Tag Archives: sangrahalaya

कविता : गीत जिन्दगीको

~विक्रम सुब्बा~ आफ्नै स्पन्दनहरूले रचेर गीत जिन्दगीको आफ्नै ढुकढुकीले हालेर संगीत जिन्दगीको आफ्नै गुन्गुनाहट्ले गाइरहेछु गीत जिन्दगीको कुनै धूर्त ईश्वरले भरेकोभए धून जिन्दगीको कुनै पातकी राजाले गाएकोभए गीत जिन्दगीको कहाँ पाउँथेँ आफैँले गाउँन मेरो गीत जिन्दगीको?

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : बाटोको बिजोग

~लक्ष्मण नेवटिया~ जताततै एउटै काम छ, जोडेकोलाई तोड्ने, अति नै दुख पाइसक्यौं, नियत राखौं जोड्ने, धेरै हामी पर्खिसक्यौं, अरू नपर्खाउनुस्, बाटो छिटै बनाउनुस। धन्यवाद त दिनै पर्यो, महानगरपालिका बनाइयो,

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

स्वदेश गान : मर्दा पनि म

~दिनेश अधिकारी~ मर्दा पनि म जहाँ हुन्छु बाँकी, जहाँ फुल्छ लाखौँ सपनाको छाती नेपाल मेरो यही लाग्छ प्यारो यो देशभन्दा केही छैन माथि बोकेर हिँड्दा यो देशको झन्डा गर्वले शिर अग्लिन्छ आफैँ माटो यो छुँदा स्वाधीनताको

Posted in नेपाली गीत | Tagged , | Leave a comment

गजल : चौराहमा उभिएर हेर्दैछु!

~दिपक अभिमन्यू~ शहरको भीडमा तिमलाई खोज्दै चौराहमा उभिएर हेर्दैछु! कस्ले के भन्छन् त्यो कोलाहलमा सुन्दै सम्हालिएर हेर्दैछु ! मन्दिरमा भगवान हुन्छ भन्छन् मान्छेहरु यस्तै सुन्दै आएँ मेरो मनको मन्दिरमा तिमी छौकि छैनौ अतालिएर हेर्दैछु !

Posted in गजल | Tagged | Leave a comment

कथा : त्यसपछि म उसकी भएँ, र उ मेरो…

~ऋतु बराल~ ‘यसपाली त विवाह गर्नुपर्छ है रिदम , पोहोर साल त नाई भनिस्, यसपाली त नाइ भन्न पाउंदिनस् ।’ भन्दै घरतलकि दिदी कराउँदै थिइन् । ‘नाइ म त गर्दिन’ भन्दै म घरतिर हिंडे । त्यतिकैमा एक जना दाइ आईपुग्नुभयो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : आमाका अक्षरहरु

~मोहराज शर्मा ‘मोहबाबु’~ मलाइ गर्व छ आमाले लेखेका अक्षरहरुमा । वहाँले आफनो नाम लेख्दा … मलाइ लाग्छ त्यही नाममा मेरो भगवान छ मैले पुजा गर्ने इश्वर छ । वहाँलाइ अक्षर चिनाउन कुनै गुरुले कक्षामा भेटाएनन । र त्यो बतिलो उमेरले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : अफगान अनुभव

~भूमि भण्डारी~ अफगानस्तान । देशको नाम सुन्दै आङ सिरिङ्ग हुन्छ । युद्धका कारण यो देशको नाम यस्तो डरलाग्दो सुनिएको हो । यो देशको नाम लिने बित्तिकै मानिसहरुको दिमागमा एक किसिमको तस्वीर आउंछ । अमेरीकी सेनाका ट्याङ्क, निलो बुर्काले पुरै शरीर … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : स्वर्ण जन्मोत्सव

~दिल महरा~ म जन्मेको एक बर्षपछिको एक दिन । आमा भोक मेटाउने अन्न किन्न जानुभएछ । साँझ फर्किदा दानसाँघुमा चिप्लेर लड्नु भएछ । लडेसी भारीले हुत्याएछ । भारीले हुत्याएपछि आमा तिलामा झरेर ढुङ्गामा बजारिनुभएछ । निलो पानी रातो भएपछि आमालाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मुनालाई मनपत्र

~जगत नवोदित~ झुपडीको पीरो धुँवासँगै आँखामा आशाको दियो बलेको होला तोरीबारी भएर सपना बाटोभरि फुलेको होला साउने भेलझैं उर्लेको वैंश छड्के तिलहरीले बाँधेकी हौली सबै सबै रहरहरू सिन्दुरको बट्टाभित्र राखेकी हौली कति कठोर यो समय तिम्रो संझना बोकेर मरुभूमिमा

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : एस.एल.सी यात्रा

~ध्रुब रिजाल~ ‘यो रेडियो नेपाल हो । राति नौ बजेको समाचारमा स्वागत छ म कोमल वली । सबैभन्दा पहिले यस प्रसारणका प्रमुख समाचारः परिक्षा नियन्त्रण कार्यालय, सानोठिमीले यस वर्षको एस. एल. सी. परिक्षाको परिक्षाफल प्रकाशित गरेको छ, ……..’ “लौ तेरो … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : पारिजात हुँ म

~नीता के.सी.”भट्टराई”~ अँजुलीभरि माया पाउने चाह लिए पनि म कहाँ योग्य छु र तिमीले माया दिए पनि शायद..! बगैंचाको पारिजात हुँ म , टिप्दैन्न,कुनै दिन कसैले शायद ..!

Posted in कविता | Tagged | Leave a comment

गजल : ब्यापारी बनाउँछ

~लाक्पा शेर्पा समर्पित~ कहिले ग्राहक बनाऊछ ब्यापारी बनाउँछ।। समयले मान्छेलाइ हतियारधारी बनाउँछ।। आफ्नो जहानलाई ओत लागाउन यहा ।। गरिब खर र स्याउलोले छहारी बनाउँछ ।।

Posted in गजल | Tagged | Leave a comment

नियात्रा : रसिला, चोटिला, जोसिला…

~तिलकप्रसाद सापकोटा~ यात्रा एकल पनि हुने गर्दछ । यात्रा सामूहिक पनि हुने गर्दछ । कुनै उद्देश्य बोकेर, साहित्यिक विषय व्यक्तित्वलाई समेटेर यात्रा गरिँदा त्यो साहित्य समारोह नै बनिदिँदो रहेछ । त्यहाँं बाचिएका कविता, लोकगीत, निबन्धले वाहवाही, हाँंसो र तालीको गाँठो … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

गजल : छाईदिदा पनि आफ्नी

~बिनोद खड्का~ तिमि यसै दर्द बनी छाईदिदा पनि आफ्नी मधुर स्पर्श बनी आईदिदा पनि आफ्नी । तिम्रा श्वरको जादुका कुरा के गरौ म लौ अब

Posted in गजल | Tagged | Leave a comment

कविता : गोठ

~मोहन बन्जाडे~ हिउदभरि वेसी वा पहारतिर गर्मी लागे सिख वा सिहाँलतिर आफ्नो सुबिधा हेर्दै गोठ सार्छन् खान नपाए उग्र हुन्छन् खाएपछि उग्राउन बस्छन्

Posted in कविता | Tagged | Leave a comment

कथा : नीलकण्ठ

~बखतबहादुर थापा~ भूकम्पले तर्साइराख्ने र नाकाबन्दीले दाउरा बाल्नुपर्ने भएकाले हीराको चिया पसल चउरमा सरेको थियो । चियाका पारखीहरू चुस्की लगाउँदै नयाँनयाँ कुरा सुन्न र जान्न पाउने मनसयाले त्यहीँ जम्मा हुन्थे । पसलमा भीडभाड थियो । “भुइँचालो र नाकाबन्दीले पूरै जनजीवन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : कथामा काला सर्पको खोजी

~कमलमणि देवकोटा~ वास्तवमा कथा यथार्थरुपी जीवनको भोगाइ हो भने जीवन वास्तविक कथारुपी यात्रा हो । त्यसैले त जीवनका यात्रारुपी अनगिन्ती पाइलामा ठोकिन्छन् धरातलीय उतार चढावका प्रतिबिम्बहरु । यिनै बिम्ब प्रतिबिम्बभित्रका जीवनयात्राका उतार चढावरुपी परिवेशहरु नै बन्छन् वास्तविक कथा । यिनै घटना परिघटनाहरु टकराउँछन् … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : देवत्वकरण

~दीपक कुमार ज्ञवाली~ देश देश नै हो किनकि देश देश जस्तै छ नेता नेता जस्तै भएका भए ,नेता नेता नै हुन्थे नेता नेता नै भएका भए नेपाली ले नेपालीको बलि चढाउँदा टुलुटुलु हेरेर बस्दैन थे अर्थात् बलि चढाउनेको मतियार बन्दैन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : नयाँ बिहानीको अपेक्षा

~साहिर लुधियानवी~ अनुवाद : प्रकाश थापा मगर त्यो बिहानी अवश्य आउने छ यी काला शताब्दीहरूको शीरबाट जब रातको पछ्यौरी हट्ने छ जब दुःखको बादल पग्लिने छ, जब सुखको सागर झुल्किने छ जब आकाश झुमेर नाच्नेछ, तब धरती शायरी गाउने छ … Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

गीत : उस्तै छ हामीलाई पिरलो

~जीवन शर्मा~ उस्तै छ हामीलाई पिरलो, उस्तै छ हाम्रो अवस्था उस्तै छ शासन जनतालाई, उस्तै छ फेरि व्यवस्था फेरिए घुम्ने कुर्चीमा शासन गर्ने मान्छेहरू फेरियो रङ्ग शोषकको फेरिए लुट्ने मान्छेहरू

Posted in नेपाली गीत | Tagged | Leave a comment

व्यङ्ग्य कविता : सिंहदरबारसँग

~राहु~ सिंहदरवार ! तिमी कहिले आउँछौ मेरो आँगनमा ? मेरो छिमेकी मुक्तिप्रसाद चुनावमा आएथ्यो र भनेथ्यो, म सिंहदरवार पस्नेवित्तिकै तिमीलाई मेरो आँगनमा पठाइदिन्छु ऊ सिंहदरवार पसेको पनि नौमहिना भैसक्यो तर तिमी आएनौ

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

नेवारी कविता : लिपस्टिक

~पुष्प तुलाधर~ गुलाब स्वांमाय् छफ्व:गुलाब स्वां थ:गु हे नस्वालं गुजुहुं कायेका: गुलाबि उं जल्ल थिना बी मयजुया म्हुतुसी।

Posted in नेवारी कविता | Tagged | Leave a comment

कविता : दुखिरहेछ देश

~रामप्रकाश पुरी~ १ हाँस्दैनन् किन हो हिमाल गरिमा त्यो घाम झुल्के पनि बाँच्दैनन् किन हो कमाल रचना त्यो रक्त भुल्के पनि ? फुल्दैनन् किन हो छटा कुसुम पाएर हाँसो खुशी बोल्दैनन् किन हो कला सिर्जन ती पोखेर उर्जा मसी ?? … Continue reading

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : गीत लेखौँ

~मान थापा ‘बुलन्द’~ समाजलाई परिवर्तन गराउने गीत लेखौँ छुवाछूत अन्धविश्वास हटाउने रीत लेखौँ अन्याय

Posted in मुक्तक | Tagged | Leave a comment

गीत : बचाऔँ कर्णाली

~नारायण शर्मा~ घुमिफिरी आयो तीज चेलीबेटी नचाउन उठ्नु पर्‍यो दिदीबहिनी देश बचाउन गण्डकी र कोशी जस्तै कर्णाली नी गुम्दैछ आकाशैमा विस्तारवादी चिल घुम्दैछ

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : अतित र वर्तमानमा छटपटाइरहेको भविष्य

~बाबुराम आचार्य “विकल्प”~ अतित अतित नै हुन्छ जहाँ वर्तमान छ कथित कथित नै हुन्छ जहाँ सत्य छ तर अतित र वर्तमानमै भविष्य छ वर्तमान बिनाको भविष्य अन्धकार छ । अतित छट्पटाइरहेको थियो वर्तमान जस्तै

Posted in कविता | Tagged | Leave a comment

गीत : यसपटकको रहर

~निलिमा पुन~ यस पटकको चाडमा माइत जाने रहर छ सबै माइती दिदी बहिनी भेटने मलाई मन छ हिमालबाट दिदी पनि आउने कुरा गर्थिन् तराईबाट फुपु पनि पहाड जाने भन्थिन्

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : लुटिएछन् जनता

~कल्पना पौडेल “जिज्ञाशु”~ पुस्तौंदेखि अत्याचारमा लुटिएछन् जनता सामन्तीको जोताइमा चुटिएछन् जनता आए पनि देशमा खै प्रजातन्त्र, गणतन्त्र

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : श्राद्ध

~हरिप्रसाद भण्डारी~ — बुबा ! त्यो के गर्नुभएको ? — श्राद्ध गरेको नि बाबु । — श्राद्ध भनेको के हो ? — हजुरबुबालाई खाना खुवाएको नि बाबु । — अनि मरेका मान्छेले पनि खान्छन् त ?

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : बेहोश भै म लडदै थिएँ

~भुपेन्द्र महत~ भरियो सिउंदो तिम्रो जब, बेहोश भै म लडदै थिएँ तिमी छल्कियौ आँखाभरी म छाती भित्रै डढ्दै थिएँ थरथराएको हातले फुटेको मुटु निम्तामा दियौ आँसुले रुझेका रछन थोपा थोपा म पढ्दै थिएँ

Posted in गजल | Tagged | Leave a comment

छन्द कविता : सत्ता

~तिर्थराज अधिकारी~ छन्द : अनुष्टुप् क्रूर हुन्छ सधैँ सत्ता लास गन्दै रमाउँछ अन्धो यो चोर छाडेर साधुलाई समाउँछ ! सुन्दैन कान सत्ताले जस्तै रुँदा कराउँदा निदाउँछ सधैँ सत्ता देशै सर्वस्व सल्कँदा !

Posted in छन्द कविता | Tagged | Leave a comment

समालोचना : नाटककार बालकृष्ण सम र उनको अन्धवेग नाटक

~अशोक थापा~ सार सङ्क्षेप: नेपाली नाटक साहित्यमा गुणात्मक, प्रकारगत र ऐतिहासिक योगदान दिने बालकृष्ण समलाई नाट्य सम्राट भनिन्छ।उनको विशिष्ट नाटकीय प्राप्तिको सही मूल्याङ्कनकै कारण बालकृष्ण समलाई विविध तह र दृष्टिबाट अध्ययन गरिन्छ।यस सन्दर्भमा समको निकै लोकप्रिय नाटक अन्धवेगको पाठकीय समालोचना … Continue reading

Posted in समालोचना | Tagged | Leave a comment