Category Archives: लेख – समीक्षा

लेख – समीक्षा / Critical writeups

शोधपत्र : ‘उत्सर्ग’ महाकाव्यको विधापरक अध्ययन

~इन्दिरा घिमिरे~ त्रिभुवन विश्वविद्यलय मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गत रत्न राज्यलक्ष्मी क्याम्पस  नेपाली विभाग अन्तर्गत स्नातकोत्तर तह  द्वितीय वर्षको दसौँ पत्रको  प्रयोजनका लागि प्रस्तुत शोधपत्र शोधार्थी इन्दिरा घिमिरे २०७४  शोध निर्देशकको सिफारिस

Posted in शोधपत्र | Tagged , | Leave a comment

समीक्षा : ‘पापिनी आमा’ खण्डकाव्यको विश्लेषण

~माधव बियोगी~ सुन्दर खण्डकाव्यको सिर्जनामा माधव घिमिरे अग्रपङ्तिमा आउने स्रष्टा हुन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदनपछि सबभन्दा बढी चर्चामा रहेको खण्डकाव्य ‘गौरी’का स्रष्टा समेत रहेका माधव घिमिरेका अन्य खण्डकाव्य राष्ट्रनिर्माता, धर्तीमाता, पापिनी आमा, राजेश्वरी आदि सबै उत्कृष्ट छन् । उनको … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समालोचना : कविता सिद्धान्त र नेपाली कविताको इतिहास

~डा.लक्ष्मणप्रसाद गौतम~ इतिहास लेख्नु अत्यन्तै जटिल, कठिन, श्रमसाध्य र चुनौतीपूर्ण एवं अपजसिलो काम हो । त्यसैले साहित्यको इतिहास लेखनमा कलम चलाउनेहरू अत्यन्त थोरै छन् । अझ त्यसमा पनि साँचो कुरा गर्नुपर्दा समग्र नेपाली साहित्यको इतिहास लेखनका सन्दर्भमा लेखिएबाहेक विधागत इतिहास … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

पुस्तक समीक्षा : “मोहनविक्रम सिंहका दुई नाटक”को विशिष्ट यात्रा

~प्रा.डा. खेम कोइराला बन्धु~ वक्र्षको झर्झरमा मैले युगको नृत्य देखेको छु ढुकुरको कुकुरमा मैले संगीत सुनेको छु । १. मोहनविक्रम सि.ह (१९९२) नेपाली वाङमय विधामा एक विशिष्ट व्यक्तिको रूपमा देखा पर्छन् । उनको लेखन यात्रा एकातर्फ साहित्यिक छ भने अर्कोतर्फ … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : लुसुन : सतत सङ्घर्षशील लेखक

~इस्माली~ नेपाली साहित्यका पाठकहरूका लागि लु सुन (ल्यू सुन, लु श्यून) नौलो नाम होइन । ‘आह क्युको साँचो कथा’ र ‘एक बौलाहाको डायरी’ जस्ता अमर आख्यान कृतिहरू लगायत यिनका थुप्रै फुटकर रचनाहरू नेपालीमा अनुवाद भएका छन् । लु सुनका कृतिहरूलाई … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

समीक्षा : रुद्र खरेलका व्यङ्ग्य निबन्धको विषयक्षेत्र

~नरनाथ लुइँटेल~ नेपाली हास्यव्यङ्ग्य लेखनमा अत्यन्त गुरुत्व राख्ने स्रष्टा रुद्र खरेलको व्यङ्ग्य कलाका बारेमा त्यति धेरै मूल्याङ्कन एवम् चर्चा भएको छैन । खरेल आफैँ पनि अलि बढी नै अन्तरमुखी स्वभावका स्रष्टा भएका कारण पनि यसो भएको होला । अनि खरेलका … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

कार्यपत्र : इलाम जिल्लाबाट प्रकाशित साहित्यिक पत्रपत्रिका

~शिव रेग्मी~ नेपालका जिल्लाहरुबाट प्रकाशित साहित्यिक पत्रिकाहरुको इतिहास जान्ने मेरो जिज्ञासाको फलस्वरुप जन्मेको यो पहिलो आलेख हो । यसमा धेरै पत्र–पत्रिकाहरु छुटेका छन्–म कायल छु यसलाई पूरा गर्ने काममा लाग्नेछु । अध्ययनशील विद्वान सम्पादक÷प्रकाशक वा जसलाई जानकारी छ, लिखित सूचना … Continue reading →

