Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

कथा : अफलाइनमा कमरेड

~नवीन विभास~ फेसबुक लग इन गरेँ । हत्त न पत्त खोजेँ, अनलाइनमा छन् कि भनेर । रहेनछन् । अफलाइन म्यासेज आएको छ कि भनेर इनबक्स खोलेँ । थिएन । उनको फ्रेन्डलिस्टमा भएजतिलाई मेसेज गरेँ । कतैबाट रिप्लाई आएन । जहाँ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : वास्तविकता-२

~शर्मिला खड्का दाहाल~ ‘हाइ डियर !’ ‘हाइ !’ ‘तिमीसँग च्याट नगर्नु नै ठीक होला ।’ ‘किन ?’ ‘एकाएक हराउँछौ ।’ ‘हेर न अफिसको कामले रिपोटिङ्ग गर्न दुर्गम जिल्लामा आउनु पर्यो । तिमीसँग च्याट गर्न नै पाइन ।’ ‘फोन गर्न सक्थ्यौ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साइनोको ब्यापार

~सीता बराल~ ‘बाबु बुहारीलाई धोका नदिनु, यसको आँसु लाग्छ । अहिले सबै घर धान्ने यहि छे । तिमीलाई पठाउने कागजपत्रमा सहि लगाएर आउदा डाडाको चौतारीमा बसेर छोरालाई दुध खुवाउदै निकै बेर रोई ।’ रुपेशले उनका बा ले फोनमा भनेका कुराहरु … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लाइकको ज्वरो

~अञ्जली सुवेदी~ भख्खरसम्म मन चंगा थियो, भख्खरै भित्रभित्रै आगो सल्किन थाल्यो। फेसबुकमा जतिजति त्यो फोटो हेर्दै गएँ, त्यति नै आँखीभौं तन्किन थाल्यो। तुरुन्त अरू फोटो सर्च गरेँ। भटाभट उसैको लाइकले मेरो आँखा तिरमिरायो। समय लाएर गनेँ। जम्मा चार वटा लाइक … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : खुङ्खार भाले

~उपेन्द्र सुब्बा~ बिर्खे कामबाट लखतरान भएर घर फक्र्याे । घर पुगेर पिरामा चाक बिसाउन नपाउँदै कुनामा सुँकसुँक गर्दै बसेको माखक्केलाई देख्यो । उसले स्वास्नीलाई पुलुक्क हेर्दै सोध्यो, ‘के भो त्यसलाई ?’ ‘मासु खान्छ रे ! तेस्किमालाई छेपारी ताछेर पकाइदिऊँजस्तो । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दुःखी आत्माराम

~सीता अर्याल~ “बाबु, आज त जनसागर नै उर्लिन्छ रे, दमन पनि अचाक्ली हुन्छ रे, तिमी आन्दोलनमा नजाऊ” । भातको गाँस हाल्दै सँगै खान बसेको छोरोलाई आत्माराम सम्झाउँदै थिए । छोरो अलि एकोहोरो स्वभावको, आफूलाई लागेपछि गरिछाड्ने खालको तर पढ्नलाई अत्यन्त … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नदी किनारको रूख

~शिव प्रकाश~ ‘बुहारी खै त?’ ‘छैन।’ ‘नातीनातिना खै त?’ ‘बुहारीसँगै छन्!’ मनमायाका आँखा मदनका अनुहारमा गाडिए। दुवैबीच मौनता निकै बेर मडारियो। मदनका कुरा मनमायालाई कताकति जेरीजस्तो रहस्यमय लाग्यो। फूलका कोपिलाजस्ता नातीनातिना। आँखाकी नानीजस्ती बुहारी। कसैलाई देखिनन् मनमायाले। मदनको अनुहार हेर्छिन्– … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : कलंकी देखि सिनामंगल सम्म

~ध्रुबकुमार सापकोटा~ हामी नेपाली कति सौखिन है ! त्यस्मा पनि अलिकती पैसा भयो भने त झन कुरै नगरुं ! अनि झन यूरोप अमेरिका तिर सफा सुद्ध बातावरणमा सहजताको जिन्दगी बिताउने बानि परेपछि त हाम्रो मुलुक तिर झर्दा साह्रै गाह्रो लाग्ने … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : एकता नै आवश्यकता

~नन्दलाल आचार्य~ जनयुद्ध, जनआन्दोलन–२, मधेस आन्दोलन, आदिवासी, जनजाति, पिछडावर्ग आदिको कारण नेपाल गणतन्त्र नेपाल भई संविधान निर्माणमा सरिक छ । सबै वर्गले अधिकार खोजिरहेका छन् । गठन भएका हरेक सरकार ढलपलको अवस्थामा छन् । जनताले दीर्घकालीन शान्ति र विकासका निम्ति … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : सल

~बादल सुरेश~ ………म लजालु भन्दा पनि अलि अन्तर्मुखि स्वभावको थिएँ। त्यसैले मेरा साथीहरु धेरै थिएनन्। अझ केटिहरु त छँदै थिएनन्। स्कुल पछिको कलेज लाइफ नौलो थियो मेरा लागी। उनी नै मेरो जिवनमा पहिलो केटि साथी बनेर आइन्। एउटै टोलबाट एउटै … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : एउटा भोगाई

~डिल्लीराज रावत~ २०६६ साल माघ १३ गते दुई जना युवा युवती चानचुन पैसा गोजीमा ३ सय जति रुपैयाँको भरमा भागेर संगै जिवन विताउने सुरमा आफु काम गरिरहेको अफिसका हाकिमलाई फोनबाटै विदा माग्दै सहयात्राको लागि हिड्छन । कम्तीमा एक बर्षसम्म एउटै … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : पक्षपात

~श्याम तमोट~ हिजो अस्ति जस्तै देवी आँगन बढाएर पधेंरा लागिन । पानीको गाग्री विसाएर घाँस काट्न जान खाजा थाप्तै गर्दा उनको दाजु रमेश उठेकै थिएन । एक डोको घाँस पालीमा राखेर घर भित्र देवी पसेकी मात्र थिइन रमेश स्कुलतिर लाग्यो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : बिष्णुमाया उर्फ म्याडम ‘बी’

~सन्जु बजगाईं~ “देख्नु भो म्याडम ‘बी’लाई ……!” छोरीले देख्नासाथ मलाई साउती मारी । “चुप लाग ।” मैले चिमोटें । जम्मा भएका यत्तिका नेपालीहरुका ‘चिफ गेस्ट’ की श्रीमती भएर आएकी छन् उनी । यो औपचारीक भेलाले हाम्रो नजिकको सम्बन्ध किन चाल … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मिति नाघेको चिट्ठी

~टीका मिलन~ पूर्णरुपले चन्द्रमा लागेको रात; आजै पूर्णिमा परेको कति रमाइलो । हो त, त्यो दिन पनि यस्तै थियो, जुन दिन शारदाको र मेरो प्रथम परिचय भएको दिन । म त्यतिबेला धनकुटामा जागिरे थिएँ । धेरै लामो बाटो हिडेर म … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फ्लाइट नम्बर ७१७

~लेनिन बन्जाडे~ कान धुम्म भयो एक्कासि– राति सालघारीमा कतै कीरा कराएजस्तो शून्न। पोखरीभित्र कतै डुबुल्की मारेजस्तो। एकछिन अघिसम्म पनि काम त्यसैगरी धुम्म थिए, कपास कोचेझैं, पोखरीमा डुबेझैं। आँखा खोल्न सकिनँ। आँखीभौं टन्कियो। छामेँ, पानीझैं थियो केही। आँखा चिम्लिँदा परेलाको पृष्ठभूमिमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सम्बन्ध–७

~परशु प्रधान~ ‘मलाई सबैले राधा भन्छन्। तपाईंलाई के भन्छन्?’ ‘मलाई कृष्ण भन्छन्, अर्थात् मेरो नाम नै कृष्ण हो।’ यसरी सुरु भएको थियो– हाम्रो सम्बन्धको प्रारम्भ। सहर नजिकैको राधाकृष्ण मन्दिरमा म बिहान झिसमिसेमा नै दर्शन गर्न जान्थेँ। रिटायर्ड भएपछि बिहानको मर्निङ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : अन्धो बूढो

~परशु श्रेष्ठ~ छामछाम, छुमछुम गर्दै एउटा बूढो मानिस मेरो अघिल्तिर आइपुग्यो । उमेर त्यस्तै पचास या पचपन्न हुनुपर्छ । उसको हातमा एउटा लौरो थियो, जो उसको एकमात्र बाटो पहिल्याउने सहारा थियो । उसका दुबै आँखा टालिएका थिए । काँधमा एउटा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : साथी हुने अधिकार

~भिम प्रसाद घिमिरे~ -‘तिमीले चरा देखेनौ ?’ – ‘अहँ, खोइ कहाँ छ चरा ?’ सेतो रंगको पर्खाल, तार जेलिएका बिजुलीका खाबा, सुर्यास्त सांकेतिक पहेलो आकाश खिचेको उसको लो एंगल तस्बिरलाई धेरैबेर हेरिरहेँ । उ त्यसमा चरा खोज्न आग्रह गरिरहेको थियो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : उसका कुरा

~रजित ओझा~ “तिमीलाई एक महिनाको लागि छोडेर हिँड्दिन्छु अनी थाहा पाउँछ्यौ!” “त्यो मेरो जीवनको सवैभन्दा सुन्दर महिना हुनेछ!” उसको कर्के आँखा, रिसाएको रातो अनुहार देखेर म कटाक्ष गर्छु। मलाई थाहा छ उ मलाई छोडेर जान्न, कतै जान्न !!! उ खाना … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

हास्य-कथा : गुड एट हार्ट

~दीप हाँडिगाउँले~ चक्रे उदास छ अचेल। दशै आयो, गयो। तिहार आयो, गयो। उ यताको यतै छ। यता भनेको उही अमेरीका। घर जाने मन नभएको हैन, तर मन भएर मात्रै कहाँ हुने रहेछ र। हुन त उ आएको धेरै भएको पनि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : पारदर्शी झ्यालहरूको कर्पोरेट आशक्ति

~गीता त्रिपाठी~ ‘कृपया झ्याल बन्द गरिदिनुहोस्! बाहिर जाडो बढ्दै छ।’ विश्वका महान् तर्कशास्त्री सोक्रेटसलाई सत्सङ्गमा सहभागी एक जना तर्कमित्रले यसो भनिरहँदा उनले प्रश्नार्थी जवाफ दिएका थिए— ‘मैले झ्याल बन्द गरिदिँदैमा भित्र कोठा न्यानो हुन्छ त?’ झ्यालले बाहिरी दुनियाँसँग जोड्छ यो … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : महाभारत र कर्ण

~अभय श्रेष्ठ~ भारतीय टिभी च्यानल स्टार प्लसमा ‘महाभारत’ शृंखला हालै सकिएको छ। बीआर चोप्राको बहुचर्चित ‘महाभारत’ शृंखलाको भव्यतासँग स्टार प्लस शृंखलालाई दाँज्न सकिन्न। तर, त्यसविपरीत यसले युधिष्ठिरलाई भन्दा कर्णलाई धर्म र सत्यनिष्ठाको पर्याय मानेको छ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विवशता

~शेखर ढुंगेल~ आज उसलाई अँध्यारो कोठा प्यारो भएको छ । कता हुन् परिवार, कता छन् आफन्त साथी, ऊ बेखबर छे र पत्ता लगाउनुको पनि कुनै अर्थ रहँदैन भन्नेमा विश्वस्त छे । उसका रहरहरु एकपछि अर्को गर्दै विहानीको शीतको थोपाझैं विलाइ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एक साँझको फसेला

~मिङ लिवाङ~ “यसको केश काटेर डल्लै बजार घुमाउनुपर्छ,“ – फलानोले भन्यो। “छात्तीमा नाम पनि लेख्नुपर्छ….मज्जा आउँछ,” ढिस्काले थप्यो। ”छिनार…..गाउँको नाम नै बदनाम गर्यो यसले,” अर्को एकजना चिच्यायो।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : डिजिटलको क्यानभासमा

~शर्मिला खड्का दाहाल~ कथाकार दिवाकर नेपालीज्यू, समय कति बलवान हुँदोरहेछ भन्ने कुरा कसैले कल्पना गर्न नसक्दोरहेछ । हिजोका ती दिनहरू सपनाजस्तो हुँदो रहेछ । हाम्रा आदिकवि, महाकवि, युगकविहरूले कयौँ दिन लगाएर पुस्तक प्रेसबाट निकाल्ने कुरा आज एकादेशको कथा भएको छ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शहीदपत्नीको आत्मगन्थन

~पुण्य कार्की~ मनका कुरा यसरी कापीमा लेखेपछि, मन साँच्चै हलुड्डो हुन्छ । दुई महिना जति भो यसरी मैले लेख्न थालेको । भित्री मनका छटपटीहरू, उकुसमुकुसहरू, उहापोहहरू जति उतार्दै जान्छु, उति मेरो मन फूलको थुड्डोजस्तो हलुड्डो बन्छ । दुइटा कापी ठ्याप्पै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रभु माइला

~उपेन्द्र सुब्बा~ चुरे पहाड पेरिफेरी चुलाचुली । एउटा अजङ्ग गोहिको दाँत जस्ता तिखा होचा अग्ला पहाडहरु । त्यही पहाडको चेपबाट बग्दै आउने मौवा खोला । बर्खा मासमा मै हुँ भन्ने लाठेहरु पनि कति चीत पर्छन् तर, हिउँदमा भने तरुनीको घुँडा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मान्छे जागेको दिन

~लेनिन बन्जाडे~ दराजबाट खुत्रुके खसेर एकैसासमा भुइँमा बजारिएर फुटेपछि छोरोलाई च्याप्प समातेर घोप्टो परेँ। ऊ दुइटा हातले आँखा छोपेर मेरो छातीमा लपक्कै टाँसियो। घर यसरी हल्लिएको थियो मानौं ऊ र म फनपार्कको रोटेपिङमा डराईडराई मच्चिरहेछौं। संसारमा सबैभन्दा बलवान र शक्तिशाली … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : फेरीरहने अनुभुति, फेरीरहेका लेखाईहरु

~गिरिराज बाँस्कोटा~ छेउमा केटि साथि परेको परिक्षाको दिन मैले राम्रो लेख्न सकिन ।गाला रातै भएका थिए सायद ।त्यो वर्ष कक्षा छ मा पढ्दाको हो ।पहिल्लो पल्ट ति केटि साथि परिक्षामा सँगै परेकी थिईन ।साथिहरुले के भने भन्ने कुरा दोश्रो वनाईयो … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

हास्य-व्यङ्ग्य निबन्ध : ‘बा’लाई उत्तर

~डा. टीकाराम पोखरेल~ गाउँगाउँमा मोबाइल पुगेपछि मेरा बाले पनि एउटा मोबाइल टेलिफोन भिरेछन् । मेरा बा न परे, मोबाइल टेलिफोन भेटेपछि किन चुप लागि बस्थे । शहरमा बस्ने छोरालाई फोन गर्छु भन्दै कनि कुथी मेरो नम्बर थिचिहालेछन् । मैले “हल्लो … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : अस्मिता

~शिव प्रकाश~ जीवनको सरल रेखालाई समयले एकाएक बङ्ग्याइदियो ! आज म मेरा मनका भित्ताहरुलाई चिर्छु र उदाङ्गो बनाउँछु आफूलाई । एउटा वसन्त मरिसक्यो ! थाह छैन, अर्को आउँछ कि आउँदैन ? बरु अब मेरो जीवनमा कुनै वसन्तहरु नआउन् ! सोचेँ, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : परिवर्तन

~सुरेन उप्रेती~ राधाले मन्त्री क्वाटरको वरण्डाबाट तल हेरीन् । मन्द गतिमा आएको हावाले क्वाटरको अगाडि गेट छेउमा झुण्डिएको झण्डा हल्लिदा ख्याट ख्याट आवाज आउंदै थियो । गेटकै छेउमा राइफल लिएर उभिएको पुलिस टिलिक्क टल्किएका बुट हेर्दै सोचाइमा मग्न भए झैँ … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment