Tag Archives: sangrahalaya

कविता : भट्टीकाे उधारेा

~शान्ती आचार्य~ अाज अागनमा अाइरहंदा मेरा साहु लाग्छ गाेमन फणा फूलाएर मेरै वरिपरि घिस्रिरहेछ उ बाेलिरहदा लाग्छ गहिराे बासनाले अाएकाे बेग्र ध्वनि जस्ताे उ हांसिरहंदा लाग्छ स्वयम्् कालले मलाइ जिस्काइरहेछ

Posted in कविता | Tagged | Leave a comment

गजल : मैले नै पाए जस्तो

~निशा प्रतीक्षित~ न तिमीले खोजे जस्तो न त मैले नै पाए जस्तो जिन्दगी कहिल्यै पनि भैदिएन चिताए जस्तो कति मज्जाले चोट दिन सक्छ यो समय पनि रुवाउनुसम्म रुवाएर गर्छ हसाएजस्तो

Posted in गजल | Tagged | Leave a comment

मुक्तक : खोलेर हेर्छु मनको पर्दा

~बिशाल ‘अनुराग’~ खोलेर हेर्छु मनको पर्दा तिमीलाईनै देख्छु ।। खुशी हुँदा अनि आँशु झर्दा तिमीलाईनै देख्छु ।। भन्नेहरु खै किन मायाँ अन्धो हुन्छ भन्छन…

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : आगो, भ्रान्ती र समय

~विमल वैद्य~ समयले छाडे छाडोस मलाई जीवनको यहि विन्दुवाट आस्था घोप्ट्याएर आँगनमा मान्छेहरु मुकदर्शक ताली बजाइरहेको समय म दर्शक दिर्घामा बसेर रमाउन सक्दिन विश्वासको सीमान्त कुनामा माकुरोले जालो बुन्दैछ मेरो सत्य त्यही कुनामा ढुसी पलाएर ऐँजेरु बन्दैछ

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : शक्तिको कविता कि सत्ताको ?

~नवीन अभिलाषी~ कविताले शक्तिको विनिर्माण गर्छ र शक्तिले जीवनको अस्तित्वलाई आकार दिन्छ । कवितामा शक्ति संचय छैन भने त्यो कविता हुनु र नहुनुमा अर्थ छैन । मान्यताको कसिमामात्र कविताको अस्तित्व रहदैन । सत्यको सारलाई कविले बुझ्नुपर्ने न्युनतम सिद्धान्त हो । … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : सपनाको भग्नावशेष

~सुनीता खनाल~ परेवाले गुँड बनाउन चुच्चोले च्याप्दै त्यान्द्रात्यान्द्री झिँगल्टा बटुलेझैँ खाडीमा पसिना बगाउँदै काटिएको हातबाट रगत पसिनाले माटो मुछेर बनाएको घर सपनामा रङ पोतेर बनाएको घर एक्कासि ढल्यो !

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन र ईश्वर

~सोझो गाउँले~ बाँच्नलाई एउटा बाहना चाहिन्छ बाँच्ने बाहना बाँकी नरहे पनि यमराजले अवकास नदिएसम्म जिन्दगीको जागीरबाट हात धुन सकिदो रहेनछ जीवनलाई जोखिमबाट बचाउन जीवनले नै जोखिम मोल्नु पर्छ जीवनसँग बार्गेनिङ् गर्दागर्दै जीवनकै मूल्यभन्दा बढी घाटा सहनु पर्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : हिँउबेसीको सुस्केरा

~शेखर बिकल्प~ कति लामा हुन्छन् यी हिउँदका रात ? कति नमिठा देखिएका यी सपनाहरू ? प्रत्येक घण्टामा ब्युझाउँछ ऐठनले । . सपनामा, घर आउँछ छानो नभएको बाटो भेटिन्छ पहिरो गएको बाली देखिन्छ डडेलो लागेको भाई निस्कन खोज्दैछ बन्दुक बोकेर बहिनी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मालिकहरुका विरुद्ध

~सौरभ कार्की~ मेरो बुवाको, हजुरबुवाको, हजुरबुवाको पनि हजुरबुवाले मालिकको रिन खाएका थिए अरे । त्यही रिन तिर्नका खाँतिर हाम्रो सिंगो पुस्ता मालिककोमा कमैया बस्यो । हामी बँधुवा मजदूर भयौं । मैले मालिकको छोरोको झोला बोकेर स्कुलसम्मको बाटो हिडेको छु । … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : को राम्रो त म की तिमी !

~कन्चन~ रेसा रेसा को मुल्यमा पनि के म बिक्न सक्छु र कति मोल हो यो बास्तुको ! म त एउटा बस्त्र हुँ । कत्रो कात्रो, बिग्रेको बिकार समय नै हो, म के हुँ म त आफूमै पीडा को हुँ, नाथे … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ओ बाहुनी !

~सुरज राना~ तेरो र मेरो जात मिल्दैन ओ बाहुनी! तेरो र मेरो धर्म मिल्दैन रुपरङ्ग र कद पनि मिल्दैन तर इ हेर त- तेरो र मेरो मन कत्ती मिलेको? इतिहासमा तेरो इतिहासको चुच्चो नाकले मेरो नेप्टो इतिहासलाइ घोच्यो होला

Posted in कविता | Tagged | Leave a comment

गीत : भुलाऊन खोज्छु

~किशोर घिमिरे~ भुलाऊन खोज्छु ती पुराना प्रेमका कथाहरु मेटाउन खोज्छु कागजमा कोरिएका ब्यथाहरु सम्झेर ल्याँउदा अतितलाई बाढी नै चल्छ हुरी बतासले रापेको आगो दनदनी बल्छ भतभति पोल्छ ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : म झुक्न सक्तिनँ

~रश्मिला कवाङ~ प्रत्येक कोणकोणभित्र वीरता पानीको हर बुँदामा ऐतिहासिकता तापनि हरेक योद्धाहरुबीच रहेर पनि तिमीले जस्तै म गोली थाप्न तयार छैन नालापानीमा तिमीले देखाएको अदम्य साहस मन, मुटु छेदन घमासान युद्ध अहँ म देख्नै सक्तिनँ तिम्रो समर्पणको भावले म पग्लिन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : शुभेच्छा

~टीकाप्रसाद पोखरेल~ के दिउँ लौ शुभकामना भन तिमी मनतन्त्रका देशमा खाद्यमा छ अखाद्य स्वस्थ नहुने नौरङ्गका भेषमा। चाडैको महिमा अत्यन्त बढिया माया जगत्को रह्यो ग्रामीणै नगरी अनि सहरमा भाउ नमीठो भयो। तानातान र हानमार गर्ने हत्या र हिंसा कति? पीरमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : किन किन

~ज्योतिराज अधिकारी~ किन किन हो किन किन जीवन, उराठ लाग्छ । किन किन मृत्‍यु, आफ्नै झै लाग्छ । हवासंगै उडु झै लाग्छ । बादलमा नाँचु झै लाग्छ । किन किन एकै झट्कामा

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : बुद्धि बङ्गारा

~भूपिन व्याकुल~ हाँस्दा जब मेरा चम्किला दाँतहरू देखिन्थे ऊ भन्थ्यो– ‘दाँतहरू त केवल देखाउनका लागि मात्र हुन् बुद्धि बङ्गारा पलाएपछि मात्र बुद्धि आउँछ ।’ गिँजाको कुना चिरेर

Posted in कविता | Tagged | Leave a comment

कथा : बिदाइका अन्तिम हातहरु

~नवराज बुढा ‘नवीन उदासी’~ शरद र बसन्त आज मुग्लान पसेको केहि समय मात्रै भएको छ। तर समयले आफ्नै गति अनुसार नेटो काटी सकेको हुन्छ। घर परिवार सबैलाई सदा सुखी राख्न र खुसी संगै पारिवारिक दायित्वलाई निभाउन भनि नै सधै आफ्नो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : तिम्रा तस्बीर

~महेश बर्तमान रानामगर~ तिम्रा तस्बीर कति जाति त्यै बोकेर बाँच्न थालेछु छातिभरि टाँस्दाटास्दै तिम्रो तस्बीर फाट्न थालेछ कताकता दुखे जस्तो छाम्दा मैले पीडा भेटिन वगैंचाका सयौं फुलमा एउटा फुलको माया भेटिन नभेटेरै आँखा चिम्ले त्यही फुलको काया बसेछ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल: कालो निशाले सोध्यो

~आवाज शर्मा~ ° कालो निशाले सोध्यो, ‘तेरो उदेश्य के छ ?’ मैले जवाफ सोच्दा, झलमल उषा भएछ ॥ ° कस्तो अथाह तिर्खा, जल्दैछ भित्र केही । ज्वाला निभाऊँ भन्दा सागर स्वयं जलेछ ॥

Posted in गजल | Tagged | Leave a comment

गीत : आफ्नो श्वास रोकी हेरेँ

~नवीन लामा `सुरेश`~ उन्को प्राण फिर्छ भनी आफ्नो श्वास रोकी हेरेँ कतै छु कि सपनीमा आफ्नै औँला टोकी हेरेँ !! न`त रुन सकेँ मैले न`त बिदा गर्न उनलाई बिर्सीदियो दैवले`नी मैले गर्या सबै गुनलाई भूल हो कि नजरको आँखा पनि … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : नयाँ साल

~उमेश लुइटेल~ भावशून्य शब्द कोरेर अभावका विज्ञप्ति सुनाउँदै खिरिला जिउका स्केच मेटाउने मान्छेहरू स्वार्थको यज्ञकुण्डमा विचारका चरू होमेर नयाँ सालको शुभकामना प्रवाह गरिरहेछन् । यसबेलै दिग्भ्रमित छु

Posted in कविता | Tagged | Leave a comment

कविता : देश

~मिरा प्रसाई शर्मा~ जहाँ मेरो प्रण प्यारो नेपालको गोर्खाली स्वाभीमान खोसिएको छ त्यहा मेरो देशको अस्मिता पतन हुँदै छ देशको नाउमा निर्दोस धर्ती माताको जलन हुँदै छ | जहाँ मेरो देस खोक्रो बनायिदै छ त्यहा देशको सभ्यताको कुठाराघात हुँदै छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अक्षरका हतियार

~इन्दिरा प्रयास~ त्यो प्रभाती रोशनी बादलको आँचलबाट हेर्दैछ, हेर त …… त्यसैले, ढुंगा मुढा हैन लड्छौ भने, अक्षरका हतियार प्रयोग गर चेतनाको दोशल्ला जनमानसमा ओढाई बुद्धको नेत्रले वा करुणा र प्रज्ञाले हेरी बिबेकका उज्वल बेर्नाहरू, मनका ती तरेली फाँटहरुमा उमार्दै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दृश्य-प्रश्न

~इनोसेन्ट राजन~ यहाँ, प्रत्येक रात धमिलिन्छन-सपनाहरु आँखामा! अनायासै दुख्छ- सर्टिफिकेट च्यापेको शिरानी!! डगमगाउछन पाईलाहरु-जीवनको आयु नापेर !! जब-जब, बाध्यताका पहाडहरु ढल्छन शीरमाथी!!

Posted in कविता | Tagged | Leave a comment

गजल : काली भन्थ्यौ

~मनु लोहोरुङ राई~ मन खोली मेरो आँखा हेर काली भन्थ्यौ। तिमी फूल बगैँचाको म त माली भन्थ्यौ। मेरो जीवन् सादा पाना के के चित्र कोर्छौ कोर !म त सजाउने फ्रेम खाली भन्थ्यौ

Posted in गजल | Tagged | Leave a comment

गजल : मनपराएँ

~कृष्ण प्र. पाण्डे~ पैले , हिजो , आज सदा मनपराएँ त्यताबाट चल्ने हावा मनपराएँ इन्कारको तिम्रो कला मनपराएँ प्यार , प्यारो नै भो घ्रिणा मनपराएँ

Posted in गजल | Tagged | Leave a comment

कविता : जीवनको शुन्यता !

~अप्सना अधिकारी~ भुकम्पको झट्काबाट, बँचेको छ जिवन तर, सबै आशाका लहराहरू चुटिएकाछन् रूखबाट सुकी झर्ने पातझैँ अनि, मेरा सपना? सपना लडेका छन् धरहराझैँ, सायद, अब कहिले नउभिने गरी!

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवनको झण्डा

~बिष्णु सुवेदी ‘दोलखे’~ सुनसान रात चिर्दै भीरको बाटो उकालो–उकालो खुइय गर्दै म थुम्की निस्केको छु ! लामो जङ्घार तरेर काँढै काँढाको यो बस्तीमा अलिकता उज्यालो पर्खेको छु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : के राम बिहारी अनागरिक हो

~प्रमित आचार्य ‘लिबाङी’~ आज राम बिहारी मौन छ,जिबनको उत्तरार्ध तिर आएर खोतली रहेछ आफ्नो जिबनको बहीखाता जहाँ उ केवल भेटि रहेछ घाटा र नोक्सान का खातहरु आज राम बिहारी मौन छ,आज उ थकित छ, अनुहारमा निराशा छ सुकेका नशामा जेनतेन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : संघीयता चाहिंदैन

~गिरीप्रसाद बुढा~ हामीलाई दुःख बिछ्याएर सपना देख्न मिल्ने एक एक वटा झुप्रो चाहिन्छ हामीलाई निष्पि्कक्री भएर टेक्न मिल्ने आफ्नै स्वामित्वको आँगन चाहिन्छ हामीलाई आागनमा जीवन लुटिने रीति चाहिँदैन हामीलाई राष्ट्रियता खरानी पार्ने सङ्घीयता चाहिँदैन

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरा किसान बा

~प्रवीण बानियाँ~ उनी धानको बिरुवासँगै जिन्दगी रोप्छन् रोप्छन् हरिया सपनाहरू पसिनाले हो कि पानीले भिजाउँछन् पहाडी खेतको छाती !

Posted in कविता | Tagged | Leave a comment

कविता : कैयौँ पटक

~श्रीबाबु कार्की ‘उदास’~ कैयौँपटक, एकै दिनमा कैयौँ पटक मेरो पकेट मारियो म निरास एवम् हतास भएँ । कहिले झोलाबाट

Posted in कविता | Tagged | Leave a comment