Tag Archives: कथा

कथा : अनपेक्षित संयोगहरु

~गौतम ‘उदय’~ “हजुरलाई किन चाहियो फोन नम्बर ! भयो, पुग्यो….. ! ” भनेर लेखेकी थिई मेलिनाले उसको अन्तिम ईमेलमा | केही कुरा मन नपर्दा हल्का निदार खुम्च्याउंथी तर शब्दमै कहिलै ब्यक्त गर्दिनथी उसले | मेलिनाको बोली नै यस्तो छ मानौं … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरी भतिजी

~देबेन्द्र बस्याल~ सुनसान रात, केबल आकासका ताराहरुले मलाई हेरीरहेका हुन्छन । पारी पातलमा कराईरहेको कोइलिको सुमधुर आवाज, शिशिरयामको चिसो हावाले गर्दा मेरो पनि निद खुलेको छ । उसले निदमा छपछपी छाम्छे, एक्कासी ब्युँझेर ममी, ममी ममी… भनेर रुन्छे, आँखाबाट बरबर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दशैँ

~पुष्पा भण्डारी~ दशै आयो …..! खाउला पिउला …..! कहा पाउला ……! चोरि ल्याउला….! धट्ट् पापि छूट्टै बसौला ….! (आँगनमा बिस्कुन् सुकायेको छ, बचचाहरु पिडीमा खेलिरहेका छन्, धने बारिमा गोरु जोतेर थकित् भयेर आइपुग्यो ) “बाबा बाबा दशैको नया लुगा किन्न कैले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

मनोवाद कथा : सजाय

~सजना गुरुङ~ परिधिभित्र जीवन सुन्दर र सुरक्षित हुन्छ भन्ने ठान्छन् हाम्रा मै हुँ भन्ने अर्धचेतन , अल्पज्ञानी सस्कारी सम्राटहरु , जो आफनै नजरमा र आफ्नै निर्णयमा आफैद्वारा सम्राट घोषित गरिएका छन् | सस्कार उनीहरुको निम्ति केवल नारीहरुलाई आफ्नो कब्जामा लिने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पत्रकथा : माइतीको पत्र

~शर्मिला खड्का दाहाल~ आदरणीय दिदी भेनाजु नमस्कार सात समुन्द्र पारि, म बहिनीको धेरै–धेरै सम्मझना । तपाईहरु त्यहाँ सपरिवार सकुशल हुनुहुन्छ होला भन्ने भगवान श्री पशुपति नाथसँग प्रार्थना गर्दछु । खै दिदी भगवान श्री पशुपति नाथ स“ग के भनेर प्रार्थना गर्नु … Continue reading

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged , | Leave a comment

कथा : सिलिगुडि, मेरो तनाव र सुधा !

~राजिव घिमिरे~ काकडभिट्टाको पैसा सटहि काउन्टरमा दशैको नियमित भिड थियो । पुराना साथी; बल्ल बल्ल दशैमा भेट भएर बिना प्लान घुम्न भनेर हिडेका -सिलिगुडि । म बर्ष दिनपछि काठमाण्डौंबाट फर्केको थिएं । सुधाले रोकटोक गरिनन् । मिल्यो भने एउटा माइक्रोवेभ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अपुरो चित्र

~खगेन्द्र पन्धाक लिम्बू~ अण्डामानको सङ्लो पानीलाई पानीजहाजको धक्काले सेताम्मे फिँज उठाउँदा यता उनको धक्काले मेरो मनोछाल पनि उसोरी नै छचल्काएको थियो । पर सामुद्रिक सतहमा लजालु घामको चुम्बनसँगै उनले पनि चुम्बनको प्रस्ताव सारिन्, मैले नकारें । लाजले म त्यै लज्जालु … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ठूले

~दीपक घिमिरे~ उसलाई देख्दा ती पुराना दिनहरुको याद आउँछ, जुन दिनहरुमा उसको घर नै स्वर्ग थियो । उसका बाआमाको मुखमा देखिएको मुस्कानले हाम्रो टोल छिमेक नै हर्षित थियो । उसका बाआमाले आफुसँगको खुशी सारा गाउँलेलाई बाँड्ने कोशिस गर्दथे । आफ्नो औकातले भ्याएसम्मको खुशीयाली … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म……… जेठी छोरी

~राम श्रेष्ठ~ (आज अमृत १ बर्ष पुरा भएको छ…… र उसको जन्मदिन धुमधमले मनाइरहेको छन उनको बाबु-आमा….. तर अमृतको दिदी “अनिता” अहिले सम्म स्कुलबाट फर्केर आएको छैन….) (स्कुलको बगैचामा………) “ए अनीता, किन घर नगई यहाँ खेलेर बसिरहेकि हँ ” -सुशिला … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लोक कथा : जिउँदो मान्छेको करामत र यमराज

~अज्ञात~ एकदिन यमराजले मर्त्यलोकमा घुम्दै गर्दा एउटा हात्तीलाई एउटा दुब्लो पातलो मरन्च्याँसे माहुतेले हातमा एउटा मसिनो लट्ठीको भरमा तह लगाइरहेको देखेछन्। हात्ती एकान्तमा भएको मौकामा यमराजले हात्तीसित भनेछन्- “गजराज, यत्रो विशाल र शक्तिशाली भइकन पनि यस्तो फिस्टे मान्छेको वशमा किन … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कथा : मन्त्रीको प्रेम

~श्याम साह~ “मन्त्रीज्यू, यो भट्टीलाई पनि काठमाडौं लैजानु प-यो !” भन्ने मानिस आफैं नशामा धुत् थियो । सँगैकाहरूलाई आँखा झ्म्क्यिाएको देखाउन उसले पूरै टाउको हल्लायो । सबै खित्का छाडेर हाँस्न थाले । तर मन्त्री हाँसेन । उसको मुहार झ्न् गम्भीर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : वास्तविक परिचय

~नवराज पोखरेल ‘पाखेली’~ मैले उसलाई पहिलो पटक पशुपतिनाथ को मन्दिर मा भेटेको थिए ! “सर एउटा पत्रिका हेरौन एक दम ताजा समाचार छ मात्र दुइ रुपैया !!” उसले अनुरोध गरेको थियो मलाइ पहिलो पटक पत्रिका किनिदिन ! मेरो जागिरको पहिलो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पुतलीको फखेटामा बसेको पृथ्वी

~मनोज बोगटी~ जापानी सुन्दरी मिसुजालाई मैले हाम्रो घरमुनीको मैलो घुरेनमा पाएँ। माकुराको जालोले बेह्रिएर तिनी बिचल्नीमा परेकी थिइन्‌। मैले माकुराको जालो हटाइदिएँ। ‘तिम्रो नाम के हो?’ ‘मिसुजा।’ ‘पुतली होला’- मैले ठूलो स्वरमा भनेँ। ‘मिसुजा नै हो।’ ‘पक्का?’ ‘पक्का।’

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रूप र गुण

~ध्रुब सापकोटा~ ऊसँग चार विकल्प थिए । एक, दसवर्षे गृहयुद्धका कारण जर्जर भएको ठाउँमा जाने । दुई, पाँच वर्षदेखि पानी नपरेका कारण एक चौथाइ मात्र जीवित रहेका प्राणीहरूको रक्षा गर्ने । तीन, एड्सको चपेटामा परेका ५० प्रतिशत जनताको उद्धार कार्यमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सम्झौता

~सुषमा मानन्धर~ ऊ एउटी नवोदित लेखिका। लेख्‍ने उसको कुनै पेशा नभए पनि साहित्यतिर गहिरो अभिरुचि भएको कारणले घरव्यवहारपछि उब्रेका समयमा उसले धेरै लेखेकी छ। आफ्ना रचनाहरुलाई उसले लेख्दै अनि साँच्दै गरेकी छ। अहिले नै संग्रह निकालि हाल्न ऊ सक्दिन। केही … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बुढाबाको लठ्ठी

~रजित ओझा~ बुढाबा सँधै बरण्डामा बसेर भागवत गिता पढ्थे । घामका किरणमा बुढाबा पहेँला देखीन्थे ।सेतो जिउमा नुहाईसकेपछि पानीका थोपाहरु टलक्क टल्किन्थे । घर अघि तुल्सिको मोठ थियो बिहान पानी चढाउँथे आधा नाङ्गो जिउ भएर ,जनै मात्रै हुन्थ्यो माथि तल … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फेसबुक

~होतराज पौडेल~ ‘खै खै म पनि हेर्छु, फेसबुक ।’ श्रीमतीले ल्यापटपको स्क्रीनमा झम्टिन आइन् । म स्वयं पनि त्यति परिचित थिइनँ त्यो फेसबुक भन्ने प्रविधिसँग । छोराको सहायताले एउटा फेसबुक एकाउन्टसम्म खोल्न सकेको थिएँ । प्रविधिसँग आफुलाई पनि परिवर्तन गर्न … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ज्ञानी र बुनु

~सुशीलराज रेग्मी~ एक गाउँ थियो । गाउँको माझमा एक माध्यमिक तहसम्मको विद्यालय । जहाँ दुर दुरदेखि विद्यार्थीहरू पढ्नका लागि आउँथे । फरक जाति, फरक भाषा अनि फरक–फरक पारिवारिक पृष्ठभूमि बोकेका नानी बाबुहरू । विद्यालय आफैँमा एक फुलबारी जस्तै थियो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सेवा ही परमो धर्म!

~घनेन्द्र ओझा~ निकै ठूलो समाजसेवीका रूपमा परिचित छ ऊ। उमेरको आधा समय समाजसेवामै समर्पित गरेको छ उसले। घर, परिवार, सन्तानको चाहना भएन उसलाई अथवा त्यसको लोभ देखाएन। समाजको हित, मानिसहरूको सेवा, उसले जानेको यत्ति हो। निकै समय बिताइसकेको छ उसले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हत्या

~सीता अर्याल~ बाबुआमाको न्यानो काख र मीठो दूध-भातलाई चटक्क बिर्सेर म पलायन भएको हुँ। पढ्ने, जागिर खाने, आफ्नो भविष्य उज्यालो पार्ने सिलसिलालाई च्यापेर मैले मेरा बुबाआमाको छातीमा लात हानेको छु। त्यसको बदला आज आफ्नै छातीमा कसैको लात बज्रिरहेछ। मेरो पूजनीय … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फिलिम

~लेनिन बञ्जाडे~ “बसन्ते, एक… एक… एक ही रास्ता लाग्यो …।” रमेशले एकाएक गाउँ थर्कायो। एक हप्तादेखि चित्रहार मा अजय देवगन र रविना टण्डन नाचेको हेर्दा–हेर्दा हामी वाक्क भइसकेका थियौं। अजय देवगनले फूल और काँटे देखि रमेश र मेरो मनमा हुन्डरी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पालोको पैचो

~पूर्ण कान्छा गुरुङ~ एका देशमा एउटा ढिकुरे नामको सानो गाउँ थियो । ्यो गाउमा भौगोलिक बनावटीको कारणले गर्दा त्यो गाउ अरु गाउहरु भन्दा अलग प्राकृतिक सुन्दरताले सजिएको थियो । दाया बाया बाट सानो खोल्साले काटेको थियो भने तल लिखु खोला … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नजोडीएको साईनो

~उर्मिला थपलिया~ भाग-१ नमस्कार ! तपाई आराम हुनुहुन्छ ? परिचित आवाज मेरो कान सम्म ठोक्किन आईपुग्यो । म निसब्ध भएँ उस्लाई तत्काल उत्तर दिनको लागि म संग कुनै शब्द नै थिएन । आजभोलि यस्तै हाजारौं प्रस्नहरु नमिल्ने गरि तेर्सिनेगरेको छ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य कथा : कौन बनेगा प्रधानमन्त्री ?

~सन्तोष चिमरिया~ देबी और सज्जनों ! मै अमिताब बच्चन कौन बनेका प्रधानमन्त्रीमे आप सबका स्वागत कर्ता हुं ! आज हटसिटमे नेपालसे प्राईम मिनिस्टर इन वेटिङ श्री प्रचण्ड जि बिराजमान है । कृपया तालिओं से उनका अभिनन्दन करे ……… “बताईए कैसे … Continue reading

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : विकुलाल कुसाथा

~हरि अधिकारी~ अलि पर, धेरैजना मिलेर ठूलो – ठूलो स्वरमा भजन गरेको कि त असारे दोहरीको भाकामा मन फुकाएर गाएको जस्तो केही लयबद्ध सुनियो । त्यतातिर जाउँ – नजाउँ एकछिन मन दोमन भयो । तर एकैछिन मात्र । एकछिनपछि नै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सिंहराज र गजराज

~इस्माली~ डाँडामुनिको ओडार अघिल्तिरको टारी चौरमा त्यस वन र वरपरका पशुहरू एकत्रित भएका थिए । ओडार अघिल्तिरको न्यानो घाममा सिंहसिंहिनी र डमरुहरू थिए । अलि परतिर रहेका बाघ, चितुवा र ब्वाँसाहरू पनि निन्याउरो मुख मुद्रामा गजराजतिर हेरिरहेका थिए । चौरको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिभूषण

~अज्ञात~ लेखकज्यू हजुरले देख्नु नै नभएको हो कि जानीजानी टाहोलीदै हुनुहुन्छ -’ परिचित आवाज सुनेर थोरै झस्किदै आवाज आएतिर म फर्किए । रवाफीलो त्यो अनुहार मुस्कुराउदै मलाई नै एककोहोरो हेरीरहेको थियो । ‘अस्तिनै मैले लेखक भनेर कुरा गरेकी थिए नि, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नाम नपाएको सम्बन्ध

~विश्वराज अधिकारी~ मेरो अन्तरङ्ग मित्र दिवाकरकी पत्नी, राधाको बारेमा मेरी छोरी ग्रीष्मालाई मैले विस्तारमा यति धेरै कुरा बताएको थिए“, उनको भद्रताको, उनको बौद्धिकताको, उनको सुन्दरताको बारेमा यति प्रशंसा गरेको थिए“ कि ग्रीष्मा पनि तयार भएकी थिइन्, राधालाई भेट्न । ग्रीष्मा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : यो कस्तो माया हो ?

~प्रेम लामा~ “लभ गर्ने बेलामा गरिस् । अहिले नलैजान्न भनेर हुन्छ ?” एक १३ वर्षीया केटी कोपिला (नाम परिवर्तन) ले सबैको सामु भनिन् । तर १५ वर्षिय उनको ब्वाय फ्रेन्ड भनौदो डेबिट (नाम परिवर्तन) को जवाफ थियो–“म तँलाई मन पराउँदिनँ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पिच्कारी

~श्रेयज सुवेदी~ बिहानको घामले पर्दा छिछोलेर कोठाभित्र पस्नसमेत भ्याकाथेनन्…माँको फोन बज्यो । सिरानीमा भएको फोन अध्कल्टो निद्रामा उठाएँ । हेलो पनि नभनी सीधैं सोध्नु‘भो, “घर आउँदैनस् ?” होली खेल्ने मन नभएको र घर नआउने कुरा हिजै जानकारी गराए तापनि एकाबिहानै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिरामी

~श्रेयज सुवेदी~ म कमजोर छैन । म चुपचाप छु । यसको मतलब यो हैन कि म बोल्न सक्दिनँ । तिम्रो हरकतको प्रतिक्रिया दिन्न यसको मतलब यो हैन कि मलाई प्रतिकार गर्न आउँदैन । मेरोबारे नकारात्मक सोच पाल्ने तिम्रो उपस्थितिले बान्ता … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साथीको चिठी

~यमुना प्रधानाङ्ग ‘मुना’~ मेरो हातमा चिठी ? कसको होला ? म पठाउने व्यक्तिको नामै नपढी आफ्नै मनमा अनेकौं कुरा गुन्न थालें । चिठी पठाइहाल्नुपर्ने कारण के थियो होला ? चिठी नै पठाउनुपर्ने भए पहिले फोन गथ्र्यो होला किनकि मेरा आफन्तहरू … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment