Tag Archives: sangrahalaya

गजल : ढलपल ढलपल गर्छ आँसु

~इलामेली टीकाराम दुलाल~ दिलमा लाग्छ धक्‍का ढलपल ढलपल गर्छ आँसु दिलमै चोट परेपछि बाँध फुटाई झर्छ आँसु बाहाना अनेक हुन्छन् यथार्थता मनमा हुन्छ चोट पखाल्न नयन घडा तृप्त तृप्त भर्छ आँसु

Posted in गजल | Tagged | Leave a comment

कथा : कथाको कथाकार हुँ कि पात्र

~दिपा धिताल~ हेलो ! कवि ज्यु । कथा पनि निकै राम्रो लेख्नु हुँदोरहेछ है । एक्कासि एउटा अपरिचित व्यक्ति फोनमा बोल्यो । फेरि कसले मेरो फोन नम्बर दिन मरेछ मनमनै गाली गर्दिए मैले र भने कवि ? कथा ?कसलाई भन्नू … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता :‎ मेरो प्रिय डक्टर

~अनुपम ‘नवोदित’~ मेरो प्रिय डक्टर कहिले भावर जस्तै तातो तातो कहिले बरफ जस्तै चिसो चिसो ॠतुचक्र फेरिईरहने यो अजनवी भूगोलको सुदूर कन्दरामा यो हृदय दशौं चिरा भएर फाटिरहँदा खूनसँग नून साटिंरहँदा मानसपटलमा घुमिरहेछ ती अभिशप्त क्षणहरु

Posted in कविता | Tagged | Leave a comment

नेपाली लघु-उपन्यास : ध्वाँसे

~रजित ओझा~ पहिलो अध्याय ध्वाँसे,मलाई सवै भन्दा मन नपर्ने विध्यार्थि – रामप्रसाद काफ्ले(स्वास्थ्य तथा शारिरिक शिक्षक), सरस्वति माध्यामिक विध्यालय “ह्या सर छोड्दिनु न !” उसले आफ्नो हातले कैँची हटाउन खोज्दै अन्तिम चोटी प्रयास गर्यो। उसको कपाल,उसको लागि सवै भन्दा प्रिय … Continue reading

Posted in नेपाली उपन्यास | Tagged | Leave a comment

कविता : तिमी र म

~निर्मला अवस्थी~ तिम्रो जीवनको ‘म’ र मेरो जीवनको ‘तिमी’ हाम्रो प्राप्तिसँगैको अनुभुति जीवनका भोगाईसँगै गरेका अनगिन्ति यात्राहरु कति सहज, कति असहज कति मिठा कति तीता तर पनि पथप्रदर्शक बनेका छन् हरेक पलहरु। तिमी उस्तै म त्यस्तै तर पनि फरक

Posted in कविता | Tagged | Leave a comment

कविता : पीरको झरीले रुझिरहेको देश

~मञ्जुश्री गिरी~ सर्वत्र पीरका अविरल झरी परिरहेका बेला जीवन नामको बाक्लो घुम ओडेर म नागरिक देश खोज्न निस्किएकी छु कहिले चुहिने पालमा रुझिरहेको देख्छु मेरो देश कहिले अभावका चुलाहरुमा दुखिरहेको देख्छु

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : रिप (RIP)

~कात्यायन~ – मिस्टर ह्यारि र मिसेस् ज्वाय परदेश पलायन भएका केही वर्ष बितिसकेको थियो | अर्थात श्री हरिप्रसाद सेमिनारमा र श्रीमती जयादेवी विद्यार्थीको रुपमा केही महिना बिरायर गएका थिए | – तीन महिने नातिनी र डेढ वर्षे नातिहरूको प्रगती विवरणहरू … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : एउटा खुराफाती मष्तिस्क

~प्रकाश सुनुवार ‘निराकार’~ अनगिन्ती अभावहरुको दोभानहरु छिचोल्दै कठोर प्रवृति संगै अहम, मपाइत्व र पश्चताब भाव बोकेको त्रिवेणीमा एउटा खुराफाती मष्तिस्क घुमिरहन्छ जो राजनितिमा हाबी छ जो पत्रकार पनि वन्न खोज्छ जो व्यापारी पनि हुन खोज्छ जो सम्पादकीय पनि लेख्छ जो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : बुध्दं सरणं गच्छामि !

~शेखर ‘अस्तित्व’~ विश्व शान्तिको मन्त्र सु-पावन, बुध्दं सरणं गच्छामि ! नित्य निरन्तर जप्दछ यो मन, बुध्दं सरणं गच्छामि ! पंचशीलको सत्य मार्गमा हिंडेपछि अनुभूति गरें ! रै’छ परम कल्याणको साधन, बुध्दं सरणं गच्छामि !

Posted in गजल | Tagged | Leave a comment

कथा : बाबु मेरो चिन्ता नगरेस्

~मधुवन पौडेल~ भित्तामा अडेस लागेर आफनो बाबुको जीर्ण शरीर र शुष्क अनुहारमा नियालिरहेको थियो वसन्त ! उसका आँखा अगाडि खाटमा लम्पसार परिरहेका ८४ वर्षीय वृद्ध पिता अनि खाटमुनि मलिनो अनुहार लिएर बसिरहेका अन्य थुप्रै गाउँले र प्रियजनहरु थिए । बाबु जीवन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

यान प्रकृतिका तीन मुक्तकहरु

~यान प्रकृति~ (१) त्यो गुलावले पनि त सुन्छ होला माया पिरतीका कुरा गुन्छ होला मायाको चिनो सम्झेर दिदा खेरी अस्विकार गर्दा कति रुन्छ होला

Posted in मुक्तक | Tagged | Leave a comment

निबन्ध : जिन्दगीको खोजी

~कृष्णचन्द्रसिंह प्रधान~ कहिलेकाहीं त जिन्दगी बुढेसकालको समयजस्तै गहु्रङ्गो लाग्छ । मर्न नसकेर बाँचेकाहरूको विवशताजस्तो झर्कोलाग्दो, अनिद्राका रित्ता आँखाजस्तो, न देखेर रमाउन सक्छु र बिम्झेर । समाप्तिपछि अर्थहीन लाग्ने परिभाषाले हामी नापिन्छौँ र तौलिन्छौँ । समय बाँचेर हामी बाँचिदिएका हौँ, हामीमा … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

स्रष्टा परिचय : रमेश गोर्खाली – एउटा घुम्ती पुस्तकालय

वीरगंजका रमेश गोर्खाली । अचेल जीविकाको लागि काठमाडौंमा बस्छन् । उनले वीरगंजमै जीविकाको स्रोत पाएको भए यही बस्थे होलान् । रमेश गोर्खालीको बारेमा यसरी किन भन्नुपर्‍यो ? यसका पछाडि मौलिक कारण र आधारहरू छन् । मैले उनलाई चालीसको दशकको मध्यतिरबाट … Continue reading

Posted in स्रष्टा परिचय | Tagged | Leave a comment

व्यङ्ग्य कविता : थुइक्क सभासद् म !

~डा.लक्ष्मणप्रसाद गौतम~ कहिलेकाहीँ त आफैंले आफैंलाई गाली गर्न मन लाग्छ : थुइक्क सभासद् म ! प्रत्येक महिना ५१ हजार पचाएर रोस्टम भाँचिनँ कि, माइक फोरिनँ कि ब्रिफकेस फालिनँ कि, सबै काम गरेकै हुँ त्यही जाबो संविधान नबनाएको त हुँ नि … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

समालोचना : मोहन कोइराला : लामाकवितात्मक यात्रा, प्रवृत्ति, योगदान साथमा गंगाप्रवासको विश्लेषण

~चेतनारायण लामिछाने ‘जिज्ञासु’~ शिक्षा : घरमै प्रारम्भिक शिक्षा ग्रहण तथासाहित्यको स्वाध्यय कविता : पहिलो (जाँदा जाँदै : २००३ साल),प्रकाशित (उनीहरूले बुझिसके : शारदा, भदौ–कार्तिक : २००७) साहित्यिक योगदान : करिब ६ दशक लामोसमय । मुख्य क्षेत्र : कविता (फुटकर तथा लामो) विशेष योगदान : लामोकविताको क्षेत्रमा मुर्धन्य प्रतिभा

Posted in समालोचना | Tagged | Leave a comment

लघुकथा : आश्चर्य

~यकिना अगाध~ यता आज शहीद दिवश । सालिकलाई मर्मत–सम्भार गरी चिटिक्क पारियो । बिहानै सेनाका टुकुडीले सलामी चढायो र राष्ट्रप्रमुखले माल्यार्पण गरी उनको महान बलिदानको प्रशंसा गर्यो । लगतै स्वागत भिडमा मिसिएका विपक्षी दलका

Posted in लघुकथा | Tagged | Leave a comment

छन्द कविता : सारथि : युग हाँक्ने

~तिर्थराज अधिकारी~ छन्द : स्रग्धरा दिव्याको भव्य स्वप्ना उदित प्रहरको काख साकार आई बाबा ती कृष्णले झैँ जन-जन-जनको गर्न लाग्यो भलाइ फैलाई क्रूर पंजा पशु बल पदको मूढ गर्थ्यो रजाइँ चूडाले चूर्ण पा~यो, जटिल जहरिलो धूर्तको राइँदाइँ ।१। आएको गर्भबाटै … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : श्री कृष्ण महिमा

~रत्ननिधि रेग्मी ‘शुक्राचार्य’~ छन्द : शार्दूलविक्रीडित कस्ले भन्दछ कृष्णले सयवटी राखे भनी गोपिनी ? आत्मा एक शरीर मात्र दुइटा राधा तथा रुक्मिणी यीबाहेक कतै सुनिन्न उनको खै राशलीला पनि ! गीता दर्शन कृष्णको बनिरह्यो उत्कष्ट सञ्जिीवनी ।।१।। धेरैको मत एउटै … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

हास्य गीत : बिर्यानी बखान

~मनोज लामिछाने~ बिर्यानीको काम, जल्ले पाए नि खाम । बिर्यानीको थाल, सुकाउनु न लुकाउनु । बिर्यानी खानेको सयवटा पोइ, ढेँडो खानेको कोइ न कोइ । सहिदगेटको जात्रा, बिर्यानीको व्यापार । सित्तैमा पाए, बिर्यानीको ताउलो रित्तै । के खोज्छस् कम्रेड, बिर्यानी … Continue reading

Posted in नेपाली गीत, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : चस्केको छ देश आज

~अशोक थापा~ कोखाकोखी भित्र पट्टी चस्केको छ देश आज प्रस्रव पीडा छटपटीमा खस्केको देश आज पुराना खिल आँतबाट किन ननिस्केका २ विनाकारण कुर्सीभित्र चस्केको छ देश आज

Posted in गजल | Tagged | Leave a comment

गजल : माथि उठेन

~अमला अधिकारी~ चुलो, चौका खट्प्वालभन्दा माथि उठेन जिन्दगी चार पर्खालभन्दा माथि उठेन लेख्नु थियो देश, माटो, समाज लेख्नु थियो मेरो कलम अनिकालभन्दा माथि उठेन

Posted in गजल | Tagged | Leave a comment

कविता : ओ ! काठमाडौँ तँ सिल्ली न हो !

~रजिन पनेरु~ उसको मन बहुलायो तन बहुलायो टेकेर वैशाखी चोकमा आयो दाम्रिएर पेट, भोकमा आयो आफन्त मरेको शोकमा आयो असह्य पीडा सडक पेटिबाट जुरुक्क उठेर ….. “ म युद्धको घाइते

Posted in कविता | Tagged | Leave a comment

लेख : स्वच्छन्दतावाद (Romanticism)

स्वच्छन्दतावाद (Romanticism), अन्य नाम: (रोमान्टिक धारा, रोमान्टिकवाद, रोमान्टिक मान्यता, छायावाद) अठारौं शताब्दीतिर विकसित कलात्मक, साहित्यिक, र बौद्धिक आन्दोलन मानिन्छ । परिचय Romance शब्दको प्रयोग प्राचीन समयदेखि नै विभिन्न अर्थमा गर्दै आएको पाइन्छ । प्रारम्भमा रोमेली भाषाहरूमा लेखिएका कृतिहरूलार्इ रोमान्स भानिन्थियो … Continue reading

Posted in लेख | Tagged | Leave a comment

कविता : आमा

~इश्वर देवकोटा~ दरिलो पार कलिला पाइला सहारा म दिन्छु धर्म रूप धारी घमण्डि समाज सबैलाइ म चिन्छु कुल्चेर जाने समाज छ यहाँ हिड्नु है सम्हाली लडेर पनि चढ्नु छ बाबु जीवनको उकाली

Posted in कविता | Tagged | Leave a comment

कविता : फेरी पनि म उठ्ने छु

~शिव प्रकाश~ खोज्नै पर्दैन दाउरा काफी छौ तिमी आफैं बल्नु हो, मूढाको धर्म सल्काऊ आगो बनाऊ खरानी मलाई फेरी पनि म उठ्ने छु ।

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : मिथ इबरा

~राजा पुनियानी~ आईबी राई दार्जीलिङे साहित्यको बाघ “आईबी राई दार्जीलिङे साहित्यको बाघ हो,” केवलचन्द्र लामाले भने। त्यसकै अर्को वर्षतिर यसो पनि भने – “आईबी राई बिना नेपाली साहित्यको के कुरा! राई त फेनमेना हो नि भाइ।” निक्कै पछि यसो पनि भने, “कत्ति मीठो बोल्छ … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

कविता : स्वाभिमान

~महालक्ष्मी थापा~ स्वाभिमान लाई द्रिढ बनाउन साहसिलो बन । स्वाभिमान बिना को मानिस् मा द्रिढता हुँदैन । अरुको सामु झुकेर जिउनु आफ्नो कदर आँफैले नगर्नु हो । कदर गर आफ्नो

Posted in कविता | Tagged | Leave a comment

थारू भाषी गजल : प्यार नुकैबु मै कैसिक्

~सलिना कुमारी चौधरी~ जब भोजक बाट हुइ,घरम प्यार नुकैबु मै कैसिक् आई कोइ लेहे महिन्,ओकर साथ जैबु मै कैसिक् टुह्ँ टो खुल्के प्यारके एक्रार करे निसेक्लो टो अब आपन ओ टुहार घर परिवार हिन् बटैबु मै कैसिक्

Posted in थारू गजल | Tagged | Leave a comment

लोक कथा : ज्याजिमाको योगदान

~सङ्कलन : शेरबहादुर गुरुङ~ संसारका प्राणीहरूलाई दुःखबाट मुक्त गराई सुख र शान्ति उपलब्ध गराउने अभिप्रायबाट प्रेरित भई रात दिन तल्लीन प्राणीहरूलाई तार्ने काममा लागि राखेका भगवान् लोकेश्वरीले पृथ्वीमा नजर लगाउनु हुँदा असङ्ख्य प्राणी दुःखमा परी छटपटाइ रहेका थिए । त्यो … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

गीत : नारी

~श्रीपुरुष ढकाल~ नारी हुन् आमा नारी हुन् दिदी नारी नै बहिनी दुःखमा पनि सँगै नै हुने जीवन संगिनी सबभन्दा बढी दुःख र कष्ट नारी नै भोग्दछन् पीडाले मैलो भएको छाती आँसुले पखाल्छन्

Posted in नेपाली गीत | Tagged | Leave a comment

पत्र कथा : मेरो यो कथा सुनाइदिनू

~विश्वराज अधिकारी~ साथी हेमन्त, म चालिस वर्ष पहिलेको वीरगंजमा पर्कंदैं छु । हामी दुईजना, म र जुनैद अंसारी वीरगंजको श्रीपुरस्थित हाई स्कूलमा पढ्थ्यौं । दुवैजनाले एउटै वर्ष एसएलसी दियौं । म प्रथम श्रेणीमा पास भएँ तर जुनैद फेल भयो । … Continue reading

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged | Leave a comment

कविता : म निकाल्न दिन्न हावाबाट बिजुली

~भुवन निस्तेज~ खबरदार! म निकाल्न दिन्न हावाबाट बिजुली!! यो हावा मेरो पनि हो त्यसरी नै जसरी पानी पनि थियो मेरो

Posted in कविता | Tagged | Leave a comment