Tag Archives: sangrahalaya

नैतिक कथा : परिणाम

एउटा परिवारमा आमा, बुवा अनि छोरा थिए । छोरा भर्खर ८ वर्षको भएको थियो । यत्तिकैमा एकदिन कसैले ढोका ढकढक्यायो। बुवाले छोरालाई भने, ” सन्दीप ! जा त, गएर, घरमा बुवा हुनुहुन्न, भन्दे ! ” दिनहरु बित्दै गए । अर्को … Continue reading

Posted in नैतिक कथा | Leave a comment

थारू भाषी कथा : सिरुवा

~शेखर दहित ‘कालिका’~ जिम्दरुवक सिरुवम कंगलु आपन नाउसे ध्यार सराङ्गया कैख चिहिन्जाइठ। बाँसहस स्वात्तसे ढेङ्ग, भौकाहस कान छोपल झब्ल्यार कपार, सद्द ठोरचे लिहुर्रल रहथ। एक पाख्म बडामुश्किलसे एक फ्यारा लहैना दखिनघरान कुवम पनभर्निन ओकर करङ्ग ओ सुखल पुठ्ठा देख्क हँस्ना … Continue reading

Posted in थारू कथा | Tagged | Leave a comment

डोटेली गजल : इसोइ खोज्जान जाण्ण्याहुन्या

~श्रीजन श्री~ मानवता थुनामाइ हौ , इसोइ खोज्जान जाण्ण्याहुन्या । दुनियाँ यो रुनामाइ हौ , इसोइ खोज्जान जाण्ण्याहुन्या । समुद्दर हुन अक्षर इनी , जति डुब्बा उति गैला // समुद्दरुइ दुनामा हौ , इसोइ खोज्जान जाण्ण्याहुन्या ।

Posted in डोट्याली गजल | Tagged | Leave a comment

कविता : काठमाण्डू

~सिम्पल केटा~ अँधेरो कोठा, उत्तेजक संगित, चुरोटको धूँवा कामुक तरुनी, रक्सीको गिलास

Posted in कविता | Tagged | Leave a comment

कार्यपत्र : साहित्यिक पत्रकारिता : अतीत र वर्तमान

~डा. तुलसी भट्टराई~ पृष्ठभूमि नेपालमा पत्रकारिताको प्रारम्भ साप्ताहिक पत्रिकाबाट भएको कुरा गोर्खापत्रको प्रकाशनबाट थाहा हुन्छ । वि.सं. १९५८ मा तत्कालीन प्रधानमन्त्री देव समशेरको सदासयताबाट प्रारम्भ भएको गोर्खापत्र २००७ सम्म करिव ४० वर्ष सम्म साप्ताहिक रुपमा प्रकाशित भएको थियो । २०१७ … Continue reading

Posted in कार्यपत्र | Tagged , | Leave a comment

संस्मरण : रुद्र खरेल– साहित्य र संस्कृतिको नाम

~लीला उदासी~ रुद्र खरेल बित्नुभएको समाचारले मलाई स्तब्ध बनायो। आफ्नै कमजोरीले मैले वहाँ बिरामी परेर तीन महिनादेखि अस्पताल रहनुभएको पनि थाहा पाइनछु। उहाँ बित्नुभएको समाचार मलाई पहिले त पत्यार लागेन, तर संसारमा कहाँ पत्यार लाग्ने कुरामात्र हुन्छन् र ! जे … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : छिमेकी

~रमेश खकुरेल~ हाम्रा एक छिमेकी छन् हेर्दा खूब मिलेका छन् भित्र त पापीजस्ता छन् के भनुँ खै यी कस्ता छन् ।।

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : नछिमोल मलाई, मलाई मार्नेहरू

~हिरण्य भोजपुरे~ यसपालि पनि दसैँ आयो । पोहोर सालको दसैँ । कस्तो ‘नेपालजस्तै’ दसैँ बन्यो अमेरिकामा ! यसपालिपनि ‘नेपाली’ दसैँजस्तै दसैँ मनाउन मन लाग्यो । एक महिनाअघि नै नव भाइलाई तराईतिरबाट खसी ल्याइदिन अनुरोध गरँे । नवको मुहार खुसीले धपक्क … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : चुनाव, नेता र ग्रामीण जनता

~दामोदर घिमिरे~ पाँच वर्षमा हुने चुनाव वर्षांै पछि आउँछ यहाँ जनता हुन्छन् गाउँप्रेमी नेता बन्छ ठालु त्यहाँ । चुनावमा नेता धाउँछन् जिल्ला अनि गाउँघरमा युवाहरू बिदेसिन्छन् रोजगार नपाउँदा स्वदेशमा । धेरै शिक्षक राजनीतिमा परिणाम न्यून स्कुलको

Posted in कविता | Tagged | Leave a comment

कविता : आफ्नै दाउ

~भाग्यशाली अधिकारी~ मिल्नु थियो सबै भाइ कोही घुर्नु हुन्न उठ-उठ नेपाली हो अब फुट्नु हुन्न । स्वर्ग थियो नेपाल यो पाउ फेरी भन्न

Posted in कविता | Tagged | Leave a comment

कविता : उषा

~वासु काफ्ले~ उषा तिमी कहा गयौ मलाई नै छली गयौ छु एक्लो चरो सरी र एक-लोचनी दिई । नठान प्यार पूर्ण भो र ठान प्यार थोर भो

Posted in कविता | Tagged | Leave a comment

छोक : अनित्य

~घिमिरे युवराज ‘कर्जुना’~ क्षितिजबाट पग्लॅदै घाम समुन्द्रमा स्नान गर्न निर्बस्त्र हुॅदै गर्दा समय लजाएर गोधुली भई दिन्छ रातै र पूर्वमा जून मुस्कुराउॅछन् कलिलो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : काँचो कागज

~राइमाण्डु~ माथि माथि भोटमा चाँप अनि गुराँस फुल्दै गर्दा हुनुपर्छ सायद यकिन गते घडी पला ठम्याउन नसके नि ठ्याक्कै त्यही बेला हात परेको थ्यो एउटा काँचो कागज । बुढी औलामा रङ पोतिएको थियो गुराँस कै रङ सरि । अनि म … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : त्यो तिम्रो निष्ठुरीपन

~महालक्ष्मी थापा~ नआऊ तिमी भावनामा मिठा मिठा कुरा गर्न । नआऊ तिमी सपनामा बिश्वासको किला गाढ्न । भावनाको गोरेटो हुंदै ।

Posted in कविता | Tagged | Leave a comment

गजल : भर लाग्यो मलाई

~गौरी ढकाल~ तिमी ममा आशक्त छौ, भर लाग्यो मलाई बुझेर पनि अबुझ बन्न कर लाग्यो मलाई छायाँ खोज्दै प्रकाशमा नहिँडेकी होइन प्रकाश भन्दा तातोसँग डर लाग्यो मलाई

Posted in गजल | Tagged | Leave a comment

कविता : मुगुकी आमा राराताल

~गोपिचन्द्र कार्की~ पहाडहरुको पछ्यौरी ओडी देवदारको माझ जंगल कान्जिरोवा हिमाल तल काखमा तिमी राराताल १ थकाइलागि थकाइमार्न आकाश भुइमा बसेजस्तो

Posted in कविता | Tagged | Leave a comment

गजल : तिमी सुन्दर देखिन्छौ

~इलामेली टीकाराम दुलाल~ म भन्दा त तिमी सुन्दर देखिन्छौ सोह्र सत्रको जस्तो भर्खर देखिन्छौ म त बुढेसकाल लागेको मान्छे हो तिमी साच्चै वैशले झर्झर देखिन्छौ

Posted in गजल | Tagged | Leave a comment

नाटक : कमरेड फिप्टी पर्सेन्ट

~खेम थपलिया~ दृश्य एक समय : मध्यान्ह स्थान : पार्टी कार्यालय पात्र : शर्माजी, करण, कमरेड फिप्टी पर्सेन्ट र अन्य नेपथ्यबाट दोहोरो गोली चलेको आवाज । मानिसहरू चिच्याइरहेका छन्, तर अधिकांश आवाज बुझिँदैन । बम पड्केको आवाज निकै परसम्म सुनिने … Continue reading

