कथा : मन्त्रीको प्रेम

~श्याम साह~Shyam Shah

“मन्त्रीज्यू, यो भट्टीलाई पनि काठमाडौं लैजानु प-यो !” भन्ने मानिस आफैं नशामा धुत् थियो । सँगैकाहरूलाई आँखा झ्म्क्यिाएको देखाउन उसले पूरै टाउको हल्लायो । सबै खित्का छाडेर हाँस्न थाले । तर मन्त्री हाँसेन । उसको मुहार झ्न् गम्भीर भयो । गागनबजारकोे एक मात्र भट्टीपसल— एककोठे, न ठूलो न सानो, ठिक्कको । मन्त्री आएको हुनाले भएभरका टेबुल एकैठाउँमा जोडिएका थिए । त्यसको चारैतिर बेन्चहरू राखेर टोलीलाई बस्ने व्यवस्था मिलाइएको थियो । मधुरो बिजुलीलाई चुरोटको धूवाँले झ्नै मलिन बनाएको थियो ।

मन्त्रीको गम्भीरताले हाँसो रोकियो । उसका आँखाहरू बलिरहेका थिए । उसले भट्टीवाल्नीलाई मायालु पाराले हे-यो । यसपटक भट्टीको साहु रिसाएन । आखिर आज मन्त्री जो आएको छ । “माया गर्छु भन्दैमा कमललाई पोखरीबाट झ्किेर स्वीमिङ पुलमा रोप्यो भने के हुन्छ ? मर्छ । अरे, असली माया त त्यो हो, जब कोही हिलोको परवाह नगरिकन आफैँ त्यो कमललाई भेट्न आउँछ !” मन्त्रीको अप्रत्यासित दर्शनले सबैलाई ट्वाल्ल पारिदियो । लगत्तै, हाँसोको फोहोरा छुट्यो । बोतलहरू खुल्न थाले, गिलासहरू ठोक्किन थाले । तर, मन्त्री हाँसेन । ऊ विगत सम्झ्रिहेको थियो ।

•••

संयोगले उसको विवाहकै दिन यो भट्टी खुलेको थियो । भर्खर जुँगाको रेखी बस्दैथियो, तर ऊ विवाह गर्दैथियो । यसको आफ्नै कथा थियो । सानो छँदा बाबुले स्कूल पठाउँथे । स्कूलछेउ दोबाटोको वर–पीपलका रूखमा भएभरका गोठालाहरू गुच्चा खेल्न भेला हुन्थे । स्कूलबाट भागेर आउनेहरू पनि मिसिन्थे । उसलाई भने कहिल्यै भागेर आउनु परेन । किनभने, ऊ सधैँ त्यहीँ साँझ् पारेर घर फिथ्र्यो ।

एक दिन वर–पीपल चोकमा कोही आएनन् । ऊ बाध्य भएर स्कूलै गयो । बडो अचम्मको अनुभूति भयो, उसलाई । आफैँमाथि गर्व लागेर आयो । बिदा भएपछि ऊ दौड्दै घर आयो, कोही भेटेन । दौडेको दौड्यै खेतमा पुग्यो र बाबुको अगाडि ठिङ्ग उभि यो । “कथि भैलौ ?” बाबुले सोधे । “आई त हम किलासमे गेलियै ।” बाबुको अनुहार बिस्तारै रातो हुँदै गयो । बल्ल उसले कुरा बिग्रेको थाहा पायो । “यत्ते दिन तक तु कत्त जाय छेलही ?” लठ्ठी लिएको बाबुले झ्म्टँदासम्म ऊ वायुवेग भइसकेको थियो । त्यसपछि ऊ कहिल्यै स्कूल गएन । उसले भैँसी चरायो, बाबुसँगै खेतमा काम ग¥यो । तर त्यो क्रम पनि धेरै चलेन । साँझ् गोधूलिसम्मै ऊ खोलातिर हुन्थ्यो । किनकि, त्यतिबेलै खोला किनारमा महिलाहरू दिसा बस्न आउँथे । दिउँसो नुहाउने र लुगा धुनेको भीड हुन्थ्यो । मेला–पर्वको बेला ऊ बिहारी ‘बाई’ र ‘अर्केष्ट्रा’को चक्करमा हुन्थ्यो जहाँ छोटाछोटा लुगा लगाएका किशोरीहरू उत्तेजक नृत्य गर्थे । धेरै पटक ऊ स्टेजमा पनि चढेको थियो, तर त्यहाँ खटाइएका भुसतिघ्रे स्वयंसेवकहरूले उसलाई तलै गलहत्याइदिन्थे ।

एउटा गोधूलिमा थारू टोलका केटीहरू खोला किनारतिर आएर छरिए । एउटी ऊ लुकेको ढिस्कोतिरै आई । केटीको पाइलासँगै उसको उत्तेजना आकासिइरहेको थियो । निश्चिन्त केटी आफू नजिक आएर बस्न मात्र के खोजेकी थिई उसले पछाडिबाट झयाम्मै समात्यो । केटी जोडले चिच्याई । शुरुमा आत्तिएकी केटीले उसको टाउकोमा जोडले माटोको डल्ला बजारी । ऊ बेतोडसँग भाग्यो । केटीहरूले परसम्म लखेटे ।

गाउँमा यस्तो घटना पहिलो पटक भएको थियो । थारू केटाहरूले उसलाई घरैमा घेरा हाले । यो टोल–टोलबीचको झ्गडा नबनोस् भनेर सचेत उनीहरूले राति नै बूढापाका बोलाएर पञ्चायत राखे । उसलाई हात बाँधेर ल्याइयो । भीडको बीचमा उसको बाबु रोइरहेको थियो । भीडमा धेरै कुराहरू उठ्न थाले । कसैले कुट्ने कुरा गरे, कसैले कालोमोसो दलेर गाउँ डुलाउने भने । अन्त्यमा सजाय तोक्ने जिम्मा थारू टोलका वयोवृद्ध चलित्तर चौधरीलाई दिइयो ।

“एहन काम फेर कर्वही ?” बूढाले सबैले सुन्ने गरी सोधे । उसले तुरुन्तै टाउको हल्यायो, गर्दिनँ भनेर । “थुक फेक !” उसले अनकनाउँदै भुईंमा थुक्यो । “ले आ चायटके कह एहन काम कहियो नै कर्वै ।” उसको आँखामा आँसु आउन थाल्यो । तर, त्यो अरू सजाय भन्दा सजिलो थियो । उसले भुईंको थुक चाट्यो र यस्तो कुकर्म कहिल्यै गर्दिनँ भन्यो । चलित्तर चौधरी अब उसको बाबुतिर फर्किए । “बेटा त तोरे हौ । एकरा बारेमा किछ सोच्ने छहि की नै ?” “हम अपना तरफ से त सब किछो केलु । आव अहेँ सव वतादु हम कथि करु ?” बूढाले एकक्षण गम खाए ।

“हमरा बात मान । यकरा बिहा कैर दही !” यसरी उसको विवाह हुने भयो । सयाँै जन्तीका बीच ब्रास व्याण्डले उत्तेजक बिहारी गीतहरू घन्कायो । केटीहरूको हूलले आफूतिर हेरेको देख्दा उसलाई बडो रमाइलो लाग्यो । त्यही बेला उसले नयाँ भट्टीकी साहुनीको पहिलो झ्ल्को पाएको थियो । गोरो अनुहारमा कपाल खुला छाडेकी साहुनी उसलाई हिन्दी फिल्मको हिरोइन जस्तै लागी । ऊ मुस्कुराउँदा लाजले भुतुक्कै भयो ।

•••

“मन्त्रीज्यू, यो भट्टीलाई नै काठमाडौं नलगी भएन !” फेरि सबै हाँसे । “म काठमाडौंलाई नै यहाँ ल्याइदिन्छु ।” मन्त्रीले टेबुल ठोक्यो अनि एक सासमा गिलास रित्यायो र अर्को बोतलको बिर्को खोल्न थालेकी भट्टीवाल्नीको हात समायो । भट्टीको साहु टुलुटुलु हेरिरहेको थियो । सबै हाँस्न थाले । साहुनी पनि मुस्कुराई । तर, मन्त्री हाँसेन । उसका आँखा बलिरहेका थिए ।

•••

ऊ साहुनीलाई हेर्नकै निम्ति भट्टीमा छिरिरहन्थ्यो । त्यही क्रममा एक दिन उसले पहिलो पटक आगो निलेझ्ैं कष्टले रक्सी खाएको थियो । रक्सी थपिदिँदै गरेकी साहुनीको मुस्कान उसका लागि स्वादिष्ट सितन भएको थियो । विस्तारै सारा भट्टी हल्लिन थाल्यो । मुस्कुराइरहेकी साहुनीले उसलाई अँगालोमा बोलाइरहेझ्ैं लाग्यो । लर्खराउँदै उठेको उसले साहुनीलाई जोडले अँगालोमा बे¥यो । आफ्नी स्वास्नीलाई हेरुन्जेलसम्म त त्यति मतलब नगरेको साहुले छेउमै रहेको दाउरा उसको ढाडमा बजा¥यो । दाउराको प्रहारको पीडा र साहुनीको शरीरको तातो उसले एकैपटक अनुभूत ग¥यो । साहुनीले साहुको हातको दाउरा खोसी ।

•••

“ए साहु !” मन्त्री चिच्यायो । “हजुर मन्त्रीज्यू… !” साहुले आफ्नो खुट्टा कामेको थाहा पायो । मन्त्रीले दुवै हात जोडेर अगाडि उभिएको साहुलाई शिर–पुच्छर नियाल्यो । रङ उडेको उसको अनुहार मन्त्रीलाई काइदाको लाग्यो । “पहिला मेरो ढाडमा दाउरा बजारेको थिइस्, हैन ?” “थिएँ हजुर” रुन्चेस्वरमा साहुले सका¥यो । “पछाडि फर्की !” साहु फक्र्यो । मन्त्रीले पिठ्यूँमा जोडले लात्ती बजा¥यो । आफैं मातिसकेको साहु भित्तामा ठोक्किएर भुईंमा थुप्रियो, पीडाले केही सेकेण्ड चल्मलायो अनि घुर्न थाल्यो । तमासा हेरेर बसेको जत्थामा हाँसोको फोहोरा छुट्यो । साहुनी पनि हाँसी । तर मन्त्री हाँसेन । उसको अनुहार झ्न् गम्भीर भयो । ऊ अझ्ै विगतमा हराउन छाडेको थिएन ।

•••

मधेश आन्दोलनको बेला ऊ सदा झ एकाबिहानै भट्टीमा छि¥यो । नजिकैको पीपल चौतारामा मानिसहरू भेला हुन थाले । शुरुमै लहान घटनाका कुरा भए । शहीद रमेश महतोप्रति श्रद्धाञ्जली चढाइयो । व्यवस्थित आन्दोलनका लागि समिति बनाउने कुरा उठ्यो । आफ्नो झुण्डसहित भट्टीबाट निस्किएर चौताराको भीडमा मिसिएको ऊ एकाएक आफ्नै एक चेलाको प्रस्तावमा आन्दोलन सञ्चालन समितिको सदस्य बन्यो । “धत्, हुनु नै छ भने अध्यक्ष नै हुनुपर्छ”, समितिको अध्यक्षबारे छलफल हुँदा उसलाई सदस्यमा प्रस्ताव गर्ने चेलाले नै कान फुक्यो । एकाबिहानैको लोकल ट्वाँटले यसै पनि उसको दिमाग रिँगाइरहेको थियो । ठूलो स्वरमा ऊ कुर्लियो, “हो, अध्यक्ष हुने नत्र केही नहुने ।”

झ्ल्लरुहरूका अगाडि बोल्ने हिम्मत कसैले गरेन । ऊ सर्वसम्मत अध्यक्ष भयो । त्यसपछिका घटनाहरू ख्यालख्यालका भएनन् । सरकारी भवनहरू ध्वस्त भए, कैयन् गाडीहरू जलाइए । प्रहरी र आन्दोलनकारी बीच डरलाग्दा भिडन्तहरू हुन थाले । दर्जनौंले शहादत प्राप्त गरे । धरपकड बढ्यो । आन्दोलन समितिको अध्यक्ष भएकाले ऊ प्रहरीको सूचीमा थियो ।

त्यही साँझ् सईको कमाण्डमा खटिएको प्रहरी टोली भट्टीतिर लम्कियो । साहुनीले उसलाई चर्पीमा लुकाएर बाहिरबाट ताल्चा लगाइदिई । “कहाँ छ त्यो ?” सईले कर्कश आवाजमा सोध्यो । “मलाई थाहा छैन ।” “नखरा नपार ! भर्खरै यहीँ देखेको थिएँ ।” “ए केटा हो, जा भित्र खोजेर निकाल ।” त्यहाँ खोज्नलाई धेरै ठाउँ थिएन । कोठामा नपाएपछि प्रहरीहरूले चर्पी फोरेर उसलाई घिसार्दै निकाले । “यहीँ र’छ त तेरो नाठो !” सईले साहुनीलाई हात लगाउन खोज्यो । “ए, उसलाई न छो !” ऊ चिच्यायो । सई नजिकै आएर उसको गालामा मुड्की बजा¥यो । उसको मुखबाट रगतसँगै एउटा दाँत पनि उछिट्टियो ।

•••

“ए, साला पवन !” पवन उसको आफ्नै सालो थियो, तर रिस उठेको बेला साला भन्थ्यो । अहिले पवन मन्त्रीको पिए थियो । “हजुर मन्त्रीज्यू !” पवन उसलाई भिनाजु नभनेर मन्त्रीज्यू भन्थ्यो । त्यहाँ रक्सी नखाने पवन मात्र थियो । “त्यो मादर… सई कहाँ छ, पत्ता लगाएर जागिर खोस्दे सालेको !” “सरुवा मात्र गराउन मिल्छ अरे !” “सालाऽऽऽ !”

मन्त्रीले सालोतिर रक्सीको गिलास हु¥यायो । “साला, जागिर खान मिल्दैन भन्छ । त्यसले मेरो दाँत झर्न मिल्थ्यो ?” मन्त्रीको सुनको दाँत टल्कियो । “जागिर खोस्न मिल्दैन ! ए, मादर… सरकार ढाल्न मिल्छ मिल्दैन भन् ?” “अरे मन्त्रीजी, जागिर किन खोस्न प¥यो ?” मन्त्रीसँगै बसेको सिकुटे बोल्यो, “उसलाई सरुवा गरेर यता ल्याउने अनि बोर्डरमा लगेर… ।” बिहारबाट आएको पाहुना सिकुटेले त्यसपछि नबोली हातको इशाराले उपाय सुझयो । मन्त्रीले जोडले धाप मा¥यो, सिकुटेलाई । फेरि हाँसोको फोहोरा छुट्यो । तर, मन्त्री हाँसेन । ऊ पुरानै कुरा सम्झ्रिहेको थियो ।

•••

त्यसपछि ऊ थुनामै जिल्लाको चर्चित नेता भयो । राजमार्ग दक्षिणका गाउँहरूमा उसको जातका मानिस बढी थिए । तिनीहरू उसको रिहाइका लागि राजमार्गमा भेला भए । प्रहरी दमनमा उत्रियो । पहिलो पटक प्रहरीसँग भिडेका गाउँलेहरूले टियर ग्याँस र रबरको गोली चाखे । कैयन् घाइते भए ।

यो खबर जिल्लाभर डढेलो बनेर फैलियो । गाउँ–गाउँबाट मानिसहरू राजमार्गमा थुप्रिन थाले । नियन्त्रण गर्न गाह्रो हुँदैजाँदा प्रहरीले गोली चलायो, तीन जना मारिए । घटनाले राष्ट्रव्यापी चर्चा पायो । पार्टीले उसलाई आफ्नो नेता घोषणा गर्दै मागको सूचीमा गृहमन्त्रीको राजिनामाको बुँदा थप्यो, जसबाट सरकारसँगको वार्ता असफल भयो ।

पत्रकारहरूले थुनामै ऊसँग अन्तर्वार्ता लिए । ऊ राष्ट्रिय पत्रिकाहरूमा चढ्यो । जिल्ला र क्षेत्रका सबै संघ–संस्थाले उसको रिहाइको माग गर्दै विज्ञप्ति निकाले । उसको नाममा पम्प्लेटहरू बाँडिए, प्लेकार्डहरू प्रदर्शन गरिए, ब्यानर झ्ुण्ड्याइयो । जुलुसहरू निस्किए । पार्टी अध्यक्षले उसको रिहाइका लागि जोडदार भाषण गरे । सरकारसँगको दोस्रो वार्तापछि ऊ रिहा भयो । बाहिर चिल्ला कारहरूका ताँती देखेर ऊ छक्कै प¥यो । सबभन्दा पहिला पार्टी अध्यक्ष, जिल्लाका ठूला व्यापारी र चर्चित गुण्डाहरूले उसलाई अङ्कमाल गरे । त्यसपछि जनसाधारणको पालो आयो । उसको सानो टाउको फूलका मालामुनि हरायो ।

अध्यक्षले उसलाई आफ्नै गाडीमा बसालेर उसैको गाउँको डगरबाट हुँइक्यायो । उसले भट्टीपसल अगाडि गाडी रोक्न लगायो । ऊ घाँटीभरिका माला सिटमा थुपारेर दौड्दै भट्टीभित्र छि¥यो । लाटी जस्तै वाल्ल परेर हेरिरहेकी साहुनीलाई अँगालोमा कसुझै लाग्यो, तर सम्हालियो । साहु छेउमै थियो । “झ्ट्टै एक गिलास देऊ !”

साहुनीले बाहिर नियाली । त्यत्रा गाडीहरू उसैलाई पर्खिरहेका छन् । उसले रक्सी स्वात्त पा¥यो । अचानक उसको अगाडि सबै कुराहरू छर्लङ्ग भएर आए । साहुनी साँच्चैकी थिई । गाडीका लस्कर पनि विपनै हो । अनुहारमा रङ्गिएको अबिर पनि साँच्चिकै हो । मुसुक्क हाँस्दै उसले साहुनीको गालामा अबिर सारिदियो । “पछि आउँछु ।”

ऊ गाडीमा गएर बस्दा ह्वास्स रक्सी गन्हायो । अध्यक्ष मुस्कुराए । “अब नेता भयौ, खाने टाइमको ख्याल गर… ।” संविधानसभा निर्वाचनमा पार्टीले उसलाई प्रत्यक्षबाट उम्मेद्वार बनायो । उसले आफ्नै जातको बाहुल्य भएको क्षेत्र रोज्यो । उसको निर्वाचन खर्च बेहोर्न जिल्लाका एक से एक व्यापारी अग्रसर भए । जुलुस र ¥यालीका निम्ति सीमापारिसम्मका केटाहरू तयार थिए । पार्टीले जिल्लाकै चर्चित वकिललाई उसको सहायक बनायो । शुरुमा उसले दुवै हात जोड्ने र हल्लाउने काम मात्र ग¥यो । त्यसपछि वकिलले सिकाएको भाषण गर्न थाल्यो । छोटोछोटो भाषणको अन्त्यमा मुठी उचाल्दै ‘जय मधेश !’ भन्दा उसलाई गजब लाग्थ्यो ।

सजातीयहरूसँग उसलाई खासै गाह्रो भएन । बूढाबूढीलाई दादा–दादी भन्दै गोडामै ढोगिदिन्थ्यो । त्यसपछिकालाई काका–काकी भन्दै निहुरिन्थ्यो । आफ्ना उमेरकाहरूलाई अँगाल्थ्यो । आफूभन्दा सानासँग हात मिलाउँथ्यो । महिलाहरूलाई दुवै हात जोडेर प्रणाम गथ्र्यो । अनि सबैलाई भन्थ्यो, “अहेँ सवहक सहयोगसे देशमे पहिलबार मधेश आन्दोलन सफल भेल । आ पहिलबार भरहल संविधानकसभाके चुनावमे सेहो सफल कराबके जिम्मेवारी अहेँ सबके उपर छै । हमरा विश्वास छै, अहाँ सब मधेश आन्दोलनके इज्जत जरुर राखबै ।” थारू वस्तीमा जान भने उसले निकै गाह्रो मान्यो । सबैको करबलले त्यहाँ पुगेको उसले टोलभरिमा एउटै कुरा दोहो¥यायो, “केहनो छि त अहँे सवहक अगाडिमे बेटा जाकी वरहल छी । आ अहेँ सवहक अगाडिमे रहव । … अहाँ सवसे बहुते आस केने छी (जे–जस्तो भए पनि तपाईंहरूकै अगाडि हुर्केको छोरा हुँ, तपाईंहरूकै अगाडि रहनेछु । तपाईंहरूबाट ठूलो आशा गरेको छु) ।”

अन्ततः ऊ पार्टीमा सबभन्दा बढी भोट ल्याएर चुनाव जित्नेमा दरियो । जिल्लामा पनि उसकै पार्टीले सबभन्दा बढी सिट जित्यो । समानुपातिकमा पनि त्यस्तै भयो । पार्टी मुलुकको चौथो ठूलो दल भयो । सरकार गठन प्रक्रियामा पार्टी निर्णायक बन्न पुग्यो । तर, अध्यक्षले पहिलो चरणमा उसलाई मन्त्री बनाएन । “साला अध्यक्ष, मादर… !” उसले भएभरका केटा भेला पारेर रक्सीको खोलो बगायो । “साला, मलाई मन्त्री हुने बेला भएको छैन भन्छ ।” ऊ मन्त्री नभएकोमा केटाहरू पनि उदास देखिन्थे । “साला, यो जिल्लामा पार्टीको जरा कसले गाड्यो ?” उसले छाती पिट्यो ।

“अझ् मेरो हैसियत पुगेन ? मादर… उसको पुग्ने मेरो नपुग्ने ?” ऊ जुरुक्क उठ्यो र हावामा मुड्की घुमाउन थाल्यो । केटाहरू डराए । अन्त्यमा साहुनी उठेर उसको निधारको पसिना पुछिदिई । उसले शितल मान्यो । “अब कि त्यो मादर… अध्यक्षको टाउको फोर्छु कि पार्टी ।” साहुनीले उसको निधार सुम्सुम्याइरही । त्यो रात ऊ त्यहीँ निदायो । नौ महिनापछि सरकार ढल्यो । नयाँ सरकारमा जान पार्टी विभाजन भयो । अब ऊ सरकारमा थियो ।

•••

मन्त्री शान्त थियो । वरपरकाहरू गिलास समात्न सक्ने अवस्थामा थिएनन् । साहुनी सामानहरू उठाउन थाली । मन्त्रीले उसको हात समात्यो । साहुनीलाई हात छुटाउनु थिएन । “कत्ति स्वास्नीलाई दुःख दे’को हँ तँैले !” मन्त्री जङ्गियो । साहुजीले सकी–नसकी बत्तीस दन्त देखायो । मन्त्रीले साहुनीलाई नियाल्यो । उसलाई पहिलो पटक देखेको जस्तै लाग्यो— गोरो मुहारमा कपाल लत्रिएको फिल्मी हिरोइन जस्ती । उसले साहुनीलाई विस्तारै म्वाईं खायो । सिकुटेले उठेर सबैलाई कोठाबाट निस्कन इशारा ग¥यो र अन्तिममा आफैं निस्कँदै बाहिरबाट ढोकामा चाबी लगाइदियो ।

(स्रोत : हिमाल खबर)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.