Posted in कार्यपत्र | Tagged , | Leave a comment

कार्यपत्र : यात्रा–साहित्य : चिनारी र परिचर्चा

~दिलिप राई “सगर”~ पृष्ठभूमि मिर्मिरेमा घाम झुल्किन्छ, रोशनी छाउँछ उज्यालो । चिर्विराउँछन् चराचुरुङ्गी । उठ्दछन् पशुप्राणी । सनै सनै मेलो लाग्दछन् आ–आफ्नो दिनचर्यामा । चल्दछ हावा हल्लिन्छन् रूखपात । फुल्दछ फूल छर्दछ वासना । झुम्मिन्छन् मौरी पुतली । उड्दछ बादल … Continue reading →

Posted in कार्यपत्र | Tagged , | Leave a comment

पुस्तक समीक्षा : प्रवासको ‘रेडियो जिन्दगी’

~क.दी.~ अनेक प्रकारले ‘इन्टरेष्टिङ’ छ यो किताप। एक जना खाँटी राष्ट्रवादी नेपालीले छिमेकी देशमा चार दशक सरकारी सेवामा बिताएको कथा हो यो। खान लाउन दुःख नभए पनि उनले त्यहाँ काटेको कहरको कथा हो ‘रेडियो जिन्दगी’। सप्तरीको राजविराजमा जन्मेको मध्यवित्त ब्राह्मण … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : संयमका प्रतीक गोविन्द गोठाले

~इन्द्र माली~ गोविन्दबहादुर मल्ल ‘गोठाले’ नेपाली वाङ्मयका एक शिखर पुरुषको नाम हो । उनको योगदान नेपाली साहित्यमा मात्र हैन नेपालभाषामा पनि रहेको पाइन्छ । हुन त गोठालेको दुवै भाषामा लेखन हुनु कुनै आश्चर्यको कुरा छैन । यो एक किसिमको पुर्ख्यौली … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘स्मृति’ भित्रको प्रेम बहस : एक समीक्षा

~प्रकाश थापा मगर~ प्रगतिवादी साहित्यकार रामप्रकाश पुरीले २०७१ को अन्ततिर एउटा खण्डकाव्य प्रकाशित गरेका थिए : “स्मृति” । २०७२ सालको वैशाखमा शक्तिशाली भूकम्प आएकाले र २०७२ असौज ६ गतेदेखि भारतले नाकाबन्दी लगाएपछि नेपाली जनताले इतिहासमा कहिलेकाहीँव्यहोर्नु पर्ने अकल्पनीय पीडा व्यहोर्नु … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : “अनौठा दिनका सम्झना” : एक समीक्षा

~इन्द्रकान्त शर्मा~ आदरणीय मित्रल कृष्ण थापाले यो पुस्तक पढेर टिप्पणी लेखिदिनु होला भनेर आफूले लेखेको “अनौठा सम्झनाका दिन” भन्ने पुस्तक दिएको धेरै लामो समय भयो । पुस्तक पढेर सामान्य समीक्षा लेखिदिने मलाई समय नै मिलेन । बल्ततल्ल धेरै समयपछि यो … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : राम्रा कथाहरूको सङ्गालो “काला सर्पको खोजी”

~गिरिप्रसाद बुढा~ प्रगतिशील साहित्यकार हरिप्रसाद भण्डारीद्वारा विभिन्न समय र स्थानमा रचना गरिएका लघुकथाहरू सङ्गृहित एउटा महत्वपूर्ण साहित्यिक कृतिको नाम हो– “काला सर्पको खोजी” । साझा प्रकाशनद्धारा प्रकाशित यो कृतिमा कुल ६३ वटा लघुकथाहरू सङ्ग्रह गरिएको छ । यसरी सङ्ग्रह गरिएका … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : “पूजा” नाटकमा शहीद गाथा

~रामप्रकाश पुरी~ १. शहीदको शान “शहीद” भनेको देश र लोकको हितका लागि आफ्नो प्राणको आहुति गर्ने मानिस हो । यो मानिसको शक्ति, तागत र विवेक सामान्य मानिसको धरातलबाट उठेर भिन्न ढङ्गको उचाइमा कायम भएको हुन्छ । सामान्य मानिसले नै सङ्घर्षको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : पूराको उपन्यास सानो तर पूरा

~शारदाप्रसाद शर्मा~ शारीरिक तन्दुरुस्तीका दृष्टिले सबल नदेखिए पनि इच्छाशक्तिका दृष्टिले अब्बल समिता श्रेष्ठ ‘पूरा’ को सानो साहित्यिक सौगात ‘नयाँ सोच’ नामक जुन लघु–उपन्यास शब्दयात्रा प्रकाशनले आयोजना गरेको साहित्यिक सभामा सार्वजनिक भयो, त्यो सानो भएर पनि वजनदार छ । नौ कक्षाबाट … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : बहुआयामिक सामाजिक उपन्यास ‘वादी’

~ऋषिराम पाेख्रेल~ काल्पनिक घटनालाइ पनि वास्तविक जीवनमा घटित घटनाको अनुभूति दिलाउन सक्ने सिद्धहस्त साहित्यकार एवं प्रत्येक न्यायका उपभोक्तालाइ न्यायको मर्म बुझेको अनुभूति दिलाउन सक्ने दक्ष विद्वान न्यायकर्मिद्वारा लिखत एउटा सशक्त बहुआयामिक सामाजिक उपन्यास पढ्ने अवसर मिल्यो । झण्डै आधा दशकको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

अनुसन्धान लेख : नेपाली लोकबाजा, विनायो–मुर्चुङ्गा : एक चर्चा

~नारदमणि हार्तम्छाली~ नेपाली लोक बाजाहरूको सांगीतिक चर्चा उठाउँदा त्यो परापूर्वकालीन (दुई–अढाई लाख वर्षअघि देखिकै) समाजको सांस्कृतिक बिम्ब र सांङ्केतिक भावभाषासँगै अर्मूत सांस्कृतिक सम्पदाको झलक–झिल्काहरू पनि साँझको जुनकिरीझैँ देखिन्छ । जसले एकातिर, विश्वमा नेपाली सांगीतिक पहिचानको स्वअस्तित्वलाई दर्ता गरिरहेको छ भने … Continue reading →

Posted in लेख, संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

कार्यपत्र : रापतीको गजल साहित्य र सङ्गीतको सिंहावलोकन

~सन्तोष श्रेष्ठ~ विषय प्रवेश नेपालका १४ अञ्चलमध्ये एक रापती अञ्चल हो । रापती अञ्चलमा पाँच जिल्ला पर्दछन् ती हुन् दाङ, प्यूठान, सल्यान, रोल्पा र रुकुम । भौगोलिक बनोटअनुसार रापती अञ्चलमा रहेका यी पाँच जिल्ला एक हातका पाँच औँलाजस्तै भावनात्मक रूपले … Continue reading →

Posted in कार्यपत्र | Tagged , | Leave a comment

पुस्तक समीक्षा : ‘वादी’ उपन्यास र मेरा अनुभूतीहरू

~डा‍.घनश्याम डाँगी~ डा.राजेन्द्र कुमार आचार्यको प्रस्तुत वादी उपन्यास पड्ने सुअवसर पाएँ । उपन्यासकारप्रति आभारी छु । पुनरावेदन अदालत तहका पूर्व रजिष्ट्रार माननीय जिल्ला न्यायाधीश पदमा बहाल रहनु भई न्याय सम्पादनको क्षेत्रमा दशकौंदेखि निष्पक्ष तटस्थ प्रस्ट र न्यायप्रेमी राष्ट्रसेवकको विशिष्ट पहिचान … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : परिहासका गजलहरु

~बद्री पलिखे~ पान्थर यासक ४ सुब्जनी बाट २०६४ सालमा परिहास नेपाली साहित्यमा सूत्र-मंगल-धुन गजल संग्रह लिएर देखा परेका छन । यो संग्रह पढ्दा परिहास गजल बिधामा जुनकिरिको पिर्लिक पिर्लिक उज्यालो र्छर्दै हाम्रा सामु गजलको शुयाङमा उडिरहे झैं लाग्छ । सूत्र-मंगल-धुन … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : नेपाली साहित्य भण्डारमा ‘किरात मिथक’

~प्रकाश दिप्साली राई~ नेपाली साहित्यलाई संमृद्ध बनाउनका निम्ति इतिहासका विभिन्न कालखण्ड हुँदै हालसम्म विभिन्न वाद, विचार र प्रयोगहरू हुँदै आएका छन् । बुट पोलिस, राल्फा, आयामेली लेखन, प्रगतिशील विचार हुँदै पछिल्लो पल्टको आन्दोलन वा अभियानहरू युद्ध साहित्य, भयवाद, सीर्जनशील अराजकता … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : “देशविहीनहरू” कथा सङ्ग्रह : जीवनका भोगाइहरूको सङ्ग्रह

~रामप्रकाश पुरी~ १. प्रारम्भः “देशविहीनहरू” कथा सङ्ग्रहका लेखक प्रकाश थापा मगर पुस्तककारका दृष्टिले पहिलो हुन् । तथापि उनका विभिन्न पत्रपत्रिकाहरूमा विभिन्न लेख÷रचना, समीक्षाहरू पहिलेदेखि नै प्रकाशित हुँदै आएका छन् । यसकारण लेखनका दृष्टिले लेखक थापा परिपक्क र अनुभवी सर्जकहरूभित्र पर्दछन् … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कार्यपत्र : चितवनको साहित्यिक पत्रकारिताको सङ्क्षिप्त रुपरेखा

~डि आर पोखरेल~ १. पृष्ठभूमिः साहित्य जीवनको सूक्ष्म अनुभूति र त्यसको कलात्मक अभिव्यक्ति हो । यसमा सामाजिक जीवनको यथार्थ चित्रण हुने भएकाले यसलाई समाजको ऐना भन्ने पनि गरिन्छ । समाजको सांस्कृतिक रुपान्तरणमा यसको हात रहन्छ । यसो भएकाले साहित्यलाई समाज … Continue reading →

Posted in कार्यपत्र | Tagged , | Leave a comment

लेख : बोलीमै वाङ्मय

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~ साहित्यको संसार छुट्टै हुन्छ। कसैको यसले मनै हर्छ तर कसैले यसलाई एक रत्ति मन पराउँदैनन्। कृति निकालेरमात्र कुनै पनि साहित्य आमपाठकमाझ पुग्छ भन्ने छैन। त्यसलाई आमपाठकसम्म पुयाउनु छ भने आमसञ्चार माध्यमको सहारा लिनैपर्छ। चाहे त्यो छापा होस् … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

समीक्षा : डायस्पोरा साहित्य चिन्तन र मन्थन

~दयारत्न शा.भि.~ मानवीय उन्नतिलाई वर्तमान परिपेक्षमा उन्नति भन्दा अवन्नतितिर ढल्केको तर्क ग्लोबल वार्मिङ, डिइन्डष्ट्रीलाइजेशन र अर्गानिक उत्पादन समूहले प्रस्तुत गर्दै आइरहेका लक्षोन्मुख समाज कतातिर लागेको छ भन्ने अनुमान गर्न सकिन्छ । नेपालको सन्दर्भमा ‘विकासे’ शब्दले केहि वर्ष यतादेखि मात्र जग … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

संक्षिप्त समालोचना : महाकवि देवकोटा र श्रीमद्भगवद्गीता

~विष्णुरुद्र शर्मा~ महाकबि देवकोटाका साहित्यिक महासागरबाट केही हरफहरु लिएर वहाँको अध्यात्मबादलाई हाम्रो ब्यवाहारिक जीवनमा अति सार्थक मार्ग दर्शक बनेको श्रीमद्भगबद्गीताका केही श्लोकहरुसङ्ग तुलनात्मक रुपले हेर्न सकिन्छ । गीताजीको यो श्लोक र देवकोटाको “यात्री” कवितामा अन्तरनिहित भाव भिजेर निचोरिएको वस्त्रमा ओसिलोपन … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

कार्यपत्र : नेपाली भाषाको मानकीकरणको प्रयासका घुम्तीहरू

~हेमाङ्गराज अधिकारी~ नेपाली भाषा छापाखानामा प्रवेश गरेपछि नै यसको मानकीकरण विशेष चर्चाको विषय बनेको हो। छापाखानाले लेख्य भाषाको प्रयोगको विस्तारमा व्यापक स्थान ओगटेको हुन्छ। प्रकाशनका गतिविधिमा जे जति विस्तार हुँदै गयो उति मानक प्रयोगप्रति पनि भाषाका प्रयोक्ताको चासो बढ्नु स्वाभाविक … Continue reading →

Posted in कार्यपत्र | Tagged , | Leave a comment

कार्यपत्र : नेपाली उपन्यासको विकासक्रम

~अज्ञात~ नेपाली साहीत्यमा अन्य विधाहरुका तुलनामा उपन्यास विधाको सुरुअात निक्कै पछि मात्र भएको हो ! उपन्यास आख्यानात्मक विधा भएकोले नेपाली उपन्यासको प्रारम्भ बिन्दु बि.सं.१८२७ को शक्तिबल्लभको आख्यानात्मक कृति ‘ महाभारत विराट् पर्व ‘ बाट भएको मानिन्छ ! यस कृतिको रचनादेखि … Continue reading →

Posted in कार्यपत्र | Tagged , | Leave a comment

पुस्तक समीक्षा : भाव र विचारको सुन्दर संयोजन – भावनाका भेलहरू

~देवी नेपाल~ गजलको सम्बन्ध श्रृंगार रससँग जोडिएको छ । गजलको उत्पत्तिमा प्रेमिकासँगको वार्तालाप अर्थ दिएर यसलाई पूर्णतः प्रेम विषयक विधाका रूपमा अगाडि सारिए पनि पछिल्लो चरणमा उर्दु÷फारसी वा हिन्दी साहित्यमा पनि अन्य विषयले विशेष प्रवेश पाएको देखिन्छ । विचारलाई वा … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

लेख : दशैं एक चिन्तन

~कृष्ण वस्ती~ दशैंको शुरुवात हुन अब केही दिनमात्र बाँकी छ तर यसको चर्चापरिचर्चाले भने नेपाली जनजीवनलाई लपक्कै ढाकिसकेकोछ ।देशविदेशमा रहेका आफन्त जन आउँने खबरले कसैको घरमा खुसी छाएको छ र घर फर्कन चाहनेहरू दिन गनेर रमाइरहेका छन् ।आफन्त मिलनको आनन्द … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

पुस्तक समीक्षा : कवि आठराईलीको ‘कोसेली परदेशबाट’मा स्थानीयताको प्रयोग

~अमर नेम्बाङ लिम्बू~ भर्खरै मात्र न्यूयोर्कमा कवि नगेन्द्र इङ्नाम ‘आठराईली’ले ‘कोसेली परदेशबाट’ भन्ने एउटा वेग्लै स्वाद र रंग भएको आफ्ना ताजा कविताकृति पाठकहरूको माझमा पस्केका छन् ।प्रस्तुत संग्रहमा विगत लामो समयदेखि काव्य साधना गरिरहेका कवि ‘अठराईली’का समसामयिक काव्य चेतना बोकेका … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : एकुका कवितामा सीमान्त देहातका धुकधुकी

~सुरेश हाचेकाली~ लचकदार हुन नचाहने सूत्रहरूलाई च्यातेपछि मात्रै कवितामा इन्नोभेसनको यात्रा सुरु हुन्छ । त्यो इन्नोभेसनको पहिचान चक्रब्यूह सञ्चेतना(Labyrirth Conscern) ले भनेजस्तै विश्लेषण नमूनागत विविधिकरण अन्तर्गत गर्न सकिन्छ । यतिबेला यो लेखमा हाम्रो पचास र साठीका सिङ्गा दशकहरु हुँदै सत्तरीको … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment