Tag Archives: sangrahalaya

कविता : फेरि दुख्यो देश

~तुलसीराम पोखरेल ‘निर्दोषी’~ शकुनीहरू जाल बुन्दै छन् घर जलाएर खरानी बेच्दै छन् तानातान हानाहान ‘अग्रगमनकारी, क्रान्तिकारी यथास्थितिवादी, प्रतिगमनकारी’ यसरी हाले मुलुकलाई भड्खालामा

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : रमेश विकलले लेखेकाे “लाहुरी भैँसी” कथाको विश्लेषण

~अज्ञात~ कथाकार रमेश विकलले लाहुरी भैँसी कथामा गरीब लुखुरेको सोझोपन,गाउँका ठूलाठालुको शक्ति देखि डराउने दास मनोवृत्ति तथा उनीहरुको षड्यन्त्रकारी प्रवृत्तिलाई उतालेका छन् । गाउँमा शक्तिशालीहरुले सोझो गरीबहरुलाई कसरी शोषण गर्दछन् भन्ने कुरा देखाउँदै तिनै सोझा र निमुखा गरीबहरुमाथि सहनुभूति प्रकट … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : म रुँदा सँगै रुन्छ मात्र ऐना

~इश्वर देवकोटा~ म रुँदा सँगै रुन्छ मात्र ऐना मुहारमा मेरो अब हासो छैन !! कसुर खै कहाँ छ अपराध भो किन कति छन् सजाय देउ अब दिन सहन्छु सब चोट अझ थप्छौ हैन

Posted in कविता | Tagged | Leave a comment

Poem : A Milk-Maid

~Eagam Khaling~ Who am I— A matter or Energy? Krishna! Play your flute— I want to travel through space and time

Posted in Poem | Tagged | Leave a comment

कविता : मेरो छोरो हराएको छ

~भेषराज रिजाल~ महिना दिन अघि सानो भनाभनमा उसले मन दुखायो उसले पैसा माग्दा मैले उपदेश दिएँ मायाबिनाको उपदेश गाली हो भन्दै उसले आवेशमा अंश माग्यो सम्झाउँदा झन्

Posted in कविता | Tagged | Leave a comment

गजल : याद आउँछ

~अनुपम ‘नवोदित’~ घामले पोल्दा चौतारी र बरको याद आउँछ शिरमाथि जहाज उड्दा घरको याद आउँछ जिन्दगीको रथलाई किन किन, हाँक्न सकिन बाल्यकालमा पढ भन्ने, सरको याद आउँछ

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : परम्परा

~यकिना अगाध~ यो कथा नेपालको पूर्व दुई नम्बर अवस्थित सिन्धुली गडीडाडा अदालतको हो । वादी प्रतिवादीबीच मुद्धा चलिरहेको थियो । वादीले प्रतिवादीलाई बिना कारण दुःख दिने नियतले मात्र मुद्धा हालेको थियो । यसले गर्दा प्रतिवादीले वादीलाई राम्ररी नै न्यायको स्वाद … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : कुतै तिर्न गाह्रो

~रमेश भट्टराई ‘सहृदयी’~ बस्ने गाउँमा बाआमा खेत अर्कैको बरा ! कुतै तिर्न गाह्रो छिरेँ सहर, दुःख सम्झी त्यो घर यो मन वह चिर्न गाह्रो थोत्रो घर छ, उता कटेरोका चित्रा फाटे, बला मक्काए रे न छोडूँ सहर न तोडूँ रहर … Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : इच्छा

~लिला बल्लभ नेपाल~ इच्छा फुल्छ मनमा गुलाव फुले झैं जुन्तारा छुने गरी रम्छन शब्दहरु मनैमन भरी एकान्त हाँस्ने गरी ।। इच्छा छ मनमा फुलै फुले सरी हजुरको हाँसो सरी आज यो घडिमा हँसाउँन सकु गुराँश रमे झैं गरी ।।

Posted in कविता | Tagged | Leave a comment

कथा : सपना र पँलासहरू

~सुमित्रा न्यौपाने~ अनुहार प्रसन्न थियो । ओठमा मुस्कान र मनमा उकुसमुकुस पनि । सबै सपना आज पूरा भएका थिए । बैङ्क ब्यालेन्स पर्याप्त भएपछि अमेरिका छोडेका  सुमन लामो समयसम्म बेखबर थिए । मोटो, खाइलाग्दो र गोरो वर्णले विदेशीकै  छनक दिएको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : वाम एकता बारे !

~ऋतिक यादव~ कोही भन्छ माओवादीको एमालेमा विलय भएछ कोही भन्छ राजनीतिमा एकहोरो प्रलय आएछ ओलीले पानीको शुत्र जान्दा कांग्रेस छटपटाएछ अब रुखको अक्सिजन हेर्दाहेर्दै वामहरुले खाएछ

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : सुनयना

~कात्यायन~ धेरै वर्ष पछि; केही महिना अगाडि फेरि सुनयनाको त्यही नैन कहींकतै देखें र सोधें – “चिनेको छ ?” “याद छैन |” – भनेर तर्किए ती नैनहरू | कुनै समय / कुनै उष्ण शहरमा ती रसालु आँखाहरू मेरो सामुन्ने भएर … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : मात लाग्यो मलाई !

~जीवराज बुढाथोकी~ ती नजरको नशाले, मात लाग्यो मलाई ! अनाहकमा किन यो, वात लाग्यो मलाई !! छचल्किएर जवानी, खेरै जान लाग्दा त्यो, दिनदहाडै किन हो, रात लाग्यो मलाई !!

Posted in गजल | Tagged | Leave a comment

गीति कविता : आँसु बरर

~श्रीपुरुष ढकाल~ भरभराउँदो बैँसभरि गरिबीको पानी पोखेर काम खोज्दै विदेशिने युवा देख्दा आँसु बरर । तस्करले सुशासनलाई परित्याग गरिदिँदा तेरो मेरो सीमा कोर्दै धन मात्रै थुपारिदिँदा

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : सुपर मुन

~तारा पराजुली~ ए जून ! तिमी मेरो नजिक नजिक नआउ। ती अनेकन नक्षत्रहरुको चुलबुल कहिले साँझको रातो सिम्रिक पहिरिएर कहिले रातको गहिरो बर्को ओडेर ताराअरुलाई झुक्याएर कहिले आधा कद कहिले सिङ्गो कद देखाउने तिम्रो अनाम जादुमयी कला छोडेर

Posted in कविता | Tagged | Leave a comment

कथा : अनौठो सजाय

~विश्वराज अधिकारी~ अड्ढितले भने–“मैडम, म एक किसिमले पागलजस्तो भएको छु, न ठीकसँग बाँच्न सकिरहेको छु, न मर्न सकेको छु, आत्महत्या गरेर । तपाईंले मलाई केही पनि नगरेकोले त झनै विचलित तुल्याएको छ मलाई । मैले त विचार गरेको थिएँ, तपाईंले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : याद

~शशीकला थापा सुब्बा~ एक्लै छु म यहाँ झरी परेको रातमा बितेका दिनहरुको याद मात्र छन् साथमा छमछम बर्सिरहेछ पानी भुइमा छर्पस्ट मेरा वरिपरि छन् घोर अन्धकार निस्पस्ट

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : चूडा सबैका मनमा उदायो

~तीर्थराज अधिकारी~ ऊ गर्भको आसनमा डगेन कसेर अड्डी जगमा झरेन भएर अप्रेसन बल्ल आयो स्वभाव आफ्नो सुरुमै चिनायो । पिता थिए कृष्ण बडा मनस्वी दिव्या थिइन् ती जननी यशस्वी सन्तान सच्चा शिर के लत्रिइन्थ्यो ? अन्यायमा मौन कहाँ रहन्थ्यो ?

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वायत्त विचारहरु

~प्रकाश सुनुवार ‘निराकार’~ बदलिंदो विचारलाई सलाम अनि शुभकामनाको विकल्प छैन यतिबेला शोषकहरु मुर्छा अनि वेहोस हुंदै विउंझिन वाध्य छन् वचेखुचेका अभिमानलाई जुटाएर वसेका वात्साहहरु अब उप्रान्त शोषण गर्ने अवसर गुमाइन्छ भन्ने त्रासमा छन् । विचारहरु वदलिए आप्mनो निमित्त आफैले सोंच्ने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म नेपाली

~त्रिलोचन आचार्य~ म चाहन्छु सधैँ बन्न चोखो थुँगा गुराँसको म चाहन्छु सधैं खुल्न किल्लाभित्र स्वदेशको म चाहन्छु सधैं फल्न, श्रम दाना बनी यहाँ र चाहन्छु सधैं बाँच्न– ‘म नेपाली भनी’ यहाँ। बन्दै धौलागिरी उठ्ने– पाल्दैछु चाहना म ता

Posted in कविता | Tagged | Leave a comment

कविता : टेको

~असिम सागर~ चारैतिर लगाएर टेको बडो मुस्किलले उभिएको छ घर यति धेरै चर्किएका छन् कि घरका भित्ताहरु जहाँबाट छिरेको चिसो बतासले रातभर खोकिरहन्छ अस्ताउन लागेको बूढो घाम

Posted in कविता | Tagged | Leave a comment

कविता : युगद्रष्टालाई बेली पुष्प

~भुवनहरि सिग्देल~ स्रष्टाले सिर्जनै गर्छ सिर्जनाभित्र सिर्जना श्री विश्वेश्वर गर्दैथे सिर्जनामय तिर्सना नयाँबाट पुरानाको अस्तित्व घट्न सक्दछ सूर्यको लालिमादेखि रजनी पर सर्दछ । कालिमा रजनीलाई नौलो अभ्यास लाग्दछ तर यो दिनमा तारा झुल्के अत्यास लाग्दछ

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी अर्थात् उज्यालो

~ठाकुर बेलवासे~ तिमीले चिनाएको देशको झण्डा हातमा उठाएर म आज नागरिक बनेको छु । तिमीले रचेको इतिहास पढेर खोल्सा, खोँच र गोरेटाहरू अनि आफ्नै अनुहार चिन्ने भएको छु । तिमीले एउटा आकाश बनायौ

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी

~मञ्जुश्री गिरी~ यातना र त्रासमा पनि गतिशील अविरल निरन्तर जीवनदेखि जीवनसम्म जोस जाँगर र उत्साहमा निरन्तर खटिरह्यौ विश्वासका ज्वारभाटाहरू कतिपटक देख्यौ विद्रोहमा

Posted in कविता | Tagged | Leave a comment

कविता : घर फर्कने सपना

~पुरु लम्साल~ आफैंले बनाएको घरले थिचेर बाले संसार छोड्नुभएपछि मैले घर छोडेँ। घरमै छुट्यो आमाको काख

Posted in कविता | Tagged | Leave a comment

शेखर अस्तित्वका केही मुक्तकहरू

~शेखर ‘अस्तित्व’~ धेरैलाई बाँडेको जवानी बोकेर ! कान्छा उड्यो फुर्र राहदानी बोकेर ! उता कान्छी गर्भपात केन्द्रमा रुँदै, बसेकी छिन् मायाको निसानी बोकेर ! शूलजस्तो भएपनि फूलजस्तै मानेको छु !

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : वेश्या ?

~नवराज लम्साल~ ‘कस्ले भन्छ म राम्री छैन कस्ले भन्छ ममा रङ, यौवन र जवानी छैन भो छोड अनुहार, रुप र शरीरका कुरा अलिकति मासु, हड्डी र रगतको त्रिकोण हुँ म सजीवता फालेर एकछिन र बिर्सेर जीवनका सारा बोझहरू डुब चरम … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : सम्बन्ध

~कृष्णराज सर्वहारी~ वीरबहादुर आज बडो मलिन मुद्रामा देखिन्छन् । के सोंचेको थियो उसले के भैरहेको छ अहिले । कस्तो कपुतलाई जन्म दिएछु भने बरु आमाकै गर्भमा तुहिएको भए हुने । यस्तो सन्तान त कसैको पनि नहोस् । ऊ एक्लै बर्बराइरहेको थियो र आँगनमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मृदुलासँग निषेधित प्रेम

~चन्द्र घिमिरे~ नबुझेको कहाँ हो र ! तिम्लाई जत्ति मन पराउँछु उत्ति मेरो चर्चलाई तिमी अप्राप्य छ्यौ । मैले नबजाउँदैमा पियानोले कहाँ सन्चो मान्छ ? अधबैंसे घुर्की लाएर आफैं बजी बस्छ तिम्रै नाउँमा ।

Posted in कविता | Tagged | Leave a comment

कविता : तलाउको माझमा

~मञ्जुल~ तलाउको माझमा फुलेको सेतो कमलको फूल जस्तो गतिशील भई कलकल बग्ने नदीमाथि उठेको छाल जस्तो छमछम गर्दै झरिरहेको अग्लो अग्लो झरना जस्तो सेतो एकदम सेतो अस्पतालका वार्डहरूमा फुलेको सेतो ईन्द्रकमल फूल

Posted in कविता | Tagged | Leave a comment

कविता : डकुमेन्ट्री

~कृष्ण जोशी~ रमाइलो हुन्छ टाढा कतै लुकेर सुन्दा बाघ भालु चितुवाको हिंस्रक गर्जन रेकर्ड गरेर ल्याएकी छु फ्युजन गर्छु त्यो गर्जनलाई आधुनिक लय ताल सुरमा र भन्छु आविष्कार भयो नयाँ म्युजिकको अझै हेरिरहुँ हेरिरहुँजस्तो हुन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : दु:खको विम्ब

~अमर गिरी~ दुःखी पत्नीहरू छन् दुःखी पत्नीहरूका दुःखका गतिहरू छन् छातीभित्र पहाडजत्रा दुःखहरू लुकाएर मर्न नसकेर बाँचेका जस्ता लाग्ने असक्त बृद्धहरू छन् हिमालभन्दा गह्रौँ र अग्ला उनीहरूका कष्टहरू छन् ।

Posted in कविता | Tagged | Leave a comment