Posted in नाटक | Tagged , | Leave a comment

कविता : एउटा अंध्यारोको उदय

~तारा पराजुली~ सोचेको थिएं तिम्रो आगमनमा बेदाग उज्यालो आउनेछ मखमली बाटोहरुमा। समय उल्टो बगेको छ। परिणाम फरक देखिएको छ। सोचेको थिएं तिमी सभ्यताको सुल्टो नदी बहन्छौ यी आशाका खेतहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : जेनी

~अनन्त निरौला~ झुकी रहने आँखा तिम्रो चिउँडो उठाई पढुँ जस्तो कपाल पन्छाई नयन भरि डुबि रहुँ सँधै जस्तो । तिम्रो भाषा तिम्रो बोली

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : आँधी, बाढी र महामारी

~होमर श्रेष्ठ~ दक्षिण र पश्चिमबाट आँधीबेहरी आयो, उत्तरी हिमालय श्रृङ्खलामा ठोक्कियो। तीन दिन, तीन रात मुसलधारे वर्षा भयो। अपूर्व बाढी उर्लियो। अधिकांश मानववस्ती डुबायो। बाढी मत्थर भयो। महामारी फैलियो। विश्वविद्यालय, प्रधानमन्त्री कार्यालय, संसदभवन, प्रज्ञाप्रतिष्ठान-भवन, राष्ट्रपति-भवन, प्रकाशनगृह, क्याम्पस, स्कूल, नाट्यघर, अदालततर्फ … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लेख : पठन संस्कृति र नेपाली साहित्यको विकासका लागि राज्यको दायित्व

~लता शर्मा~ साहित्य भन्ने शब्द सुन्ने बित्तिकै हामीहरूले गीत, कविता, नाटक, लेख रचनाहरू हुन् भन्ने बुझ्दछौंं भने साहित्यकार भन्ने शब्द सुन्दा हामीहरूले गीत, कविता, नाटक तथा लेखहरू रचना गर्ने व्यक्तिहरू हुन् अर्थात् स्रष्टा भनेर बुझ्ने गर्दछौँ । कुनै व्यक्तिले साहित्यमा … Continue reading

Posted in लेख | Tagged | Leave a comment

कविता : दिलमा ठाउँ देउ

~लिला बल्लभ नेपाल~ रक्सीको यो उन्मादलाई प्रतीक्षामा सजाइरहेछु रक्सी सँगै चाहना र तनमन पनि साटिरहेछु ।। जिन्दगीको कुशल मित्र रक्सिनै पो हो कि जस्तो प्रिय रक्सी तिमी सँग दिल मेरो साटिरहेछु ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो मन फेरिनु पर्छ

~निर्मला अवस्थी~ मलाई पनि तिमी जस्तै स्वतन्त्र भएर हिड्न मन लाग्छ तर मेरा गोडा मात्र बाधिएका छैनन् संकार र सामाजिक बन्धनले हरेक पक्षबाट जेलिएकी छु म फुत्किनै नसक्ने गरी बेरिएकी छु म म सोंच्छु, मनन गर्छु

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : गोसाईंकुण्डमा पाप पखाल्दै फोहोर थुपार्दै ?

~दुर्गा कार्की~ ‘ओइ ! रसुवाको एउटा संस्थाले गोसाईंकुण्ड सरसफाइको लागि भोलेन्टियरहरू खोजेको रै’छ, गैदिने हो ? ‘ एकाबिहानै साराले सारा स्टाइलमा भनी । एड्भोकेट रूपा बस्नेतले रामसार महासन्धि पढाउनुभन्दा धेरै अघिदेखि नै मेरा घुम्ने ठाउँहरूको सूचीमा गोसाईंकुण्ड अग्रस्थानमा पर्दथ्यो । … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

नाटक : अर्थात् घाटे

~कृष्ण शाह यात्री~ आरम्भ–खण्ड (जीवनको अन्तिम दृश्य देखिन्छ। एक नायक पात्रको मृत्यु भएको छ। यतिबेला रंगमञ्च अर्थात् आर्यघाटको चितामा जलिरहेको नायकको लास पोलिरहेका छन्— यस नाटकको मुर्दा पोल्ने घाटे पात्र अर्थात् जीवन नेपाली। पृष्ठभूमिमा शोधधुन बजिरहेको हुन्छ। हजारौं मानिस नायकप्रति … Continue reading

Posted in नाटक | Tagged , | Leave a comment

नेवारी लोककथा: बिस्केट जात्रा

~सङ्कलन : रामगोपाल आशुतोष~ उहिले म दरबार स्क्वायरको नजिकैको स्कुलमा पढ्थेँ। चालीस या पचास मिटरको दूरीमा छ मेरो घर। हाम्रो लागि खुल्ला सङ्ग्रहालय थियो भक्तपुर। दरबार परिसरको उनान्सय चोक हाम्रा लागि लुकामारी खेल्ने आँगन थियो। त्यहाँका प्रत्येक चोकको आफ्नै अस्तित्व … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कविता : म र बकाइनाको रूख

~उदय निरौला~ ऊ छ शताब्दी उभिइरहेछ कैयौँ इतिहास उभिइरहेछ कैयौँ पुराण टिकिरहेछ र नै। म छु र नै। म हुन सकेको छु म छु र नै ऊ जीववत् ठडिइरहेछ

Posted in कविता | Tagged | Leave a comment

स्वदेश गान : नेपाल महिमा

~डा. विश्वनाथ ‘प्रेम’~ सृष्टिमा लोक छन् धेरै, धर्ती जीवन्त लोक हो धर्तीमा द्वीप छन् लाखौँ, जम्बु द्वीप प्रमुख हो, जम्बुका काखमा हेरे हिमैखण्ड विशेष हो किन्तु सम्पूर्णको प्यारो माथा नेपाल देश हो ।२ छन् अरु देशमा तीर्थ, यो सिङ्गै देश … Continue reading

Posted in नेपाली गीत | Tagged , | Leave a comment

नेपाली प्यारोडी गीत : गन्ध आयो नाकैमा

~नारायण लामा ‘उदासी’~ लय : आहा! वनमा फुल्यो फूलैफूल आहा रक्सी पार्यो भट्टीमा गन्ध आयो नाकैमा पिउँ–पिउँ लाग्यो मलाई पैसा छैन साथमा भनूँ भन्नै नहुने खल्ती चैँ ठूलो छ, पैसा नहुने आहा रक्सी…..

Posted in नेपाली प्यारोडी गीत | Tagged , , | Leave a comment

समीक्षा : प्रकाश काेविदकाे ढिकी कथा विवेचना

~अज्ञात~ कथाकार प्रकाश कौविदद्वारा लिखित ढिकी सामाजिक कथा हो । यस कथामा एउटा ग्रामीण उद्यमी परिवारमा रमाइलो चित्रण गर्दै व्यक्तिको मानसिक्ता प्रति पनि इङ्गित गरेका छन् । यो कथामा बिशेष तीनजना पात्र-पात्रा छन् । उनीहरुमा सुमति उनको विमारी पति वा … Continue reading

Posted in समीक्षा | Tagged | 1 Comment

स्रष्टा परिचय : बहादुरसिँह बराल मगर – एक परिचर्चा

बहादुरसिँह बरालको परिचय बहादुरसिँह बरालको जन्म १९४७ साल बैशाख १५ गते तदनुसार सन् १८९० अप्रिल २७ मा तत्कालीन ब्रिटिस इन्डियन गोर्खा पल्टनको छाउनी पश्चिम काँगडा भाक्सु धर्मशाला (वर्तमान भारतको हिमाञ्चल प्रदेश काँगडा जिल्ला) मा भएको हो । बराल दम्पतीका तीन … Continue reading

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment