Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

लामो कथा : यो कस्तो प्रेम

~राजु दाहाल~ भाग १ रात करिब करिब अनिँदो बित्यो, बिहान युगौँ सरि लाग्यो । सत्र चोटी सत्र लुगा फुकाल्दै र लगाउँदै गरेर तयार पारेँ आफैँलाई, आज मेरो बिबाह जो हुँदै थियो । त्यो स्वर, स्वरको माधुर्यता, मेरो जिबन, मेरो प्राण, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : विज्ञापन

~सुमन सौरभ~ आफ्नो असामयिक मृत्युले ऊ पटक्कै सन्तुष्ट थिएन। सोच्यो- “जाबो एक मृत्युले पनि के अनर्थ गराउँछ कि लासको अनुहार बाँकी छँदै किन यसरी परिचय नै हराउँछ?” अघिसम्म मेरो प्यारो भनेर पालैपालो काखमा टाउको राख्न लगाएर गाला मुसार्नेहरु चट्ट छोडेर … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : मास्टर्स थेसिस

~सन्तोष पौड्याल~ हेलमेटको चिराबाट ट्याक्टरको आवाज छिरेपछि म झसङ्ग भए। निद्राबाट ब्युझेजस्तो। तर यो निद्रा थिएन। मैले लामो स्वाँश फेरें “आजपनि बाँचे”। हुन त सपनामा मोटर युध्द गरि धेरैपटक जीवन बिच्छेद गरिसकेको छु। तर आमा भन्नुहुन्छ “आयु लामो हुन्छ रे”। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : मान्छे र समयको भेट

~डा. कविताराम श्रेष्ठ~ कुवाभीत्र रमाइरहेका एउटा मान्छेले दौड़दै आएर समयलाई भेटिहालेछ । उनले स्याँस्याँ गर्दै भन्यो- “क्या तपाईंको गति ! तर धन्य ! तपाईंलाई मैले भेटिँनै हाँले ।” समयले स्वाभाविक ढंगमा भनेछ – “भेट्नको लागि त्यत्रो महाभारत के थियो ? … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : छोरी नै जन्माउ है तिमी

~धनबहादुर मगर~ ‘अहो ! यो ठाउँमा त बिल्डिङ पो बनिएछ |’ ‘ए ! दुई वर्ष भइसक्यो |’ ‘बोजु खै नी ?’ (आवेसिँदै राज्जोले भनिन्) ‘बोजु मरिन् | बोजु मरेर त्यो जमिनको लागि छोराहरूको झगडा भा’को |’ सुनेर ‘थुक्क ! छोराहरू’ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : उपहार

~डा रवीन्द्र समीर~ खाडीको मरुभूमिमा बिदेसिएको तीन वर्षपछि उसले एक महिनाको छुट्टी पायो । छुट्टी मिलेको थाहा पाएपछि उसले तुरून्त टिकट काट्यो । आफ्नो देश फर्कन पाएको खुसीमा फुर्किंदै उसले घरमा फोन गरेर भन्यो— ‘आजको दुई हप्तामा घर आउनेछु ।’ … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : साइड इफेक्ट

~सुमन सौरभ~ अदालतले बाको र मेरो डिएनए समान भएको निष्कर्ष निकालेर आमाकव पक्षमा फैसला दियो। मुद्दा जितेकी आमाले सन्तोषको सास फेरिन् र मलाई बाको हातमा थमाइन्- “लौ, मेरो मात्र होइन यो, तिम्रो पनि डिएनए हो, तिमि पनि पूरा गर आफ्नो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : पलायनवादी

~भुपेन~ खासमा त्यो समय म हाम्रो महान तथा गौरवशाली मानिने पार्टीद्वारा बेलुकी सम्म जारी गरिने विज्ञप्ती तयार पार्दै थिएँ। बिहान बसेको बैठकको निष्कर्ष अनुसार आन्दोलनले नै जनताका तमाम इच्छा आँकाक्षा पूरा हुने भन्दै पार्टीले मलाई क्रान्तिका निम्ति एक क्रान्तिकारी विज्ञप्ति … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अपवाद

~शिव प्रकाश~ कहिले काहीँ उ नआओस् भन्ने लाग्थ्यो । तर एकछिन मात्र ढिलो भई भने अहिलेसम्म किन आइन ? आज किन ढिलो गरी ? कि आज आउँदिन ? के भो ? आदि इत्यादी मनमा जाग्थ्यो । किनारामा परेको माछा जस्तो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अन्तर्व्यथा : आजको

~कोमलप्रसाद पोखरेल~ आज हर्केलाई पटक्कै निद्रा परेको छैन । रातभरि उसका मानसपटलभित्र विभिन्न तर्क वितर्कहरू चलिरहेका छन् । केही गर्दा पनि निद्रा नआएपछि उ जुरुक्क उठ्छ र भुइँमा बस्छ । उसलाई जन्माउने, दुःख गरेर हुर्काउने आमा र जन्मभूमिको संझना गर्छ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चावीवाज

~केश बिरही~ वाहिर झिमझिम पानी परिहेको थियो । अलिअलि हुस्सु पनि लागिरहेको थियो । माघ महिनाको समय त्यसमा पनि झिम झिम पानी परिरहनाले जाडो हुनु त स्वभाविक नै थियो । केटाकेटीहरूलाई मात्र नभएर ठूलावडालाई पनि जाडोको महसुस भरहेको हुँदो हो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : खहरे

~मानसी पौडेल~ कलेजको क्यान्टिन । दायाँ छेउ किहजोआज शून्य छ । एकदमै उराठ । निरीह र शोकमग्न । लाग्छ, आशौच बारेको छ त्यसले । जति नै भीडभाड भए पनि मान्छेहरू त्यो छेउमा जाँदैनन् । जान रुचाउँदैनन् वा त्यो कसैका लागि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निर्दोष साथी

~लाहाङ लिम्बू~ ‘‘नेपालीहरुको क्यालेण्डरमा अड्सट्ठी सालको हिन्दूहरुको दशैं र तिहार सुरुभयो । लाजेसा एक महिने विदामा पहाड फक्र्यो । लाजेसाले सुन्ने गरेको थियो– पहाडतिर गाउँ बस्तीबाट लिम्बुवानको आन्दोलनको शङ्खनाद भइरहेकोछ रे ! लाजेसाले यसपाली प्रत्यक्ष महसुस ग¥यो । गाउँका साना–साना … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हिस्सा

~रत्न प्रजापति~ आन्दोलनको क्रममा जिल्ला बन्दको घोषणा गरिएको थियो। बन्द सफल पार्न पार्टीका युवा कार्यकर्ताहरू बजार बन्द गराउँदै हिँडेका थिए। ठाउँठाउँमा जुलुस पनि निकालिएका थिए। ऊ पनि त्यस्तै एउटा जुलुसमा मिसिएको थियो। बजारको मुख्य चोकमा पुगेपछि जुलुसमा मिसिनेहरूको संख्या अझै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ऐंठनले थिचेको घाँटी

~दीपक शर्मा ‘समीर’~ हिजो बिर्खे र सदिश हुर्केको पुरानो झुपडी । आँगनमै रहेको नास्पतिको बुढो जवानी छिचोलिरहेको चौतारो । त्यही चौतारो, नजिकैबाट कुदिएको गोरेटो । दुबैतिर रहेका स–साना खरले ओतेका झुपडीहरुकै आँगन चुम्दै लम्पसार सुतिरहेको चौबाटोमा लम्किरहेको हुन्छ । त्यही … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हरायो !

~मोहन चापागार्इं~ चारपासे मेरा चर्चरे काका सधैं चर्चर गरिरहन्छन् । चिया पसलमा उनको चुरीफुरी देख्दा लाग्दछ– उनी नै यस संसारका सर्वज्ञाता हुन् । उनीभन्दा जान्ने–सुन्ने यस संसारमा अरू कोही छैन ।’ शनिबारको एक बिहान चर्चरे काका र मेरो जम्काभेट भयो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ससुराली

~उपेन्द्र सुब्बा~ क्याप्टेन हर्कजङले अठ्ठाइस सालमा यो घर बनाएपछि क्याप्टेनको नामै फेरियो ‘ठूलाघरे क्याप्टेन’। गाउँमा इन्डिया, मलाया, हङकङका अरू पनि क्याप्टेन–ल्याप्टेनहरू थिए, तर सबभन्दा ठूलो घर यही भयो। खोक्सुङले झ्ोलाबाट कठुवा निकाल्यो। छेउकै भोकटेको पात टिपेर दुना जस्तो बनायो अनि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : फेसनको इतिवृत्त

~लोकरञ्जन पराजुली~ केही वर्षपहिले, नेपाली भाषा सिक्दै गरेका मेरा एक विदेशी मित्रले फेसनलाई नेपालीमा के भन्छन् भनेर सोधे । म अकमकाएँ । घोरिएँ । झट्ट दिमागमा कुनै शब्द फुरेन । र, एकछिनपछि भन्दिएँ, फेसन नै भन्छन् । हुन पनि अरू … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : ऊ, प्रेमिका अनि संविधान

~रोशन थापा ‘नीरव’~ उनीहरू यति बेला प्रेम गरिरहेका छन्। प्रेमको अर्थ यहाँ शारीरिक भनेर नलगाइयोस्। सामान्य रूपमा म्वाइँ खानुबाहेक उनीहरू अन्य क्रियातिर उत्तेजित भएका छैनन्। यो उनीहरूको पवित्र प्रेम भनेर मान्न सकिने स्थिति छ। यति बेला दिनको वा साँझहुँदो चार … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सहर कोलाज

~अशोक सिलवाल~ रातको ११ बजे। अघि भात खाँदै गर्दा एउटा हातमा सल्किरहेको चुरोट थियो, अर्को हातमा भात। छ्या! तत्काल निर्णय गरेँ– अब चुरोट छोड्छु। बेडरुममा सुतिरहेकी छोरीलाई सम्भि्कएँ। उसको पढाइ र भविष्यलाई पनि। तर, यो निर्णय लागु हुन्छ भन्नेमा विश्वस्त … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : घर

~स्वेच्छा राउत~ सबैले फतौरी आमा भनेर चिन्ने सुशीला आमा फेरि आइन् फोटोसपले टिलिक्क पारेको अर्को एउटा फोटो बोकेर। मैले अनुहार खुम्चाएको देख्नासाथ मुस्कुराउँदै आएकी फतौरी आमा एक्कासी रुपको रङ फेर्दै कराइन्, “यो पटक त तँ हेरेको हेरै हुन्छेस्।” म ओठ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरो त्यो रङ्गीन पल

~सुमन पछाई~ ऊसँग कुरा गरिरहँदा मलाई कस्तो अर्कै महसुस हुन्थ्यो, काउकुती लागेको जस्तो लाग्थ्यो । ऊसको बोल्ने शैली कस्तो मीठो थियो । कुरालाई कताकता मोडेर कस्तो कस्तो रुप दिन्थ्यो । पहिले पहिले ऊ एकदम छिटो बोलेको जस्तो लाग्थ्यो, उसले के … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : खर्दारबाजे !

~विजय चालिसे~ “सर नमस्कार ! म शिशिर….।” मेरो अगाडि उभिएको आकर्षक युवकले अगाडिदेखि नै चिनेजानेको मानिसले जस्तै आप्mनो् परिचय दियो । मेरो अगाडिको त्यो युवक खाइहाल्दो देखिन्थ्यो । गलामा सुनको सिक्री, हातमा घुमाइरहेको गाडीको साँचो, मुखमा सन्तुष्टिको चमक ! देख्दा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अफेयरगन्ज

~लेनिन बञ्जाडे ~ बिहान नउठ्दै प्रमिलाले फोन गरी । भनेको थिएँ– घरमा हुँदा कहिल्यै मोबाइलमा घण्टी नबजाउनू । मोबाइल मेरै सिरानीमुनि थियो, भाइब्रेसनमा । घण्टी बजेको सुनेर बूढीले उठाएको भए सिधै उचालेर पछार्थी । मोबाइलमा भाइब्रेसन र साइलेन्ट मोड यस्तै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साउनको व्रत

~उषा शेरचन~ कस्तो हुस्सु म ? कार्यक्रम पर्सी रहेछ आजै सम्झेर आइपुगेछु। यसो वरिपरि आँखा डुलाएँ। म जुन कार्यक्रमको लागि भनेर आएको थिएँ त्यस किसिमको दृश्य नभएर बेग्लै दृश्य र पाहुनाहरुको रङ्गरुप पनि नितान्त बेग्लै देखेँ। शंका लागेर त्यहाँको स्टाफलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ​अम्रिकामा आमा

~यम घिमिरे~ हुने खानेलाई बोकेर टाउकामाथिबाट उडान खेपेको खेपेई गर्ने जहाजलाई मनमाया मात्रै के भन्नु तल भूतलबाट कुखुराले पानी खाँदा आकास हेरे झैं हेर्थे सबै मानिस कोदो मकैको मेलो रोकेर। उनका साथीसँगी के पुरुष, के महिला सबैका चल्दै गरेका कोदाला … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : त्यो पहेँलो फूल

~कुमुद अधिकारी~ एउटा पहेँले फूल फुल्नेगर्थ्यो, त्यस बेलामा घरमा। त्यस्तो फूल मैले पहिले कतै देखेको थिइनँ र आजकल पनि त्यति देख्तिन। मलाई त्यो फूल मन पर्थ्यो त्यसको एउटा विशेषताले-त्यो साँझमा मात्र फुल्थ्यो, आफ्नै आँखैअगाडि, कोपिलाबाट पूर्ण फूल हुन बढीमा पाँच … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : फ्युजनको सुन्दरता

~गोकर्ण भट्ट~ बिहान घरबाट निस्किंदा हरियो सारी, सारीसँगै मिल्ने हरियो रङ्गको ब्लाउज र खैरो रङ्गको चप्पल भिरेर ऊ अफिस हिँडेकी थिई । नयाँ जागिर, त्यसमा बल्लतल्ल काठमाडौं आउन पाएकी ऊ, अझै साहस थिएन सबैका अगाडि निर्धक्कसँग बोल्न सक्ने । त्यसैले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जुनेलीलाइ डी. भी. बिर्षेलाइ पी डी

~शेखर ढुङेल~ आज फेरी बिर्खे हत्तास बिचलित थकित शरीर अनि मन मस्तिष्क बोकेर कोठा भित्र पस्यो बत्ति बाल्यो र ओछ्यानमा डरलङ्ग पल्टियो एक छिन घोप्टो परेर कुक्क कुक्क गरेर रुन् थाल्यो ..बलिन्द्र अंशु झर्न थाले बलेसीमा पालिको पानि झरे झैँ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य कथा : कमरेट काठमान्डुमा

~प्रकाश आस्था~ पहिलो रात ‘अल्लि उत्ता सर न’ बेन्चीको ओछ्यानमा लहरै लडेका कमरेटहरुमध्ये सहकर्मी कमरेटलाई धकेल्दै कमरेट पात्ले तन्द्रामै बोल्यो, ‘आथ्थाथा’ । लामखुट्टेको आक्रमण थियो । आन्दोलनका लागि नेपाल खाल्डो ओइरिएका कमरेटहरुको रात्रि निद्रा बिथोल्न लामखुट्टेहरूको प्रतिक्रियावादी बगाल अर्को ‘टिँईँ … Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : फिल

~राजव~ ऊबारे मेरो अनुभव पनि यै हो। उसले नबोलेको विषय केही थिएन। मैले थुप्रै पुस्तक र त्यसका लेखकबारे उसले बोलेको सुनेको छु। हार्वर्ड स्क्वाएरको ठीक मध्यमै छ न्यासनल बुक सेन्टर। यो लगभग डेढ सय वर्ष पुरानो चारतले भवनमा बसेको छ। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ​त्यो पुरुष

~भुपेन~ धेरै समयपछि मुटुले पग्लिने आँट गर्‍यो। समुन्द्रमा छालले सीमारेखा नाघेजस्तै। शान्त नदीमा ढुङ्गा हान्दा निस्किने तरङ्गजस्तै। म आज किन अशान्त भइरहेकी छु? एउटा सामान्य भेटले पुनः मनमा किन अशान्ति मच्चाइरहेको छ? रातको १० बजेको यो सिरसिरे हावा कुनैबेला निकै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment