Tag Archives: sangrahalaya

लेख : जोसमनी सन्त परम्परा र खस आर्य संस्कृति

~शशिधर भण्डारी~ वैदिक आर्यहरूको सांस्कृतिक धाराले लामो र युगिन सन्त परम्पराको इतिहास बोकेको छैन । वैदिक कर्मकाण्डका विरुद्धमा बुद्ध, महावीर, गुरूनानकहरू पैदा भए । वैदिक सभ्यताको जगमा उभिएको हिन्दू धर्म दर्शनभित्र पनि कैयौँ सुधारक र पन्थहरू पैदा भए तर भारतमा … Continue reading

Posted in लेख | Tagged | Leave a comment

कविता : सहिद, सपना र म

~गोविन्दप्रसाद आचार्य~ सहिद तिमीलाई फूलको गुच्छा दिएँ तर तिम्रो यात्रामा साथ दिन सकिनँ सहिद तिमीलाई रगत धर्तीमा पोख्न लगाएँ तर म एक थोपा पोख्न सकिनँ तिमी मरेर बाँचेछौँ म खाएर मरेछु तिमी फाँसीमा झुण्डिएछौ म मस्तीमा झुम्मिएछु तिम्रा सपनाहरू मेरो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : खोई के छ तिम्रो देशमा ?

~विष्णु थिङ~ मलाई बताइदेउ खोई के छ तिम्रो देशमा ? पाँचतारे होटल, गगनचुम्बी महल सबै अर्काकै देशमा काम दिने कारखाना, दाम दिने मालिक सबै अर्काकै देशमा घरिघरि सोध्छन्, सबैजना खोइ के छ तिम्रो देशमा ?

Posted in गजल | Tagged | Leave a comment

गजल : फरक के नै छ र

~हीराछवि श्रीशा~ बाघ गयो, स्याल आयो फरक के नै छ र भाईले छोड्यो दाईले खायो फरक के नै छ र पहिले पनि भएकै थियो चुनाव संविधानसभाको

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरो सपना

~रेशम वी.सी.~ सपना सजाउने रहरमा यात्रा जिन्दगीको निरन्तर साहूको भरिया बनिरह्यो अल्झियो सपना साहूकै खेतमा बल्झियो सपना तारे र माले नारिएको हलोसँगै तर पनि थाकेन जिन्दगी

Posted in कविता | Tagged | Leave a comment

कविता : वातावरण जोगाऔं है

~देबेन्द्र कुँवर~ पृथ्वीमा ओजन तह पातलिदै गाछ है त्यसैले त हिमशिखर पग्लिराछ है । ढुंगा गीटी बालुवा नी जथाभावी नझिकौ पुजिवादको धन पैसामा हामी नबिकौंै ।

Posted in कविता | Tagged | Leave a comment

कविता : जुटौं सारा

~दुर्गा शर्मा~ मेचिकाली तराई हिमाल चौकिल्ला हाम्रो देश फरक जाति, भाषा धर्म फरक नै छ भेष । सामाजिक सद्भावमा नै जोडिएको नाता कोही बस्छौं हिमाल पहाड कोही तराई फाँट ।

Posted in कविता | Tagged | Leave a comment

कविता : चिठ्ठी

~डी.वी. संघार~ नसम्झनु यो, चिठ्ठी मात्र हो भनेर आफ्नै मन पटाएर खाममा पठाएको छु पाखा पखेरामा गला खोले झैं खोल्नु र विरहका भाका सुसेल्नु मन अमिल्लिएपछि दही घोप्टाएर ठेकी सफा गर्ने झैं शरीर बिछ्यौनमा घोप्टाएर

Posted in कविता | Tagged | Leave a comment

कविता : डम्बरी

~जयन्ता पोखरेल~ चर्चाको चौतारीमा खुम्चितरहन्छे लाजवन्ती झै डम्बरी शर्मका कुनाकुनी खोतल्ने ऊ नै हुनुपर्छ रात जोतेर एकाविहानै खबरको आगो जोर्ने रंगको सेतो सर्जरीमा कालो मसी चोबेर

Posted in कविता | Tagged | Leave a comment

गीत : मेरो भन्नु शिवानी

~केशर देवकोटा~ शिवानीलाई हृदयमा राखे छु भुल्दिनँ म यो जीवनमा । सम्झनाहरु दियौ नि मुटुमा नमेट्ने गरी ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : बास हरायो

~कल्पना पौडेल‘जिज्ञासु’~ महाकालीले कैयौंको बास हरायो खेत र बारी सहित गास हरायो के थाहा कठै तिनलाई यो प्रलयको मस्त निदाएको बेला सास हरायो

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : पधौरे

~हिरण्य भोजपुरे~ आयो पाध, गयो पाध पाधका निम्ति केको बात… ! यो मूल मन्त्र जप्तैजप्तै म हुर्किएँ । म बढेँ । बालकालमा मैले पाधेको मलाई सम्झना छैन । तन्नेरी हुँदा त्यस्ता पाध कति पाधिए होलान् कति ! अस्ट्रेलिया तालिममा

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : बालसखाको अन्तिम बिदाइ

~राजु नेपाल~ शनिबारको दिन। घाम पनि झोलुंगामा हल्लिँदै आएझैं पूर्वी क्षितिजबाट सुस्तरी धर्तीलाई चिहाउँदै थियो। तुवाँलोले ढपक्क ढाकिएको पृथ्वी पुसको ठन्डी ओढेर लोसे पाराले आएको बिहानीको स्वागतमा तम्तयार हुँदै थियो। मानिसहरू उठेर दैनिक क्रियाकलापमा व्यस्त हुँदै थिए। मोटर गाडीको घर्घराहटले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : आत्माको अभिमान

~पूर्णप्रसाद ब्राह्मण~ माटा हुन् दरबार मोटर तथा पन्ना हिरा माणिक सच्चा वैभव धर्म हो, जगतमा बन्धुत्व जो मर्दछ मैरो त्यो धन हो, म लड्छु त्यसका लागी विरोधीसँग आफू मिट्न तयार छू, तर म के मिट्थें कहाँ कोसँग ? (१) आत्मा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : यो सहरमा

~विमल कोइराला~ यो सहरमा म अनागरिक भित्रिएँ भन्ने भ्रान्ति भइरहेछ । चट्टान खोपेर निर्मित गोडा मात्र अटाउने कहालीलाग्दा भीरका बाटा पनि हुँदा रहेनछन्, छ्वाङछ्वाङ्ती आम्मै। पनि भन्न नपाइने

Posted in कविता | Tagged | Leave a comment

कविता : अक्षरहरू

~हिरा आकाश~ कुनै मालिकले नोकरलाई कोर्रै कोर्राले हिर्काएको नीलडाम हो मेरो अक्षर । साहूको जाली तमसुकले लुटिएको मोहियानी हो मेरो अक्षर ।

Posted in कविता | Tagged | Leave a comment

कविता : विमलाहरू

~विष्णु विभु घिमिरे~ विमला उसको नाम हो उसका बाबुआमाकी जवान छोरी हो क्याम्पसमा पढ्दै गरेकी मेहनती छात्रा हो विमला उसको थर छैन विमला स्वास्नीमान्छे हो (स्वास्नीमान्छेको थर हुँदैन) थुप्रै सपनाहरू बुन्दै रामायणकालकी आफ्नी आमालाई सम्झाएर यो सहरमा आफ्नो भविष्य बनाउन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कहिले, कुनै दिन

~राजेन्द्र शलभ~ धेरै दिन लगाएर आफुसँग बटुलेका साना—साना खुशीहरू आफन्तलाई बाँड्न बसेकै बेला एउटा ठूलो दुःख फेरि टुप्लुक्क आइपुग्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : भोट बदर- नेता सदर!

~लक्ष्मण नेवटिया~ मातृभूमिको नुनको सोझो गर्ने चाहना बोकेर आफ्नो अंशको कर्तव्य निर्वाह गरुँ भनि उद्यत भै सोचेर प्राप्त गर्न आफ्नो अपेक्षित अधिकार मतदान केन्द्रमा हेलिएँ गर्दै हतार थमाइयो मतपत्र जस्को क्यालेण्डरीय आकार पहिले त मक्ख परें हेरि उपहार, बुट्टेदार बीस … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पुल

~तीर्थ श्रेष्ठ~ बालापन र यौवनबीचको पुल कस्तो हुन्छ ? उमेरको हाँगो हल्लाई–हल्लाई मच्चिइरहेकाले झारेका फूलहरूजस्तो हुन्छ ?

Posted in कविता | Tagged | Leave a comment

गीत : फेरि तिम्रो याद आयो

~दिनेश अधिकारी~ फेरि तिम्रो याद आयो बिर्सिएका सारा कुरा सम्झनाको माझ आयो फुल्न थाले मनमा फेरि जाई, जुही, बुकीहरू

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : परेवाः सेता–काला

~अविनाश श्रेष्ठ~ उमेर बिसाऊँ–बिसाऊँ झैँ लाग्छ यी नीला शिरीषका फूलहरुमा । कसले पो बुझेको छ र समयको लहड । अर्को छिनमै कुन कोल्टे बसिदिने हो । आँखाहरुलाई टेकाउँदा–टेकाउँदै

Posted in कविता | Tagged | Leave a comment

गजल : पल सम्झदैछु आज !!

~दिपक अभिमन्यू~ बरबरी आँशु झारेर छुटेको पल सम्झदैछु आज !! अनायासै त्यो तारा टुटेको पल सम्झदैछु आज !! मधुर मुस्कानसहितको त्यो बोलीमा मिठास कस्तो! ऐंसेलु र काफल खाँदै डुलेको पल सम्झदैछु आज !!

Posted in गजल | Tagged | Leave a comment

कविता : बेकामका प्रश्नहरू !

~प्रज्वल अधिकारी~ मान्छे मान्छे मार्न उद्दत भइरहेको यो समयमा मान्छेकै हुलहरू केही थान भकल पूरा गर्न मन्दिरमा राँगा,बोका,हाँस,कुखुरा र परेवा लिएर पुगेका छन र सद्बुद्धिको कामना गरिरहेका छन! अब छिट्टैनै ढुँगाको शिरमा रगतको टीका लगाउन

Posted in कविता | Tagged | Leave a comment

कविता : देश र सन्तान

~मुना सिग्देल~ उसोत तिम्रा कवितामा मात्र फुल्छन मन जिन्दगी यतार्थमा त साना साना भन्दै जिन्दगीका अफ्ठ्याराहरू संग सम्झौता गर्दा गर्दै बे स्वाद र बेरंगको भएर लडिदिन्छ। जिन्दगीका हरेक तिम्रा कवितामा देशको लागी दूख्ने मन कसम खाएर भन आफ्नाको लागी दूख्छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : अझै पनि छ त्रास

~नवराज पोखरेल ‘पाखेली’~ त्यहा त्यस्तो उज्यालो थिएन जुन उज्यालो पहिले थियो ! ति हरिया फाट हरु बनमाराले ढाकेको थियो ! न त पहिलेको जस्तो चहलपहल र हो हल्ला नै थियो त्यहा ! पर लोहन्द्रा को बगरमा सेताम्मे फुलेको कास मन्द … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

Translated Poem : Whose City Is This?

~Suman Pokharel~ Trans : Abhi Subedi I was watching a city taking shape like raging delusions from the deposits of migrating lovely pristine villages. Grown playing in dusty streets, I was searching myself standing on bifurcating streets between growing houses … Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

कविता : मेरो सपना फिर्ता दे

~एमसी सुमित~ सम्झन्छु,धोका रहेछ तिम्रो सिरानीभित्र मैले सपना लुकाएको दिन! ** सत्य तिमीले मै भन्या हो “अलिक नजिक आून लाटी तेरो यो चुल्ठोको भुमरीमाझ आज म जुनतारा टिपेर सजाइदिन्छु

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : भाग्य परीक्षण

~योगेन पौडेल~ पशुपति परिसरबाट पूर्वतिर बागमती मनग्गे ठोस लिएर बग्दै गरेको हेर्दैथिएँ। नदीबाट पशुपति मन्दिर चढ्ने सिँढी छेउको सानो मन्दिरमा पशुपति परिसरबाटै मान्छेहरु सिक्का फ्याँक्दै थिए, आ-आफ्नो भाग्य जाँच गर्दै थिए। सोह्र-सत्र बर्ष जति लागेकी नातिनी र पैंसठी- सत्तरी जति … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : होड छ समाजमा

~रमेश भट्टराई ‘सहृदयी’~ अरु होच्याई महान् आफू बन्नेको होड छ समाजमा ठहर्याई दोषी खोइरो खन्नेको होड छ समाजमा । जान्न अवगुण आफ्नो नजिकका विरोधी खोजे पुग्छ देख्दा दुर्गति गाँस रुच्छ भन्नेको होड छ समाजमा ।

Posted in गजल | Tagged | Leave a comment

कविता : कलम चलेन

~बदरीनाथ भट्टराई~ उठी दुई हजार अठ सालको उठानमा म मित्रवर्गलाई लेख्न खोज्दथें सुकामना ।। परन्तु संझिए कुरा अतीत सात सालका म व्यग्र झन भएँ सुझेर दृष्य चैत तीसका ।।१।। झलक्क संझियो अधैर्यपूर्ण एउटा दल गरेर झ्यालखान-भङ्ग जो पुग्यो निकै तल … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नदिनु कसैले होलिको शुभकामना

~पूर्णिमा प्रतिबिम्ब~ देशमा अशान्ति फैलिएर भाइ भाइमा काटमार गोलि वर्षा सगैँ रगतको कर्णली उर्लेको बेला ! मेरो मनमा पनि चिन्ताको सागर बनेको छ । रङ्गहरुको उत्सव मनाउनु पर्ने यो महान पर्वमा रगतको खोलामा डुबि डुबि म कसरी होलि मनाउन सक्छु … Continue reading

Posted in कविता | Tagged | Leave a comment