Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

कथा : घडी

~वीरेन्द्र कंडेल~ “बा, मलाई घडी चाहियो के, घडी ल्याइदिनुभएन भने त म स्कुल नि जान्नँ!” बा भर्खर अफिसबाट आएर हातमुख धोइओरि टुसुक्क बस्नुभएको थियो। “हैन, कति कचकच गर्छ यो? जैले घर आयो, घडी चाहियो भन्छ, किन चाहियो तँलाई घडी? पछि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कपनको बस

~बिक्रम ज्ञवाली~ कुनै कामले म गौशाला गएको थिए । फर्किने बेला बिहानै देखिको कालो बादल फुट्यो । सडक पनि भिज्यो । बाटोमा हिंडेकाहरु राम्रो ओत खोजेको पनि देखिन्थियो । मलाई भने कपन पुग्ने हतार । बस कुर्दै थिए एउटा रुखको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बदला

~पुन्यप्रसाद प्रसाई~ लगभग पन्ध्र बिघाको क्षेत्रफलमा पैmलिएको बाँसघारी छ । यो बाँसघारीमा कसको अधिकार छ भन्ने विषय विवादित छ । तर यस बाँसघारीको निर्वाद उपभोगचाहिँ मुखिया रङ्गनाथले गर्दै आएका छन् । गाउँका अरू कसैले यो बाँसघारीबाट एकघना बाँसको उपयोग गर्न … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अन्तिम ठूटो

~नारायण तिवारी~ रामाधीन बाहिर आयो। केही छिनअघि मात्र ऊ भित्र बेडमा बसेको थियो। भित्र बच्चालाई काखमा लिएर बखरीवाली बसेकी छे। ‘रोइरहोस् त्यो, कति सुन्नु,’ ऊ फुसफुसायो। बाहिर बेन्चीमा बसेको छ रामाधीन। त्यसो त ऊ पनि कहाँ नरोएको हो र! भित्रभित्र … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : धम्बोझी चोक

~सरोजराज अधिकारी~ ‘ढ्याम्म’ सन्तमानले बन्द सटरमा लात्ता बजार्‍यो । सटर एकछिनसम्म तरङ्गित भयो तर कुनै प्रतिक्रिया आएन । ‘ए बिस्ने हान् अर्को लात्ता’ मैले आदेश दिएँ । बिस्नेले अघिभन्दा दह्रो गरी लात्ताले ठोक्यो । बल्ल भित्रपट्टि बत्ती बल्यो । ‘को … Continue reading →

Posted in नेपाली कथा | Leave a comment

कथा : गुलाबी फ्रक

~सन्जु बजगाईं ‘नेपाल‘~ बिहानै कसैले मेरो डोरबेल बजायो । ढोका खोले । दुर्इमा एक आफ्नै पुरानो आकृति ! म बिचलित हुन्छु । मेरै घरमा मेरै आकृति कसरी संभव हुन्छ ? फेरी मैले त मेरो भुत खोजेकी थिईन । तर बज्यैलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : बार्गेनिङ्ग

~सुषमा मानन्धर~ “सुन्नुस् न ! केटाकेटीहरु सडकमा जालान हेर्नुस् है । म पानी थाप्न हिंडेँ ।” सुन्तली गाग्री च्यापेर निस्की । पिँढीमा खाल जमाइ रमिरहेका उसका बुढोका आंखा आफ्नो तासका पत्तीबाट हटेका होइनन् । “कति फत्फत् गरिरहन्छे” पत्ती तान्दै उसले … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

हास्य कथा : स्वयमसेवक

~दीप हाँडीगाउँले~ धेरै अगाडीको कुरा हो हाम्रो टोल (हाँडीगाउँ)मा स्वयमसेवकहरुको बिगबिगी थ्यो। स्वयमसेवकहरुको तलब आउने जागिर थिएन तर कामै नभएको चै होईन। जागिर खाएर तलब ल्याउनेहरुले भन्दा चर्को काम गर्थे हाम्रा स्वयमसेवकदाइहरु। बिहानै झिसमिसेमा काम सुरु गर्थे, अनि रातको दुई … Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : गरिबको दशैं

