछुतर कहिल्यै जंघार नाघिसकेका हुदैनौ वरु निरन्तर अनुभूति मात्र संगालीरहेका हुन्छौ । यसरी अनुभूति संगाल्ने क्रममा अनेकौ रीतहरुलाई ब्यहोर्दै आफ्नो जन्मभूमिवाट पराइभूमिमा पाइला टेक्दा पनि आफ्नोपनले कहिल्यै छाड्दैन रहेछ … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : लिलाम: निम्नवर्गीय जीवनको उत्कृष्‍ट उपन्यास

~रजनी ढकाल~ “…नेपालमा खान पनि पाइन्न, बोल्न पनि पाइन्न । हामीलाई खान पनि पाइने, बोल्न पनि पाइने परिपाटी चाहिन्छ ।” (घिमिरे: २०६४) तत्कालीन पञ्चायती शासनकालको चरम अवस्थामा बाईस वर्षे युवा उमेरको जोसमा जगदीश घिमिरेको परिपक्व दिमागले बोलेको वाक्य हो यो । … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : बद्री पलिखेको ‘समयको प्रतिबिम्ब’ का प्रतिबिम्बहरू

~नीरज लावोजु~ राम्रा कविता लेख्नु सजिलो काम होइन। त्यसैले धेरैबाट लेखिने विधा भएर पनि निकै थोरैमात्र सफल भएको विधा हो –कविता। कविता पढ्ने पाठकहरूमा परेको खडेरीका कारण सफल भएका थोरै पनि कतिबेला पछारिने हुन्, अत्तोपत्तो छैन। त्यसैले यो समयमा कवि बन्नु … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : कूटनीतिक अनुभवको दस्तावेज

~किशोर दहाल~ रमेशनाथ पाण्डे मूलतः कूटनीतिक क्षेत्रमा चर्चित नाम हो । उनी आवश्यकताअनुसार जुनसुकै परिस्थितिमा पनि आफ्नो सान्दर्भिकता पुष्टि गर्न सक्ने व्यक्तित्वका रूपमा चिनिन्छन् । कलिलो उमेरदेखि नै पत्रकारितामा सक्रिय पाण्डेले त्यसैबाट सिर्जित अवसरबाट कूटनीतिक र राजनीतिक सक्रियताको अभ्यास गरेका थिए । जिन्दगीका … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : युग बुझेका साझा कवि भूपि

~विश्वविमोहन श्रेष्ठ~ भूपिका कविता लेखन र आनीबानीबारे धेरै कुरा आइसकेका छन्। वैयक्तिक जीवनका केही मुख्य कुरा भने अँझै बाहिर आउन पाएका छैनन्। झन्डै एक दशकको निकटतामा रहँदा मैले धेरै बुझ्ने अवसर पाएँ। युवा पुस्ताका कविसँग सम्पर्कमा रहन सधैं उत्साहित र … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : तिब्‍बती शरणार्थीका सकस

~किशोर दहाल~ नेपालमा शरणार्थी शब्दले मूलतः भुटानी शरणार्थीलाई प्रतिबिम्बित गर्छ । तिनका सुखदुःख, विवशता, संघर्षका धेरै कथा छन् । तर, यो मुलुकमा उस्तै घटना, उस्तै संघर्ष (भाषा, धर्म, रहनसहन, भेषभुषा र परम्पराको फरकपनले अझै बढी) ले भरिएका तिब्बती शरणार्थी पनि थिए र … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : उत्तर–आधुनिकताका सन्दर्भमा डा. ध्रुवचन्द्र गौतमको ‘उपसंहार अर्थात् चौथो अन्त्य’ उपन्यास

~कृष्णप्रसाद कोइराला~ १. लेखक परिचय डा. ध्रुवचन्द्र गौतम (जन्म– २००० : रक्सौल, भारत) नेपाली साहित्यमा नौला–नौला बान्की र विषयका आख्यान सिर्जना गर्ने बेजोड आख्यानकार हुन् । यिनले नेपाली साहित्यका प्रायः सबै विधामा सशक्त रूपमा कलम चलाई उत्तिकै सफलता पनि प्राप्त … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : हरायो हाँसो

~हरिवंश अाचार्य~ हास्य र व्यंग्य भनेको जेरी र स्वारी जस्तै हो । स्वारी मात्रै देख्यो भने जेरीको याद आइहाल्छ, जेरी मात्रै देख्यो भने स्वारीको याद आउँछ । हास्य र व्यंग्य भनेको अलिअलि हामी ‘मह’ जोडी जस्तै पनि हो, मदन कृष्णलाई … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : कविताको प्रभाव

~हरिवंशराय बच्चन~ अनुवाद : किशोर पहाडी त्यो बेला मैले जे जति कवि सम्मलेनहरूमा भाग लिएँ, तीमध्ये एकको विशेष चर्चा गर्न चाहन्छु । किनभने त्यस सम्मेलनमा यस्तो एउटा दुःखदायी घटना घट्यो कि त्यसले मेरो पहिल्यैदेखि शोकातुर भएको मनलाई झन् उद्विग्न पार्यो … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

समीक्षा : महिलालेखन र नारीवादी नेपाली उपन्यास

~लीला लुइटेल~ पृष्ठभूमिः नारीवादको सङ्क्षिप्त परिचय साहित्यकारलाई लिङ्ग भेद गरेर हेर्नु हुँदैन भन्ने दृष्टिकोण पनि रहेको पाइन्छ तर महिलाका भावना, अनुभूति, अनुभव, समस्या, कुण्ठा, विकार, यौनसम्बन्धी दृष्टिकोण आदि महिलाकै कलमबाट सिर्जना हुँदा ती जति बढी प्रामाणिक र वस्तुगत हुन्छन् त्यति … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : ऊहापोहयुक्त कथा— अटोग्राफ

~महेश प्रसाईं~ समकालीन नेपाली साहित्यमा गीत, कविता र कथा लिएर देखा परेका स्रष्टा पंक्तिमा विष्णु राईको नाम भिन्न ढंगबाट लिनुपर्ने हुन्छ । त्यो ‘भिन्नता’ उनले प्रयोग गर्दै आएको प्रविधि हो र उनको कथाकारले पहिल्याएको स्वत्वको खोजी हो । यी तीनै … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : सांस्कृतिक दृष्टिबाट कुमारी शोभा उपन्यासको विश्लेषण

~लीला लुइटेल~ १. प्रारम्भ : संस्कृतिको परिचय मानव जीवनको पहिचानका रूपमा रहेको संस्कृतिसँग साहित्यको पनि निकट सम्बन्ध रहेको हुन्छ । प्रायः सबैजसो साहित्यिक कृतिहरूमा पनि कुनै न कुनै ढङ्गले संस्कृति अभिव्यक्त भएको हुन्छ । साहित्यले संस्कृतिको निर्माण गर्ने र संस्कृतिले … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : विजय मल्लका कविताका संरचक तत्त्व र प्राविधिक कौशल

~डा. माधवप्रसाद पोखरेल~ विजय मल्लका कविता सङ्ग्रह (२०२८) मा बटुलिएका ६१ ओटा कवितालाई केलाउँदा उनको कविता लेख्‍ने छुट्टै प्रविधिको परिचय पाइन्छ । उनका कवितामा ‘अमूर्त कला’ मा जस्तो चित्रकारिता पाइन्छ । भन्नु पर्ने कुरालाई घुमाउरो पाराले ‘प्रतीक’ हरू प्रयोग गरेर … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : गजलको परिचय, अर्थ र परिभाषा

~डा. घनश्याम परिश्रमी~ सैद्धान्तिक आलेख १.१. विषयप्रवेशः गजल अधुनातन नेपाली साहित्यिक जगत्मा अत्यन्त प्रभावकारी काव्य विधाका रूपमा देखा परेको छ । वास्तवमा अचेल हरेक तह र तप्काका पाठक तथा श्रोताहरू गजल औधि मन पराउँछन् । आजभोलि त्यस्ता साहित्यिक पत्रिकाहरू बिरलै … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : प्रेमपिण्ड : वस्तुयोजना

~वंशीधर कट्टेल~ पूर्वीय र पाश्चात्य साहित्यमा नाटकको स्थान सर्वोपरि छ । नाटक अभिनेय काव्य भएकाले श्रव्य काव्यको तुलनामा यसको सर्वोपरि स्थान रहेको छ । नाटक वस्तुपरक विधा हो र यसमा लोक जीवनको अनुकरण हुन्छ । ज्ञान विज्ञान कला संस्कृत सबै … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : एकलव्य साधकको सजीव कृति

~निर्मोही व्यास~ संस्मरणकार राम पराजुली सिन्धुपाल्चोकको अनकन्टार गाउँमा जन्मी, हुर्की कलकलाउँदो नवयुवाकालमा तराईको निजगढमा बसाइँ आएका हुन् । उनी स्वाध्ययनका भरमा साहित्य–सृजनमा एकलव्य भावले समर्पित प्रतिभा हुन् । सरलता, विनम्रता र हार्दिकताका त्रिवेणी वा नुन–चिनी–पानी व्यक्तित्व हुन् । कहिल्यै कसैको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

लेख : सफल निबन्ध लेख्दा हेक्का राख्नु पर्ने छवटा बुँदा

~मोहनराज शर्मा~ सफल र सार्थक निबन्ध लेख्ने क्रममा विशेष ध्यान राख्नु पर्ने छवटा बुँदाहरू छन् । प्रत्येक बुँदा र त्यसको खोलुवा तल दिइएको छ : १) मूल वस्तु : बीज विचार—सर्वप्रथम निबन्धको मूलभूत वस्तु वा वस्तुहरूको निर्धारण गरी तिनको यथासम्भव … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

पुस्तक समीक्षा : तुइन – गुमाउनेका कथा

~किरण दाहाल~ बाँकी नेपालले कर्णालीलाई चिन्ने भनेको नुन र चामलको अभावले हो । झाडापखालाले त्यहि कर्णालीलाई सताउँछ, नुनको ढिक्का र ‘चावँल’को गेडाले त्यहि कर्णालीलाई सताउँछ । औषधीको गोली, खडेरी र अनिकालले पनि त्यहि कर्णालीलाई सताउँछ । समग्र राज्य ब्यबस्थाले पनि … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : वैदिक इतिहासको नालीबेली

~प्रदीप नेपाल~ ‘कुनै पनि व्यक्ति जन्मले मात्र ब्राह्मण हुँदैन । त्यसमा कर्मका साथै ज्ञान हुनु पनि आवश्यक हुन्छ ।’ तीन हजार वर्षपहिले मिथिला राज्यका जनकले एउटा दासीपुत्रलाई शास्त्रार्थमा सहभागी बनाउन अनुमति दिँदै भनेको यो वाक्यले नेपालको उच्चस्तरीय चेतनालाई अहिले हामीले … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : सफलताको कथा

~हरि अधिकारी~ प्राध्यापक डाक्टर लोकराज बरालको आत्मवृत्तान्तको पुस्तक रोमाञ्चित जीवनलाई अर्का प्राज्ञिक व्यक्तित्व नरहरि आचार्यले ‘निजी कथालाई डोरो बनाएर गत सात दशकभित्र नेपालले तय गरेको राजनीतिक यात्राको वृत्तान्त’ भनेका छन्। तर आचार्यको यस भनाइलाई बरालको पुस्तकले पूर्ण रूपमा पुष्टि गर्दैन्। … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : हिमवत्खण्ड महाकाव्यमा अलङ्कारयोजना

~घनश्याम दाहाल~ १. पृष्ठभूमि नेपाली महाकाव्यको विकासको आफ्नै किसिमको इतिहास र परम्परा रहेको मानिन्छ। कविताकै ठूलो रूप महाकाव्य भएकाले पनि विकासको पृष्ठभूमिसँग सह–सम्बन्ध रहनु स्वाभाविकै ठानिन्छ। नेपाली महाकाव्यको विकासमा महाकाव्यकार भानुभक्त पोख्रेलको महत्त्वपूर्ण भूमिका रहेको बुझिन्छ। उनका मृत्युञ्जय (२०४७), जागृतिराग … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : कथाकार भवानी भिक्षुको प्रवृत्तिगत आलोकमा ’मैयाँसाहेब’ कथा

~कृष्णप्रसाद कोइराला~ भवानी भिक्षुको परिचय माता यशोदादेवी कलवार गुप्ता र पिता इन्द्रप्रसाद गुप्ताका माइलो सुपुत्रका रूपमा विक्रम संवत् १९६६ साल जेठ २१ बिहीबारका दिन लुम्बिनी अञ्चल कपिलवस्तु जिल्लाको तौलिहवामा जन्मिएका भवानी भिक्षु आधुनिक नेपाली कथाको फाँटमा गुरुप्रसाद मैनाली र विश्वेश्वरप्रसाद … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

समीक्षा : निबन्धकार जगदीश घिमिरेको ‘स्वभाव’ उपशीर्षक निबन्धका केही घतलाग्दा कुराहरू

~तोयराज कोइराला~ वि.सं. २००२ साल चैत्र– २८ गते जनकपुर अञ्चलको रामेछाप जिल्लाको मन्थलीमा जन्मेका निबन्धकार जगदीश घिमिरे अचेल काठमाडौं चोभारको आÇनै घरमा बस्छन् । समाजशास्त्र र जनसङÑख्या विषयमा स्नातकोत्तरसम्मको औपचारिक शिक्षा लिएका घिमिरे उनकै प्रकाशित कृतिका आधारमा हेर्दा उच्च वर्गीय … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : ससाना रोचक निबन्धहरू “खण्डित सपनाको गीत”

~हरि अधिकारी~ प्रतिभाशाली युवाकविका रूपमा पहिचान बनाइसकेका टंक उप्रेतीको निबन्धसंग्रह खण्डित सपनाको गीत प्रतिष्ठित प्रकाशन गृह रत्न पुस्तक भण्डारबाट प्रकाशित भएको छ । २१ थान सानो आकार-प्रकारका निबन्धको यस संग्रहबाट उप्रेती एउटा राम्रो सम्भावना बोकेका निबन्धकारको नयाँ अवतारमा पाठकका बीच … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : आत्मकेन्द्रित कृति “अनुस्मरण”

~हरि अधिकारी~ आफ्नो कुलनाम अथवा थर कहिल्यै नलेख्ने नगेन्द्र शर्मा हालसालै अनुस्मरण शीर्षक राखिएको संस्मरणात्मक निबन्धहरूको संग्रह लिएर पाठकसँग साक्षात्कार गर्न आइपुगेका छन् । एउटा गहु्रँगो संस्कृत शब्दबाट नामकरण गरिएको यस कृतिको सर्जकको नाम दिने बेलामा अन्तिम नामका रूपमा लेख्दै आएको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : नेपाली भाषामा पदयोग र पदवियोगसम्बन्धी नियम

~डा. खगेन्द्रप्रसाद लुइटेल~ शब्दहरू जोडेर एउटै डिकमा लेख्नुलाई पदयोग भनिन्छ भने शब्दहरू छुट्ट्याएर लेख्नुलाई पदवियोग भनिन्छ । पदयोग एक पद/शब्दमा अर्को पद/शब्द जोडिने प्रव्रिmया हो भने पदवियोग एक पदमा अर्काे पद नजोडिने प्रव्रिmया हो । पदयोग गरी जोडिएका पदलाई एउटै … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment