Tag Archives: sangrahalaya

कविता : प्रेमिल चाहना

~यमुना पुन~ एउटा सुक्दै गरेको बोटमा पानी छर्केर जगाँदै फूलाउने आसाले मनमा बिस्वासको खात लगाएर बोटमा जेलिएका जञ्जिर हटाउँदै तिम्रै निम्ति सजाई रहेछु यो शब्द र केरिरहेछु यो अक्षर । क्षितिजको रातो घामसँंग लुकामारी खेल्ने गोधुली साँझमा

Posted in कविता | Tagged | Leave a comment

कविता : सरकार पारीको गाऊँ

~कृष्ण कट्टेल~ यो गल्ली र म बिचको साइनो वर्षौदेखिको हो यहि गल्ली हुँदै पुगेको छु म कहिल्यै नपुगेको ठाँउ देखेको छु क्षितिज पारिको क्षितिज त्यसैले, म जाँदापनि फर्किदापनि बिहानपनि दिउँसो वा बेलुकापनि जतिबेलै यो गल्ली चुपचाप चुपचाप बसिरहेको हुन्छ, हेरिरहेको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : मर्न मन लाग्छ

~मानन्धर अभागी~ जिन्दगीमा कहिले काहीँ मर्न मन लाग्छ आज आफूले आफैलाई हर्न मन लाग्छ सुन्दरता यो भित्र कसैको आँखा लाग्यो गिद्दे यो नजर देखि डर्न मन लाग्छ

Posted in गजल | Tagged | Leave a comment

कविता : विवादित खुट्टोहरु

~मौलश्री लिम्बू~ हे भगवान ! हे ईश्वर ! हे अल्लाह ! हे प्रभु ! हे माङ् ! [किरात धर्मालम्बीहरुको पुकार] हजुरहरु अदृश्य भए पनि आतिशबाजी गर्दै देखा पर्नु होस् नत्र एक पटक पालैपिलो खुट्टो देखाई दिनु होस् म नतमस्तक भई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मुस्कुराउँछु

~मीरा आचार्य~ ह्रदयघात भा’को थियाे साच्चै मुटु चर्किएको थियो बाेल्दा आवाजमा पीडाको मिश्रण हुन्थ्यो तिम्रो पिडाको सहज अवतरण गराऊन मैले माैन ब्रत लिए ! त्यसैले म चुप बसे ! कठीनताहरुमा तिमी बिचलित नहाै अप्ठ्यारोहरुमा पनि तिमी बाँच्न सक

Posted in कविता | Tagged | Leave a comment

कविता : स्रोता खोज्न हराएको कवि

~देवेन खरेल~ कविको मोह कवितासँग कविताको परिभाषा स्रोतासँग अर्थ यथार्थ भाव र अनुभूतिहरुलाई थोरै ङिच्च हाँसोमा घोलिदिएर पोल्टोमा एउटा सानो कविताको टुक्रो घिसार्दै आजका मानिसहरुको भीडमा एउटा जाबो स्रोता पत्ता लगाउन निस्केको मेरो कवि धेरै दिन भयो । त्यो दिन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : आँशुको हिसाव थियो

~सुरेश सुमन डाँगी~ छुटेछ कतै झोला आँशुको हिसाव थियो जिन्दगीमा एउटा मात्रै त किताव थियो नसोध्नुस के थियो? के थिएन त्यसमा कसैले फिर्ता पठाएको एक गुलाब थियो

Posted in गजल | Tagged | Leave a comment

कविता : हाम्रो संविधान

~गौतम “उदय”~ चिन्ता थियो कतै, टुक्रेला भन्ने छिन्नभिन्न हुँदै, पराधीन बन्ने हिमाल तराई एउटै गरायो हाम्रो संविधानले राष्ट्रियता झनै मजबुत बनायो हाम्रो संविधानले । आत्मामा थियो, चुच्चे र चिम्से ब्यबहारमा थियो, पहाडे मधिसे सबलाई समान अधिकार दिलायो हाम्रो संविधानले फाटेका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अध्याँरोमै देखिन्छन् सपनाहरु

~युवराज श्रेष्ठ~ ए, जुन ! तिमी नचम्क भो यहाँ मान्छेहरु उज्यालो मन पराउँदैनन् । दिनभर सूर्यको प्रकाशले उनीहरु अत्तालिएका छन् नचाहेका धेरै देखेका छन्, चाहिने थोरै गरेका छन् । मान्छेहरु धेरै निदाउन चाहन्छन्, र त दिउँसै रात पार्छन्

Posted in कविता | Tagged | Leave a comment

गजल : पहिल्यैदेखिको

~सुमन लम्साल~ मलाई केही भन्न मन छ पहिल्यैदेखिको । तिम्रो नामको धड्कन् छ पहिल्यैदेखिको । हराएको आफ्नो मान्छे फर्केर आएन डढेलो लागेको यौवन छ पहिल्यैदेखिको ।

Posted in गजल | Tagged | Leave a comment

अनूदित कविता : मौनता

~दिमित्री मेरेझ्कोभ्स्की~ अनु. कृष्णप्रकाश श्रेष्ठ. प्रायशः गर्न चाहन्छु प्रेमको अभिव्यक्ति म, किन्तु यो भावना व्यक्त गर्न छु असमर्थ म । रमाउँछु, पीडा बोध गर्छु, मौन रहन्छु म, मानौं लज्जित छु, बोल्न चाहिं सक्तिन कत्ति म ।। तिम्रो जीवन्त आत्माको हुन्छु … Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : कविको आत्मा

~मोमीला~ ईश्वरको जस्तो मेरो अनुपस्थित उपस्थिति मेरा रचनाहरुमा मानौं महाशून्यमा निर्वासित सृष्टिको प्रथम फूल मैले सुरक्षित राख्नु छ म मेरो जीवनप्रति आभारी छु जसले बाँचेको आभासमा हर सूर्याेदयलाई अभिवादन अर्पन्छ

Posted in कविता | Tagged | Leave a comment

गजल : माली रुयो अरे

~सर्गमञ्जरी~ भुल्यौ कि त घौयाबारी आली रुयो अरे ढिडो लिटो लोट्याएको थाली रुयो अरे गरिब र निमुखाको लागेपछि भिसा थर्काई खाने पल्लो गाउँको जाली रुयो अरे

Posted in गजल | Tagged | Leave a comment

गजल : एसपाली

~डा सुरेश ज्योतिपुञ्ज~ होस् दिगो शान्तिको स्थापना एसपाली। सबै नेपालीमा शुभ कामना एसपाली। दन्त्य-कथा भयो राज्य पुरानो प्रभुको, गर्ने त्यो परकै कुरा प्रार्थना एसपाली। रक्ष्या गर्छु भन्नेले नै तोडेको देखियो, हुनुपर्यो कानूनको पालना एसपाली।

Posted in गजल | Tagged | Leave a comment

बाल कथा : बिरालोको घाँटीमा घण्टी कसले बाँध्यो ?

~विनय कसजु~ लुकी मुसा दराजभित्र बसेर टेलिभिजन हेर्दै थियो । बैठक कोठामा सरेदेखि लुकीलाई धेरै कुरामा सजिलो भएको थियो । बैठकमा आएका पाहुनाले खाएर छोडेको वा खसालेको खानेकुराले उसको पेट भरिन्थ्यो भने विरालोबाट जोगिन पनि सजिलो थियो । बैठक कोठामा … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

संस्मरण : जागिर

~जोतारे धाइबा~ काम गरेको वर्ष दिनपछि पत्रिकाका मालिकले एक दिन भने, “तिमीले पत्रकारिता गरेर खाँदैनौ ।” साक्खै छोराको चिन्ता गरेझैँ जुँगे ओठ खुम्च्याउँदै उनले तीतो पोखे । त्यो जँुगाले मलाई सिस्नुले घोचेजस्तै रनक्क पार्‍यो । ढंग पुर्‍याएर लेख्न नजानेको भन्दै … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : तिमी आउछौ ?

~सुजन सेलिङ~ सयौ पटक फसाईेएका झुक्काइएका सिर निउराइएका पुर्खाहरुको नाहाङ माङ्हेना उठाएर आउ । तिमी र, म, हामीहरु उभिएको माटोलाई अपमानित अपवित्र बनाइएको छ, सेक्मुरी,अन्दङ,नाम्योबाहरु कलसमा राखेर फेरी कहिलै नओईलिने अजम्बरी फूल फुलाएर आउ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : लालबन्दी शृंखला

~रेवती राज खड्का~ यो निर्जीव खाल्टोमा शिशिरले पात खाएपछी घामले माटो चुसेपछी चैते कुइरो दिउँसै लाग्दा म अझै सम्झन्छु लालबन्दी । यी खोक्रे बोक्रे दुनियाँमा परीधानी यो राजधानिमा

Posted in कविता | Tagged | Leave a comment

कविता : पेटीकोटका झण्डाहरु

~अनिल श्रेष्ठ~ एउटी बादी आइमाईका पेटीकोटका टुक्राहरु च्यातिएर जब यो मुलुकको राष्ट्रिय झण्डा बन्छ र सिंहदरबारका पर्खालहरु पेटीकोटका झण्डाहरु फर्फराउँछन् जब भर्खरै सङ्गीतबद्ध गरिएका नयाँ राष्ट्रिय धुनहरु सिंहदरबारको ग्यालरीभित्र बज्छ र यो मुलुकका केही उत्साहित सांसदहरु कुर्सीबाट उठेर नयाँ धुनलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : स्थायित्वका अबोध गोरेटाहरु

~नवीन लामा `सुरेश`~ चिहाएर क्षितिजमा देखिन्छ कि नौलो बिहानी भनेर हेर्दैछु म ! धमिलो यौटा तारा चम्किने प्रयत्न गर्दै उदाएको छ त्यो निलो आकाशमा, तेतिकैमा यौटा झलमल्ल लामपुछ्रे उस्को त्यो प्रयत्नको बिरोधी भएको आभास गर्दैछु ! बिरोध अनि बिरोधाभाष भित्र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नाकाबन्दी र केही टुक्रा …

~चन्द्र गुरुङ~ १ बन्द गर– नून, तेल र, ग्याँस । युगौँदेखि यी थोक खाएर बाँचिरहेको होईन मेरो स्वाभिमान । २ नाकाबन्दी गर अन्धकारमय बनाऊ हाम्रा दिनहरू

Posted in कविता | Tagged | Leave a comment

कथा : योगी

~नीता केसी~ म ‘रुन’ ! तिम्रो ‘ध्यान’ गर्छु, तिम्रो आत्मालाई भेटि ‘आलिंगन’ गर्छु……! ऊफ्फ़ …! कति पीडा दायक छन् यी शब्दहरु, तर म निरपराध छु, मैले केहिले प्रेम गरिन ‘उ’ संग,,,! मैले कसै संग प्रेम गर्नै सकिन उसबेला …! सायद … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जून फुलेको रात

~इन्द्रकुमार श्रेष्ठ ‘सरित’~ बुङमती क्षेत्रमा निर्माणधिन संयुक्त आवास गृहहरूका प्रत्येक कार्यालयहरूमा उसले चहारेको यो दोश्रो पटक हो । तर जति बिन्तीभाउ गरे पनि आज पनि हात लाग्य शून्य नै । कहीं कतैबाट एउटा पनि विज्ञापनको जोहो हुन सकेन । दिनभरिको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : गरिबको बास हुन्छ

~कविराज मगर~ आकाश मुनि छहारीमा गरिबको बास हुन्छ कैले भोको पेट खाई कैले आधा गाँस हुन्छ । टालटुल गरि लाको कोट पनि फाटे पछी फ्याकिएको भोटो पनि उसलाई खास हुन्छ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : आत्महत्याको योेजना

~जस बेखर्ची~ तिम्रो मुस्कानको पासो बनाएर तिम्रै परेलीनेर मैले मेरो आत्महत्याको योजना बनाएकोछु । मेरो जीत त थिएन नै, मेरो हार पनि स्विकार गरीनौ । कति पल्ट तिम्रो आँखा गीत बने,

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : नारा

~राजु छेत्री ‘अपुरो’~ कुनै समय उ नेपाली पोशाकमा सजीएर राजाको फोटो कोटको बायाँ पट्टि टल्काउँदै बिशाल जुलुसकाे अगाडी अगाडी नारा लगाउदै हिड्थे – हाम्रो राजा हाम्रो देश – प्राण भन्दा प्यारो छ । बहुदलीय ब्यवस्था – मुर्दाबाद । पञ्चायती ब्यबस्था … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : खबुज — बाख्री कम्पनी, बाख्रीकै जुनी

~देवेन्द्र भट्टराई~ समाल– यो ठाउँ भनेको कतारको राजधानी दोहाबाट एक सय किलोमिटरपूर्वमा पर्ने समाल मरुभूमि हो, जहाँबाट पारि बहराइन झलमल्ल देखिन्छ । तर, जति आँखा तन्काए पनि मरुभूमिको आँगन मात्रै देखिने ठाउँमा कहाँ, कता, कुन दिशा पर्छ, खुट्याउन हम्मे छ … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

गजल : यो देशमा प्रभाव भो

~स्वामी सुभाष चन्द्र~ विदेशीको त्यो चलखेल , यो देशमा प्रभाव भो यौटा – यौटा जिउँदो , जङ्गबहादुरको अभाव भो राजनीति – कूनीति , भ्रष्टाचार – अत्याचार हिजोभन्दा झन आज , प्रशासन खराब भो

Posted in गजल | Tagged | Leave a comment

कविता : निरीह झिंगाहरु

~कृष्ण बिश्वकर्मा~ कठै ! सदियौं भो मूक छन् घृणित् छन् शोषित् छन् हेयका पात्र झिंगाहरु ! श्वेत , सफा र आलिशान दरबारहरु महलहरु अझ भनु… मठ – मन्दिरहरुमा निषेध छ – “प्रबेशाज्ञा ”

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा अघोषित युद्ध

~जलन दीप~ एउटा अघोषित युद्ध चलिरहेछ निरन्तर चलिरहेछ शताब्दियौं देखि आजसम्म हो त्यो अघोषित युद्धमा बमहरु निस्क्रिय छन बन्दुकहरु सुतेका छन बारुदको धुवाँ अल्मलिएको छ अरु बमहरु साथी बमको प्रतिक्षामा टोलाइरहेका छन तर पनि घनघोर युद्ध चलिरहे कै छ /

Posted in कविता | Tagged | Leave a comment

गण्डकीपुत्रका दुई मुक्तकहरु

~गण्डकीपुत्र~ (एक) यो ओछ्यानमा तिमी सुलको कुरा गर्छ्यौ संगै जीवन काटौं भनेको पूलको कुरा गर्छ्यौ म तिम्रै वयान गर्न गजल लेख्दै थिंए – तिमी भने पटक पटक फूलको कुरा गर्छ्यौ !

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : यहाँ सम्म अाइएछ

~खगेन्द्र गिरि ‘कोपिला’~ हाँसेर हिड्ने क्रममा, यहाँसम्म अाइएछ । अनिश्चित यो जनममा, यहाँसम्म अाइएछ । अागो र फूलजस्ता रहरहरू सजार्इ सङ्धर्ष परिश्रममा, यहाँसम्म अाइएछ । कहिले बनेर यात्रा, कहिले बनेर यात्रु केहि दिनको रमझममा, यहाँसम्म अाइएछ ।

Posted in गजल | Tagged | Leave a comment