Tag Archives: sangrahalaya

कविता : घरदेश र मन

~दीपा राई पुन~ आमा ! दुख र कष्ट थियो तिमीसित निको नहुने घाउ पनि थियो आज प्रकृतिले मुटुमा चोट रोप्यो तिमी अझ मजबुत बनेर नयाँ सृष्टि गरिदेउ भनेर ! यो बिपत घडीमा तिमी दुख्नु हुदैन आमा कदाचित थाक्नु हुँदैन

Posted in कविता | Tagged | Leave a comment

कविता : कविता–लेख्नु सुदूरका वेदनाहरु

~विम अनुज~ उराठ विराठ पहाडहरुमा कू–प्रथाको भुमरीमा रुमल्लिरहेको छ— सुन्दर सुदूर पश्चिम सरापेझैँ नेपाललाई सतिले सरापेकी छिन् देउकीले सुदूरलाई मुक्त पार्न त्यो पाप सदासदा तत्पर रहनू–प्रिय कवि मित्र

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : हात हेर्ने कविता

~नवारुण भट्टाचार्य~ अनु : हरिगोविन्द लुइँटेल बंगालीका प्रसिद्ध क्रान्तिकारी कवि नवारुण भट्टाचार्य बंगालीका प्रसिद्ध क्रान्तिकारी कवि नवारुण भट्टाचार्य हात हेर्ने कविता म केवल कविता लेख्ने गर्छु यो कुराको कुनै अर्थ छैन कतिलाई सायद हाँसो उठ्ला तर म हात हेर्न पनि … Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : गाउँ

~विमल निभा~ यो गाउँको नाम रामगढवा हो यहाँ एक दिन बिताउने मौका पायौं भने कवि विमल निभा कवि विमल निभा तिमीलाई थहा हुनेछ यो गाउँ र सुक्खाले खाएको खेतमा कत्ति समानता छ ?

Posted in कविता | Tagged | Leave a comment

कविता : अप्ठ्यारो मान्छे

~विनोदविक्रम केसी~ सजिलै त मलाई केही पनि चाहिँदैन सजिलो त मलाई केही पनि गर्नु छैन ! सजिलो त नानीहरूको हातको पापा खोस्न सजिलो हुन्छ लडेको मान्छेको अण्डकोषमा लात्ती हान्न सजिलो हुन्छ वृद्ध आमाबाउलाई वृद्धाश्रमको गेटबाहिर फालेर भाग्न सजिलो हुन्छ

Posted in कविता | Tagged | Leave a comment

गजल : बाबा

~जे पि दाहाल~ डाँडा काडाँ गुम्यौं बाबा,सपनीमा आज पाँच वर्षभयो ग’को ताज भयो आज ।। विहानीमा खोजे बाबा तस्वीरलाई छोएँे भकानीयो मन मेरो घोप्टे परि रोएँ ।।

Posted in गजल | Tagged | Leave a comment

कथा : विकल्प

~टि पी मिश्र~ म दौरा-सुरुवालको पहिरनमा चिरिच्याँट परेको छु आज । एकजना मित्रले केही हप्ता पहिले चिनो स्वरूप काठमाडौँबाट पठाएको ढाका टोपीले मेरो तालुलाई घ्याप्प छोपेको छ । सायद मलाई देख्नेहरुले तालु बारे पत्तो पाउने छैनन् । म खुब बैंसालु, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : देशविना

~ज्योति जंगल~ अनावश्यक छौ नआओ सपना मेरा आँखामा दृष्टिहरू मेरो देशको क्षितिजमा छोडिएका छन् यहाँ विनादृश्यको म बेठेगाना मात्र हुँ । चँुडिएको छु म हुर्केको बोट त्यतै छाडेर, पातमाथि राखेर मेरो सत्व खसें कहाँ त्यसरी एउटा बूढो पात जस्तो

Posted in कविता | Tagged | Leave a comment

कविता : मरेकी हजुरआमाको अर्ति

~लक्ष्मण कार्की~ घिस्सिंदै घिस्सिंदै टिपेपनि सुकाउन नसकेपछि रुङेर भट्टीमा रातभर बेचियो काँचै भित्रियो १५ हजार, १५ पाथी अलैंचीको ।। त्यहि बगान जहाँ परारसम्म फल्थ्यो सरदर १० मन अलैंची र भित्रिन्थ्यो १० लाख रुपैयाँ तर पुर्याउन नसक्दा स्याहार सालिन्दा हुँदैछ भ्यासेक्टोमी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : मन देउ मलाई !

~सजना गुरूंग~ सक्छौ भने देशको माया भरिएको मन देउ मलाई ! नशा नशामा स्वाभिमान बगिएको तन देउ मलाई ! आजको हिंसात्मक् द्वन्द र प्रतिसोधको अन्त्यगरी अलौकिक प्रेमपूर्ण शान्तिमय क्षण देउ मलाई !

Posted in गजल | Tagged | Leave a comment

मुक्तक : गलत

~टेक थजाली मगर~ मेरो गाउँमा आएर हैकम गर्ने तिम्रो शहर गलत मेरो प्रगतीका पाईला रोक्न खोज्ने तिम्रो रहर गलत

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : डाँकाहरु छन

~मचिन्द्र तुम्वापो~ राजनितीमा सबै डाँकाहरु छन । कोहि भतिज कोहि काकाहरु छन । विचारले काँचा कचिला छन् तर उमेरले वैतरणि पाकाहरु छन ।

Posted in गजल | Tagged | Leave a comment

कविता : निर्धा निमुखालाई राहत कहिले

~डा. हरिकुमार श्रेष्ठ~ उजाड छन् मेरा गाउँ, अनि सबै टोल बस्ति । त्यही ठाउँका केहीलाई भने अझै भाछ मस्ति ।। °°°°°°°°°°°°°°°°°°°°°°°°°°° खेतबारी चुम्बन गर्दै डूल्ने, हाम्रा किसानवर्ग कस्ता । दिनरात मेहनत छ तापनि, दुःखी छन् अझै यस्ता ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : त्रासदी

~राजु पौडेल~ अकिन्चन ! भयातुर रंगमंचमा रमाएको दर्शक सु:ख छ,हाँसो छ, तर पटक्कै शान्ति छैन मणि गुमेको सर्प जस्तो मानी हराएको … स्वानिर्देशित योजना छैन प्रतिशोधपूर्ण बिष बिनाको डसाई रंग छैन जीवनको ,अनर्थपूर्ण प्रतिकार बेतुकको तर्क बितर्क |

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो मेरो दूरी

~सीता असीम~ कुभिण्डोलाई खुट्टा लगाइदिएर हिँड्न सक्तैन भन्ने मलाई थाहा छ ढेंडुलाई पगरी पनि कति गुथाइरहनु र ! काम आफैंले गरेको हो मैले आफैंलाई सम्मान गर्न खोजेँ त्यसैले अहिले तिम्रो मेरो दूरी बढेको छ । ‘केही न केही लेख्नुपर्छ, लेखिरहनुपर्छ, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म बाँचेको मान्छेको बस्ती

~ज्याकब खालिंङ~ म बाँचेको मान्छेको बस्तीमा आजकल मान्छेहरु नै संकटमा बाँची रहेकाछ्न्. म बाँचेको समाजको सोचाईबाट कसरी हो कुन्नि मान्छे हुनुको बिचारहरु पलायन भई सकेका छन्.

Posted in कविता | Tagged | Leave a comment

कविता : हामी भारी बोकिरहेछौँ

~जगत नवोदित~ समयको प्रत्येक पलसँग विश्वासको हाम्रो बलियो धराहरा मक्किँदैछ निर्धो बस्तीमा सन्त्रासको आगो सल्किँदैछ कसरी शान्त भएर बस्न सक्नु हामी जब एकताको सगरमाथा भत्किँदैछ गएका वर्षहरू हामीले खेतबारीभरि अशान्ति रोप्यौँ र

Posted in कविता | Tagged | Leave a comment

कविता : काली आमा र महलको पेटी

~नमराज लामिछाने~ खुला आकाश मुनी विशाल महलको पेटिमा खाली पेट लिएर रित्तिएका आंखाहरु टोहलाउदै च्यातिएको कालो बस्रले छोपीएकी कालीआमाहरु आफ्नो जिन्दगीको भिक्षा मागीरहेका छन् । भोक र पिडाले भरिएको

Posted in कविता | Tagged | Leave a comment

गीत : सल्लेरी बजार

~महेश बर्तमान रानामगर~ सल्लेरी बजार शनिवारे हाट त्यही हाटमा भेटेको पहिलो नझर मुस्काउदैं हेर मुटुमैं बसेको यहि मुटु झिकि डाँडापारी कसरी राखुँ त मुटुमै राखु अन्जानी तिमी कसरी बोलु त रहर मेरो मुटुमै राख्ने मौकालाई पर्खेको

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : कसुर

~डा रवीन्द्र समीर~ धनबहादुर सधैं मागेर खान्थ्यो, सडकको पेटीमा सुत्थ्यो । कसैले दया गरेर पैसा दिएको दिन पेटभरि खान्थ्यो, आफूलाई संसारकै भाग्यमानी ठान्थ्यो । दिन निर्दयी भएमा भोकै सुत्थ्यो, आफ्नो कर्मलाई धिक्काथ्र्यो । त्यही पेटीसँगै जोडिएको सिसाको एउटा सानो कोठा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

बाल कथा : आत्मघाती मौरी

~विनय कसजु~ माधे संक्रान्तिको दिन थियो । कुसुम र रेसम घाममा बसेर तिलको लड्डु, ध्युचाकु, तरुल, सकरकन्द खाँदै थिए । अचानक एउटा मौरी भुनभुन गर्दै खानेकुरामाथि उडन थाल्यो । कुसुमले हात झट्कारेर मौरीलाई धपाउन खोजिन् । “ऐय्या” भन्दै कुसुमले हत्केला … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : नयाँ कोठा

~रेवती राज खड्का~ अपरिचित भित्ताहरु प्रत्येक भेटमा स्वागत पनि नगरे जस्तो मैले मित लाउन नसकेको यो नँया परीबेश यो नँया कोठा । मेरो नँया साथी पुरानो टेबल नँया पोलिसले टल्काइएको

Posted in कविता | Tagged | Leave a comment

मैथिली गजल : पिअरगर यौ

~धिरेन्द्र प्रेमर्षि~ जोरजुलुमसँ जे ने झुकए से भाले लगए पिअरगर यौ इन्द्रधनुषी एहि दुनियामे लाले लगए पिअरगर यौ ठोरे जँ सीयल रहतै तँ गुदुर–बुदुर की हेतै कपार! एहन मुर्दा शान्तिसँ तँ बबाले लगए पिअरगर यौ कुच्ची–कलमक रूप सुरेबगर रहलै, रहतै … Continue reading

Posted in मैथिली गजल | Tagged | Leave a comment

कविता : रातमा लुट्नुको मजा अर्कै

~बिनोद खड्का~ खुल्ला आकाश तल दिनमै ठग्नुको शान अर्कै सूरा र सून्दरीमा लपेटिदै मदहोश बन्नुको मजा अर्कै जीन्दगीलाई नै ज्यूदो लास बनाई आफैलाई भुल्नुको मजा अर्कै । रातमा रम्नुको मजा अर्कै दिनमै जम्नुको मजा अर्कै

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : सम्झनामा रमेश विकल

~नरेन्द्र रौले~ मंसिर महिनाको मध्यान्ह छ । चिसो मौसम । आरुबारीको रौनक बेग्लै छ । नया बानेश्वरबाट म आरुबारी तर्फ लाग्छ । बाँसका रुखहरु आफ्नै गतिमा हल्लिरहेका छन् । केहि पर हरियो जङ्गल । अब पहिले जस्तै परालले छाएका र … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : छोरी र धर्काहरु

~समाश्री राउत~ छोरी र धर्काहरु अनवरत केही लेख्ने धूनमा धुलाम्मे आँगनलाई पाटी बनाउँदै हाँस्दै गुन्गुनाउँदै मेरी सानी छोरी केही कोर्छे, फेरि मेट्छे फेरि कोर्छे, फेरि मेट्छे धर्काहरुमा शायद सपनाहरु तुहिए होलान् र त मेट्छे विषाद भरिएका धर्काहरु

Posted in कविता | Tagged | Leave a comment

गजल : बाधा भएपछी

~कृष्ण प्र. पाण्डे~ यात्रा रोचक तब हुन्छ बाधा भएपछी । जानु अघी कि फिर्नु अब आधा भएपछी।। पाप धर्म छुट्याउने फुर्सद कस्लाई छ! बिचराको जागिर नै ब्याधा भएपछी।।

Posted in गजल | Tagged | Leave a comment

कविता : बेवारिसे भ्रुणको काव्यिक च्याँ-च्याँ

~मनु लोहोरुङ राई~ गुन्द्रुक जीवनको किनिमा दिमाग उत्तरआधुनिकताको तावामा भुटिएर अझै पनि परिस्थितिकै फ्राई म:म: वि/चिन्तनको विरुपक अहमताले रापिएको चिकनरोष्ट सभ्यताको नाममा कक्टेल विचारहरु लोकल ठर्रा र ह्विस्की रंगीला रम दर्शनको रेड लेवेल,ब्य्लाक लेवेल विमर्शमा ह्वास-ह्वास गनाई रहेछ।

Posted in कविता | Tagged | Leave a comment

गजल : केही गर्नुस न हजुर

~पशुपति कार्की~ अब त अति भो,केही गर्नुस न हजुर सुबिधा मात्रै ओखती भो,केही गर्नुस न हजुर अस्त व्यस्त जता ततै,बेरोजगारी भोकमरी मर्दै बांचेको कति भो,केही गर्नुस न हजुर

Posted in गजल | Tagged | Leave a comment

लोक गीत : बाह्र छोरा तेह्र नाति

~हिरण्य भोजपुरे~ बाह्र छोरा तेह्र नाति बूढाको धोक्रो काँधै माथि बूढो भनी नगर हेला काम लाग्ला बूढो नै क्वै बेला । सुनसुन साथीभाइ म केही भन्छु म बूढो मान्छेको सवाई कहन्छु

Posted in लोक गीत | Tagged | Leave a comment

गजल : चोली पनि उस्तै

~अमरजित पुनमगर~ आमाको च्यातिएको चोली पनि उस्तै । फेरियो कि भनी हेर्छु भोलि पनि उस्तै । सिङगापुर हुन्छ भन्थे झिङगापुर हुँदैछ, गनाउने नाली बग्ने खोली पनि उस्तै ।

Posted in गजल | Tagged | Leave a comment

कविता : वेश्यातन्त्र

~डा. भीम खतिवडा~ तिमी शक्तिशाली छौ भने तिमी सम्पत्तिशाली छौ भने तिमी प्रभाशाली छौ भने ढोका उदांगो छ, आऊ स्वागत छ तिमी सबलाई ०००० एकछिन ममाथि शासन गर

Posted in कविता | Tagged | Leave a comment