~दीपक घिमिरे~ घरदेखि अलि परको डिलमा कपडा सिलाउने कल (सिलाई मेसिन) राखेर खोल्सामा रने दाइले सु गर्न ला’को टाढैबाट देखें । खुशीको सीमा नै रहेन । चिच्याउँदै घरभित्र छिरेर आमालाई सुनाएँ– ‘आमा रने दाइ हाम्रो घर लुगा सिउन आउँदैछन् । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बाजी

~मन्दिरा मधुश्री~ अप्रत्यासित रुपमा उसले सोध्यो, “यदि एउटा केटामान्छे र केटीमान्छे एउटै कोठामा रात बिताए भने के हुन्छ ?” “केही पनि हुँदैन ।” मैले सजिलै उत्तर दिएँ । “किन हुँदैन…। सबैथोक हुन्छ । एक रात हैन मात्र दुई घण्टा सँगै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नयाँ लुगा

~बसन्त विवश आचार्य~ पारी बस्तीबाट फुत्त झर्दै गरेको लाहुरेको “अच्छा लेकिन”ले वारि गाउँसम्म ध्वनि प्रदूषण गरेको छ । कालापहाडबाट सपना र रहरमा थोरै खुसीको जलप लगाएर जुँगामा ताउ लगाउँदै फर्किनेहरु विश्वविजेता नेपोलियनको अनुहार चोरेर हिडिरहेका छन् । यो मौसम देख्दा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ऐंठेन

~उपेन्द्र सुब्बा~ बजिया छोराहरू हतारहतार हुर्केर बाउलाई चाँडै बूढो बनाउँछन् । म छोरालाई हेर्दै यस्तै सोच्दै थिएँ । ‘ए बाउ, छिटो भित्र आऊ !’ छोरो जुल्फी मिलाउँदै थियो । ‘लात्ताले गधालाई… बाउलाई हप्काएर बोलाउँछस् ? पूरापूरी चौध वर्ष पुग्या छैन,’ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बालुवाको घर

~महेश पौड्याल ‘प्रारम्भ’~ म जस्तो मास्टर कोही नबनोस् । मलाई त्यस घरमा किशोर दाईले पु¥याइदिएका हुन् । म उहँलाई धन्यवाद दिन्छु; रोजगार पाएँ । ट्यूसनै भएर के भो, प्राय मास्टरहरू त्यही गर्छन् । “भाइ, देहरादूनबाट आएको परिवार हो । बुवा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : खराब सोचाई

~सरण राई~ बढि भावुक कुनै कुनै समय म भई दिन्छु । असंगत र असम्बन्धित सोचाइहरु मगजभरी आउँछ । अझ दिनभरी काम नहुँदा र बात मार्ने साथी नभएर एक्लो भएको बेला कस्तो कस्तो कल्पनामा म बग्छु, म आफैलाई समेत थाहा हुँदैन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फोहोर र देउता

~सुषमा मानन्धर~ उसको घर दोबाटो वीचको मोडमा छ । सडक छेउको हल्लाले विथोल्ने त छंदैछ गाडीले उडाउने धुलोले पनि कम्ती दिक्क बनाएको छैन उसलाई । धुलो त देख्नै हुन्न एलर्जी भै हाल्छ । त्यही भएर हरेक महिना भने जस्तै उसलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : विरामी कुरुवा

~भिम प्रसाद घिमिरे~ फुच्चे साँचो दिदै मुस्काउँछ । बोल्दैन । बुझेको छ जोडीलाई उसँग संवाद गर्ने समय छैन । उसले देखेका ग्राहकको यो महिना तेस्रोपटकको आगमन हो । हसिलो, छरितो

Posted in लघुकथा | Tagged | Leave a comment

हास्य–व्यङ्ग्य निबन्ध : मान्छे बदलिने क्रिया

~नरनाथ लुइँटेल~ समय बदलिइरहेको छ । मान्छे बदलिइरहेको छ । मान्छेको मन बदलिइरहेको छ । थोरै समयमा धेरै कुरा बदलिइरहेको छ । सङ्घार काटेर भित्र छिरिसकेको एक्काइसौँ शताब्दीले अझ धेरै कुरा बदल्नेवाला छ । पुराना र पाका कुराप्रति मान्छेको चाह … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : अन्तिम धोको

~डा रवीन्द्र समीर~ हट्टाकट्टा तथा रातापीरा लाहुरेबा हेर्दाहेर्दै सुकेको रुखजस्ता भए । गाउँमा धामीझाँक्री, वैद्य, कम्पाउन्डर आदिले उपचार गर्दा पनि रोग निको नभएकाले उनी काठमाडौं गए । – ‘तपाईंलाई टि.वि. रोग लागेको छ ।’ छाती रोग विशेषज्ञले टि.वि.को औषधि चलाए … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : खुकुरी

~अस्मिता बर्मा~ किन–किन पुष्पा दिदी मलाई मन पराउनुहुन्न। उहाँ अत्यन्त भलाद्मी देखिनुहुन्छ। रूपरङ र बोली पनि मिठो छ। जब उहाँ क्याम्पस छिर्नुहुन्छ, अघिपछि दर्जन केटी देखिन थाल्छन्। – ‘पुष्पा दिदी, स्ववियुले हामीलाई कहिले पिकनिक लान्छ?’ – ‘बास्केटबलको म्याच गरौं न।’

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : दशै हो कि दशा !

~केशु बिरही~ “वुवा मलाई एक जोडी टि सर्ट र पेन्ट त नभै हुँदै हुँदैन । मैले त भन्दिएको छु नि ।” माईली छोरीले दशैको डिमाण्ड तेर्स्याइन । “मलाई त टि सर्ट र पैण्टले मात्र पुग्दैन । त्यसमा मिल्ने एक जोडी … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

पत्र साहित्य : दुईवटा प्रेमपत्र

~हिमाल घिमिरे~ पहिलो प्रेमपत्र प्रिय पूर्वप्रेमिका सुसाना ! पहिल्यै आत्म स्वीकृति— मैले तिमीलाई बिर्सिनु पर्थ्यो/पर्छ । तर त्यसो हुन सकेको छैन । यो रमाइलो पीडा हो । साँच्चै बेजोड बेढङ्गी यादहरूको सङ्ग्रह हो जिन्दगी । आजकाल यस्तै लाग्न थालेको छ … Continue reading →

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

कथा : विरहको क्यानभासमा

~शर्मिला खड्का दाहाल~ कथाकार दिवाकर नेपालीज्यू, एकदिन मेरो पोष्टबक्समा अपरिचित पत्र आएको रहेछ । सायद यो कर्मचारीको लापरवाहीले हुनसक्छ । नेपालमा यस्ता प्रशासनिक गल्ती हुनु स्वभाविक हो । यदि भएन भनेचाहिँ अचम्म मान्नुपर्ने हुन्छ । यो पत्र कुनै आमाले आफ्नो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नौलो सेवा जेड्प्रेस

~पूर्ण ओली~ “कहाँ आइपुग्यौ ?” मोबाइलमा उसको निरन्तर घण्टीले आतुरी जनाएपछि मैले उसलाई सोधेँ । “खोइ ? अँध्यारोमा ठाउँको नाउँ थाहा भएन । अब एकसय किमि बाँकि लेखेको छ ।” “ए हो ? यताबाट पनि एक सय किलोमिटरको दूरी छ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : जिब्रो-जगत

~विवश वस्ती~ महाभारतकालीन समयमा भीषण संग्राम भयो। संग्रामस्थल कुरुक्षेत्रले विशिष्ट नाम कमायो । मिथकमा, पाण्डव र कौरवका नाम आफ्नै वंश, बन्धुबान्धवलाई धुलाम्य तुल्याउने कलामा पारंगत योद्धाहरूका रूपमा अंकित भए। महाभारतकालीन जमानाका सिद्ध-प्रसिद्ध महानुभावहरूका लामालामा कथा कथ्ने व्यास ऋषिमुनिले त्यत्रो इतिहास … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : एकतर्फी प्रेमको कथा

~अश्विनी कोइराला~ एकतर्फी प्रेम त्यो हो, जसमा एउटाले माया गर्छ तर अर्कोले त्यो प्रेम अस्वीकार गर्छ । मलाई पनि पहिले त्यस्तै लाग्थ्यो । आजभोलि बुझ्दैछु, एकतर्फी प्रेममा अर्कोले पनि माया त गरेकै हुन्छ तर अर्काको मायाको गहिराइ कति छ बुझेको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : समय

~नवराज राउत~ उ थकित भ्एर आउँथ्यो र मेरो मेरो छातीमा बास खोज्थ्यो । केही समय मसँग लडिबुडी गरेपछि झन् थकित भएर मेरो काखमा सुत्थ्यो । म पनि तस्बेला प्रेमिका र मात्रित्व दुवै भावमा एकैपटक खनिएर आउँथी र एकोहोरो उसको शिरलाई … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : तरकारी – सपना

~स्वेच्छा राउत~ हरेक दिन घामले संघार टेक्नु अगाडी नै उ टेक्थ्यो कालिमाटी तरकारी बजार मा । निद्रा खुलेर होइन खुलाएर हेरिएका आँखाहरुले छान्थे सकेसम्म बाँकी नराखी बेच्न सकिने तरकारीहरु । तरकारी बेच्नु माइला दाइको रहर थिएन रे । “माइला दाइ”-बच्चा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शहरमाझ स्यालको भ्रमण

~आचार्य प्रभा~ अहिले जस्तो लाग्छ मलाई, म सानो हुँदा पहाडमा घरका ठुला मान्छेहरुले कहिले कहिं साँझमा स्याल कराउँदा “ल स्याल रुन थाल्यो अब गाउँमा को मान्छे मर्छ यो त अशुभ हो ,अलच्छिन जगाएको हो” भनेको सुन्ने गर्दथेँ । हुन पनि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रोमान्टिक आन्टी

~देबकी केसी~ ऊ कलेजबाट हतार हतार फर्कंदै थियो। ऊभन्दा अघि नै उसको कोठामा कृपा कुरीरहेकी थिइन्। कोठा भित्र पस्न नपाउँदै कृपाले भनिन्, ‘कति अबेला गरेको रिक्की!’ ‘आज प्राक्टिकल थियो त्यसैले ढिला भयो आन्टि’ भन्ने  सुन्नासाथ उसले नाक खुम्चाइन, ‘आन्टि नभन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : मौसमी माइकालाल

~रामविक्रम थापा~ उसको वास्तविक नाम त थाहा भएन । उसको काम अनुसार उसलाई माइकालाल भन्छन् मान्छेहरू । न्वारानको नाम जेसुकै होस् । विकट पहाडी गाउँको सदावहार नेता हो ऊ । मात्र एक घरको त्यो बाहुनले सारा ग्रामवासी जनजातिहरूलाई विगत चालिस … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : बुकुरे वस्ती

~पुण्य प्रसाद खरेल~ गोबरमा उम्रिएका गुजुक्क च्याउ झैं गुजुप्प बसेको, फुसैफुसका बुकुराहरूको अनुहार आज न्याउलिएको छ । कुनै बुकुराभित्र सानासाना नाङ्गा, धुस्रेन्न र फुस्रेन्न केटाकेटीहरू भुइँमा लडीबुडी गर्दै आमालाई करकर गर्दैछन् । कुनै बुकुरोमा सुत्केरी आइमाईहरू दैलाको ठेलामा बसेर आफ्नो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : फेसन र फाट्नु

~कृष्ण वस्ती~ शहरमा पढ्न गएकी छोरी लामो सामयपछि आज आउने कुराले सबै खुसी भएपनि आमा विशेष खुसी छन्।छोरीलाई कतिबेला देखूँजस्तो छटपटीले समय बितिरहेको छैन भने पाकउने ख्वाउने परिकारको घरमा अभाव भएजस्तो लागिरहेको थियो।सायद सबैका आमा वा सबै आमा यस्तै हुन्छन्।गाडीबाट … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment