Tag Archives: sangrahalaya

अनूदित कविता : श्वेतवर्ण हाती

~भ्लादीमिर भिसोत्स्की~ अनु. ज्ञान बहादुर छेत्री धेरै वर्ष अघिदेखि नै श्यामवर्ण विशालकाय जंगली हाती भारतवर्षका अरण्यहरुमा स्वच्छन्द विचरण गर्दथे । तिनीहरुको बथानमा किनहो एउटा थियो श्वेतवर्ण हाती । उसका आँखा थिए उदास शान्त स्वभाव, विवेकशील र खानदानी आफ्ना साथीहरु बीच … Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

गीत : वाध्यताले टाढा भएँ

~महेश बर्तमान रानामगर~ वाध्यताले टाढा भएँ अझै माया गरि राख है कल्पनामा मलाई भेट्दा अंगालोमै बाँधी राख है निठुरताको हुरी पनि हामीबिचनै चल्यो यहि हुरीले उडाएर टाढा टाढा पु¥यायोे आँखाबाट आँशु बग्दा आाँशुसंगै नबगाउनु है

Posted in नेपाली गीत | Tagged | Leave a comment

मुक्तक : तड्पिरहोस्

~विशाल पौडेल~ बैरी भै’जाओस् मेरो जीवन यसरी न तड्पिरहोस् झरी जाओस् आँखाबाट आँसु यसरी न पोलिरहोस्

Posted in मुक्तक | Tagged | Leave a comment

मैथिली गीत : बेटीक भाग्य विधान

~विनीत ठाकुर~ बीसम बसन्त जाहि घर बीतल सेहो घर भेल आब आन किया विधना फेरि(फेरि कऽ लिखे बेटीक भाग्य विधान के आब भोरक भुरुकबामे उठि कऽ चुनत बागक फूल एतबो नै कोना सोचलन्हि बाबा कोना पठाबथि दोसर कूल

Posted in मैथिली गीत | Tagged | Leave a comment

गीत : नाम सुन्दरी

~हिरण्य भोजपुरे~ नाम सुन्दरी आकासे चुन्नरी तिमीजस्ती राम्री छैन अर्की किन्नरी । सत्तु पीठो कत्ती मीठो मोहनीले छुँदो रै’छ कत्ती छिटो ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

देउडा गीत : म सम्झना तेरो

~दिपक साउँद~ बिर्सी गै तु मलाई आज, म सम्झना तेरो बसन्या ठाउँ फुल फुली, हरियाली सेरो सेतो कागज जसो जिबन, भर्दे मैना रंग

Posted in देउडा गीत | Tagged | Leave a comment

कथा : स्पर्श

~महेन्द्र महक~ जनकको स्पर्श शान्त पोखरीमा ढुङ्गा हान्नु थियो । मेरो शरीरको रोम–रोम तरंगित भएको थियो । मनको कुनामा वर्षौंदेखि लुकेर बसेको उसको तस्वीर फेरि उज्यालो भएको थियो । शुभ्र–शान्त–स्निग्ध । मैले ओड्ने रंगको व्याख्या । कुल्टा–कुसाइत–अलच्छिना मेरो जीवनले बोकेका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : घाइतेे सपना

~दिल निशानी मगर~ ‘थबाङ्गे’ आमा, सार्है नै लाटी भइन अनी ‘जलजला’ पहाड, झनै लाटो भयो यती सम्म की मलाई आमा ले ‘चोली’ साटेको अनूमान छैन, र हेक्का छैन-पहाड ले ‘इमान’ बेचेको तर

Posted in कविता | Tagged | Leave a comment

गजल : अल्झेछ मन थाहा थिएन

~कृष्ण प्र. पाण्डे~ जुध्दा आँखा अल्झेछ मन थाहा थिएन फर्की हेरेँ सोँचे जति टाढा( टाडा ) थिएन बाटोभरि उसकै याद गरिरहेँ म हेर्दा ठिकै लागे नि होश ज्यादा थिएन

Posted in गजल | Tagged | Leave a comment

गजल : केही काममा हुन्छु

~नन्दलाल आचार्य~ सधैँजसो केही न केही काममा हुन्छु रावणलाई छाडी म त राममा हुन्छु। धेरै मान्छेसँग काम एकैसाथ गर्दा त्यस्तो भीडभाडमा म त लाममा हुन्छु।

Posted in गजल | Tagged | Leave a comment

कविता : बाआमाप्रति

~उमेश लुइटेल~ जसका सान्निध्यले पूर्ण र सुरक्षित तुल्याउँछ ममतामयी आलिङ्गनले पीडादायी घाउ दुख्न बिर्सिन्छ रूवाइ एकाएक हर्षमा अनूदित हुन्छ सूर्य चट्टान फोरेर झुल्किन्छ उष्णता आर्दता बनेर छरिन्छ । जसले खुरूखुरू कष्टका मुस्ला सहिरहन्छन् यद्यपि ओठमा रश्मिका नवजात मुस्कान देखाउँछन् र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : नगर आशा ढाँट्नेलाई

~इन्दिरा प्रयास~ नगर आशा ढाँट्नेलाई भाषण मात्र छाँट्नेलाई धाएर भेट्न नजानु दोबाटो बीचै फाट्नेलाई

Posted in गजल | Tagged | Leave a comment

कथा : पाते दिदी

~सीता अर्याल~ पूर्णिमाको साँझ टहटह जुन लागिरहेको थियो । धने र पाते भर्खर मेलाबाट फर्केर भान्सामा पसेका थिए । पाते च्याँख्ला भिजाउन थाली । धने चाहिँ दिउँसो खेतमा मारेर ल्याएको माछाको सिलबाट एक–एक गरी माछा झिक्दै पखालेर पोल्न थाल्यो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : राम भरोस मधेसमा छैन

~हाङयुग अज्ञात~ श्रवण मुकारुङको राम भरोस हिजोआज मधेसमा छैन यता अनुहार खोज्यो, भेटेन तेसैले जंगे पिलर नाघेर उत्तातिर गएको छ उत्ताबाट ढुङ्गा हान्न उसलाई खुबै सजिलो भएको छ हामी पहाडको डाँडाबाट

Posted in कविता | Tagged | Leave a comment

हास्य गजल : मोमाईलले बिगार्‍यो !!!

~दयामोहन आचार्य~ लुगा किन्ने निउ पारी रेष्टुरामा पसिन मजाले रक्सी मासु खानलाई कसैसंग बसिन मजाले भन्न त भन्थिन हजुर त कस्तो शंका गर्नी छीः तर अहिले अर्कैको लाली पाउडर घसिन मजाले

Posted in गजल | Tagged | Leave a comment

संस्मरण : हुटिट्याउँको आकाश

~यज्ञश~ काग, कोइली र चीलजस्ता केही चरा छन्, जसका कथा प्राय: आइरहन्छन् । लेखकहरू यिनलाई र यिनका विशेषतालाई विम्ब बनाएर कहिले कसैको तारिफ गर्छन् त कहिले कटाक्ष गर्छन् । यो स्मृतिको कथाचाहिँ हुटिट्याउँको हो । हुटिट्याउँको एउटा आफ्नै कथा छ … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : अचेल हामी भेट हुँदा

~चन्द्र गुरुङ~ अचेल हामी भेट हुँदा- उपलब्धिका निजी डम्फु जोरसोर बजाउँछौँ श्रीमतीहरू गरगहनामा गजब चम्कन्छन् धनसम्पत्ति ज्यादै वाचाल बन्छन् रहन्छन् अनेकथरी प्रयास आफूलाई सर्वोत्कृष्ट साबित गर्ने ।

Posted in कविता | Tagged | Leave a comment

कविता : निःशब्द समय

~संगीत आयाम~ आदिम चित्र टाँसेर छातीमा समयले त्यसलाई निर्बाध सुमसुम्याउन खोज्छ तर सक्दैन खोजेझैँ मुलायम स्पर्शको रंग र मौसम भर्न कुरूप भइसकेको धमिलो परिदृश्यसँगै भित्तामा उभिएको क्यालेन्डर हजारौँ माइल टाढाको

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : ढुङ्गा

~ध्रुव मधिकर्मी~ कुनैबेला त्यहाँ ढुङ्गाको मूर्ति थियो । बाटो छेउको त्यो ढुङ्गालाई मान्छेहरू वर्षौंदेखि पूजा गर्दै आइरहेका थिए । ढुङ्गा चिप्लो र राम्रो थियो । त्यसैले कसैले आकषिर्त भएर त्यसलाई थपक्क

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : सत्य आफै बोल्छ

~शेखर ढुंगेल~ मानिस नियमित बोलिराख्छ कतै कुन्ठा , कतै स्वार्थ बोकेर समयले सिमा तोक्छ झुठका पुलिन्दा निख्रिन थाल्छ धकेलिदै जब भित्तामा पुग्छ एक दिन ढिला चाडो सत्य आफै बोल्छ । हो त मानिस बोलिराख्छ कतै कुटिल मुस्कान बाँडेर कतै घनिभूत … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कथा : थुक्क सरकार !

~मिलन तिमिल्सिना~ बुढो कुखुराको भाले नबास्दै काम गर्न जान्छ । काम गर्ने ठाउँमै भात खान्छ । त्यसैले बिहान भात खाने उनी एक्लै हो । केही महिना पहिलेसम्म त बासी भात पनि के खानु भनेर उनी आफु एक्लैलाई भएपनि दाल, भात, … Continue reading

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : फरक तिमी र ममा

~हरिमाया भेटवाल~ तिमीसँग तिम्रो लोग्ने छ, छोराछोरी छन् मसँग म र मेरा सपना मात्र छन् म, दिनमा पनि सपना भेट्न दगुर्छु त्यसैका लागि पसिना बगाउँछु पूरा हुँदा रमाउँछु पूरा नहुँदा पूरा गर्नतिर लाग्छु मलाई न लोग्नेको माग, न छोराछोरीको आशा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नक्कली हावा

~मातृका पोखरेल~ नक्कली हावाले किन पठाइरहेको छ आँधी आउने हल्ला र बगाइरहेको छ तातो हावा। कस्तै गर्मीमा पनि छालाले स्पर्श गर्दैन चिसो बतासको स्वाद नाकका पोराहरूमा

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : चेपाङ गाउँको हरियाली

~मीनराज वसन्त~ असोज ३ गतेको कुरा हो । हामी आफैंले थाहा पाएनौं, खै कुन ढङ्गबाट चेपाङ गाउँ पुग्ने अनपेक्षित योजना बन्यो । केही समयपूर्व चेपाङ जातिका मानिसहरू कस्ता हुन्छन् भन्ने उत्सुकताले नमीठोसँग चिमिटोरहन्थ्यो । सत्य भनूँ, नेपालमा दुर्लभ मानिएका राउटेलाई … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

संस्मरण : काठमाडौँको एक दिन, स्मृतिमा दिन दिन

~निराजन प्रभात~ आज कुनै काम थिएन। कतारतर्फको उडान पर्सि मात्रै हुनाले पूरापूर फुर्सद। काठमाडौँ खासै घुमेको छैन। आज काठमाडौँ एक्लैएक्लै घुम्ने रहर पलायो। संयुक्त यातायातको बस चढेर लागें एउटा गन्तव्यहिन यात्रातर्फ। एक्लो यात्रा उपलब्धिमूलक होला/नहोला त्यसको फिकर छैन। मात्र

Posted in संस्मरण | Tagged | Leave a comment

गजल : दुख्ने मन होला

~विवश पन्त ‘शिब’~ उसको पनि चसक्क दुख्ने मन होला विदेशिनै पर्ने खास् कुनै कारण होला ऋण लिएको छ,घर बन्धकी राखेर तिर्छु भनेको तमसुकमा वचन होला

Posted in गजल | Tagged | Leave a comment

गजल : जुटौैं !!!

~दयामोहन आचार्य~ हाम्रा पाखापखेरामा बेर्नापात, सार्छ कि कसैले अन्न फल्ने टारीखेतमा, हलगोरु नार्छ कि कसैले जुटौं सबै नेपाली ! एउटै हाम्रो मालामा

Posted in गजल | Tagged | Leave a comment

छोक : आरामै छु आमा

~बाबु लामा~ पहाडमा नै जन्मेर होला उकाली ओरली गर्नु परेको कर्म नै खोटो भएर होला घर परिवार लगायेत साथी संगी छाडी सात समुन्द्र

Posted in कविता | Tagged | Leave a comment

कविता : विछोड

~जे पि दाहाल~ आखिर जीवन ढल्छ नैं भने किन टेको चाहियो अन्धकारमा हिड्नु नै छ भने किन दियो चाहियो । लैजाउ प्यार तिम्रो मुटु मेरो खालि भए हुन्छ । धुक धुकी नै समाउ बरु मरे बरु शान्ति हुन्छ ।।

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : Walls of Kalighat and Waves of Gangasagar

~Sheetvindu~ Trans: Krishna Chandra Sharma With the fall of evening With the kindling of light The physique of Beli, Chameli and Sita Feelings of Tulsi, Ujeli and Rita Begin burning one by one Mute, smouldering While burning other things become … Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

लघुकथा : जाँचफिस

~डा. रवीन्द्र समीर~ सधैँझैँ डाक्टरसाहेब क्लिनिकमा बिरामी जाँच्न बसे । क्लिनिकमा दुई सय पचास शुल्क लिएर बिरामी जाँच्ने गर्दथे । ‘डाक्टरसाहेब ! मेरो छोरोलाई ज्वरो आएको सात दिन भयो, पैसा नभएर ऋण खोज्दाखोज्दा ढिला भयो ।’ अर्का बृद्ध भन्दै थिए … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : मेरो श्रीमानको बिहे

~माया ठकुरी~ ‘सरको दोस्रो विवाह नहुँदासम्म तपाइँको शरीरलाई कुनै  न कुनै रोगले आक्रमण गरिरहन्छ । उस्तै परे उहाँको ग्रहले गर्दा तपाईंको ज्यानसमते जाने खतरा छ । यसर्थ उहाँले्र दोस्रो विवाह गर्नैपर्छ ।’ मेरी आमाले डाक्नुभएको पण्डितले मेरो चिना हेरेपछि स्पष्टसँग … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment