Tag Archives: sangrahalaya

कथा : मलेसिया श्रम कि सेक्स ?

~रामनाथ खनाल~ ‘म मलेसिया जान लागेको’, सुरुमा त साथिहरुले पत्याएनन् । ‘किन, जागिर खोज्न ?’ रमेशले त झन् गिज्याएर बोल्यो । रिस उठ्यो र फ्याट्टै भनिदिएँ, ‘हो ।’

Posted in नेपाली कथा | Tagged | Leave a comment

मुक्तक : काँडाले घोच्छन्

~सुजन बैरागी~ फूल देखाई काँडाले घोच्छन् भन्ने के थाहा आफन्तले नै पराया सोच्छन् भन्ने के थाहा

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : तलमाथि हुन्छ जीवन

~राम कृष्ण आचार्य~ ब्यस्तता र सुस्तताले तलमाथि हुन्छ जीवन।। इष्ट सम्झी हाँसी कहीँ मजबुरीले रुन्छ जीवन।। लक्ष्य अनि उद्देश्यका पहाडहरु माँझ हुँदा, उत्ताउलो मनको कुरा सधैं सधैं सुन्छ जीवन।।

Posted in गजल | Tagged | Leave a comment

गीत : के थियो र मेरो

~ज्योतिराज अधिकारी~ के थियो र मेरो के हुनेछ भोलि सबै सबै यहि छाडेर जानेछु । केही आस्था केही विश्वाश केही चाहना लिएर जानेछु । म खरानी भएपछी केहीबेर मेरो चर्चा होस्, म नभए पनि कहिले काहि

Posted in नेपाली गीत | Tagged | Leave a comment

भोजपुरी हास्य कविता : मच्छर–पचीसा

~प्रमोद कुमार पाण्डे~ जेहिं काटत दुख होय, निशिनायक नींद हरन । करहु अनुग्रह सोई , करन देउ आराम पूरन ।। रक्षणहीन तन जानिके, सुमिरौ नरक कुमार । भनभन भनभन करिके प्रभु ,हरहु न नींद हमार ।।

Posted in भोजपुरी कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

पत्र साहित्य : हामी लेखक र कविहरुको मूल्य खोजिरहेछौं ।

~बिष्णु सुवेदी ‘दोलखे’~ अनामिका, यस पटकको सम्बोधनमा अलि फरक विषयलाई उठान गरे । हाम्रै गुनासो र पीडालाई तिमी सामु राख्ने मन गरेँ । आजसम्म राष्ट्र, समाज र तिम्रो सवाल उठान गर्दै आए । हामी लेख्नेहरुले अरुको पीडा, दुःखका कथा त … Continue reading

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

कथा : परीक्षा

~दुर्गा बन्जाडे~ साँझपख मेरो फोनको घन्टी बज्छ। छोरीलाई दूध खुवाइरहेकी मैले त्यो अपरिचित फोन उठाउन त्यति जरुरी ठानिनँ। म भान्सामा खाना पकाउन लाग्छु। गएको तीजमा सबै दिदीबहिनीले ‘स्कुलमा त राम्रो विद्यार्थी थिइस्, किन अहिलेसम्म जागिर पाइनस्’ भनेर सोध्दा म निरुत्तर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : प्रिय नेपाल बन्दैछ लाक्ष्यागृह कसो गरुँ ?

~पुरुषोत्तम दाहाल~ प्रिय नेपाल बन्दैछ लाक्ष्यागृह कसो गरूँ ? शकुनी सोचका पासा भिल्लका हातमा चरु बाल सन्ततिका साथ आमा कुन्ती निरीह छिन् । जनता जल्न खोज्दैछन् खरानी हुन के गरूँ ? लोक पूर्व दगुर्दै छ तन्त्र दक्षिण पश्चिम हिमाली काख … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जसोतसो जिउने मान्छे

~राजकुमार बास्तोला~ अनिश्चितताले रुमलिएको जीवन बाधाहरूले भरिएको बाटो जिउनेको जीवन छैन हाँस्नेको मन छैन आशा छ, पूरा हुने सपना छैन र पनि हाँसेको छ जसोतसो जिउने मान्छे ।

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा सपनाको पछाडि

~नवीन रायमाझी~ एउटा सपनाको पछाडि दौडिरहेको छु के थाहा ? यो सपना पूरा हुन्छ कि हुँदैन सपना फुल्छ कि फुल्दैन ? तैपनि, एउटा आशाको दियो बालेर निरन्तर दौडिरहेको छु निरन्तर पदचाप बनाइरहेछु ।

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : साहित्यमा पहिचान

~राजा पुनियानी~ आउँदै गरेको आँधी ‘अब त उमेर भयो । खै, फोनमा कुरा हुने होइन… । इन्द्रबहादुर राईसँग कुरा भएको त दुई वर्ष पो हुन लाग्यो ।’ भन्दै थिए, बैरागी काइँला । तेस्रो आयामका हस्ताक्षर । टिफिनपछिको अपराह्न पिरियडमा तीन … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : मासुबिनाका मान्छे

~मनोज बोगटी~ भित्ताको स्तक्रिनमा म हेरिरहेको थिएँ । फेरि एउटा सपनाले आकार लिइरहेको दृश्य नांगो आँखाले म चौथोपल्ट हेरिरहेको थिएँ । चौथो सपना थियो त्यो । ** पहिलो सपना बुनिएको साँझ हुरी चलेको थियो । बाटामा रुखहरु लडेका थिए । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : दुःस्वप्न सुन्दरी

~हिमांशु केशव~ कैलो घुम्रेकेश हावामा लहराउँदै तलाउमा ढुंगा हान्ने र उठेका तरंगहरू हेर्दै निःसंकोच अट्टहास गर्ने बैँसोन्मत्त यौवनाले आँखा नचाएर आमन्त्रण गर्दा अभिसारका लागि मेरो ढुकढुकी एकदमै बढेको थियो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : उम्मेदवार

~स्नेह सायमि~ देश, जनता र पार्टीको काममा जीउज्यान गुमाउनेले पनि नपाएको धेरैले धेरैपटक घुर्की देखाएर पनि नसकेको मैले पाएँ टिकट म उम्मेदवार हुँ तिम्रो पार्टीको ।

Posted in कविता | Tagged | Leave a comment

कथा : बन्धक

~तृष्णा राज्यश्री कुँवर~ एयरपोर्ट बाहिर विदेशिने तरखर गरिरहेका युवाहरूको ताँती छ । कोही निन्याउरो अनुहार लगाइरहेका, कोही खुसीले चहकिरहेका, कोही सशङ्कित, कोही भयभित, कसैका आमाबाबुको आँखाबाट आँसुको धारा बगिरहेको, कसैका श्रीमती अँध्यारो मुख पारेर बसेकी, यस्तैयस्तै दृश्य देखिन्छ यहाँ । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : प्रयोग उर्फ जीवन

~रोहित खतिवडा~ म कोलम्बस, हिँडेर कोही नहिँडेको जीवनपथ पुग्नु छ पहिलोपल्ट आफ्नै जीवनको अमेरिका । म तेन्जिङ, उक्लिएर कोही नउक्लिएको जीवनशिखर चुम्नु छ जीवनको सर्वोच्च आनन्द । त्यस्तो ठेगान नै कहाँ छ र कसैले तोकिदिएको पुगौं त्यहि ठेगानमा

Posted in कविता | Tagged | Leave a comment

गजल : फूलको डालीजस्तो

~मनु ब्राजाकी~ मुहार छ उसको सधैँ फूलको डालीजस्तो छिमेकी छ फूल टिपी बेच्ने मालीजस्तो । महफिलमा बसेपछि यस्तै हुन्छ सधैँ कोही झारीजस्तो अनि कोही प्यालीजस्तो ।

Posted in गजल | Tagged | 1 Comment

कविता : कुनै पनि समयमा

~छम गुरुङ~ कुनै पनि समयमा सोच्न पाइन्छ सोच्छु म जसरी पनि सोच्न त पाइन्छ । बीच बाटोमा सोचिँदैन, छेउछाउ हिँडिरहेछु पहिलोचोटि गुच्चा हानेको माझी औँलाझैँ अप्ठ्यारा पाइला साथ छन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : झम झम झरीमा

~अज्ञात लेखक~ आकाश माथि यसो हेरेको बादलुले ढाकेको छ चम्किदै छ बिजुली गर्जदै आकाश तर्साउदै छ यती बेला आँखाको गाजल

Posted in कविता | Tagged | Leave a comment

कविता : मारिया, म तिमीलाई प्रेम गर्न सक्तिनँ !

~सरुभक्त~ तिम्रो देशमा कङ्क्रिटका बिशाल जङ्गलहरू छन् सुन्दर, चौडा एभेन्यूहरू छन् रेलहरू पनि पारमाणिक विद्युत ऊर्जामा भूमिगत – भूमिगत चल्छ भन्छन् र बाटाहरूमाथिका फ्लाईओभर बाटाहरूमा गतिशील लुकामारीको खेल खेल्दा उदेकको आनन्द आउँछ भन्छन् तर मारिया, माफ गर अविकसित देशको बासिन्दा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : एक्लोपन

~एकराज प्रधान~ उत्तर–पूर्वी पहाडको फेदीमा रहेको एउटा सहरोन्मुख गाउँ। केही वर्षअघिसम्म खेतीबाट लहलहाउँदो अन्न उब्जने यो ठाउँमा अहिले कङ्क्रिटका महलहरु बाक्लिँदै गएका छन्। तिनै महलमध्ये एउटा हो, नरबहादुरको। तीन तले त्यो घरमा उनी एक्लै बस्छन्। खाना पकाइदिने एउटा केटो छ। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : पात्रहरु

~श्रीबाबु कार्की ‘उदास’~ क पात्र एस एल सी सात पटक फेल भयो । पास गर्नलाई कुनै कसुर बाँकी राखेन तर सकेन । उसले सोच्यो नाम त कमाउने पर्छ । उ सहित्यमा लीन भयो । हाल उ साहित्यमा अब्बल दर्जाकै हाराहारीमा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : आदर्श छोरो

~अमृता पाण्डे~ कैयौँ पुस्ता खेर गइसक्यो तर, आदर्श छोरो जन्मिएन वषर्ा आयो, विध्वंस भयो हरियो वन मरुभूमि बन्यो

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : जीवन

~राजु पौडेल~ कन्चन बहने पबित्र घाटस्थलका कैयन स्नानले उसको व्यथा पखाल्न सकेको छैन | पूजा-पाठ र यज्ञ-दान यावत उसका उत्तरार्धका कर्महरुले उसलाई पबित्र बनाउन सकेका छैंनन | सम्पन्न परिवारको निगाहा प्राप्त हुँदा उमेरमा उसको तुजुक लोभलाग्दो थियो | मिलेको जीऊ-डाल … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : घाउ

~अनु शाह~ कसैको घर भत्काएर आफ्नो संसार जोडुँ कसरी ? तिम्रो कामनालाई विर्सिएर आफ्नो कसम तोडु कसरी? आँखाको नीर रित्याएर भए पनि तिम्रो आकाश सजाइ दिन मन छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : शिशिर ऋतु

~राम प्रसाद पोखरेल~ शिशिरले पाईला टेक्दा, जताततै चिसो, वालक वृद्धा दुःखी भए, खोजे तातो मिठो। जताततै हुस्सुछायो, घामको किरण छैन, पानी पनि जम्न लाग्यो, बल्न थाल्यो मैन।। (१) निमोनियाले सताउने भो, बालक बृद्धालाई, तातोचिल्लो खानाखानु, न्याना लुगालगाई। घर भित्र बसी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : इन्द्रेणी गीत

~ईन्द्र नारथुङ्गे~ घाम र पानी चढेर बायूपंखी घोडा समयको जब सँगै झर्छन् धर्तिमा… तब, आकाशले इन्द्रेणी माला लाउँछ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : झ्याल

~मुकुल दाहाल~ जति लगाउँन खोजे पनि मेरो कोठाको झ्याल बन्द हुदैन लाग्छ कुनै कुनै बेला त बन्द पनि होस यो झ्याल तर खुल्लै रहँदा आनन्द पनि लागिरहन्छ प्रत्येक क्षण हावा जस्तै उडीआउने स्मृतिका झोक्काहरूले उघारिदिने यो झ्याल सधैँ खुलिरहन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा भिन्नै ब्रित्तको खोजीमा

~विमल कोइराला~ रन्थनिएर ईलाका, बस्ती र गाउँ भौतारिएर शहर, देश र परदेश टुक्र्याएर आफुलाई चौटा चौटामा के खोज्दै छौं हामी ? हाम्रो बिपन्नताको बिकल्प होइन रगत हाम्रो पछौटेपनको उपचार होइन घ्रीडा मायामा उनिएर खुशीका फुलहरुको सप्तरङी माला लगाएर खुशी हुनेहरुका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : अनौठो सपना

~धिताल चिरिच्याँट्ट~ एक समय थियो दैनिक रमाइलो सपनाहरु देख्थे, तर आजकाल सपनाहरु देख्न छाडेको थिएँ । वेरोजगार मान्छे दिनभरी सडक नाप्ने काम गर्छु । सडक विभागको जागिरे ! सडक नाप्दै जादा खुल्लामंच पुगियो । राजनैतिक सभा रहेछ, नेताहरु उफ्रि उ्िरफ … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : हली

~हेमन्त विवश~ जदौ गोसाइँ चिन्नु भो ? तपाइँ मेरो पुर्खाको गौरव म उही हली हुँ मालिक तिम्रा मोबाइल र कम्प्युटरमा दगुर्ने औंलामा टाँसिए टानँसिएनन् माटाका कणहरु त्यही माटोको आद्रता ओढेर त्यही माटोको सुवास बोकर झुलाएको थिएँ अन्न बाली वर्षौ वर्षसम्म

Posted in कविता | Tagged | Leave a comment

कविता : माटो

~दिनेश बराल~ मट्याङ्ग्रा बनाउन पनि काम लाग्छ माटो भाडा बनाउन पनि काम लाग्छ र त माटो जीवन र मरणको दोसाधमा सधै उभिइरहन्छ माटोको छुट्टै अस्तित्व छ माटोको छुट्टै स्थायीत्व छ त्यसैले त माटो मुर्ति बनाउन पनि काम लाग्छ माटोले कहिलै … Continue reading

Posted in कविता | Tagged | Leave a comment