Category Archives: लेख – समीक्षा

लेख – समीक्षा / Critical writeups

कार्यपत्र : नेपालको साहित्यिक–पत्रकारिता : समस्या र समाधान

~विष्णु प्रभात~ अवधारणा र पृष्ठभूमि : १. साहित्यिक–पत्रकारिता पत्रकारिताकै एउटा विशिष्ट रुप हो, जसले साहित्यका विविध विधाको अभिवृद्धिका निम्ति स्रष्टाका सिर्जना र द्रष्टाका मूल्याङ्कनलाई संयोजन गरी पाठकहरुमा पस्कन्छ । वाङ्मय, कला र सङ्गीतका क्षेत्रमा योजनाबद्ध वा स्वस्फूर्त ढङ्गबाट सञ्चालित समग्र … Continue reading →

Posted in कार्यपत्र | Tagged , | Leave a comment

पुस्तक समीक्षा : द्रोण दाइको सञ्जीवनी बुटी

~गणेश रसिक~ ‘केही दृष्टि केही दृष्टिकोण’ निबन्धसङ्ग्रह । लेखक द्रोणप्रसाद श्रेष्ठ ‘मुन्डाघरे’ । प्रस्तुत पुस्तकमा जम्मा अठार रचना समेटिएका रहेछन् । विषयगत प्रस्तुतिका हिसाबले तीन खण्डमा विभाजन गर्न सकिन्छन् रचनाहरू — व्यक्तिको जीवनीपरक, आफ्नै आत्मपरक, र विविध । आरम्भमा दिवङ्गत

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

लेख : सूत्रकथाको परिचय र यसको अभिलक्षण

~कुमार काफ्ले~ कथा मानवजीवनसित सर्वाधिक सन्निकट रहेको वाङ्मयको प्राचीन र लोकप्रिय विधा हो।कथाका विभिन्न वर्गीकृत रुपमध्ये सूत्रकथा सबैभन्दा कनिष्ठ प्रविधाको रुपमा साहित्यकाशमा उपस्थित भएको पाइन्छ।सूत्रकथा शब्द नेपाली कथा साहित्यको सन्दर्भमा प्रयुक्त कथा विधाको एक प्रविधा हो।सूत्रकथामा कथाका आवश्यक तत्वहरू सूत्रात्मकरुपमा … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

समीक्षा : मैले देखेका रुद्र खरेल

~गोविन्द भट्ट~ रुद्र खरेलसित पहिलो चिनजान २०२५ सालताक साहित्य सङ्गम आठराईको प्रस्ताव अनुसार साहित्य सेवा समिति, शनिश्चरे र नेपाली साहित्य परिषद् झापा जस्ता पूर्वी नेपालका तिन सक्रिय संस्थाहरूको संयुक्त प्रयासद्वारा शनिश्चरेमा आयोजित मेची स्तरीय साहित्य सम्मेलनमा भएको हो । पछि … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : रात फुलेको याम : ‘जनयुद्ध’को आँखीझ्याल

~किरण दहाल~ २०६२/६३ सालको जनआन्दोलन पश्चात देशमा केही ठूला परिवर्तन भए ।गणतन्त्रको घोषणा भयो । धर्म निरपेक्षता र संघियता संविधानमै उल्लेख भयो । यो  परिवर्तनको  जगका  रुपमा  दशबर्षसम्म  युद्ध  लडेको  तत्कालीन  पार्टी  नेकपामाओवादीको युद्धमाथि धेरै दस्तावेजहरु लेखिइसकेका छन् । उसका राजनीतिकउतारचढाव पनि सतहमा आइसकेको छ । तर, युद्ध–कौशलका कैयौं रहस्यहरुमाअहिले पनि धेरैको चासो छ ।चासो राख्नेहरुलाई थाहा छ, त्यो युद्ध केटाकेटीकोभेट्टाईभेट्टाई खेलजस्तो थिएन । आखिर  कस्तो  थियो  त  त्यो  युद्ध ?  काठमाण्डौंका अभिजातहरुको  मूल्याङ्कनभन्दा  त्यो  कति  र  कुन  अर्थमा  फरक  थियो ?  यस्ता प्रश्नहरुको उत्तर पाउन सकिन्छ, दीपशिखाको उपन्यास ‘रात फुलेको याम’मा ।

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : मौन आवाजहरु…

~कुमारी लामा~ सधैँ शान्त, धैर्य र कोमल देखिन्छिन् उनी । शंकासम्म पनि लाग्दैन त्यो शालिनता भित्र उठिरहेको होला अनेकन असन्तुष्टि र बितृष्णाका छालहरु भनी । तर जब उपेक्षित, हेला गरिएका, सीमान्त पात्रहरु मार्फत पोखिदै जान्छ सामाजिक बिसंगती तब म साच्चै … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : किरात चाड अर्थात् चासोक तङ्नाम

~अमर तुम्याहाङ~ विषय प्रवेश शुष्कतामा पारिलो घामको न्यानोपन । अन्नबाली भित्राइएको याम । पल्लो किरात लिम्बुवानका साथै पूरै महाभारत पर्वतश्रृङ्खला अर्थात् पहाडी गाउँका बारीमा पैयौँ ढकमक फुलेको मनोरमता । चराचुरुङ्गीहरू औलतिर लागेका र तितेमाछादेखि अन्य जलपायी प्राणीहरू यसअघि नै आफ्नो … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समालोचना : ‘ईश्वरको अदालतमा आउटसाइडरको बयान’ भित्र प्रतिवादी हाँसो

~सुरेश हाचेकाली~ लेखन, अर्थगत विश्लेषण र त्यसको सार्वजनिकीकरण साहित्यिक क्याननहरूका एकलौटी अधिकार होइनन् । नेपाली साहित्यिक समालोचना परम्पराभित्र सूत्रपरक प्राध्यापकीय शैलीले सिद्धान्तपरक विश्लेषणलाई विकसित हुन दिएन । चक्रव्यूह सञ्चेतना (Labyrinth Conscience) ले समालोचनालाई सृजनशील पठन भनेर परिभाषित गरिसकेपछि अब साहित्यिक बृत्तमा एउटा … Continue reading →

Posted in समालोचना | Tagged , | Leave a comment

पुस्तक समीक्षा : ‘उपहार आँशुको’ डायस्पोरिक समीक्षा

~मित्र पौडेल~ पूर्वीय संस्कृत साहित्यका आदिम ग्रन्थहरूदेखि कथाका विविध प्रयोग हुँदै आएका छन् । सिन्धु उपत्यकाको सभ्यतामा विकास भएको प्राचीनतम ग्रन्थ ऋग्वेद सूक्त यजुर्वेद, सामवेद र अथर्ववेदका मन्त्र हुँदै, कठोपनिषद बृहदारव्यकोपनिषद, विभिन्न आख्यक, सतपथ, ब्राह्मण जस्ता आर्य द्रविड सभ्यताका विकासमा … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कार्यपत्र : तामाङ साहित्यिक पत्रिका : स्थिति, चुनौती र सम्भावना

~अमृत योन्जन–तामाङ~ १. परिचय तामाङ पत्रपत्रिकाको इतिहासमा पहिलो देखा परेको पत्रिका हो म्हेन्दो (फूल) । वि.सं. २०१६ वैशाख पूर्णिमाको दिन भोजपुरबाट निस्केको यो पत्रिका हस्तलिखित पत्रिका थियो । भोजपुरका मोक्तान भाइ र गणेश योन्जनद्वारा सम्पादित यो पत्रिका ११ पृष्ठको थियो … Continue reading →

Posted in कार्यपत्र | Tagged , | Leave a comment

पुस्तक समीक्षा : चेतनाकीे ‘संवाहक’ राधा

~माधव घिमिरे ‘अटल’~ त्यसो त अहिले अनेक विधामा लेखिएका बग्रेल्ती कृतिहरु हरेक दिन नै विमोचन, लोकार्पण वा सार्वजनिकीकरण हुन्छन् र छ्याप्छ्याप्ती पाइन्छन्, साहित्यिक बजारमा । लेखकका नजरमा ती निकै राम्रा, जीवनोपयोगी र समसामयिक समाजका आरसी पनि देखिएलान्, सिन्डिकेट पत्रकारिताको नजरमा … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कार्यपत्र : कञ्चनपुर जिल्लामा प्रगतिवादी साहित्यको अवस्था

~खगेन्द्र जोशी~ १. विषय प्रवेश कञ्चनपुर जिल्लामा हुने गरेका विविध खाले साहित्यिक गतिविधिका बिचमा प्रगतिवादी साहित्यको अवस्था के कस्तो रहेको छ भनी विमर्श गर्नु नै प्रस्तुत कार्यपत्रको मुख्य विषय रहेको छ । कञ्चनपुर जिल्ला पुरानो संरचना अनुसार नेपालको सुदूर पश्चिमाञ्चल … Continue reading →

Posted in कार्यपत्र | Tagged , | Leave a comment

पुस्तक समीक्षा : सृजनाका स्वरहरुमा एक नजर

~श्रीजन श्री~ उदाउँदो तारा साहित्य समाज पेनाङ्ग, मलेसियाद्धारा हालसालै मात्र प्रकाशित संयुक्त गजल संग्रह हो,सृजनाका स्वरहरु । जसमा ४६ जना सर्जकहरुका प्रत्येकका ५÷५ गरि जम्मा २२० र एकजना कृष्ण आलोकको सर्जकीय सहित ६ वटा र रशिक शर्मा ‘निश्चल’का ३ वटा … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : कटुञ्जेदेखि क्यालिफोर्नियासम्मको वर्णन

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~ विदेश, विदेश, विदेश । अर्थात् मनी, मनी, मनी । पञ्जाब होसियारपुरका पाजीहरूपछि हातखुट्टा नै फ्याँकेर विदेश दौड्नेमा हामी नेपालीहरू दोस्रोमा पर्दछौं क्यारे । पढेर १८० डिग्री लिएका हुन् कि शून्य डिग्रीसम्मका, सबैलाई विदेशै प्यारो । भलै घरको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : वीरगन्ज गाथा

~शंकर तिवारी~ व्यक्तिका आत्मकथाले बजार विस्तार गरिरहेका वेला पत्रकार गिरीश गिरी शहरको आत्मकथा लिएर आएका छन्। वीरगन्ज शहर तेस्रो मधेश आन्दोलनका कारण अशान्त र त्योभन्दा धेरै चर्चामा रह्यो। वैदेशिक व्यापारको करीब ७० प्रतिशत आयात गरिने यो शहरको भन्सार नेपालको ‘लाइफ … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : राजमाया : होलोग्रामजस्ता कथा

~किरण दाहाल~ पछिल्लो समय नेपाली साहित्य संसारमा फरक–फरक शैलीका पुस्तकहरुले अबतरण गर्न थालेका छन् । त्यसै पङ्क्तिमा नयाँ पुस्तक थपिएको छ– राजमाया । दुर्गाबिनयको यस कथा सङ्ग्रहमा पाठकले परम्परागत भन्दा केहि भिन्न शैलीका कथाहरु पाउनेछन् । सङ्ग्रहका एकपछि अर्को कथा … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : कविताकृति ‘लुङमारी मिथक’: एक घोत्ल्याइँ

~अमर नेम्बाङ लिम्बू~ कविताको प्रसङ्ग चल्दा फेरि सधैं एउटा प्रश्न तेर्सिन्छ हाम्रो समक्षमा —आखिर कविता के हो ? यस सम्बन्धमा थुप्रै कविहरूले थुप्रै विचारहरू व्यक्त गरेका छन् –कतिले कविता भनेको जीवन र जगतको आलोचना भनेका छन् भने कतिले सौँदर्य, दर्शन … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

समीक्षा : नेपाली उपन्यासमा मिथक

~रोहेज खतिवडा~ १. मिथकबाटै थालनी नेपाली उपन्यासको पहिलो पाइला नै मिथकीय भयो। वीर चरित्रबाट नेपाली उपन्यासले यात्रा थालनी गर्नु संयोगमात्रै होइन, हाम्रो संस्कृतिमा मिथक अभिन्न रुपमा गाँसिनुको प्रमाण हो। मिथकहरु हाम्रा बिम्ब हुन्, आदर्श हुन् र हाम्रो जीवनशैलीसँग गाँसिएका छन्। … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समालोचना : एक हातको तालीको अन्तरङ्ग विश्लेषण

~डा. विष्णुप्रसाद पौडेल~ युवराज नयाँघरेको २०६५ सालमा मदन पुरस्कारद्वारा पुरस्कृत ‘एक हातको ताली’ निबन्ध सङ्ग्रहका निबन्धहरूको वस्तु, कथ्य र शिल्प विश्लेषणमा केन्दि्रत छ ।यस क्रममा प्रथमतः साहित्यको गद्य विधा निबन्धमा हुने मूलभूत वैशिष्ट्यलाई सङ्केत गरी विवेच्य सङ्ग्रहका सबै निबन्धलाई प्रथम, … Continue reading →

Posted in समालोचना | Tagged | 1 Comment

पुस्तक समीक्षा : मानवीय विवेकको वकालत गर्ने कविताहरू

~छविरमण सिलवाल~ गीत मनको सुसेलीबाट बहनुपर्छ, अन्तरहृदयबाट बज्नु पर्छ। तव मात्र गीत बन्न सक्छ। गीतकार भएर उभिनु भनेको सजिलो कुरा होइन। गीतमा मिलन, विछोडका तानावानाहरू रहनु कुनै नौलो पनि होइन। कतिपय गीतहरू संगीत विना पनि निकै सुमधुर हुने गर्दछन्। जीवन … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : महिलाका संघर्षपूूर्ण कथा

~समीरबाबु कट्टेल~ केही लेखक यथार्थ घटनालाई काल्पनिक शब्द-शिल्पीले सिँगारेर औपन्यासिकता प्रदान गर्छन् त केही अनुसन्धानमा डटेर तथ्यपरक एवं विश्वासिलो सन्दर्भ सामग्री बनाउँछन् । यहाँ उपन्यासकार हरिमाया भेटवालले ‘कल्ली’ उपन्यासको माध्यमबाट समकालीन नेपाली समाजको चित्र उतार्न खोजेकी छन्। महिलाका पीडालाई पाठकसामु … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : ‘धूपीको गीत’ भित्रका धुनहरू

~छविरमण सिलवाल~ युवाकवि तथा नाटककार रोशन सुवेदीको कवितासङ्ग्रह ‘धूपीको गीत’ २०४३/०४४ सालदेखि छापामा आएका कविताहरूको सङ्ग्रह हो । सुवेदीका कवितामा उनका प्रजातन्त्रसँगै मौलाएका विकृतिहरूको प्रतिनिधित्व पनि गरेका छन् । कवि पनि यही समाजको एउटा अङ्ग भएकोले पनि उसले समाजको हरेक … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : मुलुकका बेथितिप्रति सशक्त प्रहार :  ‘महाकवि बन्नोस्, व्यङ्ग्य कविता संग्रह, २०७२’

~भेषराज रिजाल~ वरिष्ठकवि सूर्यनाथ सापकोटा बहुआयामिक साहित्यिक व्यक्तित्वका धनी हुनुहुन्छ । बागलुङबाट प्रकाशित ज्योति पत्रिकामा कविता प्रकाशन गरी साहित्यिक फाँटमा उदाएका कविका कविता संग्रह, कथा, निम्बन्ध, उपन्यास, गीत, यात्रा संस्मरण, आत्मवृतान्त, हास्य व्यङ्ग्य आदि नेपाली साहित्यका विविध विधाका कृति प्रकाशित … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : चाचा : निरन्तर संघर्षशील, निरन्तर क्रान्तिकारी

~किशोर दहाल~ माओवादी ‘जनयुद्ध’का धेरै पक्षहरु आम जानकारीमा आइसकेका छन् । शान्तिप्रक्रियामा उसको अवतरणसँगै उसलाई जोडेर धेरै आख्यान, गैरआख्यान लेखिए, सिनेमा बनाइए । अनेक कोणबाट अनेक तथ्यहरु खोतलिए । तर, जनयुद्ध कालमा हतियार, विस्फोटक पदार्थ, सञ्चार उपकरण तथा अन्य बन्दोबस्तीको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : मेरो फेसबुक परिधीमा देखिने साहित्य उपाषकहरुः एक सन्दर्भ

~पूर्ण बन्धन~ फेसबुकको सदुपयोग, दुरुपयोग के गनें? यो प्रयोगकर्ताको नियतमा भर पर्ने कुरा हो । देशविदेशमा छरिएर रहेका आफन्त तथा मित्रजनहरुका साथ सापिप्यता बढाई सामाजिक सञ्जालको सदुपयोग गरेका उदाहरणहरु पनि छन् । अतिरञ्जित राजनैतिक गुटबन्दी र यौनजन्य अपराध बढाउने खालका … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : तापैतापको राप ताप

~माधवप्रसाद नेपाल~ व्यक्ति, परिवार र समाजले विगत र वर्तमानमा भोगेका मानसिक सास्ती, पीडा र दुःखहरूलाई समेटेर लेखिएको उपन्यास हो ताप । हिन्दूशास्त्रअनुसार मानिसले जीवनमा मुख्य तीन प्रकारका तापबाट मुक्तिको कामना गर्छन्, ती हुन्— आध्यात्मिक, आधिदैविक र आधिभौतिक । प्राचीन मनिषीहरूले … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : नारीप्रधान उपन्यास ‘रातकी रानी’

~मेनका पोखरेल आचार्य~ रूपमतीले आधुनिक नेपाली उपन्यासका क्षेत्रमा आफूलाई परिचित गराएपछि विविध धारा र मोडमा विकसित हुँदै आएको नेपाली औपन्यासिक क्षेत्रमा भर्खरै मात्र उदाएकी छिन्, बाबा बस्नेत स्त्रीलिङ्गी शब्दको शीर्षक रहेको ‘रातकी रानी’ उपन्यासमार्फत् । प्रस्तुत उपन्यासले नारी समस्याको चित्रण … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : मयुर टायम्स पढेपछि…

~किशोर दहाल~ मोफसलका पत्रकार र त्यसमा पनि महिला पत्रकारले भोग्नु परिरहेको समस्या र चुनौतीलाई मुल बिषयबस्तु बनाउँदै नारायण वाग्लेले दोश्रो उपन्यास लेखे–मयुर टाईम्स । दुई महिला पत्रकारको भोगाई र कल्पनालाई उपन्यासको बिषयबस्तुको रुपमा प्रस्तुत गरिएको छ । पराग यादब मयुर … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : ‘एक दृश्य मेरो झुपडीको’ : नेपाली गाउँबस्तीको यथार्थ चित्रण

~भेषराज रिजाल~ कवितालाई भूमिगत राखेर शुरुमा जागिरे बाध्यतालाई आत्मसात गर्दै जन्मघर छाडेका वरिष्ठकवि सूर्यनाथ सापकोटा जीवनभर राष्ट्र सेवा र साहित्य सेवामा क्रियाशील हुनुहुन्छ । सम्बत् २००५ सालमा रातमाटा, बागलुङमा जन्मेका कविले आफ्नो पसिना पोखेर सिर्जनाको थलो बनाउन खोजे पनि दाङलाई … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : साँचेको सम्झना– एक नजरमा

~उमाशङ्कर द्विवेदी~ नेपाली साहित्यका प्रखरचेता स्रष्टा निर्मोही व्यासद्वारा लिखित “साँचेको सम्झना” नामक संस्मरणसङ्ग्रह साझा प्रकाशनले हालसालै प्रकाशित गरेको छ । बहुमुखी प्रतिभाका धनी निर्मोही व्यासका यसअघि बेहुली अन्माएको घर (कवितासङ्ग्रह), सरिता (काव्य), एलबमका पानाहरू (उपन्यास), नौ पाइला (यात्रासंस्मरण), स्वयम्भूका आँखाहरू … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समालोचना : थारू साहित्यको अवस्था

~कृष्णराज सर्वहारी~ बिभिन्न इतिहासकारहरूले थारू जतिलाई नेपालको सबैभन्दा पुरानो आदिवासी जनजाति मानेका छन् । ‘यस जातिका कृषिमा समर्पित परिश्रमी मानिसहरू नेपालको मेचीदेखि महाकालीसम्मका तराई र भित्री मधेशका समथर भूभागमा वसोवास गरेका छन् र आफ्नो जीवनलाई हिलो धुलोमा घोलेर खेतीवारी लहलह … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

पुस्तक समीक्षा : हाम्रो छाती र लिलामको बहादुरे

~आन्विका गिरी~ जगदिश घिमिरेको लिलाम उपन्यास पढिसकेपछी मैले मार्च २००९ तिर यो लेख लेखेको थिए! भावना बगेर लेखे जस्तो लाग्छ, तर मेरो देशप्रतिको मेरो भावनामा हिजो, आज र भोलीमा फरक यति मात्र हुनेछ कि हिजो भन्दा आज र आज भन्दा … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment